Gálatas 5

npioncb (NPIONCB) vs ARIB

Sair da comparação
ARIB Almeida Revisada Imprensa Bíblica
1 स्वतन्त्रताको निम्ति ख्रीष्‍टले हामीलाई स्वतन्त्र तुल्याउनुभएको छ। यसकारण स्थिर भएर खडा होओ, र दासत्वको जुवाद्वारा आफूलाई फेरि बोझमा नपार।
1 Para a liberdade Cristo nos libertou; permanecei, pois, firmes e não vos dobreis novamente a um jogo de escravidão.
2 मेरो कुरामा ध्यान देओ। म पावल तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले खतना गर्‍यौ भने ख्रीष्‍ट तिमीहरू सबैका निम्ति मूल्यहीन ठहरिनुहुनेछ।
2 Eis que eu, Paulo, vos digo que, se vos deixardes circuncidar, Cristo de nada vos aproveitará.
3 म फेरि पनि खतना गर्ने सबै मानिसहरूलाई भन्दछु, जसले आफूलाई खतना गराउँछ, ऊ सबै व्यवस्था पालन गर्न बाध्य हुन्छ।
3 E de novo testifico a todo homem que se deixa circuncidar, que está obrigado a guardar toda a lei.
4 तिमीहरू जसले व्यवस्थाद्वारा धर्मी ठहरिन खोज्दैछौ, तिमीहरू ख्रीष्‍टबाट अलग भएका छौ; तिमीहरू अनुग्रहबाट तल झरेका छौ।
4 Separados estais de Cristo, vós os que vos justificais pela lei; da graça decaístes.
5 तर परमेश्‍वरका आत्माबाट हामी उत्कट इच्छासहित विश्‍वासद्वारा धार्मिकताको आशाको प्रतीक्षा गर्दछौँ।
5 Nós, entretanto, pelo Espírito aguardamos a esperança da justiça que provém da fé.
6 किनकि ख्रीष्‍ट येशूमा विश्‍वास गर्नेहरूलाई खतना होस् वा बेखतना, कुनै मूल्य छैन; तर प्रेमद्वारा व्यक्त गरिने विश्‍वासको मात्र मूल्य छ।
6 Porque em Cristo Jesus nem a circuncisão nem a incircuncisão vale coisa alguma; mas sim a fé que opera pelo amor.
7 तिमीहरूले राम्रो दौड दौडिरहेका थियौ। कसले सत्य पालना नगर्नू भनेर तिमीहरूलाई बाधा दियो?
7 Corríeis bem; quem vos impediu de obedecer à verdade?
8 परमेश्‍वरबाट यो उक्साउने काम भएको होइन, जसले तिमीहरूलाई बोलाउनुहुन्छ।
8 Esta persuasão não vem daquele que vos chama.
9 “थोरै खमिरले जम्मै पिठोको ढिकालाई खमिरी बनाइदिन्छ।”
9 Um pouco de fermento leveda a massa toda.
10 म प्रभुमा विश्‍वस्त छु, कि तिमीहरूले योबाहेक अर्को विचार अपनाउने छैनौ। तिमीहरूलाई अन्योलमा पार्ने जोसुकै होस्, त्यसले मूल्य चुकाउनुपर्नेछ।
10 Confio de vós, no Senhor, que de outro modo não haveis de pensar; mas aquele que vos perturba, seja quem for, sofrerá a condenação.
11 दाजुभाइ-दिदीबहिनीहरू हो, यदि मैले अझै पनि खतनाकै बारेमा प्रचार गरिरहेको छु भने किन म अझै सताइएको छु त? यसो हो भने क्रूसको बाधा हटाइएको छ।
11 Eu, porém, irmãos, se é que prego ainda a circuncisão, por que ainda sou perseguido? Nesse caso o escândalo da cruz estaria aniquilado.
12 तिमीहरूलाई विचलित पार्नेहरूले, बरु तिनीहरूले आफ्नै अङ्ग काटे असल हुनेथियो।
12 Oxalá se mutilassem aqueles que vos andam inquietando.
13 मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू स्वतन्त्र हुन बोलाइएका हौ; तर तिमीहरूको स्वतन्त्रतालाई शारीरिक स्वभावका निम्ति प्रयोग नगर, बरु प्रेममा एउटाले अर्कोको नम्रतासाथ सेवा गर।
13 Porque vós, irmãos, fostes chamados à liberdade. Mas não useis da liberdade para dar ocasião à carne, antes pelo amor servi-vos uns aos outros.
14 किनकि सम्पूर्ण व्यवस्था यही एउटै आज्ञामा पूरा भएको छ: “तिमीले आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर।”
14 Pois toda a lei se cumpre numa só palavra, a saber: Amarás ao teu próximo como a ti mesmo.
15 तर यदि तिमीहरू एक-अर्कालाई टोक्ने र निल्ने गर्छौ भने होसियार होओ, नत्रता तिमीहरू एक-अर्काबाटै नष्‍ट हुनेछौँ।
15 Se vós, porém, vos mordeis e devorais uns aos outros, vede não vos consumais uns aos outros.
16 यसकारण म भन्दछु, पवित्र आत्माको नियन्त्रणमा हिँड, र तिमीहरू शरीरको पापमय स्वभावको लालसामा नपर;
16 Digo, porém: Andai pelo Espírito, e não haveis de cumprir a cobiça da carne.
17 किनकि पापमय स्वभावले परमेश्‍वरको आत्माको विरुद्ध चाहना गर्दछ; अनि परमेश्‍वरको आत्माले शारीरिक स्वभावको विरुद्धमा। तिनीहरू एक-अर्काको विरुद्धमा हुन्छन्, ताकि तिमीहरूले जे गर्न चाहन्छौ, त्यो तिमीहरूले गर्न नसक। यसैकारण तिमीहरूले जे गर्न चाहन्छौ, त्यो तिमीहरूले नगर।
17 Porque a carne luta contra o Espírito, e o Espírito contra a carne; e estes se opõem um ao outro, para que não façais o que quereis.
18 तर यदि तिमीहरू परमेश्‍वरको आत्माद्वारा डोर्‍याइएका हौ भने तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ।
18 Mas, se sois guiados pelo Espírito, não estais debaixo da lei.
19 शारीरिक स्वभावका कामहरू प्रत्यक्ष छन्: यौन अनैतिकता, अपवित्रता र भ्रष्‍ट आचरण,
19 Ora, as obras da carne são manifestas, as quais são: a prostituição, a impureza, a lascívia,
20 मूर्तिपूजा र टुनामुना, घृणा, कलह, ईर्ष्या, क्रोध, स्वार्थी महत्त्वाकांक्षा, मतभिन्‍नता, गुटबन्दी,
20 a idolatria, a feitiçaria, as inimizades, as contendas, os ciúmes, as iras, as facções, as dissensões, os partidos,
21 र डाह; मतवालापन, मोजमज्जा यस्तै अरू कुराहरू। म पहिला जस्तै, अहिले पनि चेतावनी दिन्छु, जो व्यक्ति यस प्रकारले जिउँदछ, ऊ परमेश्‍वरको राज्यको उत्तराधिकारी हुनेछैन।
21 as invejas, as bebedices, as orgias, e coisas semelhantes a estas, contra as quais vos previno, como já antes vos preveni, que os que tais coisas praticam não herdarão o reino de Deus.
22 तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वासयोग्यता,
22 Mas o fruto do Espírito é: o amor, o gozo, a paz, a longanimidade, a benignidade, a bondade, a fidelidade.
23 नम्रता र आत्मसंयम हुन्। यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन।
23 a mansidão, o domínio próprio; contra estas coisas não há lei.
24 जो ख्रीष्‍ट येशूका हुन्, उनीहरूले शरीरको पापमय स्वभावलाई यसका अभिलाषा र लालचसहित क्रूसमा टाँगिदिएका छन्।
24 E os que são de Cristo Jesus crucificaram a carne com as suas paixões e concupiscências.
25 किनकि हामी पवित्र आत्माअनुसार जिउँछौँ भने पवित्र आत्माको नियन्त्रणअनुसार नै हिँडौँ।
25 Se vivemos pelo Espírito, andemos também pelo Espírito.
26 हामी अहङ्कारी नहोऔँ, एक-अर्कालाई रिस नउठाऔँ र एउटाले अर्कोको ईर्ष्या नगरौँ।
26 Não nos tornemos vangloriosos, provocando-nos uns aos outros, invejando-nos uns aos outros.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Gálatas 5, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.