Gálatas 3
npioncb (NPIONCB) vs ARC
1 हे अबुझ गलातीहरू हो! कसले तिमीहरूलाई टुनामुनाद्वारा वशमा पार्यो? तिमीहरूका आँखाकै अगि येशू ख्रीष्ट क्रूसमा टाँगिनुभएको कुरा स्पष्ट रूपले बताइएको थियो।
1 Ó insensatos gálatas! Quem vos fascinou para não obedecerdes à verdade, a vós, perante os olhos de quem Jesus Cristo foi já representado como crucificado?
2 तिमीहरूबाट म यति मात्र जान्न चाहन्छु: के तिमीहरूले व्यवस्थाका काम पालन गरेर वा सुनेका सुसमाचारमा विश्वास गरेर परमेश्वरको आत्मा पाएका हौ?
2 Só quisera saber isto de vós: recebestes o Espírito pelas obras da lei ou pela pregação da fé?
3 के तिमीहरू यति धेरै मूर्ख छौ? परमेश्वरको आत्मामा सुरु भएर के तिमीहरू मानवीय कार्यमा नै टुँगिन चाहन्छौ?
3 Sois vós tão insensatos que, tendo começado pelo Espírito, acabeis agora pela carne?
4 यदि साँच्चै यो व्यर्थको थियो भने के तिमीहरूले व्यर्थैमा दुःख भोग्यौ?
4 Será em vão que tenhais padecido tanto? Se é que isso também foi em vão.
5 म फेरि पनि सोध्न चाहन्छु, परमेश्वरले तिमीहरूलाई उहाँको आत्मा दिनुभएर तिमीहरूका माझमा अचम्मका कामहरू गर्नुभएको छ, यो व्यवस्थाको कर्मद्वारा हो वा तिमीहरूले सुनेका सन्देशको विश्वासद्वारा गर्नुभएको हो?
5 Aquele, pois, que vos dá o Espírito e que opera maravilhas entre vós o faz pelas obras da lei ou pela pregação da fé?
6 यसरी नै, “अब्राहामले परमेश्वरमा विश्वास गरे, र यो उनका निम्ति धार्मिकता गनियो।”
6 É o caso de Abraão, que creu em Deus, e isso lhe foi imputado como justiça.
7 अब यो बुझ कि, जस-जसले विश्वास गर्छन्, तिनीहरू अब्राहामका सन्तान हुन्।
7 Sabei, pois, que os que são da fé são filhos de Abraão.
8 धर्मशास्त्रले पहिलेदेखि नै जानेर परमेश्वरले गैरयहूदीहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुनेछ, र यो सुसमाचार धेरै अगि नै अब्राहामलाई भनिसक्नुभएको थियो: “तँद्वारा सबै राष्ट्रहरूले आशिष् पाउनेछन्।”
8 Ora, tendo a Escritura previsto que Deus havia de justificar pela fé os gentios, anunciou primeiro o evangelho a Abraão, dizendo: Todas as nações serão benditas em ti.
9 त्यसकारण परमेश्वरमा विश्वास गर्ने सबैले विश्वासी अब्राहामसित नै आशिष् पाउनेछन्।
9 De sorte que os que são da fé são benditos com o crente Abraão.
10 जति जना व्यवस्थाको काममा भर पर्दछन्, तिनीहरू सबै श्रापित हुन्; किनकि यस्तो लेखिएको छ: “यस व्यवस्थाको वचन पूरा रूपमा पालन गर्न नचाहने र समर्थन नगर्ने, जो कोही पनि श्रापित होस्।”
10 Todos aqueles, pois, que são das obras da lei estão debaixo da maldição; porque escrito está: Maldito todo aquele que não permanecer em todas as coisas que estão escritas no livro da lei, para fazê-las.
11 यो कुरा प्रष्ट छ, परमेश्वरको दृष्टिमा व्यवस्थाद्वारा कोही मानिस धर्मी ठहरिन सक्दैन, किनकि “धर्मी जनचाहिँ विश्वासद्वारा नै जिउनेछ।”
11 E é evidente que, pela lei, ninguém será justificado diante de Deus, porque o justo viverá da fé.
12 व्यवस्थाचाहिँ विश्वासमा आधारित हुँदैन, बरु “जुन व्यक्तिले यी कामहरू गर्छ, ऊ ती कामहरूद्वारा जिउनेछ।”
12 Ora, a lei não é da fé, mas o homem que fizer estas coisas por elas viverá.
13 हाम्रा निम्ति श्राप बनेर व्यवस्थाको श्रापबाट दाम तिरी ख्रीष्टले हामीलाई उद्धार गर्नुभयो; किनकि धर्मशास्त्रमा यस्तो लेखिएको छ: “काठमा झुण्ड्याइएको हरेक श्रापित हुनेछ।”
13 Cristo nos resgatou da maldição da lei, fazendo-se maldição por nós, porque está escrito: Maldito todo aquele que for pendurado no madeiro;
14 उहाँले हामीलाई मोल तिरेर उद्धार गर्नुभयो, ताकि अब्राहामलाई दिइएको आशिष् ख्रीष्ट येशूद्वारा गैरयहूदीहरूकहाँ पुगोस्; अनि विश्वासद्वारा नै हामी परमेश्वरको आत्माको प्रतिज्ञा पाउन सकौँ।
14 para que a bênção de Abraão chegasse aos gentios por Jesus Cristo e para que, pela fé, nós recebamos a promessa do Espírito.
15 दाजुभाइ-दिदीबहिनीहरू हो, म एउटा प्रचलित उदाहरण दिन्छु। जब मानिसको सहमतिमा करारपत्र पक्का भएको छ भने कसैले त्यसलाई रद्द गर्न सक्दैन, न त त्यसमा केही थप्न सक्छ, त्यसरी नै व्यवस्था र प्रतिज्ञामा हुन्छ।
15 Irmãos, como homem falo. Se o testamento de um homem for confirmado, ninguém o anula nem lhe acrescenta alguma coisa.
16 अब्राहाम र उनका सन्तानलाई प्रतिज्ञाहरू गरिएको थियो। धर्मशास्त्रले, “सन्तानहरूलाई,” भन्दैन, अर्थात् धेरै मानिसहरू हो, तर “तेरा सन्तानलाई”, जसको अर्थ एउटा व्यक्ति, जो ख्रीष्ट हुनुहुन्छ।
16 Ora, as promessas foram feitas a Abraão e à sua posteridade. Não diz: E às posteridades, como falando de muitas, mas como de uma só: E à tua posteridade, que é Cristo.
17 म यसो भन्छु: चार सय तीस वर्षपछि ल्याइएको व्यवस्थाले परमेश्वरले पहिल्यै स्थापित गर्नुभएको करारलाई भङ्ग गर्दैन; अनि प्रतिज्ञालाई रद्द तुल्याउन सक्दैन।
17 Mas digo isto: que tendo sido o testamento anteriormente confirmado por Deus, a lei, que veio quatrocentos e trinta anos depois, não o invalida, de forma a abolir a promessa.
18 यदि उत्तराधिकार व्यवस्थामा आधारित भए त यो प्रतिज्ञामा आधारित हुँदैन; तर परमेश्वरले उहाँको अनुग्रहमा प्रतिज्ञाद्वारा अब्राहामलाई उत्तराधिकार दिनुभयो।
18 Porque, se a herança provém da lei, já não provém da promessa; mas Deus, pela promessa, a deu gratuitamente a Abraão.
19 त्यसो हो भने व्यवस्था दिइनुको उद्देश्य के थियो त? यो व्यवस्था अपराधको कारण दिइएको हो, त्यो प्रतिज्ञा जसलाई गरिएको थियो, त्यो सन्तान नआउन्जेल यो व्यवस्था स्वर्गदूतहरूद्वारा एक जना मध्यस्थकर्तालाई सुम्पिइएको थियो।
19 Logo, para que é a lei? Foi ordenada por causa das transgressões, até que viesse a posteridade a quem a promessa tinha sido feita, e foi posta pelos anjos na mão de um medianeiro.
20 एकभन्दा धेरै दल छ भने मध्यस्थकर्ता चाहिन्छ; तर परमेश्वर एउटै हुनुहुन्छ।
20 Ora, o medianeiro não o é de um só, mas Deus é um.
21 तब के व्यवस्था परमेश्वरका प्रतिज्ञाहरूको विरोधमा छ त? कदापि होइन! यदि व्यवस्था जीवन दिनको लागि दिइएको हो भने निश्चय नै धार्मिकता पनि व्यवस्थाबाट नै आएको हो।
21 Logo, a lei é contra as promessas de Deus? De nenhuma sorte; porque, se dada fosse uma lei que pudesse vivificar, a justiça, na verdade, teria sido pela lei.
22 तर धर्मशास्त्रले घोषणा गर्दछ, कि सारा संसार पापको कैदमा छ। यसकारण जे प्रतिज्ञा गरिएको थियो, येशू ख्रीष्टमा विश्वासद्वारा पाइन्छ; अनि जस-जसले विश्वास गर्दछन्, उनीहरूलाई दिइनेछ।
22 Mas a Escritura encerrou tudo debaixo do pecado, para que a promessa pela fé em Jesus Cristo fosse dada aos crentes.
23 तर विश्वास आउनुभन्दा अगि हामी व्यवस्थाको अधीनमा कैदी भएका थियौँ; अनि विश्वास प्रकट नहोउन्जेल हामी व्यवस्थामै बाँधिएका थियौँ।
23 Mas, antes que a fé viesse, estávamos guardados debaixo da lei e encerrados para aquela fé que se havia de manifestar.
24 यसकारण ख्रीष्ट नआउन्जेल व्यवस्था नै हाम्रो अभिभावक थियो, ताकि हामी विश्वासद्वारा धर्मी ठहरिन सकौँ।
24 De maneira que a lei nos serviu de aio, para nos conduzir a Cristo, para que, pela fé, fôssemos justificados.
25 अहिले त्यो विश्वास आएको छ। अब हामी अभिभावकको अधीनमा छैनौँ।
25 Mas, depois que a fé veio, já não estamos debaixo de aio.
26 यसकारण ख्रीष्ट येशूमा विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका सन्तान हौ।
26 Porque todos sois filhos de Deus pela fé em Cristo Jesus;
27 किनकि तिमीहरू जति जनाले ख्रीष्टमा बप्तिस्मा लिएका छौ, तिमीहरूले ख्रीष्टलाई धारण गरेका छौ।
27 porque todos quantos fostes batizados em Cristo já vos revestistes de Cristo.
28 अब न कोही यहूदी छ, न गैरयहूदी; न कोही सेवक छ, न फुक्का र न कोही पुरुष छ, न स्त्री; किनकि ख्रीष्ट येशूमा तिमीहरू सबै जना एक हौ।
28 Nisto não há judeu nem grego; não há servo nem livre; não há macho nem fêmea; porque todos vós sois um em Cristo Jesus.
29 यदि तिमीहरू ख्रीष्टका हौ भने तिमीहरू अब्राहामका वंश हौ; प्रतिज्ञाअनुसार उत्तराधिकारीहरू हौ।
29 E, se sois de Cristo, então, sois descendência de Abraão e herdeiros conforme a promessa.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Gálatas 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.