Gálatas 1
npioncb (NPIONCB) vs ARC
1 पावल एक प्रेरित र मसँग भएका सबै दाजुभाइ-दिदीबहिनीहरूबाट,
1 Paulo, apóstolo (não da parte dos homens, nem por homem algum, mas por Jesus Cristo e por Deus Pai, que o ressuscitou dos mortos),
2 म मानिसहरूको तर्फबाट वा कुनै मानिसद्वारा पठाइएको होइन, तर येशू ख्रीष्ट र उहाँलाई मृत्युबाट जीवित पार्नुहुने परमेश्वर पिताले पठाउनुभएको हो।
2 e todos os irmãos que estão comigo, às igrejas da Galácia:
3 परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्,
3 graça e paz, da parte de Deus Pai e da de nosso Senhor Jesus Cristo,
4 जसले हाम्रा पिता परमेश्वरको इच्छाअनुसार हामीले यस वर्तमान दुष्ट युगबाट छुटकारा पाउन सकौँ भनेर हाम्रा पापहरूका निम्ति आफैँलाई अर्पण गर्नुभयो।
4 o qual se deu a si mesmo por nossos pecados, para nos livrar do presente século mau, segundo a vontade de Deus, nosso Pai,
5 परमेश्वरलाई नै सदासर्वदा महिमा भइरहोस्! आमेन।
5 ao qual glória para todo o sempre. Amém!
6 म तिमीहरूदेखि छक्क परेको छु; किनकि तिमीहरू ख्रीष्टको अनुग्रहमा बाँच्नका लागि बोलाउनुहुनेलाई यति चाँडै त्यागेर अर्कै सुसमाचार खोजिरहेछौ।
6 Maravilho-me de que tão depressa passásseis daquele que vos chamou à graça de Cristo para outro evangelho,
7 वास्तवमा त्यो सुसमाचार नै होइन। स्पष्टसँग भन्नुपर्दा कोही-कोहीले तिमीहरूलाई अन्योलमा पारेर ख्रीष्टको सुसमाचारलाई भ्रष्ट पार्न खोज्दैछन्।
7 o qual não é outro, mas há alguns que vos inquietam e querem transtornar o evangelho de Cristo.
8 तर हामीले तिमीहरूलाई प्रचार गरिसकेको सुसमाचारभन्दा फरक अर्को कुनै सुसमाचार हामीले अथवा कुनै स्वर्गका स्वर्गदूतले नै प्रचार गर्छ भने पनि तिनीहरू श्रापित होऊन्!
8 Mas, ainda que nós mesmos ou um anjo do céu vos anuncie outro evangelho além do que já vos tenho anunciado, seja anátema.
9 हामीले पहिले नै भनिसकेका छौँ, म फेरि पनि भन्दछु; यदि कसैले तिमीहरूले ग्रहण गरिसकेको सुसमाचारभन्दा अर्को सुसमाचार तिमीहरूलाई सुनाउँछ भने त्यो श्रापित होस्!
9 Assim como já vo-lo dissemos, agora de novo também vo-lo digo: se alguém vos anunciar outro evangelho além do que já recebestes, seja anátema.
10 के म अहिले मानिसहरूको वा परमेश्वरको निगाह खोजिरहेछु? अथवा के मैले मानिसहरूलाई खुशी पार्ने प्रयास गरिरहेछु? यदि अझसम्म मैले मानिसहरूलाई नै खुशी पार्ने प्रयास गरेको भए म ख्रीष्टको सेवक हुनेथिइनँ।
10 Porque persuado eu agora a homens ou a Deus? Ou procuro agradar a homens? Se estivesse ainda agradando aos homens, não seria servo de Cristo.
11 मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूले यो जानेको चाहन्छु, मैले प्रचार गरेको सुसमाचार मानव निर्मित होइन।
11 Mas faço-vos saber, irmãos, que o evangelho que por mim foi anunciado não é segundo os homens,
12 मैले कुनै मानिसबाट पाएको पनि होइन, न त कसैले मलाई सिकाएको नै हो, तर मैले सीधै येशू ख्रीष्टको प्रकाशबाट पाएको हुँ।
12 porque não o recebi, nem aprendi de homem algum, mas pela revelação de Jesus Cristo.
13 किनकि यहूदी धर्ममा छँदा मेरो विगतको जीवन तिमीहरूले सुनेका छौ। मैले भयानक रूपले परमेश्वरको मण्डलीलाई सताएँ, र त्यसलाई नष्ट पार्न खोजेँ।
13 Porque já ouvistes qual foi antigamente a minha conduta no judaísmo, como sobremaneira perseguia a igreja de Deus e a assolava.
14 मेरा समकालीन दौँतरीहरू धेरैलाई उछिनेर यहूदी धर्ममा म बढिरहेको थिएँ। अनि मेरा पितापुर्खाका परम्पराहरूका निम्ति ज्यादै जोशिलो थिएँ।
14 E, na minha nação, excedia em judaísmo a muitos da minha idade, sendo extremamente zeloso das tradições de meus pais.
15 तर मलाई मेरी आमाको गर्भदेखि नै अलग पार्नुहुने परमेश्वर, जसले उहाँको अनुग्रहद्वारा मलाई बोलाउनुभयो,
15 Mas, quando aprouve a Deus, que desde o ventre de minha mãe me separou e me chamou pela sua graça,
16 उहाँलाई आफ्नो पुत्र ममा प्रकट गराउन असल लाग्यो, ताकि मैले गैरयहूदीहरूको बीचमा उहाँलाई प्रचार गर्न सकूँ। तब मैले कुनै मानिससँग केही सल्लाह लिइनँ,
16 revelar seu Filho em mim, para que o pregasse entre os gentios, não consultei carne nem sangue,
17 न त मभन्दा अगिका प्रेरितहरूसँग सल्लाह लिन यरूशलेम गएँ। तर म अरब देशमा गएँ, र त्यसपछि म फेरि दमस्कसमा फर्केर आएँ।
17 nem tornei a Jerusalém, a ter com os que já antes de mim eram apóstolos, mas parti para a Arábia e voltei outra vez a Damasco.
18 अनि तीन वर्षपछि म पत्रुससँग भेट गर्नलाई यरूशलेम गएँ, जहाँ म उनीसँग पन्ध्र दिनसम्म बसें।
18 Depois, passados três anos, fui a Jerusalém para ver a Pedro e fiquei com ele quinze dias.
19 त्यहाँ प्रभुका भाइ याकोबलाई बाहेक अरू कुनै पनि प्रेरितहरूलाई मैले भेटिनँ।
19 E não vi a nenhum outro dos apóstolos, senão a Tiago, irmão do Senhor.
20 परमेश्वरको सामु म तिमीहरूलाई विश्वास दिलाउन चाहन्छु, कि मैले जे लेखिरहेको छु, यो कुनै झूट होइन।
20 Ora, acerca do que vos escrevo, eis que diante de Deus testifico que não minto.
21 त्यसपछि म सिरिया र किलिकियाका प्रान्तहरूमा गएँ।
21 Depois, fui para as partes da Síria e da Cilícia.
22 ख्रीष्टमा भएका यहूदियाका मण्डलीहरूले मलाई त्यति बेलासम्म व्यक्तिगत रूपमा चिनेका थिएनन्।
22 E não era conhecido de vista das igrejas da Judeia, que estavam em Cristo;
23 उनीहरूले केवल यस्तो प्रतिवेदन मात्र सुनेका थिए: “हामीलाई पहिले खेदो गर्ने मानिसले अहिले एक समयमा उसैले नष्ट गर्न खोजेको विश्वासलाई प्रचार गरिरहेको छ।”
23 mas somente tinham ouvido dizer: Aquele que já nos perseguiu anuncia, agora, a fé que, antes, destruía.
24 अनि तिनीहरूले मेरो कारण परमेश्वरलाई प्रशंसा गरे।
24 E glorificavam a Deus a respeito de mim.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Gálatas 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.