Ezequiel 38

npioncb (NPIONCB) vs NVT

Sair da comparação
NVT Nova Versão Transformadora
1 याहवेहको यो वचन मकहाँ आयो:
1 Recebi esta mensagem do S enhor :
2 “हे मानिसको छोरा, मागोग देशको गोग, रोश, मेशेक र तूबलका प्रमुख राजकुमारतिर तेरो अनुहार फर्का; त्यसको विरुद्धमा अगमवाणी गर्,
2 “Filho do homem, volte o rosto para Gogue, da terra de Magogue, príncipe que governa as nações de Meseque e Tubal, e profetize contra ele.
3 र भन्: ‘प्रभु याहवेह भन्‍नुहुन्छ: हे गोग, रोश, मेशेक र तूबलको प्रमुख राजकुमार, म तेरो विरुद्धमा छु।
3 Transmita-lhe esta mensagem do S enhor Soberano: Gogue, príncipe de Meseque e Tubal, sou seu inimigo.
4 म तँलाई पछिल्तिर फर्काएर तेरो बङ्गारामा अङ्कुसे लगाउनेछु, र तेरा सम्पूर्ण सेनाहरूसँग तँलाई बाहिर निकालेर ल्याउनेछु—तेरा घोडाहरू, सारा हातहतियारहरूले सुसज्जित तेरा घोडचढी सेनाहरू र ठूला-साना ढालहरू भिरेका तरवार चलाउन सक्ने ठूलो सेनाहरूसँग बाहिर ल्याउनेछु।
4 Eu o farei voltar e colocarei argolas em seu queixo para levá-lo junto com todo o seu exército: seus cavalos e condutores de carros de guerra vestidos com sua armadura completa e uma grande multidão armada com escudos e espadas.
5 परसीया, कूश र पूत तिनीहरूसँग हुनेछन्; तिनीहरू सबैसँग आफ्ना ढालहरू र टोपहरू हुनेछन्;
5 A Pérsia, a Etiópia e a Líbia, com todas as suas armas, o acompanharão.
6 साथै गोमेर त्यसका सबै सेना दलहरूसँग र सुदूर उत्तरको बेथ-तोगर्मा त्यसका सबै सेना दलहरूसँग—अनि तँसँग भएका धेरै जातिहरू पनि हुनेछन्।
6 Gômer e todos os seus exércitos também se unirão a você, bem como os exércitos de Bete-Togarma, do extremo norte, e muitos outros.
7 “ ‘तयार हो; तँ र तेरो चारैतिर भेला भएका सबै सेना दलहरू, तयार हो, र तँ तिनीहरूलाई अगुवाइ गर्।
7 “Prepare-se; esteja pronto! Mantenha todos os exércitos ao seu redor de prontidão e assuma o comando deles.
8 धेरै दिनपछि तिमीहरूलाई हतियार भिर्नलाई बोलाइनेछ। आउँदा वर्षहरूमा तिमीहरूले युद्धबाट ध्वस्त भएर पुनर्निर्मित भएको एउटा देशमाथि आक्रमण गर्नेछौ, जसका मानिसहरू धेरै जाति-जातिहरूबाट इस्राएलका पर्वतहरूमा भेला गरिएका थिए, जुन धेरै लामो समयसम्म उजाड रहेको थियो। तिनीहरू जाति-जातिहरूबाट बाहिर ल्याइएका थिए; अनि अहिले तिनीहरू सबै सुरक्षित बसोबास गर्दछन्।
8 Daqui a muito tempo, você será convocado para entrar em ação. No futuro distante, você virá de repente sobre a terra de Israel, que viverá confiante depois de ter se recuperado da guerra e depois que seu povo tiver regressado de muitas terras para os montes de Israel.
9 तँ र तेरा सबै सेनाका दलहरू, र तँसँग भएका धेरै जातिहरू आँधीझैँ अगि बढ्नेछन्; तँचाहिँ देशलाई ढाक्ने बादलजस्तै हुनेछस्।
9 Você e todos os seus aliados, um exército imenso e assustador, virão sobre Israel como uma tempestade e cobrirão a terra como uma nuvem.
10 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: त्यस दिन तेरो मनमा विचार उत्पन्‍न हुनेछ, र तैँले एउटा दुष्‍ट युक्ति रच्नेछस्।
10 “Assim diz o S enhor Soberano: Naquele dia, maus pensamentos lhe virão à mente e você tramará um plano perverso.
11 तैँले भन्‍नेछस्, “म एउटा पर्खाल नभएको बस्तीहरू भएको देशमाथि आक्रमण गर्नेछु; म एउटा शान्त र सुरक्षितसाथ बस्‍ने मानिसहरूमाथि आक्रमण गर्नेछु—तिनीहरू सबै पर्खालहरूविना, मूलढोकाहरू र बारहरूविना बसिरहेका छन्।
11 Dirá: ‘Israel é uma terra desprotegida, cheia de povoados sem muros, sem portões e sem trancas. Marcharei contra ela e acabarei com esse povo que vive tão confiante.
12 म लुटपाट गरेर सखाप पार्नेछु; अनि भर्खर पुनर्बास भएको भग्नावशेष सहर, जाति-जातिहरूबाट भेला भएका पशुहरू र मालसामानहरूले धनी भएको देशमा बस्‍ने मानिसहरूको विरुद्धमा मेरो हात फर्काउनेछु।”
12 Irei às cidades antes desoladas, mas que agora estão cheias de gente que voltou do exílio em muitas nações. Tomarei grande quantidade de despojo, pois agora seus habitantes têm muito gado e outros bens. Pensam que o mundo gira em torno deles!’.
13 शेबा र ददान, तर्शीशका व्यापारीहरू र त्यसका सबै गाउँहरूले तँलाई भन्‍नेछन्, “के तँ लुट्न आएको होस्? सुनचाँदी लैजान, गाईबस्तु र मालसामानहरू लैजान; अनि धेरै लुटका सामान जम्मा गर्नका निम्ति के तैँले तेरा सेना दलहरूलाई भेला गरेको होस्?” ’
13 Contudo, Sabá, Dedã e os comerciantes de Társis, com todos os seus jovens guerreiros, perguntarão: ‘Você pensa mesmo que os grandes exércitos que reuniu podem tomar a prata e o ouro deles? Acham que podem levar seus rebanhos, apoderar-se de seus bens e tomar despojos?’.
14 “यसकारण हे मानिसको छोरा, अगमवाणी गरेर गोगलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: त्यस दिन जब मेरा इस्राएलका मानिसहरू सुरक्षितसाथ बसिरहेका हुन्छन्, के तँ त्यसमा ध्यान दिनेछैनस्?
14 “Portanto, filho do homem, profetize contra Gogue. Transmita-lhe esta mensagem do S enhor Soberano: Quando meu povo estiver vivendo confiante na terra dele, então você despertará.
15 तँ र तँसित भएका धेरै जातिहरूसँग सबै जना घोडाहरूमा चढेर ठूलो दल शक्तिशाली सेनासँग तेरा आफ्ना ठाउँ सुदूर उत्तरबाट आउनेछस्।
15 Virá de sua terra no extremo norte com sua grande cavalaria e seu exército poderoso,
16 तँ मेरो प्रजा इस्राएलको विरुद्धमा देश नै ढाक्ने बादलझैँ अगि बढ्नेछस्। आउँदा दिनहरूमा हे गोग, म तँलाई मेरो देशको विरुद्धमा ल्याउनेछु, ताकि जब म तिनीहरूका आँखाको सामु पवित्र प्रमाणित हुनेछु, तब जाति-जातिहरूले मलाई चिनून्।
16 atacará meu povo, Israel, e cobrirá a terra como uma nuvem. Naquele dia, trarei você, Gogue, contra minha terra à vista de todos e mostrarei minha santidade por meio de tudo que lhe acontecer. Então todas as nações me conhecerão.
17 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तँ त्यही व्यक्ति होस्, जसको बारेमा मैले अगिका दिनहरूमा मेरा सेवकहरू, इस्राएलका अगमवक्ताहरूद्वारा बोलेको थिएँ। त्यस बेला तिनीहरूले वर्षौंसम्म मेरो अगमवाणी गरे, कि म तँलाई तिनीहरूको विरुद्धमा ल्याउनेछु।
17 “Assim diz o S enhor Soberano: Acaso você é aquele de quem falei muito tempo atrás, quando anunciei por meio de meus servos, os profetas de Israel, que, no futuro, o traria contra meu povo?
18 त्यस दिन यस्तो हुनेछ: जब गोगले इस्राएल देशमाथि आक्रमण गर्नेछ, तब मेरो रिसको आगो दन्किनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
18 Mas assim diz o S enhor Soberano: Quando Gogue invadir a terra de Israel, minha fúria transbordará!
19 म मेरो जोश र प्रचण्ड क्रोधमा घोषणा गर्दछु, कि इस्राएल देशमा त्यस बेला एउटा ठूलो भूकम्प जानेछ।
19 Pois, em meu zelo e em minha ira ardente, sacudirei a terra de Israel violentamente naquele dia.
20 समुद्रका माछा, आकाशका चराहरू, वनका पशुहरू, जमिनमा हिँड्‍डुल गर्ने हरेक प्रकारका पशुप्राणीहरू, र पृथ्वीको सतहमा भएका सबै मानिसहरू मेरो उपस्थितिमा काम्नेछन्। पहाडहरू पल्टाइनेछन्, भिरालो ठाउँहरू भत्किनेछन् र हरेक पर्खाल जमिनमा ढल्नेछ।
20 Todos os seres vivos, os peixes do mar, as aves do céu, os animais do campo, os animais que rastejam pelo chão, e todas as pessoas da terra, tremerão em minha presença. Montes serão derrubados, despenhadeiros cairão e muros desabarão.
21 म मेरा सबै पर्वतहरूमा गोगको विरुद्ध तरवार पठाउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। हरेक मानिसको तरवार उसको दाजुभाइको विरुद्धमा हुनेछ।
21 Convocarei a espada contra você em todas as colinas de Israel, diz o S enhor Soberano, e seus homens voltarão as espadas uns contra os outros.
22 म त्यसको विरुद्धमा रूढी र रक्तपातद्वारा न्याय गर्नेछु; म त्यसमाथि, त्यसका सेना दलहरूमाथि र त्यससँग भएका धेरै जातिहरूमाथि जल्दैगरेको गन्धकसहित मुसलधारे वर्षा र असिना बर्साउनेछु।
22 Castigarei você e seus exércitos com doença e derramamento de sangue; enviarei chuvas torrenciais, granizo, fogo e enxofre!
23 यसरी म मेरो महानता र मेरो पवित्रता देखाउनेछु; अनि धेरै जातिहरूको दृष्‍टिमा म आफूलाई चिनाउनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’
23 Com isso mostrarei minha grandeza e santidade e me farei conhecido às nações do mundo. Então saberão que eu sou o S enhor .”

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 38, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.