Ezequiel 37

npioncb (NPIONCB) vs NTLH

Sair da comparação
NTLH Nova Tradução na Linguagem de Hoje 2000
1 याहवेहको हात ममाथि थियो; अनि उहाँले मलाई याहवेहको आत्माद्वारा बाहिर ल्याउनुभयो। मलाई एउटा बेँसीको बीचमा राख्नुभयो, जुन बेँसी हड्डी नै हड्डीले भरिएको थियो।
1 Eu senti a presença poderosa do Senhor , e o seu Espírito me levou e me pôs no meio de um vale onde a terra estava coberta de ossos.
2 उहाँले मलाई ती हड्डीहरूको बीचबाट अगि र पछि डोर्‍याउनुभयो; अनि मैले बेँसीको जमिनमा धेरै हड्डीहरू देखेँ; ती हड्डीहरू असाध्यै सुकेका थिए।
2 Ele me levou para dar uma volta por todos os lugares do vale, e eu pude ver que havia muitos ossos, muitos mesmo, e estavam completamente secos.
3 उहाँले मलाई सोध्नुभयो, “हे मानिसको छोरा, के यी हड्डीहरू जीवित हुन सक्छन्?”
3 Então o Senhor me disse: — Eu respondi: —
4 तब उहाँले मलाई भन्‍नुभयो, “यी हड्डीहरूलाई अगमवाणी गरेर तिनीहरूलाई भन्, ‘हे सुकेका हड्डीहरू हो, याहवेहको वचन सुन!
4 Ele disse: —
5 यी हड्डीहरूलाई प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हेर, म तिमीहरूभित्र सास फुकिदिनेछु; अनि तिमीहरू जीवित हुनेछौ।
5 Diga que eu, o Senhor Deus, estou lhes dizendo isto: “Eu porei respiração dentro de vocês e os farei viver de novo.
6 म तिमीहरूमा नसाहरू लगाइदिनेछु; अनि तिमीहरूमा मासु भरिदिनेछु, र तिमीहरूलाई छालाले ढाकिदिनेछु; म तिमीहरूभित्र सास हालिदिनेछु, तब तिमीहरू जीवित हुनेछौ। अनि ती जीवित भएका मानिसहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ ”
6 Eu lhes darei tendões e músculos e os cobrirei de pele. Porei respiração dentro de vocês e os farei viver de novo. Aí vocês ficarão sabendo que eu sou o Senhor .”
7 उहाँले आज्ञा दिनुभएझैँ मैले अगमवाणी गरेँ। जब मैले अगमवाणी गरिरहेको थिएँ, तब कर्‍याक-कुरुक गरिएको एउटा आवाज सुनेँ। अनि ती हड्डीहरू एक-अर्कोसित नजिक-नजिक आए; अनि ती एक-अर्कासित जोडिन लागे।
7 Então profetizei conforme a ordem que eu havia recebido. Enquanto eu falava, ouvi um barulho. Eram os ossos se ajuntando uns com os outros, cada um no seu próprio lugar.
8 मैले हेर्दाहेर्दै ती हड्डीहरूमा नसाहरू र मासु देखा परे; अनि तीमाथि छालाले ढाकिए, तर ती शरीरहरूमा सासचाहिँ थिएन।
8 Enquanto eu olhava, os ossos se cobriram de tendões e músculos e depois de pele. Porém não havia respiração nos corpos.
9 तब उहाँले मलाई भन्‍नुभयो, “सासलाई अगमवाणी गर्; हे मानिसको छोरा, अगमवाणी गरेर सासलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे सास, चारै दिशाबाट आइज, र यी मारिएका मानिसहरूमा सास फुकिदे, ताकि यिनीहरू जीवित होऊन्।’ ”
9 Então o Senhor me disse: — Homem mortal, profetize para o vento . Diga que o
10 यसकारण उहाँले मलाई आज्ञा गर्नुभएझैँ मैले अगमवाणी गरेँ; अनि ती शरीरहरूभित्र सास पस्यो; तिनीहरू जीवित भए, र तिनीहरू आफ्ना खुट्टाहरूमा उभिए—एउटा विशाल सेनाको दल भए।
10 Então profetizei conforme a ordem que eu havia recebido. A respiração entrou nos corpos, e eles viveram de novo e ficaram de pé. Havia tanta gente, que dava para formar um enorme exército.
11 तब उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, यी हड्डीहरू इस्राएलका मानिसहरू हुन्। तिनीहरू भन्छन्, ‘हेर, हाम्रा हड्डीहरू सुकिसकेका छन्, र हाम्रा सबै आशाहरू हराइसकेका छन्; हामी अलग भएका छौँ।’
11 O Senhor me disse: — Homem mortal, o povo de Israel é como esses ossos. Dizem que estão secos, sem esperança e sem futuro.
12 यसकारण अगमवाणी गरेर तिनीहरूलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे मेरा मानिसहरू हो, मैले तिमीहरूका चिहानहरू खोल्नेछु, र तिमीहरूलाई ती चिहानहरूबाट बाहिर निकाल्नेछु। म तिमीहरूलाई इस्राएल देशमै फेरि ल्याउनेछु।
12 Por isso, profetize para o meu povo de Israel e diga-lhes que eu, o Senhor Deus, abrirei as sepulturas deles, e os tirarei para fora, e os levarei de volta para a terra de Israel.
13 जब म तिमीहरूका चिहानहरू खोल्नेछु, र तिमीहरूलाई ती चिहानहरूबाट बाहिर निकाल्नेछु, तब हे मेरा मानिसहरू हो, तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।
13 Eu vou abrir os túmulos onde o meu povo está sepultado e vou tirá-los para fora; aí ficarão sabendo que eu sou o Senhor .
14 म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु, र तिमीहरू जीवित हुनेछौ; अनि म तिमीहरूलाई तिमीहरूका आफ्नै देशमा बसोबास गराउनेछु, तब तिमीहरूले म याहवेहले नै भनेको हुँ भनी जान्‍नेछौ; अनि मैले नै यो गरेको हुँ, याहवेह घोषणा गर्नुहुन्छ।’ ”
14 Porei a minha respiração neles, e os farei viver novamente, e os deixarei morar na sua própria terra. Aí ficarão sabendo que eu sou o Senhor . Prometi que faria isso e farei. Eu, o Senhor , falei.
15 याहवेहको यो वचन मकहाँ आयो:
15 O Senhor falou outra vez comigo. Ele disse:
16 “हे मानिसको छोरा, काठको एउटा लट्ठी लिएर त्यसमा लेख्, ‘यहूदा र त्यससित मिलेका अरू इस्राएलीहरू।’ त्यसपछि अर्को काठको लट्ठी लिएर त्यसमा लेख्, ‘योसेफ (एफ्राइमको लट्ठी) र त्यससित मिलेका इस्राएलका अरू सबै मानिसहरू।’
16 — Homem mortal , pegue uma tabuinha e escreva nela o seguinte: “O Reino de Judá, incluindo as pessoas do Reino de Israel que moram nele.” Depois, pegue outra tabuinha e escreva: “O Reino de Israel, representado pela tribo de Efraim e incluindo todos os outros israelitas que moram nele.”
17 ती दुवै लठ्ठीहरूलाई एउटै लट्ठी हुनलाई जोडिदे, ताकि तेरो हातमा तिनीहरू एउटै होऊन्।
17 Então segure as duas tabuinhas juntas na sua mão de modo que pareçam uma só.
18 “अनि जब तेरो देशका मानिसहरूले तँलाई सोध्छन्, ‘के तिमीले हामीलाई भन्दैनौ, यसको अर्थ के हो?’
18 Quando o seu povo perguntar o que isso quer dizer,
19 तब तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म योसेफको लट्ठी—एफ्राइमको हातमा भएको लट्ठी—अनि त्यससित मिलेका इस्राएलका कुलहरूको लट्ठी लिनेछु, र त्यस लठ्ठीलाई यहूदाको लठ्ठीसित जोडिदिनेछु। म तिनीहरूलाई काठको एउटै लट्ठी बनाइदिनेछु, र तिनीहरू मेरो हातमा एउटै हुनेछन्।’
19 diga que eu, o Senhor Deus, pegarei a tabuinha que representa Israel e a colocarei junto com a que representa Judá. Das duas tabuinhas farei uma só e a segurarei na minha mão.
20 तैँले लेखेका लठ्ठीहरू तिनीहरूका आँखाको सामु समातिराख्;
20 — Segure na mão as tabuinhas em que você escreveu e deixe que o povo as veja.
21 अनि तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हेर, म इस्राएलीहरूलाई तिनीहरू निर्वासनमा गएका जातिहरूबाट फर्काएर ल्याउनेछु। म तिनीहरूलाई चारैतिरबाट भेला गर्नेछु, र तिनीहरूका आफ्नै देशमा तिनीहरूलाई फर्काएर ल्याउनेछु।
21 Então diga-lhes que eu, o Senhor Deus, tirarei os israelitas do meio das nações para onde foram. Eu os ajuntarei e os levarei de volta à sua própria terra.
22 म तिनीहरूलाई इस्राएल देशका पर्वतहरूमा एउटै राष्ट्र बनाउनेछु। तिनीहरू सबैमाथि एउटै राजा हुनेछ; अनि तिनीहरू फेरि कहिल्यै दुई राज्यहरू हुनेछैनन्, अथवा दुई राज्यहरूमा विभाजित हुनेछैनन्।
22 Farei deles uma só nação na sua terra, nas montanhas de Israel. Eles terão um só rei para governá-los e não serão mais divididos em duas nações, nem separados em dois reinos.
23 अब उसो तिनीहरूले फेरि कहिल्यै आफ्ना मूर्तिहरू वा घृणित आकृतिहरूले अथवा तिनीहरूका कुनै पनि अपराधहरूले फेरि कहिल्यै पनि आफूलाई अशुद्ध पार्नेछैनन्; किनकि म तिनीहरूका पापपूर्ण कार्यदेखि तिनीहरूलाई बचाउनेछु, र म तिनीहरूलाई शुद्ध पार्नेछु। तिनीहरू मेरा प्रजा हुनेछन्; अनि म तिनीहरूका परमेश्‍वर हुनेछु।
23 Não se mancharão mais com ídolos, nem com ações nojentas, nem com pecados de desobediência. Eu os livrarei de todas as suas maneiras de pecar e de me trair. Eu os purificarei, e eles serão o meu povo, e eu serei o seu Deus.
24 “ ‘मेरो सेवक दावीद तिनीहरूमाथि राजा हुनेछ, र तिनीहरू सबैका एउटै गोठाला हुनेछ। तिनीहरूले मेरा आज्ञाहरू पालन गर्नेछन् र मेरा उर्दीहरू होसियारीसाथ मान्‍नेछन्।
24 Um rei igual ao meu servo Davi os governará. Todos terão um só governador e obedecerão fielmente às minhas leis .
25 मैले मेरो सेवक याकोबलाई दिएको देशमा तिनीहरू बस्‍नेछन्, जुन देशमा तिमीहरूका पितापुर्खाहरू बस्थे। तिनीहरू, तिनीहरूका छोराछोरीहरू र तिनीहरूका नाति-पनातिका सन्तानहरू सदाको निम्ति त्यहाँ बस्‍नेछन्; अनि मेरो सेवक दावीद सदाका निम्ति तिनीहरूको राजकुमार हुनेछ।
25 Viverão na terra que dei ao meu servo Jacó, a terra em que os antepassados deles viveram. Viverão ali para sempre, eles, os seus filhos e todos os seus descendentes. Um rei igual ao meu servo Davi os governará para sempre.
26 म तिनीहरूसँग शान्तिको करार बाँध्नेछु; त्यो अनन्तको करार हुनेछ। म तिनीहरूलाई स्थापित गर्नेछु, र तिनीहरूका संख्या बढाइदिनेछु; अनि म मेरो पवित्रस्थान तिनीहरूको बीचमा सदाको निम्ति राख्नेछु।
26 Farei com eles uma aliança que garantirá que viverão para sempre em segurança. Aumentarei a população e porei o meu Templo na terra deles, e ali ficará para sempre.
27 मेरो वासस्थान तिनीहरूसँग हुनेछ; म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्।
27 Viverei ali com eles e serei o Deus deles, e eles serão o meu povo.
28 जब मेरो पवित्रस्थान सदाका निम्ति तिनीहरूको बीचमा स्थापना हुनेछ, तब जाति-जातिहरूले म याहवेहले नै इस्राएललाई पवित्र बनाउँछु भनी जान्‍नेछन्।’ ”
28 Quando eu puser o meu Templo ali, para eu ficar no meio deles, as nações ficarão sabendo que eu, o Senhor , separei o povo de Israel para ser meu.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 37, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.