Ezequiel 33

npioncb (NPIONCB) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 याहवेहको यो वचन मकहाँ आयो:
1 Esta palavra do Senhor veio a mim:
2 “हे मानिसको छोरा, आफ्ना मानिसहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘जब म कुनै देशको विरुद्धमा तरवार ल्याउँछु, र त्यस देशका मानिसहरूले तिनीहरूमध्ये एक जनालाई छानेर आफ्ना पहरेदार बनाउँछन्;
2 "Filho do homem, fale com os seus compatriotas e diga-lhes: ‘Quando eu trouxer a espada contra uma terra e o povo da terra escolher um homem para ser sentinela,
3 अनि पहरेदारले देशको विरुद्धमा तरवार आइरहेको देखेर मानिसहरूलाई चेतावनी दिन तुरही फुक्छ,
3 e ele vir a espada vindo contra a terra e tocar a trombeta para advertir o povo,
4 तब कसैले तुरहीको आवाज सुनेर पनि चेतावनीमा ध्यान दिँदैन, र तरवार आएर त्यसको ज्यान लिन्छ भने त्यसको रगतको दोष त्यसको आफ्नै शिरमाथि पर्नेछ।
4 então, se alguém ouvir a trombeta mas não der atenção à advertência e a espada vier e tirar a sua vida, ele será culpado de sua própria morte.
5 त्यसले तुरहीको आवाज सुन्यो, तर चेतावनीलाई ध्यानै नदिएको कारण त्यसको रगतको दोष त्यसको आफ्नै शिरमाथि पर्नेछ। यदि त्यसले चेतावनीलाई ध्यान दिएको भए, त्यसले आफूलाई बचाउने थियो।
5 Uma vez que ele ouviu o som da trombeta mas não deu atenção à advertência, será culpado de sua própria morte. Se ele desse atenção à advertência, se livraria.
6 तर यदि पहरेदारले तरवार आएको देखेर तुरही फुक्दैन, र मानिसहरूले चेतावनी पाउँदैनन्; अनि त्यो तरवार आएर तिनीहरूमध्ये एक जनाको प्राण लियो भने त्यो मानिसचाहिँ आफ्नो अधर्मको कारण लगिनेछ; तर म त्यसको रगतको दोषको जिम्मेवार त्यस पहरेदारलाई ठहराउनेछु।’
6 Mas, se a sentinela vir chegar a espada e não tocar a trombeta para advertir o povo e a espada vier e tirar a vida de um deles, aquele homem morrerá por causa de sua iniqüidade, mas considerarei a sentinela responsável pela morte daquele homem’.
7 “हे मानिसको छोरा, मैले तँलाई इस्राएलको घरानाको निम्ति पहरेदार तुल्याएको छु; यसकारण मैले भनेको वचन सुन् र तिनीहरूलाई मबाट चेतावनी दे।
7 "Filho do homem, eu o fiz uma sentinela para a nação de Israel; por isso ouça a minha palavra, e advirta-os em meu nome.
8 जब म दुष्‍ट मानिसलाई, ‘हे दुष्‍ट मानिस, तँ निश्‍चय मर्नेछस्,’ भन्छु र तैँले त्यसलाई आफ्ना मार्गहरूबाट फर्काउनलाई भनिनस् भने त्यो दुष्‍ट मानिस आफ्नो पापको कारण मर्नेछ, र म तँलाई त्यसको रगतको दोषको जिम्मेवार ठहराउनेछु।
8 Quando eu disser ao ímpio que é certo que ele morrerá, e você não falar para dissuadi-lo de seus caminhos, aquele ímpio morrerá por sua iniqüidade, mas eu considerarei você responsável pela morte dele.
9 तर यदि तैँले त्यस दुष्‍ट मानिसलाई आफ्ना कुमार्गबाट फर्काउनलाई चेतावनी त दिइस् र त्यसले त्यसो गरेन भने त्योचाहिँ आफ्नै पापको निम्ति मर्नेछ, तर तैँले आफूलाई बचाउनेछस्।
9 Mas, se você de fato advertir o ímpio para que se desvie dos seus caminhos e ele não se desviar, ele morrerá por sua iniqüidade, mas você estará livre da sua responsabilidade.
10 “हे मानिसको छोरा, इस्राएलका मानिसहरूलाई भन्, ‘तिमीहरू यसो भन्छौ: “हाम्रा अपराधहरू र पापहरूले हामीलाई थिचेका छन्; अनि तिनको कारण हामी आफ्नो सामर्थ्यमा हराउँदै जान्छौँ भने हामी कसरी बाँच्छौँ?” ’
10 "Filho do homem, diga à nação de Israel: ‘É isto que vocês estão dizendo: "Nossas ofensas e pecados são um peso sobre nós, e estamos desfalecendo por causa deles. Como então poderemos viver? " ’
11 तिनीहरूलाई भन्, ‘म जीवित भएझैँ, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म दुष्‍टहरूको मृत्युमा खुशी हुँदिनँ, तर तिनीहरू आफ्ना चालहरूबाट फर्केर बाँचून् भन्‍ने चाहन्छु। फर्क! आफ्ना दुष्‍ट चालहरूबाट फर्क! हे इस्राएलका मानिसहरू हो, तिमीहरू किन मर्छौ?’
11 Diga-lhes: ‘Juro pela minha vida, palavra do Soberano Senhor, que não tenho prazer na morte dos ímpios, antes tenho prazer em que eles se desviem dos seus caminhos e vivam. Voltem! Voltem-se dos seus maus caminhos! Por que iriam morrer, ó nação de Israel? ’
12 “यसकारण हे मानिसको छोरा, आफ्ना मानिसहरूलाई भन्, ‘यदि कुनै धर्मी मानिसले आज्ञा उल्‍लङ्घन गर्‍यो भने त्यसको अगाडिको धार्मिकताले त्यसलाई बचाउन सक्नेछैन। यदि कुनै दुष्‍ट मानिस आफ्नो दुष्‍टताबाट फर्कन्छ भने त्यसको अगाडिको दुष्‍टताले त्यसको पतन हुनेछैन। यदि धर्मी मानिसले पाप गर्छ भने त्यसको पहिलेको धार्मिकताको कारण त्यो बाँच्न सक्नेछैन।’
12 "Por isso, filho do homem, diga aos seus compatriotas: ‘A retidão do justo não o livrará se ele voltar-se para a desobediência, e a maldade do ímpio não o fará cair se ele se desviar dela. E se o justo pecar, não viverá por causa de sua justiça’.
13 यदि मैले कुनै धर्मी मानिसलाई, ‘तँ निश्‍चय बाँच्नेछस्’ भनी भन्छु भने, तर त्यसपछि पनि त्यसले आफ्नो धार्मिकतामाथि भरोसा गरेर दुष्‍ट काम गर्छ भने त्यसले गरेका कुनै पनि धार्मिक कामको सम्झना हुनेछैन; तर त्यसले गरेको दुष्‍ट कामको कारण त्यो मर्नेछ।
13 Se eu garantir ao justo que ele vai viver, mas ele, confiando em sua justiça, fizer o mal, nada de justo que fez será lembrado; ele morrerá por causa do mal que fez.
14 अनि यदि मैले कुनै एक दुष्‍ट मानिसलाई ‘तँ निश्‍चय मर्नेछस्’ भनी भन्छु भने, तर त्यो आफ्नो पापबाट फर्क्यो, र जे न्यायसङ्गत र ठिक छ, त्यही गर्‍यो भने,
14 E, se você disser ao ímpio: ‘Certamente você morrerá’, mas ele se desviar do seu pecado e fizer o que é justo e certo;
15 अर्थात् यदि त्यसले ऋणको निम्ति लिएको धितो फर्काइदियो भने, र आफूले चोरेको कुरो फर्कादियो भने जीवन दिने आदेशहरू पालन गर्‍यो, र कुनै पनि दुष्‍ट काम गरेन भने—त्यो मानिस जीवित रहनेछ; त्यो मानिस मर्नेछैनँ।
15 se ele devolver o que apanhou como penhor de um empréstimo, se devolver o que roubou, se agir segundo os decretos que dão vida e não fizer mal algum, é certo que viverá; não morrerá.
16 त्यसले गरेको कुनै पनि पाप त्यसको विरुद्धमा सम्झना हुनेछैन। त्यसले जे न्यायसङ्गत र ठिक छ, त्यही गरेको छ; त्यो निश्‍चय नै जीवित रहनेछ।
16 Nenhum dos pecados que cometeu será lembrado contra ele. Ele fez o que é justo e certo; certamente viverá.
17 “तापनि तेरा मानिसहरू भन्छन्, ‘प्रभुको मार्ग न्यायसङ्गत छैन।’ तर तिनीहरूको आफ्नै मार्गचाहिँ न्यायसङ्गत छैन।
17 "Contudo, os seus compatriotas dizem: ‘O caminho do Senhor não é justo’. Mas é o caminho deles que não é justo.
18 यदि कुनै धर्मी मानिस आफ्नो धार्मिकताबाट हट्छ र दुष्‍ट काम गर्छ भने त्यो त्यस दुष्‍ट कामको निम्ति मर्नेछ।
18 Se um justo se afastar de sua justiça e fizer o mal, morrerá.
19 अनि यदि कुनै दुष्‍ट मानिसले आफ्नो दुष्‍टताबाट फर्केर जे न्यायसङ्गत र ठिक छ, त्यही गर्छ भने त्यसो गरेको कारण त्यो मानिस जीवित रहनेछ।
19 E, se um ímpio se desviar de sua maldade e fizer o que é justo e certo, viverá por assim proceder.
20 तापनि हे इस्राएलका मानिसहरू हो, तिमीहरू भन्छौ, ‘प्रभुको मार्ग न्यायसङ्गत छैन।’ तर म तिमीहरू हरेकलाई तिमीहरूका आफ्नै चालअनुसार न्याय गर्नेछु।”
20 No entanto, ó nação de Israel, vocês dizem: ‘O caminho do Senhor não é justo’. Mas eu julgarei cada um de acordo com os seus próprios caminhos".
21 हाम्रो निर्वासनको बाह्रौँ वर्षको दशौँ महिनाको पाँचौँ दिनमा, यरूशलेमबाट बाँचेर भागेको एक जना मानिस मकहाँ आयो र त्यसले भन्यो, “सहरको पतन भएको छ!”
21 No quinto dia do décimo mês do décimo segundo ano do nosso exílio, um homem que havia escapado de Jerusalém veio a mim e disse: "A cidade caiu! "
22 अब त्यो मानिस आउनुभन्दा अगिको साँझमा याहवेहको हात ममाथि थियो; अनि त्यो मानिस बिहान मकहाँ आइपुग्न अगि उहाँले मेरो मुख खोलिदिनुभयो। यसरी मेरो मुख खोलियो, र म फेरि चुप रहिनँ।
22 Ora, na tarde do dia anterior, a mão do Senhor esteve sobre mim, e ele abriu a minha boca antes de chegar aquele homem. Assim foi aberta a minha boca, e eu não me calei mais.
23 तब याहवेहको यो वचन मकहाँ आयो:
23 Então me veio esta palavra do Senhor:
24 “हे मानिसको छोरा, इस्राएलका ती भग्नावशेषहरूमा बस्‍ने मानिसहरूले यसो भन्छन्, ‘अब्राहाम एक जना मात्र थिए, तापनि तिनले यो देश अधिकार गरे। तर हामी धेरै छौँ; निश्‍चय नै यो देश हामीलाई हाम्रो अधिकारको रूपमा दिइएको छ।’
24 "Filho do homem, o povo que vive naquelas ruínas em Israel está dizendo: ‘Abraão era apenas um único homem, e, contudo, possuiu a terra. Mas nós somos muitos; com certeza receberemos a terra como propriedade’.
25 यसकारण तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जब तिमीहरू रगतसहितको मासु खान्छौ; तिमीहरू आफ्ना मूर्तिहरूतिर हेर्छौ र रगत बगाउँछौ भने, के तिमीहरूले त्यो देश अधिकार गर्छौ र?
25 Então diga a eles: ‘Assim diz o Soberano Senhor: Uma vez que vocês comem carne com sangue, voltam-se para os seus ídolos e derramam sangue, deveriam possuir a terra?
26 तिमीहरू आफ्नो तरवारमाथि भरोसा राख्छौ, र तिमीहरू घिनलाग्दा कामहरू गर्छौ; अनि तिमीहरू हरेकले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्दछौ; तिमीहरूले कसरी यो देश अधिकार गर्छौ र?’
26 Vocês confiam na espada, cometem práticas repugnantes, e cada um de vocês contamina a mulher do seu próximo. E deveriam possuir a terra? ’
27 “तिनीहरूलाई यो भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म जीवित भएझैँ, भग्नावशेषमा छोडिएकाहरू तरवारले ढल्नेछन्। खुला मैदानमा हुनेहरूलाई म जङ्गली पशुहरूलाई खान दिनेछु; अनि सुरक्षित किल्‍लाहरूमा र गुफाहरूमा बस्‍नेहरू रूढीले मर्नेछन्।
27 "Diga isto a eles: ‘Assim diz o Soberano Senhor: Juro pela minha vida, que os que restam nas ruínas cairão pela espada, e que entregarei os que estão no campo aos animais selvagens para serem devorados, e que os que se abrigam em fortalezas e em cavernas morrerão de peste.
28 म देशलाई उजाड पारिदिनेछु, र त्यसको शक्तिको घमण्डको अन्त्य हुनेछ; अनि इस्राएलका पर्वतहरू उजाड हुनेछन्, र कोही पनि यस क्षेत्रबाट यात्रा गर्नेछैन।
28 Tornarei a terra um deserto abandonado. Darei fim ao poder que se orgulha, e tão arrasados estarão os montes de Israel que ninguém vai querer passar por lá.
29 जब तिनीहरूले गरेका सबै घिनलाग्दा कामहरूको कारण म देशलाई उजाड पारिदिन्छु, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’
29 Eles saberão que eu sou o Senhor, quando eu tiver tornado a terra um deserto abandonado por causa de todas as práticas repugnantes que eles cometeram’.
30 “तेरो बारेमा हे मानिसको छोरा, तेरा मानिसहरूले पर्खालमा र घरका ढोकाहरूमा एक-अर्कासँग मिलेर तेरो बारेमा यसरी कुरा गरिरहेका छन्, ‘आओ, याहवेहबाट आएको सन्देश सुनौँ।’
30 "Quanto a você, filho do homem, seus compatriotas estão conversando sobre você junto aos muros e às portas das casas, dizendo uns aos outros: ‘Venham ouvir a mensagem que veio da parte do Senhor’.
31 मेरा मानिसहरू सदाझैँ तँकहाँ आउनेछन्, र तेरा वचनहरू सुन्‍न तेरो सामु बस्‍नेछन्, तर तिनीहरूले ती व्यवहारमा उतार्दैनन्। तिनीहरूका मुखले प्रेमको कुरा त गर्छन्, तर तिनीहरूका हृदय अन्यायपूर्ण फाइदाका लागि लोभ गर्छन्।
31 O meu povo vem a você, como costuma fazer, e se assenta diante de você para ouvir as suas palavras, mas não as põe em prática. Com a boca eles expressam devoção, mas o coração deles está ávido de ganhos injustos.
32 निश्‍चय नै तैँले तिनीहरूका निम्ति मिठो सोरले प्रेमको गीत गाउँछस् र राम्रो गरी बाजा बजाउँछस्; किनकि तिनीहरूले तेरा कुरा सुन्छन्, तर त्यसअनुसार व्यवहार गर्दैनन्।
32 De fato, para eles você não é nada mais do que alguém que entoa cânticos de amor com uma bela voz e que sabe tocar um instrumento, pois eles ouvem as suas palavras, mas não as põem em prática.
33 “जब यी सबै कुरा पूरा हुनेछन्—अनि निश्‍चय पूरा हुनेछन्—तब तिनीहरूका बीचमा एक जना अगमवक्ता आएको थियो भनी तिनीहरूले जान्‍नेछन्।”
33 "Quando tudo isso acontecer — e certamente acontecerá — eles saberão que um profeta esteve no meio deles".

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 33, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.