Ezequiel 25

npioncb (NPIONCB) vs NTLH

Sair da comparação
NTLH Nova Tradução na Linguagem de Hoje 2000
1 याहवेहको वचन मकहाँ आयो:
1 O Senhor me disse o seguinte:
2 “हे मानिसको छोरा, आफ्नो अनुहार अम्मोनीहरूको विरुद्धमा फर्का र तिनीहरूको विरुद्धमा अगमवाणी गर्।
2 — Homem mortal , agora fale contra o país de Amom.
3 तिनीहरूलाई भन्, ‘प्रभु याहवेहको वचन सुन: प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मेरो पवित्रस्थान अपवित्र पारिँदा, इस्राएल देश उजाड पारिँदा र यहूदाका मानिसहरू निर्वासनमा लगिँदा, तिमीहरूले “आह! आह!” भन्यौ,
3 Diga que deem atenção a isto que eu, o Senhor Deus, estou dizendo: “Vocês ficaram contentes quando viram o meu Templo profanado , quando viram a terra de Israel arrasada e o povo de Judá ser levado para o cativeiro .
4 यसकारण म तिमीहरूलाई अधिकारको रूपमा पूर्वका मानिसहरूलाई सुम्पिदिन लागेको छु। तिनीहरूले तिमीहरूका बीचमा तिनीहरूका छाउनी खडा गर्नेछन् र तिनीहरूका पालहरू टाँग्नेछन्; तिनीहरूले तिमीहरूका फलफूलहरू खानेछन् र तिमीहरूका वस्तुहरूका दूध पिउनेछन्।
4 Por isso, vou deixar que as tribos do deserto oriental conquistem vocês. Esses povos montarão os seus acampamentos no país de vocês e ficarão morando aí. Eles comerão as frutas e beberão o leite que eram de vocês.
5 म रब्बालाई ऊँटहरू राख्ने ठाउँ र अम्मोनलाई भेडाहरू बस्‍ने ठाउँको रूपमा परिणत गर्नेछु। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।
5 Transformarei a cidade de Rabá num curral de camelos e toda a terra de Amom num curral de ovelhas, e assim vocês ficarão sabendo que eu sou o Senhor .”
6 किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूको हृदयमा भएको इर्ष्याको कारण इस्राएल देशको विरुद्धमा आनन्द मनाउँदै तिमीहरूले ताली बजाउँदै खुट्टा बजारेका छौ।
6 — O que o Senhor Deus está dizendo é isto: “Vocês, amonitas, bateram palmas e pularam de alegria. Vocês desprezaram a terra de Israel.
7 यसकारण म मेरो हात तिमीहरूको विरुद्धमा उठाउनेछु, र तिमीहरूलाई जाति-जातिहरूकहाँ लुटको मालझैँ दिनेछु। म तिमीहरूलाई जाति-जातिहरूबाट अलग गरिदिनेछु, र देशहरूबाट तिमीहरूका नामनिशानै मेटिदिनेछु। म तिमीहरूलाई सर्वनाश गर्नेछु; अनि तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।’ ”
7 Por isso, eu os entregarei a outras nações para que elas roubem o que vocês têm. Eu os destruirei completamente, de modo que não serão mais uma nação, nem terão mais um país de vocês mesmos. Aí vocês ficarão sabendo que eu sou o Senhor .”
8 “प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘किनकि मोआब र सेइरले यसो भने, “हेर, यहूदा अरू जातिहरूजस्तै भएको छ;”
8 O Senhor Deus disse: — Moabe disse que Judá é como todas as outras nações,
9 यसकारण म त्यसका सिमानाका सहरहरू—बेथ-यशीमोत, बाल-मोनर र किर्यातैम, जुन सहरहरू देशका गौरव हुन्, ती सहरहरूका सिमानाहरूदेखि नै सुरु गरेर मोआबका सिमानाका भिरालो भागहरूलाई म खुल्‍ला पारिदिनेछु।
9 e por isso deixarei que as cidades que defendem a fronteira de Moabe sejam atacadas. Entre elas, estarão as mais importantes: Bete-Jesimote, Baal-Meom e Quiriataim.
10 अनि म मोआबलाई अम्मोनीहरूसहित पूर्वका मानिसहरूलाई अधिकारको रूपमा दिनेछु, ताकि जातिहरूको बीचमा अम्मोनीहरूको नामनिशानै रहनेछैन;
10 Deixarei que as tribos do deserto oriental conquistem Moabe, juntamente com Amom, e assim Moabe não será mais uma nação.
11 अनि म मोआबमाथि दण्ड ल्याउनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ ”
11 Castigarei Moabe, e os moabitas ficarão sabendo que eu sou o Senhor .
12 “प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘एदोमले यहूदाको विरुद्धमा बदला लिएको कारण एदोम अझ धेरै दोषी ठहरियो।
12 O Senhor Deus disse: — O povo de Edom foi cruel na vingança contra Judá, e essa vingança fez com que a culpa de Edom aumentasse muito.
13 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म एदोमको विरुद्धमा मेरो हात उठाउनेछु; अनि त्यस देशका मानिसहरू र तिनीहरूका पशुहरू दुवैलाई मारिदिनेछु। म त्यसलाई ध्वस्त पारिदिनेछु, र तेमानदेखि ददानसम्म तिनीहरू तरवारद्वारा मारिनेछन्।
13 Agora, anuncio que castigarei Edom e matarei ali todos os homens e animais. O povo será morto na batalha, e eu farei Edom virar um deserto, desde a cidade de Temã até Dedã.
14 म मेरो प्रजा इस्राएलका हातद्वारा एदोमसँग बदला लिनेछु; अनि तिनीहरूले मेरो रिस र मेरो क्रोधअनुसार एदोमसित व्यवहार गर्नेछन्; तब तिनीहरूले मेरो बदला जान्‍नेछन्, प्रभु याहवेह भन्‍नुहुन्छ।’ ”
14 Por meio do meu povo de Israel, eu me vingarei de Edom; ele fará Edom sentir a fúria da minha ira . Os edomitas saberão o que é sofrer a minha vingança. Eu, o Senhor Deus, falei.
15 “प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘किनकि पलिश्तीहरूले बदला लिने काम गरे, र आफ्ना हृदयमा ईर्ष्या लिएर बदला लिए; अनि पुरानो दुश्मनी लिएर यहूदालाई सर्वनाश पार्न खोजे।
15 O Senhor Deus disse: — Os filisteus foram cruéis na vingança contra os seus antigos inimigos e os destruíram com ódio.
16 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मैले मेरो हात पलिश्तीहरूको विरुद्धमा उठाउन लागेको छु; अनि म करेतीहरूलाई र किनारतिर बस्‍ने अरू बाँकी रहेका जातिहरूलाई पनि सर्वनाश गर्नेछु।
16 Agora, eu estou anunciando que atacarei os filisteus e os queretitas e acabarei com eles. Destruirei todos aqueles que forem deixados vivos na planície da Filisteia.
17 म तिनीहरूमाथि मेरो भयङ्कर बदला लिनेछु, र मेरो क्रोधमा तिनीहरूलाई दण्ड दिनेछु। जब म तिनीहरूमाथि बदला लिनेछु, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ ”
17 Eu os castigarei duramente, e a minha vingança será completa. Aí ficarão sabendo que eu sou o Senhor .

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 25, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.