Ezequiel 1

npioncb (NPIONCB) vs NTLH

Sair da comparação
NTLH Nova Tradução na Linguagem de Hoje 2000
1 तीसौँ वर्षको चौथो महिनाको पाँचौँ दिनमा, जब म कबार नदीको छेउमा निर्वासन गरेर लगिएका यहूदी कैदीहरूसँग थिएँ, तब स्वर्ग खोलियो र मैले परमेश्‍वरको दर्शन देखेँ।
1 No dia cinco do quarto mês do ano trinta , eu, o sacerdote Ezequiel, filho de Buzi, vivia na Babilônia, na beira do rio Quebar, junto com os judeus que haviam sido levados para lá como prisioneiros. O céu se abriu, e eu tive uma visão de Deus.
2 त्यस महिनाको पाँचौँ दिन, राजा यहोयाकीन बेबिलोनको निर्वासनमा लगिएको पाँचौँ वर्ष थियो।
2 Quando isso aconteceu, fazia cinco anos que o rei Joaquim estava preso.
3 बेबिलोनीहरूको देशमा कबार नदीको किनारमा याहवेहको वचन बूजीका छोरा पुजारी इजकिएलकहाँ आयो। त्यहाँ याहवेहको हात तिनीमाथि थियो।
3 Ali na Babilônia, na beira do rio Quebar, eu ouvi o Senhor falar comigo e senti o seu poder.
4 जब मैले हेरेँ, उत्तर दिशाबाट एउटा आँधीबेहरी—चम्कँदै गरेको बिजुलीसहित अति चहकिलो ज्योतिले घेरिएको एउटा विशाल बादल आइरहेको देखेँ। आगोको बीच भागमा चाहिँ बल्दैगरेको चहकिलो काँसाको धातुजस्तै देखिन्थ्यो।
4 Olhei e vi uma tempestade que vinha do Norte. Raios saíam de uma nuvem enorme. Em volta da nuvem, o céu estava em fogo, e no meio do fogo havia uma coisa que brilhava como bronze.
5 अनि त्यस आगोमा चार जीवित प्राणीहरूजस्ता केही देखिन्थ्यो। तिनीहरूको आकार हेर्दा एउटा मानिसको जस्तो थियो;
5 No meio da tempestade, vi o que me pareciam quatro animais. A sua forma era de gente,
6 तर ती हरेक प्राणीका चार वटा अनुहार र चार वटा पखेटाहरू थिए।
6 porém cada um tinha quatro caras e quatro asas.
7 तिनीहरूका खुट्टाहरू सीधा थिए; तिनीहरूका पैताला बाछाका खुरझैँ र टल्काइएका काँसाझैँ टल्कन्थे।
7 As pernas deles eram retas e tinham cascos que eram parecidos com cascos de touro e que brilhavam como bronze polido.
8 ती चारै प्राणीहरूका पखेटामुनि चारैपट्टि मानिसका हातहरू थिए। ती चारै प्राणीका अनुहार र पखेटाहरू थिए।
8 Além das quatro caras e das quatro asas, cada um tinha quatro mãos de gente, uma debaixo de cada asa.
9 अनि एउटाको पखेटाले अर्काको पखेटालाई छोएको थियो। तिनीहरू हरेक यताउता नमोडि सीधा अगाडि बढ्थे।
9 Duas asas de cada animal estavam abertas, com as pontas tocando uma na outra. Assim os animais formavam um quadrado e andavam em grupo, sem virar o corpo.
10 ती चारै वटा प्राणीहरूका अनुहार यस्ता देखिन्थे: हरेकको एउटा अनुहार मानिसको जस्तो थियो; अनि हरेकको दाहिनेपट्टिको अनुहार सिंहको जस्तै थियो; अनि देब्रेपट्टिको अनुहार गोरुको जस्तै थियो; अनि हरेकको पछाडिपट्टिको अनुहार चीलको जस्तो थियो।
10 Cada animal tinha quatro caras diferentes: na frente, a cara era de gente; do lado direito, era de leão; do lado esquerdo, era de boi; e atrás a cara era de águia.
11 तिनीहरूका अनुहार यस्तै थिए। ती प्राणीहरूका दुई वटा पखेटाहरू माथितिर फैलिएका थिए। हरेक प्राणीका दुई वटा पखेटाहरूले दुवैतिर एउटा पखेटाले अर्को प्राणीको पखेटामा छोइरहेको थियो; अनि तिनीहरू हरेकले आफ्ना दुई वटा पखेटाले आफ्ना शरीर ढाकेका थिए।
11 Duas asas de cada animal se abriam para cima e tocavam as pontas das asas dos animais que estavam ao seu lado; e com as outras duas asas eles cobriam o corpo.
12 ती हरेक जीवित प्राणी चारै दिशापट्टि सीधा अगाडि बढ्थे। आत्मा जता-जता जान्थे, तिनीहरू त्यतै जान्थे; तिनीहरू यताउता नफर्की अगाडि बढ्थे।
12 Cada animal podia olhar para as quatro direções, e por isso o grupo ia aonde queria, sem precisar virar.
13 ती चार जीवित प्राणीहरूका रूप आगोका बल्दैगरेको कोइलाजस्तो अथवा राँकोजस्तो देखिन्थ्यो। ती प्राणीहरूका बीचमा बलिरहेको आगो यताउता जान्थ्यो; त्यो चहकिलो थियो र त्यसबाट बिजुली निस्कन्थ्यो।
13 Entre os animais havia uma coisa que parecia uma tocha acesa e que estava sempre em movimento. O fogo aumentava, e do fogo saíam relâmpagos.
14 ती जीवित प्राणीहरू बिजुलीको चमकजस्तै यताउता वेगसित दौडन्थे।
14 E os animais corriam para cá e para lá como relâmpagos.
15 जब मैले ती जीवित प्राणीहरूलाई हेर्दैथिएँ, ती चार वटा अनुहार भएका जीवित प्राणीहरूको छेउमा जमिनमाथि एक-एक वटा चक्‍का थियो।
15 Quando eu estava olhando para os quatro animais, vi quatro rodas no chão, uma ao lado de cada um deles.
16 ती चारै वटा चक्‍काहरूका आकार र बनावट यस्तो थियो: तिनीहरू चम्किलो पुष्परागजस्तै थिए; अनि ती चारै एकसमान देखिन्थे। ती चक्‍काहरूको बनावटचाहिँ एउटा चक्‍काको बीचमा अर्को चक्‍का वारपार भएजस्तो थियो।
16 As quatro rodas eram iguais e brilhavam como pedras preciosas. Dentro de cada roda havia outra roda, atravessada,
17 ती चक्‍काहरू जीवित प्राणीहरू फर्केका चार दिशाहरूमध्ये कुनै पनि दिशातर्फ जान सक्थे; जब ती प्राणीहरू अगाडि बढ्थे, तब चक्‍काहरू पनि अर्को दिशातिर यताउता नफर्की अगाडि बढ्थे।
17 e assim, sem virar, as rodas podiam rodar em qualquer direção.
18 ती चक्‍काहरूका घेरा अग्ला र डरलाग्दा थिए; अनि चारै वटा घेराहरूका वरिपरि आँखै-आँखाहरूले घेरिएका थिए।
18 Os aros das rodas eram cobertos de olhos.
19 जब ती जीवित प्राणीहरू अगाडि बढ्थे, तब तिनीहरूका छेउमा भएका चक्‍काहरू पनि अगाडि बढ्थे; अनि ती जीवित प्राणीहरू जमिनबाट उठ्दा ती चक्‍काहरू पनि माथि उठ्थे।
19 Quando os animais andavam, as rodas rodavam ao lado deles; quando os animais subiam da terra, as rodas também subiam.
20 आत्मा जता-जता जान्थे, तिनीहरू पनि त्यतैतिर नै जान्थे; अनि ती चक्‍काहरू तिनीहरूसितै माथि उठ्थे; किनकि ती जीवित प्राणीहरूका आत्मा ती चक्‍काहरूमा थियो।
20 Os animais iam aonde queriam, e as rodas faziam o que os animais faziam porque os animais as controlavam.
21 जब ती प्राणीहरू अगाडि बढ्थे, तब चक्‍काहरू पनि अगाडि बढ्थे; जब ती प्राणीहरू खडा हुन्थे, तब ती चक्‍काहरू पनि खडा हुन्थे; अनि जब ती प्राणीहरू जमिनबाट माथि उढ्थे, तब ती चक्‍काहरू तिनीहरूसितै उढ्थे; किनकि ती जीवित प्राणीहरूको आत्मा ती चक्‍काहरूमा थिए।
21 Assim, toda vez que os animais andavam ou paravam ou subiam do chão, as rodas faziam o mesmo.
22 ती जीवित प्राणीहरूका शिरमाथि हिउँझैँ चम्किलो, डरलाग्दो अन्तर देखिन्थ्यो।
22 Acima das cabeças dos animais havia uma coisa que parecia uma cobertura curva feita de cristal brilhante.
23 त्यस अन्तरमुनि तिनीहरूका पखेटाहरू एउटाको पखेटाले अर्काको पखेटालाई छुने गरी सीधै फैलिएका थिए। हरेकसँग तिनीहरूका शरीरलाई छोप्ने दुई वटा पखेटाहरू पनि थिए।
23 Debaixo da cobertura, cada animal abria duas asas na direção das asas do outro que estava ao seu lado e cobria o corpo com as outras duas asas.
24 जब ती प्राणीहरू अगाडि बढ्थे, तब वेगसित बगिरहेका पानीको गर्जनजस्तो, सर्वशक्तिमान्‌को आवाजजस्तो, सेनाको होहल्‍लाजस्तो, तिनीहरूका पखेटाहरूको आवाज मैले सुन्थे। जब तिनीहरू खडा हुन्थे, तब तिनीहरूले आफ्ना पखेटाहरू तल झार्थे।
24 Eu ouvi o barulho das suas asas quando voavam. Era como o rugido do mar, como o barulho de um grande exército, como a voz do Deus Todo-Poderoso. Quando paravam de voar, abaixavam as asas,
25 जब तिनीहरू आफ्ना पखेटा तल झारेर उभिरहेका थिए, तब तिनीहरूका शिरमाथिको अन्तरबाट एउटा आवाज आयो।
25 mas ainda se ouvia um som que vinha de cima da cobertura que estava sobre as cabeças deles.
26 तिनीहरूका शिरमाथि भएको अन्तरमाथि नीलमणिको सिंहासनजस्तो देखिन्थ्यो; अनि मास्तिर त्यस सिंहासनमा मानिसको जस्तै एउटा आकृति थियो।
26 Acima da cobertura curva havia uma coisa parecida com um trono feito de safira . Nele, estava sentado alguém que parecia um homem
27 मैले तिनको कम्मरदेखि मास्तिर आगोले भरिएको बल्दैगरेको चम्किलो धातुजस्तो देखेँ; अनि कम्मरदेखि मुन्तिर पनि आगोजस्तै देखिन्थ्यो; अनि तिनको वरिपरि चम्किलो ज्योतिले घेरिराखेको थियो।
27 e que brilhava como se fosse bronze no meio do fogo. Todo ele brilhava com o mesmo clarão de fogo.
28 पानी परेको दिन बादलमा इन्द्रेणी देखिएजस्तै तिनका वरिपरि चम्किलो ज्योति थियो।
28 E a sua luz tinha todas as cores do arco-íris nas nuvens. Esta era a luz brilhante que mostra a presença da glória do Senhor .

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.