Ezequiel 17

npioncb (NPIONCB) vs NVT

Sair da comparação
NVT Nova Versão Transformadora
1 याहवेहको वचन मकहाँ आयो:
1 Recebi esta mensagem do S enhor :
2 “हे मानिसको छोरा, एउटा उखान बनाएर इस्राएलीहरूलाई दृष्‍टान्तको रूपमा भन्।
2 “Filho do homem, apresente esta parábola e conte esta história ao povo de Israel.
3 तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: शक्तिशाली र लामा-लामा पखेटा र सुन्दर प्वाँखहरू भएको एउटा ठूलो चील लेबनानमा आयो। त्यसले देवदारुको रूखको टुप्पालाई चुँडायो;
3 Transmita-lhes a seguinte mensagem do S enhor Soberano: “Uma grande águia, com asas grandes e penas longas, coberta com plumagem de várias cores, veio ao Líbano. Agarrou a ponta de um cedro
4 अनि सबैभन्दा माथिको टुप्पाको टुसालाई चुँडाएर त्यसलाई व्यापारीहरूको एउटा देशमा लग्यो, र त्यस देवदारुलाई व्यापारीहरूको एउटा सहरमा रोपिदियो।
4 e arrancou seu galho mais alto. Levou-o para uma terra de comerciantes e plantou-o numa cidade de mercadores.
5 “ ‘चिलले त्यस देशका केही बिउहरू लिएर मलिलो माटोमा रोपिदियो। चिलले त्यो प्रशस्त पानी भएको ठाउँमा बैँसको रूखझैँ रोप्यो;
5 Também levou da terra uma semente e a plantou em solo fértil. Colocou-a junto a um rio largo, onde pudesse crescer como um salgueiro.
6 अनि त्यसमा पालुवा पलायो र एउटा होचो कद भएको, फैलिरहने दाखको बोट बन्यो। दाखका हाँगाहरू चिलतिर बढेर आयो, तर दाखका जराहरू जमिनमुनि नै रहे। अनि यो दाखको बोट बन्यो र त्यसका हाँगाहरू उम्रन थाले र त्यसबाट धेरै पातसहितका हाँगाहरू निस्के।
6 A planta criou raízes, cresceu e se tornou uma videira baixa, mas espalhada. Os ramos se voltaram para a águia, e as raízes se aprofundaram no solo. Produziu ramos fortes e deu brotos.
7 “ ‘तर त्यहाँ शक्तिशाली पखेटा र धेरै प्वाँखहरू भएको अर्को ठूलो चील पनि थियो। अब त्यस दाखको बोटले आफू रोपिएको ठाउँबाट आफ्ना जराहरू त्यस अर्को चिलतिर बढायो र पानीको निम्ति आफ्ना हाँगाहरू त्यस चिलतिर फैलायो।
7 Então, surgiu outra águia, com asas grandes e muita plumagem. A videira lançou raízes e ramos na direção dela, em busca de água,
8 त्यसले हाँगाहरू उमारोस् र फल फलाएर एउटा सुन्दर दाखको बोट बनोस् भनेर त्यसलाई असल माटोमा र प्रशस्त पानीको छेउमा रोपिएको थियो।’
8 embora já estivesse plantada em boa terra e tivesse água com fartura, para que crescesse e se transformasse numa bela videira e produzisse ramos e frutos.
9 “तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: के त्यो नयाँ दाखको बोट सप्रला र? के त्यो ओइलिएर जाओस् भनी उखेलिँदैन र? वा त्यसका फलहरू रित्तो पारिँदैनन् र? त्यसका सबै नयाँ मुनाहरू ओइलाएर जानेछन्। त्यसलाई जरैसित उखेल्नलाई बलियो हात वा धेरै मानिसहरूको खाँचो पर्नेछैन।
9 “Agora, portanto, assim diz o S enhor Soberano: Acaso essa videira prosperará? Não! Eu a arrancarei pela raiz! Cortarei seus frutos e deixarei que suas folhas murchem. Eu a arrancarei facilmente; não será necessário um braço forte nem um grande exército.
10 यदि त्यो अर्को ठाउँमा रोपियो भने के त्यो सप्रला र? पूर्वीय बतासले त्यसलाई प्रहार गरेपछि के त्यो पूर्ण रूपले ओइलाउने छैन र—त्यो जहाँ रोपियो र बढ्यो, के त्यहीँ ओइलिनेछैन र?’ ”
10 Mas, quando a videira for replantada, acaso florescerá? Pelo contrário, murchará quando o vento do leste soprar contra ela. Morrerá na mesma terra onde havia crescido”.
11 तब याहवेहको वचन मकहाँ आयो:
11 Então recebi esta mensagem do S enhor :
12 “यी विद्रोही मानिसहरूलाई भन्, ‘यस कुराहरूको अर्थ के हो, के तिमीहरू जान्दैनौ?’ तिनीहरूलाई भन्: ‘बेबिलोनको राजा नबूकदनेसर यरूशलेममा गयो; अनि त्यहाँका राजा र राजकीय व्यक्तिहरूलाई कैद गरी तिनीहरूलाई आफूसँग बेबिलोनमा ल्यायो।
12 “Diga a este povo rebelde: Vocês não entendem o que significa essa parábola? O rei da Babilônia veio a Jerusalém e levou seu rei e seus príncipes para a Babilônia.
13 त्यसपछि राजाले राजकीय परिवारका एक सदस्यलाई लियो, र शपथ खुवाएर त्यससित एउटा सन्धि गर्‍यो। नबूकदनेसर राजाले देशका केही मुख्य मानिसहरूलाई पनि कैद गरेर लग्यो,
13 Firmou um tratado com um membro da família real e o obrigou a jurar lealdade. Também exilou os líderes mais influentes de Israel,
14 ताकि यहूदा राज्य कमजोर होस्, फेरि उठ्न नसकोस्, तर त्यसले गरेको सन्धि कायम राखेर मात्र बाँचोस्।
14 para que o reino não voltasse a se fortalecer nem se rebelasse. Ele só sobreviveria se cumprisse seu tratado com a Babilônia.
15 तर यहूदाका राजा सिदकियाहले इजिप्टबाट घोडाहरू र ठूलो सेनाहरू ल्याउन भनी आफ्ना दूतहरू पठाएर नबूकदनेसरको विरुद्धमा विद्रोह गर्‍यो। के त्यो सफल हुनेछ? के यस्ता कामहरू गर्ने मानिस बच्न सक्छ र? के त्यसले सन्धि तोडेर पनि त्यो बच्न सक्ला र?
15 “Contudo, esse homem da família real de Israel se rebelou contra a Babilônia e enviou embaixadores ao Egito, para pedir um grande exército e muitos cavalos. Acaso Israel pode deixar de cumprir os tratados que fez sob juramento e ficar impune?
16 “ ‘म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, त्यो बेबिलोनमा मर्नेछ, त्यो राजाको देशमा, जसले त्यसलाई सिंहासनमा राख्यो, जसको शपथलाई त्यसले तुच्छ ठान्यो र जसको सन्धि त्यसले तोड्यो।
16 Tão certo como eu vivo, diz o S enhor Soberano, o rei de Israel morrerá na Babilônia, a terra do rei que o colocou no poder e cujo tratado ele desprezou e quebrou.
17 जब घेराबन्दीहरू खडा गरिन्छ र घेरा हाल्नलाई पर्खालहरू बनाइन्छ, तब फारोको शक्तिशाली सेना र ठूलो सेनाको दलले लडाइँमा त्यसलाई कुनै सहयोग गर्न सक्नेछैन।
17 O faraó e todo o seu exército poderoso não serão capazes de ajudar Israel quando o rei da Babilônia cercar Jerusalém novamente e destruir muitas vidas.
18 सिदकियाहले करार भङ्ग गरेर शपथलाई तुच्छ ठान्यो। त्यसले आफ्नो हात दिएर शपथ खाए तापनि यी सबै कुराहरू गरेको कारण त्यो उम्कनेछैन।
18 Pois o rei de Israel desprezou seu tratado e o quebrou depois de jurar obediência; portanto, ele não escapará.
19 “ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म जीवित भएझैँ, त्यसले मेरो शपथ तुच्छ ठानेको र मेरो करार तोडेको कारण म त्यसलाई दण्ड दिनेछु।
19 “Por isso, assim diz o S enhor Soberano: Tão certo como eu vivo, eu o castigarei por quebrar minha aliança e desprezar o voto solene que fez em meu nome.
20 म त्यसको विरुद्धमा मेरो जाल फिजाउनेछु, र त्यो मेरो पासोमा पर्नेछ। म त्यसलाई बेबिलोनमा ल्याउनेछु, र त्यहाँ त्यसमाथि न्याय गर्नेछु; किनकि त्यो मप्रति अविश्‍वासयोग्य भयो।
20 Lançarei minha rede sobre ele e o pegarei em meu laço. Eu o levarei à Babilônia e o julgarei por sua traição contra mim.
21 त्यसका सबै छानिएका दलहरू तरवारद्वारा ढल्नेछन्; अनि बाँचेका सेनाहरू बतासमा छरपस्ट पारिनेछन्। तब म याहवेहले नै बोलेको हुँ भनी तिमीहरूले जान्‍नेछौ।
21 Todos os seus melhores guerreiros serão mortos na batalha, e os que sobreviverem serão espalhados aos quatro ventos. Então você saberá que eu, o S enhor , falei.
22 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म आफैँले देवदारुको टुप्पाबाट एउटा टुसा लिनेछु र त्यसलाई रोप्नेछु; म त्यसका सबैभन्दा टुप्पाको टुसाबाट एउटा सानो कलिलो हाँगा चुँडाएर त्यसलाई एउटा अग्लो र ठूलो पर्वतमा रोप्नेछु।
22 “Assim diz o S enhor Soberano: Pegarei um ramo da ponta de um cedro alto e o plantarei no topo do monte mais elevado de Israel.
23 म त्यस हाँगालाई इस्राएलको पहाडको टुप्पोमा रोप्नेछु; त्यसका हाँगाहरू पलाउनेछन् र फल फलाउनेछन्; अनि एउटा सुन्दर देवदारुको बोट हुनेछ। त्यहाँ हरेक किसिमका चराहरूले गुँड बनाउनेछन्; त्यसका हाँगाहरूका छायामा ती चराहरूले आफ्ना गुँड लगाउनेछन्।
23 Ele se tornará um cedro majestoso que estenderá seus ramos e produzirá sementes. Aves de toda espécie farão ninhos ali e encontrarão abrigo à sombra de seus ramos.
24 म याहवेहले नै अग्ला रूखहरूलाई होच्याउनेछु, र होचा रूखहरूलाई अग्लो बनाउनेछु भनी जङ्गलका सबै रूखहरूले जान्‍नेछन्। हरियो रूखलाई सुकाउने र सुकेको रूखलाई हरियो बनाउने याहवेह म नै हुँ।
24 E todas as árvores saberão que eu, o S enhor , derrubo a árvore alta e faço crescer a árvore baixa. Faço a árvore verde murchar e dou vida à árvore seca. Eu, o S enhor , falei e cumprirei o que prometi!”.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 17, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.