Ezequiel 16
npioncb (NPIONCB) vs ARA
1 याहवेहको यो वचन मकहाँ आयो:
1 Veio a mim a palavra do Senhor , dizendo:
2 “हे मानिसको छोरा, यरूशलेमलाई त्यसका घिनलाग्दा कामहरू औँल्याइदे,
2 Filho do homem, faze conhecer a Jerusalém as suas abominações;
3 र भन्, ‘प्रभु याहवेह यरूशलेमलाई यसो भन्नुहुन्छ: तेरो पुर्खा र तेरो जन्म कनानीहरूको देशमा भएको थियो; तेरो बुबा एक एमोरी थियो र तेरी आमा एक हित्तीनी थिई।
3 e dize: Assim diz o Senhor Deus a Jerusalém: A tua origem e o teu nascimento procedem da terra dos cananeus; teu pai era amorreu, e tua mãe, heteia.
4 तँ जन्मेको दिन तेरो नाल काटिएको थिएन, न त तँलाई सफा गर्नलाई पानीले पखालियो; न त तँलाई नुनले मलियो अथवा लुगाले बेह्रियो।
4 Quanto ao teu nascimento, no dia em que nasceste, não te foi cortado o umbigo, nem foste lavada com água para te limpar, nem esfregada com sal, nem envolta em faixas.
5 तँलाई कसैले दयाको दृष्टिले हेरेन, न त तेरो निम्ति कसैले केही गरिदियो वा दया नै देखायो। बरु तँ खुला मैदानमा फ्याँकिएको थिइस्; किनकि तँ जन्मेकै दिन घृणित भएको थिइस्।
5 Não se apiedou de ti olho algum, para te fazer alguma destas coisas, compadecido de ti; antes, foste lançada em pleno campo, no dia em que nasceste, porque tiveram nojo de ti.
6 “ ‘जब म तेरो छेउबाट भएर गएँ, र तँलाई आफ्नो रगतमा लतपतिएको देखेँ; अनि तँ आफ्नो रगतमा लतपतिरहेकै अवस्थामा मैले तँलाई भने, “जीवित हो।”
6 Passando eu por junto de ti, vi-te a revolver-te no teu sangue e te disse: Ainda que estás no teu sangue, vive; sim, ainda que estás no teu sangue, vive.
7 मैले तँलाई खेतको बोटबिरुवाजस्तै बढ्न दिएँ। तँ बढिस्, हुर्किस् र युवावस्थामा प्रवेश गरिस्। तेरा स्तनहरू बढे र तेरो केश लामो भयो, तर पनि तँ पूरै नाङ्गै थिइस्।
7 Eu te fiz multiplicar como o renovo do campo; cresceste, e te engrandeceste, e chegaste a grande formosura; formaram-se os teus seios, e te cresceram cabelos; no entanto, estavas nua e descoberta.
8 “ ‘त्यसपछि म छेउबाट भएर जाँदा, जब मैले तँलाई हेरेँ, र तँलाई देखेँ; तँ प्रेम गर्ने उमेरको भएको थिइस्। मैले मेरो लुगाको एउटा किनार तँमाथि फैलाइदिएँ र तेरो नग्नता ढाकिदिएँ। अनि मैले तँसँग शपथ खाएँ, र तँलाई करारमा बाँधेँ; तब तँ मेरी भइस्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
8 Passando eu por junto de ti, vi-te, e eis que o teu tempo era tempo de amores; estendi sobre ti as abas do meu manto e cobri a tua nudez; dei-te juramento e entrei em aliança contigo, diz o Senhor Deus; e passaste a ser minha.
9 “ ‘मैले तँलाई पानीले नुहाइदिएँ, र तेरो रगत सफा गरिदिएँ; अनि तँलाई मलम लगाइदिएँ।
9 Então, te lavei com água, e te enxuguei do teu sangue, e te ungi com óleo.
10 मैले तँलाई बुट्टेदार वस्त्र लगाइदिएँ, र तँलाई अति राम्रो छालाको जुत्ता लगाइदिएँ। मैले तँलाई मलमल कपडा पहिर्याइदिएँ, र तँलाई बहुमूल्य वस्त्रले ढाकिदिएँ।
10 Também te vesti de roupas bordadas, e te calcei com couro da melhor qualidade, e te cingi de linho fino, e te cobri de seda.
11 मैले तँलाई गरगहनाले आभूषित गराएँ: मैले तेरा हातमा चुरा र तेरो घाँटीमा हार पहिर्याइदिएँ।
11 Também te adornei com enfeites e te pus braceletes nas mãos e colar à roda do teu pescoço.
12 मैले तेरो नाकमा नत्थ, तेरा कानहरूमा मुन्द्रा र तेरो शिरमा सुन्दर मुकुट लगाइदिएँ।
12 Coloquei-te um pendente no nariz, arrecadas nas orelhas e linda coroa na cabeça.
13 यसरी तँ सुन र चाँदीले सिँगारिइस्; तेरा वस्त्रहरू मिहिन सुती, बहुमूल्य र बुट्टेदार कपडाका थिए र तेरो भोजन एकदमै राम्रो मसिनो पिठो, मह र जैतुन तेल थियो। तँ असाध्यै सुन्दरी थिइस् र रानी हुन लायकको भइस्।
13 Assim, foste ornada de ouro e prata; o teu vestido era de linho fino, de seda e de bordados; nutriste-te de flor de farinha, de mel e azeite; eras formosa em extremo e chegaste a ser rainha.
14 तेरो सुन्दरताको कारण जाति-जातिहरूको बीचमा तेरो ख्याति फैलियो; किनकि मैले तँलाई दिएको गौरवले तेरो सुन्दरतालाई पूर्ण बनाइदिएको थियो, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
14 Correu a tua fama entre as nações, por causa da tua formosura, pois era perfeita, por causa da minha glória que eu pusera em ti, diz o Senhor Deus.
15 “ ‘तर तैँले आफ्नो सुन्दरतामा भरोसा राखिस्, र आफ्नो ख्यातिलाई वेश्यावृत्तिको रूपमा प्रयोग गरिस्। तैँले आफ्नो कामुकतालाई तेरो छेउबाट भएर जाने जोसुकैमाथि मनपरी सुम्पिस् र तेरो सुन्दरता त्यस मानिसको भयो।
15 Mas confiaste na tua formosura e te entregaste à lascívia, graças à tua fama; e te ofereceste a todo o que passava, para seres dele.
16 तैँले आफ्ना केही वस्त्रहरू लिएर देवस्थानहरू सिँगारिस्, जहाँ तैँले वेश्याकर्म गरिस्। तँ ती सिँगारिएका डाँडाहरूमा त्यसकहाँ गइस् र त्यसले तेरो सुन्दरता लुट्यो।
16 Tomaste dos teus vestidos e fizeste lugares altos adornados de diversas cores, nos quais te prostituíste; tais coisas nunca se deram e jamais se darão.
17 मैले तँलाई दिएका अति सुन्दर गहना, मेरो सुनचाँदीले बनिएको गरगहना तैँले लिइस्, र आफ्नै निम्ति पुरुषका मूर्तिहरू बनाएर तिनीहरूसितै वेश्यावृत्ति गर्न थालिस्।
17 Tomaste as tuas joias de enfeite, que eu te dei do meu ouro e da minha prata, fizeste estátuas de homens e te prostituíste com elas.
18 अनि तैँले ती मूर्तिहरूलाई ढाक्नलाई तेरा बुट्टेदार कपडाहरू लगिस्, र तैँले ती मूर्तिहरूको अगि मेरो जैतुनको तेल र धूप चढाइस्।
18 Tomaste os teus vestidos bordados e as cobriste; o meu óleo e o meu perfume puseste diante delas.
19 अनि मैले तँलाई प्रबन्ध गरिदिएका भोजनहरू—मैले तँलाई खान भनेर जुटाइदिएको मसिनो पिठो, जैतुनको तेल र मह—तैँले ती मूर्तिहरूको अगाडि सुगन्धित धूपको रूपमा चढाइस्। प्रभु याहवेह भन्नुहुन्छ, त्यस्तै नै भएको थियो।
19 O meu pão, que te dei, a flor da farinha, o óleo e o mel, com que eu te sustentava, também puseste diante delas em aroma suave; e assim se fez, diz o Senhor Deus.
20 “ ‘तैँले मेरा निम्ति जन्माएका छोराछोरीहरू लिएर मूर्तिहरूका निम्ति भोजनको रूपमा बलिदान गरिस्। के यो तेरो वेश्यावृत्ति पर्याप्त थिएन?
20 Demais, tomaste a teus filhos e tuas filhas, que me geraste, os sacrificaste a elas, para serem consumidos. Acaso, é pequena a tua prostituição?
21 तैँले मेरा छोराछोरीहरूलाई मारेर मूर्तिहरूलाई बलि चढाइस्।
21 Mataste a meus filhos e os entregaste a elas como oferta pelo fogo.
22 तेरा सबै घिनलाग्दा कामहरूमा र तेरा वेश्यावृत्तिमा तैँले आफ्नो युवावस्थाका दिनहरू सम्झिनस्; जब तँ नाङ्गो र वस्त्रविहीन थिइस्, आफ्नो रगतमा तँ लतपतिएकी थिइस्।
22 Em todas as tuas abominações e nas tuas prostituições, não te lembraste dos dias da tua mocidade, quando estavas nua e descoberta, a revolver-te no teu sangue.
23 “ ‘धिक्कार! तँलाई धिक्कार, प्रभु याहवेह भन्नुहुन्छ। तेरा अरू सबै दुष्टताहरूबाहेक
23 Depois de toda a tua maldade (Ai, ai de ti! — diz o Senhor Deus),
24 तैँले आफ्नै निम्ति पूजा गर्ने एउटा उच्च स्थान बनाइस् र हरेक सार्वजनिक चोकमा उच्च देवस्थान बनाइस्।
24 edificaste prostíbulo de culto e fizeste elevados altares por todas as praças.
25 हरेक सडकको कुनामा तैँले देवस्थान बनाइस् र त्यहाँबाट भएर जाने हरेकलाई आफ्नो पाउ फैलाएर वेश्यावृत्तिको निम्ति तेरो शरीर सुम्पिइस्, र आफ्नो सुन्दरतालाई अपमानित गरिस्।
25 A cada canto do caminho, edificaste o teu altar, e profanaste a tua formosura, e abriste as pernas a todo que passava, e multiplicaste as tuas prostituições.
26 तैँले आफ्ना कामुक छिमेकी इजिप्टियनहरूसँग पनि वेश्यावृत्ति गरिस्, र आफ्नो बढ्दो वेश्यावृत्तिले मलाई रिस उठाइस्।
26 Também te prostituíste com os filhos do Egito, teus vizinhos de grandes membros, e multiplicaste a tua prostituição, para me provocares à ira.
27 यसकारण हेर्, मैले मेरो हात तेरो विरुद्धमा पसारेको छु, र मैले तेरो देशको सिमाना सानो बनाइदिएको छु; मैले तँलाई तेरा शत्रुहरू, अर्थात् पलिश्तीहरूका छोरीहरूका लोभको शिकार बनाइदिएको छु, जो तेरो अनैतिकताको चाल देखेर लज्जित भएका थिए।
27 Por isso, estendi a mão contra ti e diminuí a tua porção; e te entreguei à vontade das que te aborrecem, as filhas dos filisteus, as quais se envergonhavam do teu caminho depravado.
28 तैँले अश्शूरहरूसित पनि वेश्यावृत्ति गरिस्; किनकि तेरो तिर्खा मेटिँदैनथ्यो, तर पनि तँ तृप्त भइनस्।
28 Também te prostituíste com os filhos da Assíria, porquanto eras insaciável; e, prostituindo-te com eles, nem ainda assim te fartaste;
29 तब तैँले व्यापारी देश बेबिलोनसँग पनि तेरो वेश्यावृत्ति बढाएर लगिस्, तर यसले पनि तँ तृप्त भइनस्।
29 antes, multiplicaste as tuas prostituições na terra de Canaã até a Caldeia e ainda com isso não te fartaste.
30 “ ‘यसैले तेरो विरुद्धमा म रिसको आगोले भरिएँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ: जब तैँले यी सबै कामहरू गरिस्, तैँले एक निर्लज्ज वेश्याको जस्तै व्यवहार गरिस्!
30 Quão fraco é o teu coração, diz o Senhor Deus, fazendo tu todas estas coisas, só próprias de meretriz descarada.
31 जब तैँले हरेक सडकको कुनामा उच्च स्थान र हरेक सार्वजनिक चोकमा देवस्थान बनाइस्, तँ साधारण वेश्याजस्तो पनि थिइनस्; किनकि तैँले ज्याला लिइनस्।
31 Edificando tu o teu prostíbulo de culto à entrada de cada rua e os teus elevados altares em cada praça, não foste sequer como a meretriz, pois desprezaste a paga;
32 “ ‘तँ व्यभिचारिणी पत्नी होस्! तैँले आफ्नै पतिलाई भन्दा बाहिरका बिरानो मानिसहरूलाई मन पराउँछेस्!
32 foste como a mulher adúltera, que, em lugar de seu marido, recebe os estranhos.
33 सबै वेश्याहरूले ज्याला लिन्छन्, तर तैँले त आफ्ना सबै प्रेमीहरूलाई उपहार दिन्छेस्, र चारैतिरबाट तँसँग वेश्यावृत्ति गर्न आऊन् भनेर घूस पनि दिन्छेस्।
33 A todas as meretrizes se dá a paga, mas tu dás presentes a todos os teus amantes; e o fazes para que venham a ti de todas as partes adulterar contigo.
34 यसकारण तेरो वेश्यावृत्तिमा तँ अरूहरूभन्दा फरक छेस्; तँसँग वेश्यावृत्ति गर्नलाई तेरो पछि कोही पनि दगुर्दैनन्। तँ साँच्चै उल्टो छेस्; किनकि तँसँग वेश्यावृत्ति गर्नलाई अरूलाई ज्याला दिन्छेस्, तर कसैले तँलाई ज्याला दिँदैन।
34 Contigo, nas tuas prostituições, sucede o contrário do que se dá com outras mulheres, pois não te procuram para prostituição, porque, dando tu a paga e a ti não sendo dada, fazes o contrário.
35 “ ‘यसकारण हे वेश्या, याहवेहको वचन सुन्!
35 Portanto, ó meretriz, ouve a palavra do Senhor .
36 प्रभु याहवेह यसो भन्नुहुन्छ: तैँले आफ्ना प्रेमीहरूसितको वेश्यावृत्तिमा आफ्नो धनसम्पत्ति खन्याएकी र आफ्नो नग्नता देखाएकी कारणले र तेरा सबै घिनलाग्दा मूर्तिहरूको कारण, र तैँले आफ्ना छोराछोरीहरूका रगत ती मूर्तिहरूलाई चढाएको कारण,
36 Assim diz o Senhor Deus: Por se ter exagerado a tua lascívia e se ter descoberto a tua nudez nas tuas prostituições com os teus amantes; e por causa também das abominações de todos os teus ídolos e do sangue de teus filhos a estes sacrificados,
37 म तेरा सबै प्रेमीहरू भेला गराउनेछु, जससँग तैँले आनन्द लिइस्, जसलाई तैँले प्रेम गरिस् र तैँले घृणा गरिस्। म तिनीहरूलाई चारैतिरबाट तेरो विरुद्धमा जम्मा गर्नेछु; तिनीहरूले तेरो नग्नता देखून् भनेर तिनीहरूको सामु तेरो नग्नता उघारिदिनेछु।
37 eis que ajuntarei todos os teus amantes, com os quais te deleitaste, como também todos os que amaste, com todos os que aborreceste; ajuntá-los-ei de todas as partes contra ti e descobrirei as tuas vergonhas diante deles, para que todos as vejam.
38 म तँलाई ती स्त्रीहरूलाई झैँ दण्ड दिनेछु, जसले व्यभिचार गर्छन् र जसले रक्तपात गर्छन्; म तँमाथि मेरो क्रोध र डाहपूर्ण रिसको रगतको बदला खन्याउनेछु।
38 Julgar-te-ei como são julgadas as adúlteras e as sanguinárias; e te farei vítima de furor e de ciúme.
39 तब म तँलाई तेरा प्रेमीहरूकहाँ सुम्पिदिनेछु, र तिनीहरूले तेरा अग्ला स्थानहरू भत्काइदिनेछन्; अनि तेरा देवस्थानहरू नाश गरिदिनेछन्। तिनीहरूले तेरा वस्त्रहरू उतारिदिनेछन्, र तेरा सुन्दर गरगहनाहरू लगेर तँलाई नाङ्गै छोडिदिनेछन्।
39 Entregar-te-ei nas suas mãos, e derribarão o teu prostíbulo de culto e os teus elevados altares; despir-te-ão de teus vestidos, tomarão as tuas finas joias e te deixarão nua e descoberta.
40 तिनीहरूले तेरो विरुद्धमा एउटा भीडलाई ल्याउनेछन्, जसले तँलाई ढुङ्गाले हान्नेछन् र आफ्ना तरवारहरूले तँलाई टुक्रा-टुक्रा पारिदिनेछन्।
40 Farão subir contra ti uma multidão, apedrejar-te-ão e te traspassarão com suas espadas.
41 तिनीहरूले तेरा घरहरू जलाइदिनेछन् र धेरै स्त्रीहरूले देख्ने गरी तँलाई दण्ड दिनेछन्। म तेरो वेश्यावृत्तिलाई रोकिदिनेछु, र अब तैँले तेरा प्रेमीहरूलाई फेरि ज्याला दिनेछैनस्।
41 Queimarão as tuas casas e executarão juízos contra ti, à vista de muitas mulheres; farei cessar o teu meretrício, e já não darás paga.
42 त्यसपछि तेरो विरुद्धमा मेरो क्रोध शान्त हुनेछ, र मेरो डाहको रिस तँबाट हट्नेछ; अनि म शान्त हुनेछु र अब फेरि क्रोधित हुनेछैनँ।
42 Desse modo, satisfarei em ti o meu furor, os meus ciúmes se apartarão de ti, aquietar-me-ei e jamais me indignarei.
43 “ ‘तैँले तेरा जवानीका दिनहरू सम्झना गरिनस्, तर यी सबै कुराहरूले मलाई रिस उठाएको कारण तैँले जे गरेकी छेस्, त्यो निश्चय नै तेरो शिरमाथि खन्याइदिनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। के तैँले आफ्ना अरू सबै घिनलाग्दा कामहरूमाथि कामुकता थपेकी छैनस्?
43 Visto que não te lembraste dos dias da tua mocidade e me provocaste à ira com tudo isto, eis que também eu farei recair sobre a tua cabeça o castigo do teu procedimento, diz o Senhor Deus; e a todas as tuas abominações não acrescentarás esta depravação.
44 “ ‘उखान भन्ने हरेकले तेरो विषयमा यही उखान भन्नेछ: “जस्ती आमा, त्यस्ती नै छोरी।”
44 Eis que todo o que usa de provérbios usará contra ti este, dizendo: Tal mãe, tal filha.
45 तँ तेरी आमाजस्तै छेस्, जसले आफ्नो पति र आफ्ना छोराछोरीहरूलाई घृणा गर्थी; अनि तँ साँच्चै आफ्ना दिदीबहिनीहरू जस्ती छेस्; जसले आफ्ना पतिहरू र छोराछोरीहरूलाई घृणा गर्थे। तेरी आमा एउटी हित्ती स्त्री थिई र तेरो बुबा एक एमोरी थियो।
45 Tu és filha de tua mãe, que teve nojo de seu marido e de seus filhos; e tu és irmã de tuas irmãs, que tiveram nojo de seus maridos e de seus filhos; vossa mãe foi heteia, e vosso pai, amorreu.
46 तेरी ठूली दिदी सामरिया थिई, जो आफ्ना छोरीहरूसित तेरो उत्तरपट्टि बस्थी; अनि तेरी सानी बहिनी सदोम थिई, जो आफ्ना छोरीहरूसित तेरो दक्षिणपट्टि बस्थी।
46 E tua irmã, a maior, é Samaria, que habita à tua esquerda com suas filhas; e a tua irmã, a menor, que habita à tua mão direita, é Sodoma e suas filhas.
47 तँ तिनीहरूका मार्गहरूमा मात्र हिँडिनस्, र तिनीहरूका घिनलाग्दा कामहरू मात्र सिकिनस्, तर तेरा सबै मार्गहरूमा तँ चाँडै नै तिनीहरूभन्दा बढी खराब भइस्।
47 Todavia, não só andaste nos seus caminhos, nem só fizeste segundo as suas abominações; mas, como se isto fora mui pouco, ainda te corrompeste mais do que elas, em todos os teus caminhos.
48 म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, तेरी बहिनी सदोम र त्यसका छोरीहरूले तैँले र तेरा छोरीहरूले गरेजस्तो कहिल्यै गरेका थिएनन्।
48 Tão certo como eu vivo, diz o Senhor Deus, não fez Sodoma, tua irmã, ela e suas filhas, como tu fizeste, e também tuas filhas.
49 “ ‘अब तेरी बहिनी सदोमको पाप यस्तो थियो: त्यो र त्यसका छोरीहरू अहङ्कारी थिए; अनि पेटभरि खान्थे र लापर्बाही जिउँथे। तिनीहरूले गरिब र खाँचोमा परेकाहरूलाई वास्ता गर्दैनथिए।
49 Eis que esta foi a iniquidade de Sodoma, tua irmã: soberba, fartura de pão e próspera tranquilidade teve ela e suas filhas; mas nunca amparou o pobre e o necessitado.
50 तिनीहरू अहङ्कारी थिए, र तिनीहरूले मेरो सामु घिनलाग्दा कामहरू गरेका थिए। यसकारण मैले तिनीहरूलाई नष्ट गरिदिएँ, त्यो तैँले देखेकी छेस्।
50 Foram arrogantes e fizeram abominações diante de mim; pelo que, em vendo isto, as removi dali.
51 सामरियाले तैँले गरेका पापहरूको आधाजति पनि गरेन। तैँले तिनीहरूले भन्दा बढी घृणित कामहरू गरिस्, र तैँले गरेका यी सबै घिनलाग्दा कामहरूद्वारा तेरा आफ्ना दिदीबहिनीहरूलाई धर्मी देखिने बनाइस्।
51 Também Samaria não cometeu metade de teus pecados; pois tu multiplicaste as tuas abominações mais do que elas e assim justificaste a tuas irmãs com todas as abominações que fizeste.
52 अब तैँले आफ्नो अपमान भोग्; किनकि तैँले आफ्ना दिदीबहिनीहरूलाई धर्मी ठहराउने काम गरिस्। तेरा पापहरू तिनीहरूका भन्दा बढी घिनलाग्दा भएका कारण तिनीहरू तँभन्दा बढी धर्मी देखिन्छन्। यसकारण लाज मान्, र आफ्नो अपमान बोक्; किनकि तैँले आफ्ना दिदीबहिनीहरूलाई बढी धर्मी देखिने तुल्याइस्।
52 Tu, pois, levas a tua ignomínia, tu que advogaste a causa de tuas irmãs; pelos pecados que cometeste, mais abomináveis do que elas, mais justas são elas do que tu; envergonha-te logo também e leva a tua ignomínia, pois justificaste a tuas irmãs.
53 “ ‘तापनि म सदोम र त्यसका छोरीहरू, सामरिया र त्यसका छोरीहरूको सुख-शान्ति फर्काइदिनेछु; अनि तिनीहरूसित तेरो सुदिन समेत फर्काइदिनेछु,
53 Restaurarei a sorte delas, a de Sodoma e de suas filhas, a de Samaria e de suas filhas e a tua própria sorte entre elas,
54 ताकि तैँले तेरो अपमान सहन सकोस् र तिनीहरूलाई सान्त्वना दिँदा तैँले गरेका सबै कामहरूका निम्ति लज्जित हुन सकोस्।
54 para que leves a tua ignomínia e sejas envergonhada por tudo o que fizeste, servindo-lhes de consolação.
55 अनि तेरा दिदीबहिनीहरू, सदोम र त्यसका छोरीहरू, सामरिया र त्यसका छोरीहरू आफ्नो पहिलेकै अवस्थामा फर्कनेछन्; तब तँ र तेरा छोरीहरू पनि पहिलेकै अवस्थामा फर्कनेछौ।
55 Quando tuas irmãs, Sodoma e suas filhas, tornarem ao seu primeiro estado, e Samaria e suas filhas tornarem ao seu, também tu e tuas filhas tornareis ao vosso primeiro estado.
56 आफ्नो घमण्डको दिनमा तेरो दुष्टता प्रकट गरिनुभन्दा पहिले,
56 Não usaste como provérbio o nome Sodoma, tua irmã, nos dias da tua soberba,
57 तैँले आफ्नी बहिनी सदोमको नामसम्म लिएकी थिइनस्। यसैले अब एदोमका छोरीहरू र त्यसका सबै छिमेकीहरू र पलिश्तीहरूका छोरीहरूद्वारा तेरा चारैतिर भएकाहरू सबैले तँलाई घृणा गर्छन्।
57 antes que se descobrisse a tua maldade? Agora, te tornaste, como ela, objeto de opróbrio das filhas da Síria e de todos os que estão ao redor dela, as filhas dos filisteus que te desprezam.
58 तैँले तेरा सबै कामुकता र तेरा सबै घृणित कामहरूको प्रतिफल भोग्नेछेस्, याहवेह घोषणा गर्नुहुन्छ।
58 As tuas depravações e as tuas abominações tu levarás, diz o Senhor .
59 “ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: म तँलाई तैँले गरेको दुष्टताको योग्यको दण्ड दिनेछु; किनकि तैँले मेरो करार तोडेर मेरो शपथ तुच्छ ठानेकी छेस्।
59 Porque assim diz o Senhor Deus: Eu te farei a ti como fizeste, pois desprezaste o juramento, invalidando a aliança.
60 तापनि मैले तेरो युवावस्थामा तँसँग बाँधेको करार सम्झनेछु, र म तँसित एउटा अनन्तको करार स्थापित गर्नेछु।
60 Mas eu me lembrarei da aliança que fiz contigo nos dias da tua mocidade e estabelecerei contigo uma aliança eterna.
61 त्यसपछि तैँले तेरा आफ्ना दिदीबहिनीहरू, तँभन्दा ठूली दिदी र तँभन्दा सानी बहिनीहरूलाई स्वीकार गर्नेछेस्; अनि तैँले आफ्ना चालहरू विचार गर्नेछेस्, र तँ लज्जित हुनेछस्। अनि म तिनीहरूलाई तेरा छोरीहरूको रूपमा तँलाई दिनेछु, तर तँसँगको मेरो करारको कारणले होइन।
61 Então, te lembrarás dos teus caminhos e te envergonharás quando receberes as tuas irmãs, tanto as mais velhas como as mais novas, e tas darei por filhas, mas não pela tua aliança.
62 तब म तँसित मेरो करार स्थापित गर्नेछु, र म नै याहवेह हुँ भनी तैँले जान्नेछेस्।
62 Estabelecerei a minha aliança contigo, e saberás que eu sou o Senhor ,
63 जब तैँले गरेका सबै घृणित कामहरूका निम्ति म क्षमा गर्नेछु, तब तैँले आफ्नो पाप सम्झनेछेस्, र तँ लज्जित हुनेछेस्; अनि आफ्नो अपमानको कारण तैँले आफ्नो मुख कहिल्यै खोल्नेछैनस्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
63 para que te lembres e te envergonhes, e nunca mais fale a tua boca soberbamente, por causa do teu opróbrio, quando eu te houver perdoado tudo quanto fizeste, diz o Senhor Deus.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Ezequiel 16, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.