Ezequiel 13
npioncb (NPIONCB) vs ARC
1 याहवेहको वचन मकहाँ आयो:
1 E veio a mim a palavra do Senhor , dizendo:
2 “हे मानिसको छोरा, अहिले अगमवाणी गरिरहेका इस्राएलका अगमवक्ताहरूको विरुद्धमा अगमवाणी गर्। आफ्नै कल्पनाबाट अगमवाणी गर्नेहरूलाई भन्: ‘याहवेहको वचन सुन!’
2 Filho do homem, profetiza contra os profetas de Israel que são profetizadores e dize aos que só profetizam o que vê o seu coração: Ouvi a palavra do Senhor .
3 प्रभु याहवेह यसो भन्नुहुन्छ: धिक्कार ती मूर्ख अगमवक्ताहरूलाई, जसले आफ्नै आत्माका कुराहरू गर्छन् र केही पनि देखेका छैनन्!”
3 Assim diz o Senhor Jeová : Ai dos profetas loucos, que seguem o seu próprio espírito e coisas que não viram!
4 हे इस्राएल, तिमीहरूका अगमवक्ताहरू भत्केका ठाउँहरूमा बस्ने स्यालहरूजस्ता छन्।
4 Os teus profetas, ó Israel, são como raposas nos desertos.
5 तिमीहरू इस्राएलका मानिसहरूका भत्केका पर्खाल मर्मत गर्न धाँदोहरूमा गएनौ, न त याहवेहको दिनको लडाइँमा खडा रहन सकियोस् भनी बार बनायौ।
5 Não subistes às brechas, nem reparastes a fenda da casa de Israel, para estardes na peleja no dia do Senhor .
6 तिनीहरूका दर्शनहरू झूटा र तिनीहरूका जोखनाहरू छल हुन्। यद्यपि याहवेहले तिनीहरूलाई पठाउनुभएकै होइन, तर पनि तिनीहरू भन्छन्, “याहवेह घोषणा गर्नुहुन्छ;” अनि तिनीहरूका वचन उहाँले पूरा गर्नुभएको होस् भनी तिनीहरू आशा गर्दछन्।
6 Veem vaidade e adivinhação mentirosa os que dizem: O Senhor disse; quando o Senhor os não enviou; e fazem que se espere o cumprimento da palavra.
7 मैले नबोले तापनि “याहवेह घोषणा गर्नुहुन्छ,” भनेर तिमीहरूले भन्दछौ, तब के तिमीहरूले झूटो दर्शन देखेका र झूटो जोखना उच्चारण गरेका होइनौ र?
7 Não vedes visão de vaidade e não falais adivinhação mentirosa, quando dizeis: O Senhor diz, sendo que eu tal não falei?
8 “ ‘यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: तिमीहरूका झूटा वचनहरू र झूटा दर्शनहरूको कारण म तिमीहरूको विरुद्धमा छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
8 Portanto, assim diz o Senhor Jeová : Como falais vaidade e vedes a mentira, portanto, eis que eu sou contra vós, diz o Senhor Jeová .
9 मेरो हात झूटो दर्शन देख्ने र झूटो जोखना बताउने अगमवक्ताहरूको विरुद्धमा हुनेछ। तिनीहरू मेरा मानिसहरूको सभामा सहभागी हुनेछैनन्, न त इस्राएलको घरानाको नामावलीमा लेखिनेछन्, न त तिनीहरू इस्राएल देशमा प्रवेश गर्नेछन्। तब तिमीहरूले म नै प्रभु याहवेह हुँ भनी जान्नेछौ।
9 E a minha mão será contra os profetas que veem vaidade e que adivinham mentira; na congregação do meu povo, não estarão, nem nos registros da casa de Israel se escreverão, nem entrarão na terra de Israel; e sabereis que eu sou o Senhor Jeová .
10 “ ‘किनकि तिनीहरूले मेरा मानिसहरूलाई शान्ति नै नहुँदासमेत, “तिमीहरूलाई शान्ति हुनेछ” भनेर बहकाएका छन्; अनि तिनीहरूले एउटा अति कमजोर पर्खाल बनाउँछन्, र त्यसलाई सेतो चून पोतेर छोप्छन्;
10 Visto que, sim, visto que andam enganando o meu povo, dizendo: Paz, não havendo paz; e um edifica a parede de lodo, e outros a rebocam de cal não adubada,
11 यसकारण त्यो सेतो चून पोत्नेहरूलाई त्यो पर्खाल ढल्न लागेको छ भनी भनिदे; पानीको बाढी आउनेछ र म प्रचण्ड रूपले असिना पठाइदिनेछु; अनि प्रचण्ड आँधी चल्नेछ।
11 dize aos que rebocam de cal não adubada que ela cairá. Haverá uma grande pancada de chuva, e vós, ó pedras grandes de saraiva, caireis, e um vento tempestuoso a fenderá.
12 जब त्यो पर्खाल ढल्नेछ, तब के मानिसहरूले तिमीहरूलाई यसो भनेर सोध्नेछैनन्, ‘तिमीहरूले पर्खालमा पोतेको सेतो चून कहाँ छ?”
12 Ora, eis que, caindo a parede, não vos dirão: Onde está o reboco de que a rebocastes?
13 “ ‘यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: मेरो क्रोधमा म प्रचण्ड बतास छोडिदिनेछु; अनि मेरो रिसमा असिना र विनाशकारी पानी बाढीझैँ पर्खालमाथि खस्नेछन्।
13 Portanto, assim diz o Senhor Jeová : Um vento tempestuoso a fenderá no meu furor, e uma grande pancada de chuva haverá na minha ira, e grandes pedras de saraiva, na minha indignação, para a consumir.
14 म तिमीहरूले सेतो चूनले पोतेको पर्खाललाई भताभुङ्ग पारिदिनेछु; अनि त्यसलाई जमिनमै मिलाइदिनेछु, ताकि त्यसको जगसमेत देखा परोस्। जब त्यो सहर ढल्नेछ, र तिमीहरू त्यसैमा नष्ट हुनेछौ; अनि म नै याहवेह हुँ भनी तिमीहरूले जान्नेछौ।
14 E derribarei a parede que rebocastes de cal não adubada e darei com ela por terra, e o seu fundamento se descobrirá; assim cairá, e perecereis no meio dela e sabereis que eu sou o Senhor .
15 यसरी म आफ्नो क्रोध त्यस पर्खालको विरुद्धमा र पर्खालमा त्यो चूनले पोत्नेहरूका विरुद्धमा पोखाउनेछु। म तिमीहरूलाई भन्नेछु, “त्यो पर्खाल अब छैन, र त्यसलाई सेतो चूनले पोत्नेहरू पनि छैनन्;
15 Assim, cumprirei o meu furor contra a parede e contra os que a rebocam de cal não adubada e vos direi: A parede já não existe, nem aqueles que a rebocaram,
16 इस्राएलका ती अगमवक्ताहरू, जसले यरूशलेमको निम्ति अगमवाणी गरे, र त्यस सहरको निम्ति शान्तिको दर्शन देखे; तर त्यहाँ शान्ति नै थिएन, प्रभु याहवेह भन्नुहुन्छ।” ’
16 os profetas de Israel que profetizam de Jerusalém e veem para ela visão de paz, não havendo paz, diz o Senhor Jeová .
17 “अब हे मानिसको छोरा, तेरो अनुहार तिनीहरूका आफ्नै कल्पनाको आधारमा अगमवाणी गर्ने तेरा मानिसहरूका छोरीहरूतिर तिनीहरूको विरुद्धमा फर्का, र तिनीहरूको विरुद्धमा अगमवाणी गर्;
17 E tu, ó filho do homem, dirige o teu rosto contra as filhas do teu povo que profetizam de seu coração, e profetiza contra elas,
18 अनि तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: धिक्कार ती स्त्रीहरूलाई, जसले तिनीहरू सबैका नाडीहरूमा जादुका बुटी बाँधिदिन्छन्; अनि मानिसहरूलाई पासोमा पार्न तिनीहरूका शिरमा लगाउने विभिन्न प्रकारका लामा-लामा घुम्टाहरू बनाउँछन्। के तिमीहरू मेरा मानिसहरूको जीवनलाई पासोमा पारेर आफ्ना जीवनलाई जोगाइराख्छौ?”
18 e dize: Assim diz o Senhor Jeová : Ai das que cosem almofadas para todos os sovacos e que fazem travesseiros para cabeça de toda estátua, para caçarem as almas! Porventura, caçareis as almas do meu povo e guardareis vivas as almas para vós?
19 तिमीहरूले एक मुट्ठी जौ र रोटीका टुक्राहरूको निम्ति मलाई मेरा मानिसहरूका बीचमा अनादर गरेका छौ। झूटो सुन्न मन पराउने मेरा मानिसहरूलाई झूटो बोलेर तिमीहरूले ती मर्नुनपर्ने मानिसहरूलाई मारेका छौ, र मर्नुपर्नेहरूलाई चाहिँ जीवित छोडेका छौ।
19 Vós me profanastes entre o meu povo, por punhados de cevada e por pedaços de pão, para matardes as almas que não haviam de morrer e para guardardes vivas as almas que não haviam de viver, mentindo, assim, ao meu povo que escuta a mentira.
20 “ ‘यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: म तिमीहरूका जादुका बुटीहरूको विरुद्धमा छु, जसको कारण तिमीहरूले मानिसहरूलाई चराहरूलाई झैँ पासोमा पार्छौ, र म ती बुटीहरू तिमीहरूका नाडीबाट चुँडाइदिनेछु; तिमीहरूले चराहरूलाई झैँ पासोमा पारेका मानिसहरूलाई म छुटकारा दिनेछु।
20 Portanto, assim diz o Senhor Jeová : Eis aí vou eu contra as vossas almofadas, com que vós ali caçais as almas como aves, e as arrancarei de vossos braços; e soltarei as almas que vós caçais como aves.
21 म तिमीहरूका घुम्टाहरू च्यातिदिनेछु, र मेरा मानिसहरूलाई तिमीहरूका हातबाट छुटाउनेछु; अनि तिनीहरू फेरि कहिल्यै पनि तिमीहरूको शक्तिको शिकार हुनेछैनन्। तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्नेछौ।
21 E rasgarei os vossos véus e livrarei o meu povo das vossas mãos, e nunca mais estarão em vossas mãos para serem caçadas; e sabereis que eu sou o Senhor .
22 किनकि मैले तिनीहरूमाथि शोक नल्याए तापनि तिमीहरूले धर्मी मानिसहरूलाई निराश पारिदिएका छौ; किनकि तिमीहरूले दुष्टहरूलाई आफ्ना दुष्ट चालहरूबाट नफर्कोस् भनेर उत्साह दिन्छौ र तिनीहरूका प्राण बचाउँछौ।
22 Visto que entristecestes o coração do justo com falsidade, não o havendo eu entristecido, e esforçastes as mãos do ímpio, para que não se desviasse do seu mau caminho e vivesse,
23 यसकारण अब फेरि तिमीहरूले कहिल्यै पनि झूटो दर्शन देख्नेछैनौ, न त जोखना हेर्नेछौ। म आफ्ना मानिसहरूलाई तिमीहरूका हातबाट छुटाउनेछु। तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्नेछौ।’ ”
23 portanto, não vereis mais a vaidade, nem mais fareis adivinhações; mas livrarei o meu povo das vossas mãos, e sabereis que eu sou o Senhor .
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Ezequiel 13, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.