Ezequiel 12

npioncb (NPIONCB) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 याहवेहको वचन मकहाँ आयो:
1 Veio a mim a palavra do Senhor , dizendo:
2 “हे मानिसको छोरा, तँ विद्रोही मानिसहरूका बीचमा बस्दैछस्। तिनीहरूका आँखाहरू त छन्, तर देख्दैनन्; तिनीहरूका कानहरू त छन्, तर सुन्दैनन्; किनकि तिनीहरू विद्रोही मानिसहरू हुन्।
2 Filho do homem, tu habitas no meio da casa rebelde, que tem olhos para ver e não vê, tem ouvidos para ouvir e não ouve, porque é casa rebelde.
3 “यसकारण हे मानिसको छोरा, निर्वासनको निम्ति आफ्ना सरसामानहरू दिउँसो तयार पार्! मानिसहरूले हेरिरहेकै बेला बाहिर निस्की, र तँ जहाँ छस्, त्यहीँबाट अर्को ठाउँमा जा। यद्यपि तिनीहरू विद्रोही मानिसहरू हुन, तर पनि सायद तिनीहरूले केही बुझ्नेछन्।
3 Tu, pois, ó filho do homem, prepara a bagagem de exílio e de dia sai, à vista deles, para o exílio; e, do lugar onde estás, parte para outro lugar, à vista deles. Bem pode ser que o entendam, ainda que eles são casa rebelde.
4 निर्वासनको निम्ति पोको पारेका तेरा सरसामानहरू तिनीहरूका आँखाकै सामु दिउँसै बाहिर झिक्। अनि तिनीहरूले हेरिरहेकै बेला तँ बेलुका कैदमा परेर जानेहरूजस्तो निस्केर जानू।
4 À vista deles, pois, traze para a rua, de dia, a tua bagagem de exílio; depois, à tarde, sairás, à vista deles, como quem vai para o exílio.
5 तिनीहरूले हेरिरहेकै बेला भित्ता फोरेर तेरा सरसामानहरू त्यहाँबाट बाहिर निकाल्।
5 Abre um buraco na parede, à vista deles, e sai por ali.
6 तिनीहरूले हेरिरहेकै बेला ती सरसामानहरू तेरो काँधमा राख्, र साँझपख बोकेर लैजा। तैँले आफ्नो अनुहार छोप्, ताकि तैँले भूमि नदेखोस्; किनकि मैले तँलाई इस्राएलीहरूका निम्ति एउटा चिन्ह बनाएको छु।”
6 À vista deles, aos ombros a levarás; às escuras, a transportarás; cobre o rosto para que não vejas a terra; porque por sinal te pus à casa de Israel.
7 यसकारण मलाई आज्ञा दिइएअनुसार मैले गरेँ। दिउँसो मैले निर्वासनको निम्ति पोको पारेको आफ्ना सरसामानहरू निकालेँ। त्यसपछि बेलुकी मैले आफ्ना हातले भित्ता फोरेँ। मैले आफ्ना सामानहरू तिनीहरूले हेरिरहेकै बेला आफ्ना काँधमा बोकेर साँझपखमा निकालेँ।
7 Como se me ordenou, assim eu fiz: de dia, levei para fora a minha bagagem de exílio; então, à tarde, com as mãos abri para mim um buraco na parede; às escuras, eu saí e, aos ombros, transportei a bagagem, à vista deles.
8 बिहान याहवेहको वचन मकहाँ आयो:
8 Pela manhã, veio a mim a palavra do Senhor , dizendo:
9 “हे मानिसको छोरा, के इस्राएलका ती विद्रोही मानिसहरूले, ‘के गरेको?’ ” भनेर तँलाई सोधेनन् र?
9 Filho do homem, não te perguntou a casa de Israel, aquela casa rebelde: Que fazes tu?
10 “ती सोध्नेहरूलाई भन्, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: यो अगमवाणी यरूशलेमका राजकुमार र त्यहाँ भएका सबै इस्राएलीहरूसँग सम्बन्धित छ।
10 Dize-lhes: Assim diz o Senhor Deus: Esta sentença refere-se ao príncipe em Jerusalém e a toda a casa de Israel, que está no meio dela.
11 तिनीहरूलाई भन्, ‘म तिमीहरूका निम्ति एउटा चिन्ह हुँ।’
11 Dize: Eu sou o vosso sinal. Como eu fiz, assim se lhes fará a eles; irão para o exílio, para o cativeiro.
12 “तिनीहरूमध्ये राजकुमारले साँझमा आफ्ना सामानहरू आफ्नो काँधमा बोकेर निस्कनेछ, र छिर्नलाई भित्तामा प्वाल बनाउनेछ। उसले आफ्नो अनुहार छोप्नेछ, ताकि जमिन नदेखोस्।
12 O príncipe que está no meio deles levará aos ombros a bagagem e, às escuras, sairá; abrirá um buraco na parede para sair por ele; cobrirá o rosto para que seus olhos não vejam a terra.
13 म त्यसको निम्ति मेरो जाल फिँजाउनेछु, र त्यो मेरो पासोमा पर्नेछ; म त्यसलाई कल्दीहरूको देश, बेबिलोनमा ल्याउनेछु; अनि त्यसको मृत्यु त्यहीँ हुनेछ; तर त्यसले त्यो देश देख्नेछैन।
13 Também estenderei a minha rede sobre ele, e será apanhado nas minhas malhas; levá-lo-ei a Babilônia, à terra dos caldeus, mas não a verá, ainda que venha a morrer ali.
14 म त्यसका चारैतिर हुनेहरूलाई हावामा तितरबितर पार्नेछु—त्यसका कर्मचारीहरू र त्यसका सबै सेनाहरूलाई—तिनीहरूलाई म नाङ्गो तरवारले खेद्नेछु।
14 A todos os ventos espalharei todos os que, para o ajudarem, estão ao redor dele, e todas as suas tropas; desembainharei a espada após eles.
15 “जब म तिनीहरूलाई जातिहरूको बीचमा छरपस्ट पारिदिनेछु, र तिनीहरूलाई देश विदेशतिर तितरबितर पारिदिनेछु, तब म नै याहवेह हुँ भनी तिनीहरूले जान्‍नेछन्।
15 Saberão que eu sou o Senhor , quando eu os dispersar entre as nações e os espalhar pelas terras.
16 तर तिनीहरूमध्ये थोरैलाई म तरवार, अनिकाल र रूढीबाट जोगाउनेछु, ताकि आफू गएको ठाउँमा आफ्ना सबै घिनलाग्दा कामहरू तिनीहरूले स्वीकार गरून्। तब म नै याहवेह हुँ भनी तिनीहरूले जान्‍नेछन्।”
16 Deles deixarei ficar alguns poucos, escapos da espada, da fome e da peste, para que publiquem todas as suas coisas abomináveis entre as nações para onde forem; e saberão que eu sou o Senhor .
17 याहवेहको वचन मकहाँ आयो:
17 Então, veio a mim a palavra do Senhor , dizendo:
18 “हे मानिसको छोरा, तैँले आफ्नो भोजन काम्दै खानू, र डरले थरथराउँदै पानी पिऊनू।
18 Filho do homem, o teu pão comerás com tremor e a tua água beberás com estremecimento e ansiedade;
19 देशका मानिसहरूलाई भन्: यरूशलेममा र इस्राएलमा बसोबास गर्ने मानिसहरूलाई प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तिनीहरूले तिनीहरूका भोजन चिन्तासहित खानेछन् र तिनीहरूका पानी निराशामा पिउनेछन्; किनकि त्यहाँ बसोबास गर्नेहरू सबै मानिसहरूको हिंसाको कारण तिनीहरूको देशमा भएका सबै कुराहरू उजाड पारिनेछन्।
19 e dirás ao povo da terra: Assim diz o Senhor Deus acerca dos habitantes de Jerusalém, na terra de Israel: O seu pão comerão com ansiedade e a sua água beberão com espanto, pois que a sua terra será despojada de tudo quanto contém, por causa da violência de todos os que nela habitam.
20 आबाद भएका सहरहरू नष्‍ट पारिनेछन् र देश उजाड हुनेछ। तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्‍नेछौ।”
20 As cidades habitadas cairão em ruínas, e a terra se tornará em desolação; e sabereis que eu sou o Senhor .
21 याहवेहको वचन मकहाँ आयो:
21 Veio a mim a palavra do Senhor , dizendo:
22 “हे मानिसको छोरा, इस्राएलको देशमा तिमीहरूको यो उखान के हो: ‘दिनहरू बितेर जान्छन्, तर दर्शनहरू पूरा हुँदैनन्’?
22 Filho do homem, que provérbio é esse que vós tendes na terra de Israel: Prolongue-se o tempo, e não se cumpra a profecia?
23 तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म यस उखानको अन्त्य गरिदिनेछु, र तिनीहरूले अब उसो इस्राएलमा यो उखान भन्‍नेछैनन्।’ तिनीहरूलाई भन्, ‘ती दिनहरू नजिकै छन्, र सबै दर्शन पूरा हुनेछन्।
23 Portanto, dize-lhes: Assim diz o Senhor Deus: Farei cessar esse provérbio, e já não se servirão dele em Israel; mas dize-lhes: Os dias estão próximos e o cumprimento de toda profecia.
24 किनकि तब इस्राएलका मानिसहरूका बीचमा झूटा दर्शनहरू र बढाइचढाइपूर्ण जोखनाहरू हुनेछैनन्।
24 Porque já não haverá visão falsa nenhuma, nem adivinhação lisonjeira, no meio da casa de Israel.
25 किनकि म याहवेहले नै बोल्नेछु। म जे भन्छु, त्यो पूरा हुनेछ, र मेरो वचन ढिलो नभई पूरा हुनेछ। किनकि हे विद्रोही मानिसहरू हो, तिमीहरूकै दिनहरूमा मैले जे भनेको छु, त्यो पूरा गर्नेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
25 Porque eu, o Senhor , falarei, e a palavra que eu falar se cumprirá e não será retardada; porque, em vossos dias, ó casa rebelde, falarei a palavra e a cumprirei, diz o Senhor Deus.
26 याहवेहको वचन मकहाँ आयो:
26 Veio-me ainda a palavra do Senhor , dizendo:
27 “हे मानिसको छोरा, इस्राएलीहरूले भनिरहेका छन्, ‘त्यसले देखेको दर्शन धेरै वर्षपछि मात्र पूरा हुनेछ, र धेरै समयपछिको विषयमा त्यसले अगमवाणी गर्छ।’
27 Filho do homem, eis que os da casa de Israel dizem: A visão que tem este é para muitos dias, e ele profetiza de tempos que estão mui longe.
28 “यसकारण तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मेरो कुनै पनि वचन अब ढिलो हुनेछैन; मैले जे भनेको छु, त्यो पूरा हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
28 Portanto, dize-lhes: Assim diz o Senhor Deus: Não será retardada nenhuma das minhas palavras; e a palavra que falei se cumprirá, diz o Senhor Deus.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 12, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.