Ezequiel 11
npioncb (NPIONCB) vs NAA
1 तब आत्माले मलाई माथि उठाएर याहवेहको भवनको पूर्वीय मूलढोकामा ल्याउनुभयो। त्यहाँ मूलढोकाको प्रवेशद्वारमा पच्चीस जना मानिसहरू थिए। तिनीहरूमध्ये मैले मानिसहरूका अगुवाहरू अज्जूरका छोरा यजन्याह र बनायाहका छोरा पलत्याहलाई देखेँ।
1 Então o Espírito me levantou e me levou ao portão leste da Casa do Senhor , a qual dá para o leste. À entrada do portão, estavam vinte e cinco homens. No meio deles, vi Jazanias, filho de Azur, e Pelatias, filho de Benaías, chefes do povo.
2 याहवेहले मलाई भन्नुभयो, “हे मानिसको छोरा, यी ती मानिसहरू हुन्, जसले सहरमा दुष्टता रच्दछन् र दुष्ट सल्लाह दिन्छन्।
2 E disse-me: — Filho do homem, são estes os homens que planejam o mal e dão conselhos perversos nesta cidade.
3 तिनीहरू भन्छन्, ‘के हाम्रा घरहरू हालसालै पुनर्निर्माण भएका होइनन् र? यो सहर एउटा कराहीजस्तै हो, र हामीचाहिँ यसमा राखिएको मासु हौँ।’
3 Eles dizem: “Não está próximo o tempo de construir casas. Esta cidade é a panela, e nós somos a carne.”
4 यसकारण तिनीहरूको विरुद्धमा अगमवाणी गर्; हे मानिसको छोरा, अगमवाणी गर्।”
4 Portanto, profetize contra eles, profetize, ó filho do homem.
5 तब याहवेहको आत्मा ममाथि आउनुभयो, र उहाँले मलाई यसो भन्न लाउनुभयो: “याहवेह यसो भन्नुहुन्छ: हे इस्राएलका घराना हो, तिमीहरूले यसरी भनिरहेका त छौ, तर तिमीहरूका मनभित्र के सोचिरहेका छौ, सो म जान्दछु।
5 Então o Espírito do Senhor caiu sobre mim e me disse: — Fale: Assim diz o
6 तिमीहरूले यस सहरभित्र धेरै मानिसहरू मारेका छौ, र सहरका सडकहरू मानिसहरूका लासहरूले भरिदिएका छौ।
6 Vocês multiplicaram os seus mortos nesta cidade e encheram as ruas de cadáveres.
7 “यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: तिमीहरूले सहरमा फ्याँकिदिएका लासहरू मासु हो, र यो सहरचाहिँ कराही हो; तर म तिमीहरूलाई यहाँबाट धपाइदिनेछु।
7 Portanto, assim diz o Senhor Deus: Os mortos que vocês largaram no meio da cidade são a carne, e a cidade é a panela; quanto a vocês, eu os expulsarei da cidade.
8 तिमीहरू तरवारसँग डराउँछौ, तर म तिमीहरूको विरुद्धमा तरवार नै ल्याउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
8 Vocês ficaram com medo da espada, mas é a espada que trarei sobre vocês, diz o Senhor Deus.
9 म तिमीहरूलाई यस सहरबाट बाहिर धपाइदिनेछु; अनि तिमीहरूलाई विदेशीहरूका हातमा सुम्पिदिनेछु र तिमीहरूमाथि दण्ड ल्याउनेछु।
9 Levarei vocês para fora da cidade e os entregarei nas mãos de estrangeiros, e executarei juízos entre vocês.
10 तिमीहरू तरवारले मारिनेछौ, र इस्राएलको सिमानामा म तिमीहरूको न्याय गर्नेछु। तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्नेछौ।
10 Vocês cairão à espada. Nos confins de Israel, eu os julgarei, e vocês saberão que eu sou o Senhor .
11 यो सहर तिमीहरूका निम्ति कराही बन्नेछैन, न त तिमीहरू यसभित्र मासु नै बन्नेछौ; म इस्राएलका सिमानाहरूमा तिमीहरूको न्याय गर्नेछु।
11 Esta cidade não será uma panela para vocês, e vocês não serão a carne dentro dela. Nos confins de Israel, eu os julgarei,
12 अनि तिमीहरूले म नै याहवेह हुँ भनी जान्नेछौ; किनकि तिमीहरूले मेरा उर्दीहरू पालन गरेका छैनौ र आज्ञाहरू मानेका छैनौ; तर तिमीहरू आफ्ना चारैतिरका अन्य जातिहरूकै स्तरमा तिनीहरूका रीतिअनुसार चलेका छौ।”
12 e vocês saberão que eu sou o Senhor . Pois vocês não andaram nos meus estatutos, nem executaram os meus juízos; pelo contrário, agiram segundo os juízos das nações que estão ao redor de vocês.”
13 जब मैले अगमवाणी गरिरहेको थिएँ, बनायाहका छोरा पलत्याहको मृत्यु भयो। तब म भुइँमा घोप्टो परेँ र चर्को सोरले कराएँ, “हाय, प्रभु याहवेह! के तपाईंले इस्राएलको बाँकी रहेका मानिसहरूलाई पनि सम्पूर्ण रूपले नाश गर्नुहुनेछ?”
13 Enquanto eu profetizava, Pelatias, filho de Benaías, morreu. Então caí com o rosto em terra, clamei em alta voz e disse: — Ah!
14 याहवेहको वचन मकहाँ आयो:
14 A palavra do Senhor veio a mim, dizendo:
15 “हे मानिसको छोरा, यरूशलेममा बसोबास गर्ने मानिसहरूले तेरा आफ्नै नातेदार निर्वासित यहूदी दाजुभाइहरू र इस्राएलका सम्पूर्ण घरानाहरूका विषयमा यसो भनेका छन्, ‘तिनीहरू याहवेहदेखि धेरै टाढा छन्; यो इस्राएल देश हामीलाई हाम्रो अधिकारको रूपमा दिइएको हो।’
15 — Filho do homem, os seus irmãos, os seus próprios irmãos, os seus parentes e toda a casa de Israel, todos eles são aqueles a quem os moradores de Jerusalém disseram: “Afastem-se do Senhor ! A nós é que esta terra foi dada como herança.”
16 “यसकारण भन्: ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: यद्यपि मैले तिनीहरूलाई जातिहरूको बीचमा टाढा पठाएँ, र तिनीहरूलाई अन्य देशहरूका बीचमा तितरबितर पारेँ; तर पनि तिनीहरू गएका देशहरूमा म केही समय तिनीहरूका निम्ति पवित्रस्थान बनिरहेँ।’
16 — Portanto, diga: Assim diz o Senhor Deus: “Embora eu os tenha expulsado para o meio das nações e embora eu os tenha espalhado por outras terras, eu lhes servirei de santuário, por um pouco de tempo, nas terras para onde foram.”
17 “यसकारण निर्वासित इस्राएलीहरूलाई भन्: प्रभु याहवेह यसो भन्नुहुन्छ: म तिमीहरूलाई जाति-जातिहरूबाट जम्मा गर्नेछु, र तिमीहरूलाई छरपस्ट पारिएका देशहरूबाट फर्काएर ल्याउनेछु; अनि फेरि म तिमीहरूलाई इस्राएल देश फर्काइदिनेछु।
17 — Por isso, diga: Assim diz o Senhor Deus: “Eu os ajuntarei do meio dos povos, e os recolherei das terras por onde foram espalhados, e lhes darei a terra de Israel.
18 “तिनीहरू इस्राएलमा फर्कनेछन् र यस देशका सबै घृणित आकृतिहरू र घिनलाग्दा मूर्तिहरू हटाइदिनेछन्।
18 Voltarão para ali e tirarão dela todos os seus ídolos detestáveis e todas as suas abominações.
19 म तिनीहरूलाई अविभाजित हृदय दिनेछु र तिनीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु; म तिनीहरूबाट तिनीहरूका ढुङ्गाको हृदय हटाइदिनेछु र तिनीहरूलाई मासुको हृदय दिनेछु।
19 Eu lhes darei um só coração, e porei um espírito novo dentro deles; tirarei deles o coração de pedra e lhes darei coração de carne,
20 त्यसपछि तिनीहरूले मेरा उर्दीहरू पालन गर्नेछन्, र तिनीहरूले मेरा आज्ञाहरू होसियारीसाथ मान्नेछन्। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु।
20 para que andem nos meus estatutos e guardem os meus juízos, e os executem. Eles serão o meu povo, e eu serei o seu Deus.
21 तर जसका हृदय तिनीहरूका घृणित आकृतिहरू र घिनलाग्दा मूर्तिहरूको पछि लाग्छ, म तिनीहरूले गरेका कामहरूको दण्ड तिनीहरूकै शिरमाथि खन्याइदिनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
21 Mas, quanto àqueles cujo coração segue os seus ídolos detestáveis e as suas abominações, eu lhes darei o que merecem por seus atos”, diz o Senhor Deus.
22 तब करूबहरूले तिनीहरूका छेउमा भएका चक्काहरूसहित आफ्ना पखेटा फैलाए, र इस्राएलका परमेश्वरको महिमा तिनीहरूका मास्तिर थियो।
22 Então os querubins elevaram as suas asas, e as rodas os acompanhavam; e a glória do Deus de Israel estava no alto, sobre eles.
23 याहवेहको महिमा सहरभित्रबाट माथि गयो र त्यस सहरको पूर्वतिरको पर्वतमाथि गएर अडियो।
23 A glória do Senhor subiu do meio da cidade e se pôs sobre o monte que está a leste da cidade.
24 फेरि आत्माले मलाई माथि उठाउनुभयो र परमेश्वरका आत्माद्वारा दिनुभएको दर्शनमा बेबिलोनमा निर्वासित भएकाहरूको बीचमा मलाई ल्याउनुभयो।
24 Depois, o Espírito me levantou e me levou à Caldeia, para junto dos exilados, numa visão pelo Espírito de Deus. E a visão que eu havia tido se afastou de mim.
25 याहवेहले मलाई देखाउनुभएको सबै कुरा मैले कैदमा लगिएका मानिसहरूलाई भनिदिएँ।
25 Então contei aos exilados todas as coisas que o Senhor me havia mostrado.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Ezequiel 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.