Êxodo 5
npioncb (NPIONCB) vs NAA
1 त्यसपछि मोशा र हारून फारोकहाँ गएर भने, “याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘मेरा मानिसहरूलाई मेरा निम्ति उजाडस्थानमा चाड मनाउनलाई जान दे।’ ”
1 Depois Moisés e Arão foram e disseram a Faraó: — Assim diz o
2 फारोले भने, “याहवेह को हुनुहुन्छ, र म उहाँको हुकुम पालन गरूँ, र इस्राएलीहरूलाई जान दिऊँ? म याहवेहलाई चिन्दिनँ, र इस्राएलीहरूलाई जान पनि दिन्नँ।”
2 Faraó respondeu: — Quem é o
3 तब तिनीहरूले भने, “हिब्रूहरूका परमेश्वरले हामीलाई भेट्नुभयो। अब हामीलाई तीन दिनको यात्रा गरी उजाडस्थानमा गएर याहवेह हाम्रा परमेश्वरका निम्ति बलिदान चढाउन जान दिनुहोस्, नत्रता उहाँले हामीलाई रूढीले अथवा तरवारले प्रहार गर्नुहुनेछ।”
3 Eles prosseguiram: — O Deus dos hebreus veio ao nosso encontro; portanto, deixe-nos ir caminho de três dias ao deserto, para que ofereçamos sacrifícios ao
4 तब इजिप्टका राजाले तिनीहरूलाई भने, “ए मोशा र हारून, तिमीहरू यी मानिसहरूका काममा किन बाधा गर्छौ? तिमीहरू आफ्ना काममा लाग!”
4 Então o rei do Egito disse: — Moisés e Arão, por que estão afastando o povo das suas tarefas? Voltem ao trabalho!
5 अनि फारोले भने, “हेर, देशका मानिसहरू अब धेरै भएका छन्, र तिमीहरू तिनीहरूलाई काम गर्नदेखि रोकिरहेका छौ।”
5 E Faraó disse também: — O povo da terra já é muito e vocês ainda querem que eles descansem de suas tarefas!
6 त्यही दिन फारोले यातना दिने ठेकेदारहरू र मानिसहरूका नाइकेहरूलाई यस्तो हुकुम दिए:
6 Naquele mesmo dia Faraó deu uma ordem aos feitores do povo e aos seus capatazes, dizendo:
7 “अब उसो तिमीहरूले ती मानिसहरूलाई इँटाहरू बनाउनलाई पराल नदिनू; तिनीहरू गएर आफ्ना पराल आफैँले बटुलून्।
7 — Daqui em diante não forneçam mais palha ao povo, para fazer tijolos, como antes; que eles mesmos ajuntem para si a palha.
8 तर तिनीहरूलाई पहिलेकै संख्यामा इँटाहरू बनाउन भन्नू; त्यसको संख्या नघटाउनू। तिनीहरू अल्छे छन्; यसैले तिनीहरू ‘हामीलाई आफ्ना परमेश्वरका निम्ति बलिदान चढाउन जान दिनुहोस्’ भनी कराउँदैछन्।
8 Mas exijam deles a mesma quantidade de tijolos que antes faziam. Não diminuam a cota. Eles estão desocupados e, por isso, gritam: “Vamos e sacrifiquemos ao nosso Deus.”
9 ती मानिसहरूका निम्ति काम अझ कठोर पारिदिनू र तिनीहरूले खुरू-खुरू काम गरेर झूटो कुराहरूतिर ध्यान नदेऊन्।”
9 Imponham mais serviço a esses homens, para que se mantenham ocupados e não deem ouvidos a palavras mentirosas.
10 तब ती यातना दिने ठेकेदारहरू र मानिसहरूका नाइकेहरू गएर मानिसहरूलाई भने, “फारो यसो भन्नुहुन्छ: ‘म तिमीहरूलाई अबदेखि पराल दिनेछैनँ।
10 Então os feitores do povo e seus capatazes foram e falaram ao povo: — Assim diz Faraó: “Não fornecerei mais palha para vocês.
11 जाओ अनि जहाँबाट पाउन सकिन्छ, त्यहाँबाट आफ्ना लागि पराल ल्याओ, तर तिमीहरूका कामचाहिँ कदापि घटाइनेछैन।’ ”
11 Vão vocês mesmos e ajuntem palha onde a puderem achar; porque não haverá redução no trabalho de vocês.”
12 यसकारण ती मानिसहरू परालको लागि काम चलाउन टुक्राटाक्रीहरू बटुल्नलाई इजिप्टभरि छरिए।
12 Então o povo se espalhou por toda a terra do Egito para ajuntar restolho em lugar de palha.
13 ती यातना दिने ठेकेदारहरूले तिनीहरूलाई यसो भन्दै दबाब दिए, “तिमीहरूसित पराल हुँदा काम गरेझैँ, तिमीहरूबाट प्रतिदिन चाहिएका काम पूरा गर।”
13 Os feitores os pressionavam, dizendo: — Terminem o trabalho de vocês, a tarefa do dia, como quando havia palha.
14 फारोका यातना दिने ठेकेदारहरूबाट नियुक्त गरिएका इस्राएली नाइकेहरूलाई तिनीहरूले पिटे र यसो भन्दै सोधे, “तिमीहरूले हिजो र आज आफ्ना इँटाको परिमाण किन पहिलेझैँ पुर्याएनौ?”
14 E os capatazes dos filhos de Israel, que os feitores de Faraó tinham posto sobre eles, foram açoitados. Os feitores perguntavam aos capatazes: — Por que não terminaram nem ontem nem hoje a tarefa de vocês, fazendo tijolos como antes?
15 तब इस्राएली नाइकेहरू गएर फारोकहाँ उजुर गरे: “हजुरले आफ्ना सेवकहरूसँग किन यस्तो व्यवहार गर्नुहुन्छ?
15 Então os capatazes dos filhos de Israel foram se queixar a Faraó, dizendo: — Por que o senhor trata assim estes seus servos?
16 हजुरका सेवकहरूलाई पराल दिइँदैन, र पनि हामीलाई ‘इँटा बनाओ’ भनी आज्ञा गरिन्छ। हजुरका सेवकहरू कुटाइ पनि खाँदैछन्, तर अपराध भने हजुरकै मानिसहरूको छ।”
16 Já não nos fornecem palha, mas nos dizem: “Façam tijolos.” Eis que estes seus servos são açoitados; porém o seu próprio povo é que tem a culpa.
17 फारोले भने, “तिमीहरू अल्छे छौ, अल्छे! यसैकारण तिमीहरू ‘हामीलाई याहवेहका निम्ति बलिदान चढाउन जान दिनुहोस्’ भनिबस्छौ।
17 Mas Faraó respondeu: — Vocês são uns desocupados! Vocês estão desocupados e, por isso, dizem: “Vamos e sacrifiquemos ao
18 अब फर्केर काममा लाग। तिमीहरूलाई कत्ति पनि पराल दिइनेछैन; तर तिमीहरूले तोकिएको संख्यामा इँटाहरू बनाउनैपर्नेछ।”
18 Voltem, agora, ao trabalho. Vocês não receberão palha, mas terão de produzir a mesma quantidade de tijolos.
19 जब तिनीहरूलाई तिमीहरूले “प्रतिदिन बनाउनुपर्ने इँटाको संख्या घटाइनेछैन” भनियो, तब इस्राएली नाइकेहरूले तिनीहरू सङ्कटमा परेका थाहा पाए।
19 Então os capatazes dos filhos de Israel se viram em aperto, porque diziam a eles: “Não haverá redução na quantidade de tijolos, na tarefa diária de vocês.”
20 त्यसपछि तिनीहरू फारोकहाँबाट निस्के, र तिनीहरूले मोशा र हारून तिनीहरूलाई भेट्न पर्खिरहेका भेटे।
20 Quando saíram da presença de Faraó, encontraram Moisés e Arão, que estavam à espera deles,
21 अनि तिनीहरूले भने, “याहवेहले तपाईंहरूमाथि दृष्टि गरून् र न्याय देऊन्! तपाईंहरूले हामीलाई फारो र उनका अधिकारीहरूको अगि घृणित बनाउनुभयो, र हामीलाई मार्नका निम्ति तिनीहरूका हातमा तरवार राखिदिनुभएको छ।”
21 e lhes disseram: — Que o
22 मोशा फर्केर याहवेहकहाँ गएर भने, “हे प्रभु, तपाईंले यस प्रजामाथि किन सङ्कष्ट ल्याइदिनुभयो? के तपाईंले मलाई यसकै लागि पठाउनुभएको हो?
22 Então Moisés, voltando-se ao Senhor , disse: — Ó Senhor, por que afligiste este povo? Por que me enviaste?
23 म फारोकहाँ तपाईंको नाममा बोल्न गएकै बेलादेखि तिनले यी प्रजामाथि सङ्कष्ट ल्याएका छन्; अनि तपाईंले आफ्नो प्रजालाई छुटकारा दिनुभएको छैन।”
23 Pois, desde que me apresentei a Faraó, para falar-lhe em teu nome, ele tem maltratado este povo; e tu nada fizeste para livrar o teu povo.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Êxodo 5, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.