Êxodo 36

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 यसकारण बजलेल, ओहोलीआब र हरेक दक्ष मानिस, जसलाई याहवेहले पवित्रस्थान निर्माण गर्ने काममा दक्षता र क्षमता दिनुभएको छ, तिनीहरू सबैले याहवेहले आज्ञा दिनुभएअनुसार काम गरून्।”
1 Beseleel, Ooliab e todos os homens prudentes que o Senhor dotou de inteligência e habilidade, para saberem executar todos os trabalhos necessários ao serviço do santuário, conformaram-se inteiramente às instruções recebidas do Senhor.
2 तब मोशाले बजलेल, ओहोलीआब अनि याहवेहले काम गर्न क्षमता दिनुभएका र इच्छुक हरेक दक्ष मानिसलाई बोलाइपठाए।
2 Moisés chamou Beseleel, Ooliab e todos os homens prudentes que o Senhor tinha dotado de inteligência, todos os que eram impelidos pelo seu coração a empreender a execução desse trabalho.
3 तिनीहरूले पवित्रस्थान निर्माणका लागि इस्राएलीहरूले दिएका सबै भेटी मोशाबाट प्राप्‍त गरे। अनि मानिसहरूले हरेक बिहान स्वेच्छिक भेटीहरू ल्याउने गर्थे।
3 Levaram todas as ofertas que os israelitas haviam trazido a Moisés para a execução dos trabalhos necessários ao serviço do santuário. E, como o povo continuasse, cada manhã, a trazer espontaneamente ofertas,
4 तब पवित्रस्थानमा काम गर्ने सबै दक्ष कामदारहरूले आ-आफ्ना काम छोडे,
4 os homens prudentes que executavam os trabalhos do santuário deixaram cada um a obra que estava fazendo, e vieram dizer a Moisés:
5 अनि मोशालाई भने, “याहवेहले आज्ञा गर्नुभएको भन्दा धेरै सरसामानहरू मानिसहरूले ल्याएका छन्।”
5 "O povo traz muito mais do que é necessário para a execução do trabalho que o Senhor ordenou".
6 त्यसपछि मोशाले आदेश गरे, र छाउनीभरि नै सन्देश पठाए: “अब कुनै पुरुष वा स्त्रीले पवित्रस्थानको भेटीका लागि अरू केही नल्याउनू।” यसकारण मानिसहरूले अरू भेटी ल्याउन छोडे।
6 Então, por ordem de Moisés, fez-se no acampamento esta proclamação: "Que ninguém, nem homem nem mulher, traga mais ofertas para o santuário". Assim, o povo foi proibido de trazer mais.
7 किनकि तिनीहरूले ल्याएका भेटीहरू सबै काम सम्पन्‍न गर्न चाहिएभन्दा धेरै भयो।
7 O material trazido era mais que suficiente para tudo o que havia a fazer.
8 कामदारहरूमध्ये दक्ष भएकाहरूले दश वटा पर्दाले समागम पाल बनाए। ती पर्दाहरू मसिनो गरी बाटिएका सुती कपडाका निलो, बैजनी र रातो धागोका, र तिनमा दक्ष शिल्पकारद्वारा बनाइएका करूबहरूसहित समागम पाल थिए।
8 Os mais hábeis entre os operários construíram o tabernáculo: dez cortinas de linho fino retorcido, púrpura violeta e escarlate, e carmesim com querubins artisticamente bordados.
9 सबै पर्दाहरू एउटै नापका थिए—अट्ठाइस क्यूबिट लम्बाइ र चार क्यूबिट चौडाइ।
9 O comprimento de cada cortina era de vinte e oito côvados, sua largura de quatro côvados; e tinham todas as mesmas dimensões.
10 तिनीहरूले ती पाँच वटा पर्दाहरू एक-अर्कासित जोडे।
10 Juntaram as cortinas cinco por cinco.
11 त्यसपछि तिनीहरूले पहिलो जोडिएको पर्दाको अन्तिम किनारमा निलो कपडाको सुर्काउनी बनाए। अनि दोस्रो किनारमा जोडिएको भागको अर्को पर्दाको अन्तिम किनारमा पनि पहिलेको जस्तै गरे।
11 Laços de púrpura violeta foram colocados na orla da cortina que rematava esses dois grupos.
12 तिनीहरूले एउटा भागको पर्दामा पचास वटा सुर्काउनी पनि बनाए। अर्को पर्दाको भागको अन्तिम किनारमा पचास वटा सुर्काउनी बनाए। ती सुर्काउनीहरू एक-अर्काका विपरीत थिए।
12 Foram postos cinqüenta laços na primeira cortina, e cinqüenta na extremidade da última cortina do segundo grupo, situadas bem em face umas das outras.
13 त्यसपछि तिनीहरूले ती पर्दाहरू एक-आपसमा जोड्नलाई सुनका पचास वटा अङ्कुसेहरू बनाए। यसरी समागम पाल एउटै भयो।
13 As cortinas foram presas urnas às outras por meio de cinqüenta colchetes de ouro, de modo que o tabernáculo formou um todo.
14 समागम पालमाथिको पालको लागि तिनीहरूले बाख्राको भुत्लाबाट एघार वटा पर्दाहरू बनाए।
14 Fizeram-se, em seguida, cortinas de peles de cabra, para formar uma tenda sobre o tabernáculo; foram feitas onze dessas cortinas.
15 सबै एघार वटा पर्दाहरू एउटै नापका थिए—तीस क्यूबिट लम्बाइ र चार क्यूबिट चौडाइ।
15 O comprimento de uma delas era de trinta côvados, e sua largura de quarenta côvados; e tinham todas as mesmas dimensões.
16 तिनीहरूले पाँच वटा पर्दाहरू जोडेर एउटा भाग र छ वटा पर्दाहरूका जोडेर अर्को भाग बनाए।
16 Cinco dessas cortinas foram juntadas de um lado, e seis de outro.
17 त्यसपछि तिनीहरूले पहिलो गाँसिएको समूहको किनारमा पचास वटा सुर्काउनीहरू बनाए; अनि अर्को गाँसिएको समूहको पर्दाको किनारमा पनि पचास वटा सुर्काउनीहरू बनाए।
17 Cinqüenta colchetes foram colocados na orla da última cortina de um desses grupos e cinqüenta na orla da última cortina do segundo.
18 ती दुवै पर्दालाई जोडेर एक-आपसमा एउटै बनाउन तिनीहरूले काँसोका पचास वटा अङ्कुसेहरू बनाए।
18 Depois fizeram cinqüenta colchetes de bronze para unir as peças, de modo que a tenda formasse um só todo.
19 त्यसपछि तिनीहरूले पालको निम्ति भेडाको रातो रङ्गाइएको छालाबाट छत बनाए; र त्यसमाथि सीलका छालाहरूबाट छत बनाए।
19 Foi feita a cobertura da tenda de peles de carneiros tintas de vermelho, sobre as quais se meteu uma cobertura de peles de golfinhos.
20 तिनीहरूले समागम पालका निम्ति बबुल काठको ठाडो फल्याकहरू बनाए।
20 As tábuas do tabernáculo foram feitas de madeira de acácia, colocadas verticalmente.
21 प्रत्येक फल्याकका लम्बाइ दश क्यूबिट र चौडाइ डेढ क्यूबिट थियो।
21 As tábuas tinham dez côvados de comprimento e um côvado e meio de largura.
22 त्यसमा एक-अर्कामा समानान्तर रहेका दुई वटा चोसाहरू थिए। समागम पालका सबै फल्याकहरू यस किसिमले नै बनाए।
22 Cada tábua tinha dois encaixes ligados um ao outro: assim se fez com todas as tábuas do tabernáculo.
23 तिनीहरूले समागम पालको दक्षिणपट्टिका लागि बीस वटा फल्याकहरू बनाए।
23 Fizeram para o lado meridional do tabernáculo, ao sul, vinte tábuas.
24 अनि ती फल्याकहरूका मुन्तिर चालीस वटा चाँदीका आधारहरू बनाए—एउटा फल्याकको लागि दुई वटा आधारहरू, प्रत्येक चोसाको मुनि एउटा।
24 Meteram sob essas vinte tábuas quarenta suportes de prata, dois sob cada tábua, para seus dois encaixes.
25 अर्कोपट्टि, समागम पालको उत्तरपट्टि बीस वटा फल्याकहरू,
25 Para o segundo lado do tabernáculo, ao norte, fizeram vinte tábuas,
26 अनि तिनको निम्ति दुई वटा आधार गरेर तिनीहरूले चाँदीका चालीस वटा आधारहरू बनाए।
26 com quarenta suportes de prata, à razão de dois por tábua.
27 तिनीहरूले पछिल्तिरको भाग, जो समागम पालको पश्‍चिमतिरको भाग हो, त्यसका लागि छ वटा फल्याकहरू बनाए।
27 Para o fundo do tabernáculo, ao ocidente, fizeram seis tábuas.
28 अनि अन्तिम भागमा भएका समागम पालका कुनाहरूका लागि दुई वटा फल्याकहरू बनाइए।
28 Para os ângulos do tabernáculo, ao fundo, fizeram duas tábuas.
29 ती कुनाका दुई फल्याकहरू तलदेखि माथिसम्म दोबर खप्टिएका र माथिल्‍लो भागमा कुनाका फल्याकहरू एउटै मुन्द्रामा जोडिएका थिए। ती दुवै एकै किसिमले बनेका थिए।
29 Elas eram emparelhadas desde a base, formando juntas um só todo até o alto, na primeira argola. O mesmo se fez com as duas tábuas colocadas nos ângulos.
30 यसरी त्यहाँ पछाडिपट्टि आठ वटा फल्याकहरू र एउटाको मुन्तिर दुई वटा गरी चाँदीका सोह्र वटा आधारहरू थिए।
30 Havia, pois, oito tábuas com seus suportes de prata, em número de dezesseis, dois sob cada tábua.
31 तिनीहरूले बबुल काठका बारहरू र समागम पालको एकापट्टि पाँच वटा फल्याकहरू पनि बनाए।
31 Fizeram em seguida cinco travessas de madeira de acácia para as tábuas de um dos lados do tabernáculo,
32 अनि अर्कोपट्टिका फल्याकहरूका लागि पाँच वटा बार र समागम पालको पश्‍चिमका अन्तिम भागका फल्याकहरूको लागि पाँच वटा बारहरू लगाए।
32 cinco para as tábuas do segundo lado e cinco para as que estavam do lado posterior do tabernáculo, ao ocidente.
33 तिनीहरूले फल्याकहरूको बीचमा पर्ने बारचाहिँ एक छेउदेखि अर्को छेउसम्म पुग्ने बनाए।
33 A travessa central estendia-se ao longo das tábuas, de uma extremidade à outra.
34 तिनीहरूले सबै फल्याकहरू सुनले मोहोरे, र बारहरू पक्रनका लागि सुनका मुन्द्राहरू बनाए। ती बारहरू पनि सुनले नै मोहोरे।
34 Recobriram de ouro essas tábuas e se lhes puseram argolas de ouro, pelas quais passaram as travessas, recobertas também elas de ouro.
35 तिनीहरूले निलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको एउटा पर्दा बनाए; जसमा निपूर्ण शिल्पकारद्वारा बनाइएका करूबहरू थिए।
35 Foi feito o véu de púrpura violeta e escarlate, de carmesim e linho retorcido, onde foram bordados artisticamente alguns querubins.
36 तिनीहरूले त्यसका लागि बबुल काठका चार वटा खाँबाहरू बनाए; अनि तिनलाई सुनले मोहोरे। तिनीहरूले सुनका अङ्कुसेहरू बनाए; र चाँदीका चार वटा आधारहरू ढाले।
36 Fizeram para ele quatro colunas de madeira de acácia revestidas de ouro, com pregos de ouro, e fundiram para elas quatro pedestais de prata.
37 तिनीहरूले पाल प्रवेशद्वारका लागि निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाले शिल्पकारको शिल्पकारी भएको एउटा पर्दा बनाए;
37 Para a entrada da tenda foi feito o véu de púrpura violeta e escarlate, de carmesim e linho retorcido, artisticamente bordado.
38 अनि तिनीहरूले पाँच वटा खाँबाहरूसहित अङ्कुसेहरू पनि बनाए। तिनीहरूले खाँबोका टुप्पाहरू र तिनका फित्ताहरू सुनले मोहोरे, र तिनका पाँच वटा काँसोका आधारहरू बनाए।
38 Fizeram, para suspender esse véu, cinco colunas munidas de ganchos; recobriram de ouro seus capitéis e suas vergas; seus cinco pedestais foram feitos de bronze.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Êxodo 36, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.