Ester 9

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 अदार भनिने बाह्रौँ महिनाको तेह्रौँ दिनमा, राजाले दिएको आदेश पालन गरिनुपर्नेथियो। त्यस दिन यहूदीहरूका शत्रुहरूले यहूदीहरूलाई जित्ने आशा राखेका थिए। तर त्यसको ठिक विपरीत यहूदीहरूले आफ्ना शत्रुहरूमाथि विजय पाए।
1 No duodécimo mês, que é o de Adar, no dia treze do mês, data em que entrava em vigor a ordem e o edito do rei, no mesmo dia em que os inimigos dos judeus contavam fazer-lhes mal, aconteceu tudo ao contrário, e os judeus dominaram seus inimigos.
2 यहूदीहरू तिनीहरूलाई नाश गर्न चाहनेहरूमाथि आक्रमण गर्न भेला भए; अनि राजा अहासूरसका सबै प्रान्तहरूमा भएका यहूदीहरू सहरहरूमा भेला भए। अरू सबै जातिका मानिसहरू तिनीहरूसित डराएका कारण यहूदीहरूको विरुद्धमा कोही पनि खडा हुन सकेनन्।
2 Estavam reunidos em suas respectivas cidades, em todas as províncias do rei Assuero para levantarem a mão contra aqueles que desejavam sua perda. Ninguém pôde resistir-lhes, porque o terror se tinha apoderado de todos os povos.
3 अनि मोर्दकैको डरको कारण प्रान्तहरूका सबै अधिकारीहरू, बडाहाकिमहरू, अधिकृतहरू र राजाका प्रशासकहरूले यहूदीहरूलाई सघाए।
3 Todos os senhores das províncias, os sátrapas, os governadores, os funcionários do rei tomaram o partido dos judeus, por temor de Mardoqueu.
4 राजमहलमा मोर्दकै प्रमुख भए, र तिनको ख्याति प्रान्तहरूभरि फैलिएको थियो; अनि तिनी झन्-झन् शक्तिशाली हुँदैगए।
4 Porque este ocupava um alto lugar no palácio real e sua fama se espalhava em todas as províncias, onde sua influência não cessava de crescer.
5 यहूदीहरूले आफ्ना सबै शत्रुहरूलाई तरवारले प्रहार गरेर मारे; अनि तिनीहरूले आफूलाई घृणा गर्नेहरूलाई जे गर्न चाहन्थे, त्यही गरे।
5 Os judeus, pois, feriram todos os seus inimigos a golpes de espada: massacre e extermínio de seus opressores, aos quais trataram como quiseram.
6 राजधानी शूशनमा यहूदीहरूले पाँच सय मानिसहरूलाई मारेर नाश गरे।
6 Em Susa, na capital, mataram quinhentos homens.
7 तिनीहरूले पर्शन्दाता, दल्फोन, अस्पाता,
7 Fizeram igualmente perecer Farsandata, Delfon, Esfata,
8 पोराता, अदलिया, अरीदाता,
8 Forata, Adalia, Aridata,
9 पर्मशता, अरीशै, अरीदै र बैजातालाई पनि मारे,
9 Fermesta, Arisai, Aridai e Jesata,
10 जो हम्मदाताका छोरा, यहूदीहरूका शत्रु हामानका दश जना छोराहरू थिए। तर तिनीहरूले लुटपाटमा भने हात लगाएनन्।
10 os dez filhos de Amã, filho de Amedata, o opressor dos judeus. Mas se abstiveram de toda pilhagem.
11 राजधानी शूशनमा मारिएकाहरूको संख्या त्यसै दिन राजालाई सुनाइयो।
11 Nesse mesmo dia fizeram conhecer ao rei o número das vítimas em Susa, a capital.
12 राजाले रानी एस्तरलाई भने, “यहूदीहरूले राजधानी शूशनमा पाँच सय मानिसहरू र हामानका दश जना छोराहरूलाई मारेर नाश गरेका छन् भने तिनीहरूले राजाका बाँकी प्रान्तहरूमा के गरे होलान्? अब तिम्रो बिन्ती के छ? त्यो तिमीलाई दिइनेछ। तिमी के चाहन्छ्यौ? त्यो पनि गरिनेछ।”
12 E o rei disse a Ester: Em Susa, na capital, os judeus mataram quinhentos homens e os dez filhos de Amã. Que não terão feito nas outras províncias do rei! {Entretanto}, tens ainda algum pedido? Ser-te-á concedido. Tens algum desejo? Será satisfeito.
13 तब एस्तरले जवाफ दिइन्, “राजालाई असल लाग्यो भने शूशनमा भएका यहूदीहरूलाई आजको उर्दी भोलि पनि पालन गर्न दिनुहोस्; अनि हामानका दश जना छोराहरूलाई फाँसी दिने काठमा झुण्ड्याइयोस्।”
13 Se parecer bem ao rei, respondeu Ester, seja permitido ainda amanhã, aos judeus de Susa, agir conforme ao decreto de hoje, e que se suspendam numa forca os dez filhos de Amã.
14 यसकारण राजाले त्यसो गर्ने आज्ञा दिए। शूशनमा एउटा उर्दी जारी गरियो; अनि तिनीहरूले हामानका दश जना छोराहरूलाई झुण्ड्याए।
14 O rei deu ordem para que assim se fizesse. O edito foi publicado em Susa e suspenderam na forca os dez filhos de Amã.
15 शूशनमा भएका यहूदीहरू अदार महिनाको चौधौँ दिन एकसाथ भेला भए, र तिनीहरूले शूशनमा तीन सय मानिसहरूलाई मारे; तर तिनीहरूले लुटपाटमा भने हात लगाएनन्।
15 Os judeus de Susa se reuniram de novo no dia quatorze do mês de Adar, e mataram na cidade trezentos homens, sem entretanto dar-se à pilhagem.
16 त्यसै बेला राजाका प्रान्तमा भएका बाँकी यहूदीहरू पनि आफूलाई आफ्ना शत्रुहरूदेखि रक्षा गर्नलाई भेला भए। यहूदीहरूले उनीहरूका पचहत्तर हजार मानिसहरूलाई मारे; तर लुटपाटमा हात लगाएनन्।
16 Os outros judeus que estavam disseminados pelas províncias do rei se juntaram para defender suas vidas e se pôr a salvo dos ataques de seus inimigos. Massacraram setenta e cinco mil, sem entretanto entregar-se à pilhagem.
17 यो घटना अदार महिनाको तेह्रौँ दिनमा भएको थियो, र चौधौँ दिनमा तिनीहरूले विश्राम लिए। अनि त्यस दिनलाई तिनीहरूले उत्सव र आनन्दको दिन ठहराए।
17 Era o dia treze do mês de Adar. No dia quatorze repousaram e fizeram um dia de banquete de alegria.
18 शूशनमा भएका यहूदीहरू तेह्रौँ र चौधौँ दिनमा भेला भए; अनि पन्ध्रौँ दिनमा तिनीहरूले विश्राम गरे। अनि त्यसलाई तिनीहरूले उत्सव र आनन्दको दिन ठहराए।
18 Quanto aos judeus de Susa, que se juntaram no dia treze e catorze do mesmo mês, repousaram no dia quinze, fazendo-o um dia de alegre banquete
19 यसैकारण टाढा-टाढाका सहरहरूमा बस्‍ने यहूदीहरूले अदार महिनाको चौधौँ दिनलाई आनन्द र भोजको उत्सव मान्छन्; अनि एक-अर्कालाई उपहारहरू पठाउँछन्।
19 Eis por que os judeus do campo, que habitam nas cidades não fortificadas, fazem no dia catorze do mês de Adar, um dia de festa com banquetes de alegria, dia em que mandam presentes uns aos outros.
20 मोर्दकैले यी घटनाहरूका विषयमा लेखे; अनि तिनले राजा अहासूरसका सबै प्रान्तहरूमा नजिक र टाढा सबै ठाउँमा रहेका यहूदीहरूलाई
20 Mardoqueu consignou por escrito todos esses acontecimentos. Enviou cartas a todos os judeus das províncias do rei Assuero, próximas ou longínquas,
21 वर्षेनी अदार महिनाको चौधौँ र पन्ध्रौँ दिनलाई यहूदीहरूले उत्सव मनाउनुपर्छ भनेर पत्रहरू पठाए।
21 para lhes ordenar que celebrassem cada ano o dia catorze e o dia quinze do mês de Adar,
22 यहूदीहरूले आफ्ना शत्रुहरूबाट छुटकारा पाएको दिनको रूपमा; अनि तिनीहरूको दुःखको शोकबाट आनन्द र विलापबाट उत्सवमा परिणत भएको महिनाको रूपमा मान्‍न स्थापित गरे। तिनीहरूले यी दिनहरूलाई भोज र आनन्दको दिनको रूपमा मनाउन र एक-आपसमा भोजनको सौगात पठाऊन् र गरिबहरूलाई उपहार देऊन् भनेर तिनीहरूलाई पत्र लेखे।
22 como sendo dias em que tinham sido postos a salvo dos ataques de seus inimigos, e mês em que sua angústia tinha sido trocada em alegria e sua dor em felicidade. Deviam, pois, nesses dias oferecer alegres banquetes, dar-se presentes e praticar generosidade com os pobres.
23 यसकारण मोर्दकैले लेखेअनुसार यहूदीहरूले गरे; अनि तिनीहरूले सुरु गरेको उत्सवलाई कायम राख्नलाई सहमत भए।
23 Os judeus erigiram em costume o que tinham feito na primeira vez e o que Mardoqueu lhes tinha mandado.
24 किनकि अगागी हम्मदाताका छोरा सारा यहूदीहरूका शत्रु हामानले यहूदीहरूलाई नाश गर्न भनी षड्यन्त्र गरेका थिए; अनि तिनीहरूको विनाश र सर्वनाशको निम्ति पूर (अर्थात् चिट्ठा) हालेका थिए।
24 Porque Amã, filho de Amedata, o agagita, o opressor dos judeus, tinha resolvido perdê-los, e lançado {contra eles} o pur, isto é, a sorte, para exterminá-los e destruí-los.
25 तर जब त्यो षड्यन्त्र राजाको नजरमा पर्‍यो, तब राजाले यहूदीहरूको विरुद्धमा हामानले गरेको योजना त्यसकै टाउकोमाथि परोस्; अनि त्यो र त्यसका छोराहरूलाई फाँसीको काठमा झुण्ड्याइयोस् भनेर लिखित उर्दी जारी गरे।
25 Mas quando Ester se apresentou diante do rei, este ordenou por escrito que a perversa maquinação, tramada contra os judeus, recaísse sobre a cabeça de seu autor e que este e seus filhos fossem suspensos à forca.
26 (यसकारण यी दिनहरूलाई पूर शब्दबाट आएको हुनाले पूरीम भनिन्छ।) किनकि यस पत्रमा लेखिएका सबै कुराहरू, र तिनीहरूले जे-जे देखेका थिए; अनि तिनीहरूमाथि जे-जे घटना घटेका थिए, ती सबैको कारणले गर्दा
26 É por isso que se chamam esses dias Purim, da palavra pur. Assim, conforme o conteúdo dessa carta, conforme o que eles mesmos tinham visto e o que lhes tinha acontecido,
27 यहूदीहरू, तिनीहरूका सन्तान र आफूसित मिल्न आउने सबैले प्रत्येक वर्ष यी दुई दिनहरूलाई लेखिएअनुसार र तोकिएको समयअनुसार अवश्य पालन गर्नुपर्ने रीति स्थापित गर्ने जिम्मा यहूदीहरू आफैँले लिए।
27 os judeus instituíram e estabeleceram para si, para sua posteridade e para seus adeptos, o costume irrevogável de celebrar anualmente esses dois dias, segundo a forma prescrita e no tempo marcado.
28 यी दिनहरूलाई प्रत्येक पुस्ता, प्रत्येक परिवार, प्रत्येक प्रान्तमा र प्रत्येक सहरमा सम्झना गर्नुपर्छ र मनाउनुपर्छ। अनि पूरीमका यी दिनहरूलाई यहूदीहरूले चाड मनाउन कहिल्यै छाड्नुहुन्‍न, न त यी दिनहरूको सम्झना तिनीहरूका सन्तानहरूको बीचबाट नष्‍ट हुन दिनुहुन्छ।
28 Esses dias deviam ser recordados e celebrados de geração em geração, em cada família, em cada província e em cada cidade. Jamais poderiam ser abolidos esses dias dos Purim entre os judeus, nem sua recordação se apagar entre seus descendentes.
29 यसकारण अबीहेलकी छोरी रानी एस्तरले यहूदी मोर्दकैसित मिलेर पूरीमको विषयमा यो दोस्रो पत्रलाई पुष्‍टि गर्न पूर्ण आधिकारिक रूपमा लेखिन्।
29 A rainha Ester, filha de Abigail, e o judeu Mardoqueu escreveram uma segunda vez com insistência para confirmar a carta sobre os Purim.
30 अनि मोर्दकैले अहासूरसका सबै 127 वटा राज्यहरूमा शान्ति र शुभकामनाका पत्रहरू पठाए।
30 Depois enviaram a todos os judeus das cento e vinte e sete províncias do rei Assuero cartas com palavras de paz,
31 पूरीमका यी दिनहरू यहूदी मोर्दकै र रानी एस्तरले आदेश दिएझैँ, तिनीहरूले त्यो उपवास र विलापको समय स्थापित गरेझैँ, ती आफ्नो र आफ्ना सन्तानहरूका निम्ति तोकिएको समयमा स्थापना गरेर मनाउनुपर्ने भन्‍ने बारेमा लेखिएको थियो।
31 e a recomendação de celebrarem fielmente esses dias dos Purim no tempo marcado, como o judeu Mardoqueu e a rainha Ester os tinham instituído, e como eles tinham estabelecido, tanto para si mesmos, como para seus descendentes, com os jejuns e as lamentações.
32 एस्तरको आदेशले पूरीमका यी नियमहरूलाई पक्‍का गर्‍यो। अनि ती उर्दीहरू आधिकारिक रूपमा पुस्तकमा लेखेर राखियो।
32 Desse modo, a ordem de Ester confirmou a instituição dos Purim, e tudo isso foi consignado num livro.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ester 9, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.