Efésios 4

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 यसकारण म, प्रभुको निम्ति एक कैदी, तिमीहरू जुन बोलावटमा बोलाइएका छौ, त्यही योग्यको जीवन यापन गर भनी बिन्ती गर्दछु।
1 Exorto-vos, pois, - prisioneiro que sou pela causa do Senhor -, que leveis uma vida digna da vocação à qual fostes chamados,
2 पूर्ण रूपले नम्र र विनयी बन र एक-अर्कालाई प्रेममा सहँदै धैर्य धारण गर।
2 com toda a humildade e amabilidade, com grandeza de alma, suportando-vos mutuamente com caridade.
3 शान्तिको बन्धनद्वारा आत्माको एकता राख्नलाई हर प्रयत्न गर।
3 Sede solícitos em conservar a unidade do Espírito no vínculo da paz.
4 एउटै शरीर छ, र एउटै आत्मा हुनुहुन्छ, जसरी तिमीहरूको बोलावट हुँदा एउटै आशामा बोलाइएका थियौ।
4 Sede um só corpo e um só espírito, assim como fostes chamados pela vossa vocação a uma só esperança.
5 एउटै प्रभु, एउटै विश्‍वास र एउटै बप्‍तिस्मा,
5 Há um só Senhor, uma só fé, um só batismo.
6 एउटै परमेश्‍वर र सबैका पिता, जो सबैमाथि, सबैका माध्यमद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ।
6 Há um só Deus e Pai de todos, que atua acima de todos, por todos e em todos.
7 तर हामीहरू प्रत्येकलाई ख्रीष्‍टको नापअनुसार अनुग्रह दिएको छ।
7 Mas a cada um de nós foi dada a graça, segundo a medida do dom de Cristo,
8 यसैकारण धर्मशास्त्रमा यस्तो लेखिएको छ:
8 pelo que diz: Quando subiu ao alto, levou muitos cativos, cumulou de dons os homens {Sl 67,19}.
9 (“उहाँ उच्‍चमा चढिजानुभयो,” यसको अर्थ के हो? अर्थचाहिँ यही हो, उहाँ पृथ्वीको तल्‍लो भागमा पनि ओर्लनुभयो।
9 Ora, que quer dizer ele subiu, senão que antes havia descido a esta terra?
10 जो ओर्लनुभयो, उहाँ उही हुनुहुन्छ, उहाँ सबै स्वर्गहरूभन्दा धेरै माथि उक्लनु पनि भयो, ताकि सारा जगत्‌मा उहाँको उपस्थिति रहोस्।)
10 Aquele que desceu é também o que subiu acima de todos os céus, para encher todas as coisas.
11 यसरी ख्रीष्‍टले कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई गोठालाहरू र शिक्षकहरू नियुक्त गर्नुभयो
11 A uns ele constituiu apóstolos; a outros, profetas; a outros, evangelistas, pastores, doutores,
12 सेवाको कामको लागि परमेश्‍वरका जनहरूलाई सुसज्जित पार्न, ताकि ख्रीष्‍टको शरीरको निर्माण हुन सकोस्;
12 para o aperfeiçoamento dos cristãos, para o desempenho da tarefa que visa à construção do corpo de Cristo,
13 जबसम्म हामी सबै परमेश्‍वरका पुत्रको ज्ञानमा र विश्‍वासमा एकता प्राप्‍त गर्दैनौँ र ख्रीष्‍टको पूर्णताको पूरा नापसम्म परिपक्व बन्दैनौँ।
13 até que todos tenhamos chegado à unidade da fé e do conhecimento do Filho de Deus, até atingirmos o estado de homem feito, a estatura da maturidade de Cristo.
14 तब हामी छालहरूले अगि र पछि हुत्याइएका, विभिन्‍न सिद्धान्तहरूको हरेक बतास र छालहरूले यताउति हुत्त्याइँदै, धूर्त मानिसहरूका जालझेल, धूर्तता र तिनीहरूका छलपूर्ण योजनाद्वारा ठगिने साना बालकहरूजस्ता हुनेछैनौँ।
14 Para que não continuemos crianças ao sabor das ondas, agitados por qualquer sopro de doutrina, ao capricho da malignidade dos homens e de seus artifícios enganadores.
15 बरु प्रेममा सत्य बोल्दै, उहाँमा अर्थात् ख्रीष्‍टमा, जो शिर हुनुहुन्छ, हामी हरेक प्रकारले परिपक्वतामा बढ्दै जानेछौँ।
15 Mas, pela prática sincera da caridade, cresçamos em todos os sentidos, naquele que é a cabeça, Cristo.
16 उहाँबाट नै सारा शरीर जोडिएको र हरेक जोर्नीहरू गाँसिएको हुन्छ; अनि शरीरका हरेक अङ्गले आफ्नो काम गरेअनुसार प्रेममा आफैँ वृद्धि गर्दै र निर्माण हुँदैजान्छ।
16 É por ele que todo o corpo - coordenado e unido por conexões que estão ao seu dispor, trabalhando cada um conforme a atividade que lhe é própria - efetua esse crescimento, visando a sua plena edificação na caridade.
17 यसकारण म तिमीहरूलाई यो भन्दछु, र प्रभुको नाममा यो जोड दिँदछु, तिमीहरू अब उसो गैरयहूदीहरूझैँ तिनीहरूका विचारको व्यर्थतामा नजिओ।
17 Portanto, eis o que digo e conjuro no Senhor: não persistais em viver como os pagãos, que andam à mercê de suas idéias frívolas.
18 तिनीहरूका समझ अन्धकारले भरिएका, र तिनीहरूका हृदयका कठोरताले ल्याएको अज्ञानताको कारणले तिनीहरू परमेश्‍वरमा पाइने जीवनदेखि अलग भएका छन्।
18 Têm o entendimento obscurecido. Sua ignorância e o endurecimento de seu coração mantêm-nos afastados da vida de Deus.
19 तिनीहरूको मन लाटिएको छ, र सबै किसिमका अशुद्ध काम गर्नका निम्ति तिनीहरू हरेक प्रकारका अशुद्धता र लोभमा परेका छन्।
19 Indolentes, entregaram-se à dissolução, à prática apaixonada de toda espécie de impureza.
20 तथापि तिमीहरूले ख्रीष्‍टको विषयमा यस्तो शिक्षा सिकेका थिएनौ;
20 Vós, porém, não foi para isto que vos tornastes discípulos de Cristo,
21 यदि तिमीहरूले ख्रीष्‍टको बारेमा सुनेका छौ र येशूमा भएको सत्यताअनुसार नै तिमीहरूलाई उहाँमा सिकाइएको छ भने,
21 se é que o ouvistes e dele aprendestes, como convém à verdade em Jesus.
22 तिमीहरूले आफ्नो पुरानो जीवन, जो छली चाहनाद्वारा दूषित भइरहेको छ, त्यो पहिलेको जिउने तरिकाको त्यस पुरानो स्वभावको जीवन त्याग्नुपर्छ भनी सिकेका छौ;
22 Renunciai à vida passada, despojai-vos do homem velho, corrompido pelas concupiscências enganadoras.
23 आफ्ना मनको स्वभावमा नयाँ हुँदैजाओ;
23 Renovai sem cessar o sentimento da vossa alma,
24 अनि नयाँ स्वभावलाई धारण गर, जो साँचो धार्मिकता र पवित्रतामा परमेश्‍वरजस्तै हुनलाई सृष्‍टि गरिएको छ।
24 e revesti-vos do homem novo, criado à imagem de Deus, em verdadeira justiça e santidade.
25 यसकारण झूटलाई त्यागेर तिमीहरू प्रत्येकले आफ्ना छिमेकीसँग सत्य बोल्नुपर्छ; किनकि हामी सबै एउटै शरीरका अङ्गहरू हौँ।
25 Por isso, renunciai à mentira. Fale cada um a seu próximo a verdade, pois somos membros uns dos outros.
26 “रिसाओ, तर पाप नगर!” घाम अस्ताउनु अगि नै तिमीहरूको रिस मरोस्,
26 Mesmo em cólera, não pequeis. Não se ponha o sol sobre o vosso ressentimento.
27 र शैतानलाई कुनै मौका नदेओ!
27 Não deis lugar ao demônio.
28 चोरी गर्नेले अब उसो चोरी नगरोस्, तर काम गरोस्; आफ्नै हातले केही फाइदाजनक काम गर्दै खाँचोमा परेकाहरूसँग बाँडचुँड गर्नलाई तिनीहरूसँग केही कुरा होस्।
28 Quem era ladrão não torne a roubar, antes trabalhe seriamente por realizar o bem com as suas próprias mãos, para ter com que socorrer os necessitados.
29 तिमीहरूको मुखबाट कुनै नराम्रो बोली ननिस्कोस्, तर अरूहरूको आवश्यक उन्‍नतिमा सहायता पुग्ने र सुन्‍नेहरूलाई अनुग्रह मिल्ने बोली मात्र बोल।
29 Nenhuma palavra má saia da vossa boca, mas só a que for útil para a edificação, sempre que for possível, e benfazeja aos que ouvem.
30 अनि परमेश्‍वरको पवित्र आत्मालाई दुःखी नबनाओ, जसद्वारा तिमी मुक्तिको दिनका लागि छाप लगाइएका छौ।
30 Não contristeis o Espírito Santo de Deus, com o qual estais selados para o dia da Redenção.
31 सबै तितोपना, क्रोध, रिस, झैझगडा, निन्दा र सबै किसिमका घृणासमेत त्यागिदेओ।
31 Toda amargura, ira, indignação, gritaria e calúnia sejam desterradas do meio de vós, bem como toda malícia.
32 एक-अर्काप्रति दयालु र कोमल मनका होओ; जसरी परमेश्‍वरले ख्रीष्‍टमा तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी नै एक-अर्कालाई क्षमा गर।
32 Antes, sede uns com os outros bondosos e compassivos. Perdoai-vos uns aos outros, como também Deus vos perdoou, em Cristo.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Efésios 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.