Esdras 9

npioncb (NPIONCB) vs ACF

Sair da comparação
ACF Almeida Corrigida Fiel
1 यी कुराहरू गरिसकेपछि अगुवाहरू मकहाँ आएर भने, “इस्राएलका मानिसहरूका साथै, पुजारीहरू र लेवीहरूले यहाँका स्थानीयवासीहरू अर्थात् कनानी, हित्ती, परिज्जी, यबूसी, अम्मोनी, मोआबी, इजिप्टियन र एमोरीहरूका घृणित व्यवहारहरूबाट आफैँलाई अलग राखेका छैनन्।
1 Acabadas, pois, estas coisas, chegaram-se a mim os príncipes, dizendo: O povo de Israel, os sacerdotes e os levitas, não se têm separado dos povos destas terras, seguindo as abominações dos cananeus, dos heteus, dos perizeus, dos jebuseus, dos amonitas, dos moabitas, dos egípcios, e dos amorreus.
2 तिनीहरूले कनानीहरूका छोरीहरूलाई आफू र आफ्ना छोराहरूका निम्ति पत्नीको रूपमा लगेका छन्। तिनीहरूले वरिपरिका मानिसहरूसँग घुलमिल गरेर पवित्र जातिलाई अशुद्ध पारेका छन्। यसरी अगुवाहरू र अधिकारीहरूले विश्‍वासघातको बाटोमा अगुवाइ गरेका छन्।”
2 Porque tomaram das suas filhas para si e para seus filhos, e assim se misturou a linhagem santa com os povos dessas terras; e até os príncipes e magistrados foram os primeiros nesta transgressão.
3 जब मैले यो कुरा सुनेँ, तब मैले आफ्नो पोशाक र खास्टो च्यातेँ, शिरको र दाह्रीको केश उखेलेँ; अनि स्तब्ध भएर बसेँ।
3 E, ouvindo eu tal coisa, rasguei as minhas vestes e o meu manto, e arranquei os cabelos da minha cabeça e da minha barba, e sentei-me atônito.
4 त्यसपछि निर्वासनमा गएकाहरूको पापको कारण इस्राएलका परमेश्‍वरको वचनदेखि डराउनेहरू सबै मेरो वरिपरि भेला भए। अनि म बेलुकीको बलिदानको समयसम्म स्तब्ध भएर बसिरहेँ।
4 Então se ajuntaram a mim todos os que tremiam das palavras do Deus de Israel por causa da transgressão dos do cativeiro; porém eu permaneci sentado atônito até ao sacrifício da tarde.
5 त्यसपछि साँझको बलिदानको समयमा म आफ्नो शोकाकुल अवस्थाबाट फाटेकै पोशाक र खास्टोसित उठेँ; अनि याहवेह मेरा परमेश्‍वरको सामु घुँडा टेकेर आफ्ना हातहरू फैलाउँदै
5 E perto do sacrifício da tarde me levantei da minha aflição, havendo já rasgado as minhas vestes e o meu manto, e me pus de joelhos, e estendi as minhas mãos para o Senhor meu Deus;
6 प्रार्थना गरेँ:
6 E disse: Meu Deus! Estou confuso e envergonhado, para levantar a ti a minha face, meu Deus; porque as nossas iniqüidades se multiplicaram sobre a nossa cabeça, e a nossa culpa tem crescido até aos céus.
7 हाम्रा पितापुर्खाहरूका दिनदेखि आजसम्म, हाम्रा दोषहरू अत्यन्तै धेरै भएका छन्। हाम्रा पापहरूले गर्दा हामी र हाम्रा राजाहरू र हाम्रा पुजारीहरूले विदेशी राजाहरूका तरवारबाट आजसम्मै मृत्यु, लुटपाट, कैद र अपमान खेप्नुपरेको छ, आज पनि हाम्रो हालत त्यस्तै छ।
7 Desde os dias de nossos pais até ao dia de hoje estamos em grande culpa, e por causa das nossas iniqüidades somos entregues, nós e nossos reis e os nossos sacerdotes, na mão dos reis das terras, à espada, ao cativeiro, e ao roubo, e à confusão do rosto, como hoje se vê.
8 “तर अब थोरै समयका लागि याहवेह हाम्रा परमेश्‍वर हामीप्रति कृपालु हुनुभएर हामीमध्ये केहीलाई अवशेषको रूपमा बचाउनुभएको छ; अनि उहाँको पवित्रस्थानमा हामीलाई एउटा स्थिर ठाउँ दिनुभएको छ। यसरी हाम्रा परमेश्‍वरले हाम्रा आँखाहरूमा ज्योति र हाम्रा दासत्वबाट केही विश्राम दिनुभएको छ।
8 E agora, por um pequeno momento, se manifestou a graça da parte do Senhor, nosso Deus, para nos deixar alguns que escapem, e para dar-nos uma estaca no seu santo lugar; para nos iluminar os olhos, ó Deus nosso, e para nos dar um pouco de vida na nossa servidão.
9 हामीहरू दासहरू भए तापनि हाम्रा परमेश्‍वरले हामीलाई दासत्वमा त्याग्नुभएको छैन। परसीयाका राजाको सामु उहाँले हामीलाई अचुक कृपा देखाउनुभएको छ: हाम्रा परमेश्‍वरको भवन फेरि बनाउन र भत्केका भागलाई पुनर्निर्माण गर्नलाई उहाँले हामीलाई नयाँ जीवन दिनुभएको छ। अनि उहाँले हामीलाई यहूदा र यरूशलेममा सुरक्षाको पर्खाल दिनुभएको छ।
9 Porque somos servos; porém na nossa servidão não nos desamparou o nosso Deus; antes estendeu sobre nós a sua benignidade perante os reis da Pérsia, para que nos desse vida, para levantarmos a casa do nosso Deus, e para restaurarmos as suas assolações; e para que nos desse uma parede de proteção em Judá e em Jerusalém.
10 “तर अब हे हाम्रा परमेश्‍वर, यो भएपछि हामीले के भन्‍न सक्छौँ र? किनकि हामीले आज्ञाहरू तोडेका छौँ,
10 Agora, pois, ó nosso Deus, que diremos depois disto? Pois deixamos os teus mandamentos,
11 जुन तपाईंले आफ्नो सेवक अगमवक्ताहरूद्वारा अधिकार गर्न दिनुभयो; अनि त्यस बेला तपाईंले भन्‍नुभयो: ‘जुन देशमा तिमीहरू प्रवेश गर्न लागेका छौ, त्यो देश त्यहाँका मानिसहरूको अशुद्धताले दूषित पारिएको छ। तिनीहरूका घृणित व्यवहारहरूले र तिनीहरूका अशुद्धताले देशको एक कुनादेखि अर्को कुनासम्म भरिएको छ।
11 Os quais mandaste pelo ministério de teus servos, os profetas, dizendo: A terra em que entrais para a possuir, terra imunda é pelas imundícias dos povos das terras, pelas suas abominações com que, na sua corrupção a encheram, de uma extremidade à outra.
12 यसकारण तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूसित विवाहको निम्ति नदिनू। अनि तिमीहरूले पनि उनीहरूका छोरीहरू आफ्ना छोराहरूका निम्ति नल्याउनू। तिनीहरूसित मित्रताको नाता कहिल्यै नजोड्नु, ताकि तिमीहरू बलिया हुन सक र त्यस देशको असल थोकहरूमा अधिकार गर्न सक। तिमीहरूका सन्तानहरूका निम्ति सदासर्वदाका लागि पैतृक सम्पत्तिको रूपमा राख्न सक।’
12 Agora, pois, vossas filhas não dareis a seus filhos, e suas filhas não tomareis para vossos filhos, e nunca procurareis a sua paz e o seu bem; para que sejais fortes, e comais o bem da terra, e a deixeis por herança a vossos filhos para sempre.
13 “हामीलाई जे भएको छ, त्यो हाम्रै दुष्‍ट कामहरू र हाम्रै ठूलो दोषको परिणाम हो। तथापि हाम्रा परमेश्‍वर, तपाईंले हाम्रा पापहरूभन्दा कम नै सजाय दिनुभएको छ; यसरी हामीलाई अझै बाँकी राख्नुभएको छ।
13 E depois de tudo o que nos tem sucedido por causa das nossas más obras, e da nossa grande culpa, porquanto tu, ó nosso Deus, impediste que fôssemos destruídos, por causa da nossa iniqüidade, e ainda nos deste um remanescente como este;
14 के हामी फेरि तपाईंका आज्ञाहरूलाई तोडेर घृणित व्यवहार गर्ने र घृणित काम गर्ने मानिसहरूसित अन्तर-विवाह गर्ने? अनि के तपाईं हामीलाई एउटै पनि बाँकी नराखी नाश पार्न, अथवा एउटै पनि जीवित नछोडेसम्म तपाईंलाई रिस उठ्दैन थियो र?
14 Tornaremos, pois, agora a violar os teus mandamentos e a aparentar-nos com os povos destas abominações? Não te indignarias tu assim contra nós até de todo nos consumir, até que não ficasse remanescente nem quem escapasse?
15 हे याहवेह, इस्राएलका परमेश्‍वर, तपाईं धर्मी हुनुहुन्छ! आजको दिनसम्म हामी अवशेषको रूपमा छोडिएका छौँ। यहाँ हामी हाम्रा दोषहरूसहित तपाईंको उपस्थितिमा छौँ। यद्यपि पापको कारणले हामीमध्ये कोही पनि तपाईंको उपस्थितिमा उभिन योग्यको छैनौँ।”
15 Ah! Senhor Deus de Israel, justo és, pois ficamos qual um remanescente que escapou, como hoje se vê; eis que estamos diante de ti, na nossa culpa, porque ninguém há que possa estar na tua presença, por causa disto.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Esdras 9, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.