Deuteronômio 9

npioncb (NPIONCB) vs ARC

Sair da comparação
ARC Almeida Revista e Corrigida 2009
1 सुन, इस्राएली हो! आज तिमीहरू यर्दन नदी पार गर्नेछौ। तिमीहरूभन्दा महान् र शक्तिशाली, आकाशसम्म छुने अग्ला पर्खाल भएका ठूला सहरहरूमा रहेका जातिहरूलाई तिमीहरूले अधिकार गर्न लागेका छौ।
1 Ouve, ó Israel, hoje, passarás o Jordão, para entrares a possuir nações maiores e mais fortes do que tu; cidades grandes e muradas até aos céus;
2 त्यहाँका अनाकी जातिहरू बलवान् र अग्ला छन्। तिनीहरूका बारेमा तिमीहरू जान्दछौ र यस्तो भनेको सुनेका छौ: “अनाकीहरूको विरुद्धमा को खडा हुन सक्छ?”
2 um povo grande e alto, filhos de gigantes, que tu conheces e de que já ouviste: Quem pararia diante dos filhos dos gigantes?
3 तर आज तिमीहरू निश्‍चय जानी राख, कि याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूका अगि-अगि भस्म गर्ने आगोझैँ जानुहुने परमेश्‍वर हुनुहुन्छ। उहाँले तिनीहरूलाई नाश गर्नुहुनेछ। उहाँले तिनीहरूलाई तिमीहरूको सामु पराजित गराउनुहुनेछ। याहवेहले प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूलाई धपाउनेछौ र चाँडै नाश पार्नेछौ।
3 Sabe, pois, hoje, que o Senhor , teu Deus, que passa diante de ti, é um fogo que consome, e os destruirá, e os derrubará de diante de ti; e tu os lançarás fora e cedo os desfarás, como o Senhor te tem dito.
4 याहवेह तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई तिमीहरूको सामुबाट धपाइसक्नुभएपछि तिमीहरूले यसो नभन्‍नू, “याहवेहले हाम्रो धार्मिकताको कारण यस देशलाई अधिकार गर्न भनी हामीलाई यहाँ ल्याउनुभएको हो।” यस्तो होइन, तर यी जातिहरूका दुष्‍टताको कारण याहवेहले तिनीहरूलाई तिमीहरूको सामुबाट धपाउनुहुनेछ।
4 Quando, pois, o Senhor , teu Deus, os lançar fora, de diante de ti, não fales no teu coração, dizendo: Por causa da minha justiça é que o Senhor me trouxe a esta terra para a possuir, porque, pela impiedade destas nações, é que o Senhor as lança fora, de diante de ti.
5 यो त तिमीहरूको धार्मिकता अथवा इमानदारीताको कारण तिमीहरूले तिनीहरूको देश अधिकार गर्न गइरहेका होइनौ: तर ती जातिहरूको दुष्‍टताको कारण याहवेहले तिमीहरूका पितापुर्खाहरू, अब्राहाम, इसहाक र याकोबसँग शपथ खानुभएको प्रतिज्ञा पूरा गर्नलाई उहाँले तिनीहरूलाई तिमीहरूको सामुबाट धपाउनुहुनेछ।
5 Não é por causa da tua justiça, nem pela retidão do teu coração que entras a possuir a sua terra, mas, pela impiedade destas nações, o Senhor , teu Deus, as lança fora, de diante de ti; e para confirmar a palavra que o Senhor , teu Deus, jurou a teus pais, Abraão, Isaque e Jacó.
6 यसकारण यो कुरा याद राख, तिमीहरूको धार्मिकताको कारण याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यो उत्तम देश अधिकार गर्नलाई दिनुभएको होइन; किनकि तिमीहरू त हठी मानिसहरू हौ।
6 Sabe, pois, que não é por causa da tua justiça que o Senhor , teu Deus, te dá esta boa terra para possuí-la, pois tu és povo obstinado.
7 तिमीहरूले उजाडस्थानमा कसरी याहवेह तिमीहरूका परमेश्‍वरलाई रिस उठायौ भनी स्मरण गर, र कहिल्यै नबिर्स। तिमीहरूले इजिप्ट छोडेको दिनदेखि यहाँ आइपुग्दासम्म याहवेहको विरुद्धमा धेरै विद्रोह गरेका छौ।
7 Lembra-te e não te esqueças de que muito provocaste à ira o Senhor , teu Deus, no deserto; desde o dia em que saístes do Egito até que chegastes a esse lugar, rebeldes fostes contra o Senhor ;
8 होरेब पर्वतमा तिमीहरूले याहवेहलाई रिस उठायौ; यसकारण तिमीहरूलाई नाश गर्न उहाँ साह्रै रिसाउनुभएको थियो।
8 pois, em Horebe, tanto provocastes à ira o Senhor , que o Senhor se acendeu contra vós para vos destruir.
9 याहवेहले तिमीहरूसँग गर्नुभएको करारका ती ढुङ्गाका पाटीहरू लिनलाई जब म पर्वतमा गएँ, तब म त्यस पर्वतमा चालीस दिन र चालीस रात बसेँ। त्यहाँ मैले न रोटी खाएँ, न त पानी नै पिएँ।
9 Subindo eu ao monte a receber as tábuas de pedra, as tábuas do concerto que o Senhor fizera convosco, então fiquei no monte quarenta dias e quarenta noites; pão não comi e água não bebi.
10 याहवेहले मलाई आफ्नो औँलाले खोपेर लेख्नुभएका ढुङ्गाका दुई वटा पाटीहरू दिनुभयो। ती पाटीहरूमा याहवेहले पर्वतमा आगोबाट तिमीहरूलाई सभाको दिनमा घोषणा गर्नुभएका सबै आज्ञाहरू लेखिएका थिए।
10 E o Senhor me deu as duas tábuas de pedra, escritas com o dedo de Deus; e nelas tinha escrito conforme todas aquelas palavras que o Senhor tinha falado convosco no monte, do meio do fogo, no dia da congregação.
11 चालीस दिन र चालीस रातको अन्त्यमा याहवेहले मलाई ढुङ्गाका ती दुई पाटीहरू अर्थात् करारका पाटीहरू दिनुभयो।
11 Sucedeu, pois, que, ao fim dos quarenta dias e quarenta noites, o Senhor me deu as duas tábuas de pedra, as tábuas do concerto.
12 तब याहवेहले मलाई भन्‍नुभयो, “यहाँबाट तुरुन्तै तल गइहाल; किनकि तैँले इजिप्टबाट निकालेर ल्याएका तेरा मानिसहरू भ्रष्‍ट भएका छन्। मैले तिनीहरूलाई आज्ञा गरेका कुराबाट तिनीहरू चाँडै नै तर्किगएका छन्। तिनीहरूले आफ्ना लागि मूर्ति बनाएका छन्।”
12 E o Senhor me disse: Levanta-te, desce depressa daqui, porque o teu povo, que tiraste do Egito, já se tem corrompido; cedo se desviou do caminho que eu lhe tinha ordenado; imagem de fundição para si fez.
13 अनि याहवेहले मलाई भन्‍नुभयो, “मैले यस जातिलाई देखेको छु र यिनीहरू साँच्‍चै हठी जाति हुन्।
13 Falou-me mais o Senhor , dizendo: Atentei para este povo, e eis que ele é povo obstinado.
14 मलाई एकलै छाडिदे, ताकि म तिनीहरूलाई नाश गरूँ। म तिनीहरूका नाम आकाशमुनिबाट मेटिदिनेछु। अनि म तँलाई नै तिनीहरूभन्दा शक्तिशाली र ठूलो संख्याको जाति बनाउनेछु।”
14 Deixa-me que os destrua e apague o seu nome de debaixo dos céus; e te faça a ti nação mais poderosa e mais numerosa do que esta.
15 यसकारण म फर्केँ, र पर्वत आगोले जलिरहेकै बेला त्यहाँबाट तल ओर्लेर आएँ। अनि करारका ती दुई ढुङ्गाका पाटीहरू मेरा हातमै थिए।
15 Então, virei-me e desci do monte; e o monte ardia em fogo, e as duas tábuas do concerto estavam em ambas as minhas mãos.
16 जब मैले हेरेँ, तब तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको विरुद्धमा पाप गरेका देखेँ। तिमीहरूले आफ्ना निम्ति बाछाको आकारमा एउटा मूर्ति बनाएका थियौ। याहवेहले दिनुभएको आज्ञाबाट तिमीहरू चाँडै तर्किगएका थियौ।
16 E olhei, e eis que havíeis pecado contra o Senhor , vosso Deus; vós tínheis feito um bezerro de fundição; cedo vos desviastes do caminho que o Senhor vos ordenara.
17 यसकारण मैले ती दुई पाटीहरू लिएर आफ्ना हातबाट फ्याँकिदिएँ, र तिमीहरूका आँखाकै सामु टुक्रा-टुक्रा गरेर फुटाइदिएँ।
17 Então, peguei das duas tábuas, e as arrojei de ambas as minhas mãos, e as quebrei aos vossos olhos.
18 त्यसपछि याहवेहको सामु चालीस दिन र चालीस रातसम्म लम्पसार परेँ। त्यहाँ मैले न रोटी खाएँ, न त पानी नै पिएँ। किनकि तिमीहरूले याहवेहको दृष्‍टिमा जे खराब थियो, ती सबै पाप गर्‍यौ र उहाँलाई रिस उठायौ।
18 E me lancei perante o Senhor , como dantes; quarenta dias e quarenta noites, não comi pão e não bebi água, por causa de todo o vosso pecado que havíeis pecado, fazendo mal aos olhos do Senhor , para o provocar à ira.
19 याहवेहको रिस र क्रोधदेखि मलाई डर लाग्यो। किनकि उहाँ तिमीहरूलाई नाश गर्नलाई साह्रै क्रोधित हुनुभएको थियो। तर फेरि पनि याहवेहले मेरो कुरा सुन्‍नुभयो।
19 Porque temi por causa da ira e do furor com que o Senhor tanto estava irado contra vós, para vos destruir; porém, ainda por esta vez, o Senhor me ouviu.
20 अनि त्यस बेला याहवेह हारूनलाई नाश गर्न तिनीसँग साह्रै रिसाउनुभएको थियो। तर त्यस बेला मैले हारूनका निम्ति पनि प्रार्थना गरेँ।
20 Também o Senhor se irou muito contra Arão para o destruir; mas também orei por Arão ao mesmo tempo.
21 मैले तिमीहरूको त्यो पापपूर्ण वस्तु, तिमीहरूले बनाएका बाछा पनि लिएँ, र त्यसलाई आगोमा जलाइदिएँ। त्यसपछि मैले त्यसलाई कुच्‍च्‍याएर धुलोपिठो पारिदिएँ। अनि त्यस धुलोलाई पहाडबाट बगिरहेको खोलामा बगाइदिएँ।
21 Porém eu tomei o vosso pecado, o bezerro que tínheis feito, e o queimei a fogo, e o pisei, moendo-o bem, até que se desfez em pó; e o seu pó lancei no ribeiro que descia do monte.
22 तिमीहरूले तबेरा, मस्साह र किब्रोत-हत्तावामा पनि याहवेहलाई रिस उठाएका थियौ।
22 Também em Taberá, e em Massá, e em Quibrote-Hataavá provocastes muito a ira do Senhor .
23 अनि याहवेहले तिमीहरूलाई कादेश-बर्नेबाट पठाउनुहुँदा उहाँले भन्‍नुभयो, “माथि उक्लेर जाओ, र मैले तिमीहरूलाई दिएको देशमा अधिकार गर।” तर तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरको आज्ञाको विरुद्धमा विद्रोही भयौ। तिमीहरूले उहाँमाथि भरोसा राखेनौ, र उहाँको आज्ञापालन गरेनौ।
23 Quando também o Senhor vos enviou desde Cades-Barneia, dizendo: Subi e possuí a terra que vos tenho dado, rebeldes fostes ao mandado do Senhor , vosso Deus, e não o crestes, e não obedecestes à sua voz.
24 मैले तिमीहरूलाई चिनेको दिनदेखि नै तिमीहरू याहवेहको विरुद्धमा विद्रोही भएका छौ।
24 Rebeldes fostes contra o Senhor , desde o dia em que vos conheci.
25 म ती चालीस दिन र चालीस रातभरि याहवेहको सामु लम्पसार परिरहेँ। किनकि याहवेहले तिमीहरूलाई नाश गर्छु भन्‍नुभएको थियो।
25 E prostrei-me perante o Senhor aqueles quarenta dias e quarenta noites em que estava prostrado; porquanto o Senhor dissera que vos queria destruir.
26 मैले याहवेहलाई प्रार्थना गरेर भनेँ, “हे प्रभु याहवेह, तपाईंले आफ्नो महान् शक्तिले छुटाउनुभएको र शक्तिशाली हातले इजिप्टबाट निकालेर ल्याउनुभएको आफ्ना जाति र आफ्ना निज उत्तराधिकारलाई नाश नगर्नुहोस्।
26 E eu orei ao Senhor , dizendo: Senhor Deus, não destruas o teu povo e a tua herança, que resgataste com a tua grandeza, que tiraste do Egito com mão forte.
27 तपाईंका सेवकहरू अब्राहाम, इसहाक र याकोबलाई सम्झनुहोस्। यी मानिसहरूका हठीपन, तिनीहरूका दुष्‍टता र तिनीहरूका पापको वास्ता नगर्नुहोस्।”
27 Lembra-te dos teus servos Abraão, Isaque e Jacó; não atentes para a dureza deste povo, nem para a sua impiedade, nem para o seu pecado,
28 नत्रता तपाईंले हामीलाई निकालेर ल्याउनुभएको देशले यसो भन्‍नेछ, “याहवेहले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा उहाँले तिनीहरूलाई लैजान सक्नुभएन। अनि उहाँले तिनीहरूलाई घृणा गर्नुभएको कारण तिनीहरूलाई उजाडस्थानमा मार्न भनी निकालेर ल्याउनुभयो।
28 para que o povo da terra donde nos tiraste não diga: Porquanto o Senhor os não pôde introduzir na terra de que lhes tinha falado e porque os aborrecia, os tirou para os matar no deserto.
29 तर तिनीहरू तपाईंका जाति हुन्, तपाईंका निज उत्तराधिकार, जसलाई तपाईंले आफ्नो महान् शक्ति र आफ्नो फैलिएको हात निकालेर ल्याउनुभएको।”
29 Todavia, são eles o teu povo e a tua herança que tu tiraste com a tua grande força e com o teu braço estendido.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Deuteronômio 9, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.