Deuteronômio 3
npioncb (NPIONCB) vs BKJ
1 त्यसपछि हामी फर्केर बाशान जाने बाटोतिर उक्ल्यौँ। अनि बाशानका राजा ओग आफ्नो सारा फौज लिएर हामीलाई एद्रईमा युद्ध गर्न निस्किआए।
1 Depois, nos viramos e subimos o caminho de Basã; e Ogue, rei de Basã, veio contra nós, ele e todo o seu povo, para a batalha em Edrei.
2 याहवेहले मलाई भन्नुभयो, “त्यससँग नडरा; किनकि मैले त्यसलाई, त्यसका सबै सेनालाई र त्यसको देशसमेत तेरो हातमा सुम्पिदिएको छु। तैँले त्यसलाई हेश्बोनमा शासन गर्ने एमोरीहरूका राजा सीहोनलाई गरेजस्तै गर्नू।”
2 E o SENHOR me disse: Não o temas, porque o entregarei, e a todo o seu povo, e a sua terra, na tua mão; e farás a ele o que fizeste a Seom, rei dos amorreus, que habitava em Hesbom.
3 यसरी याहवेह हाम्रा परमेश्वरले बाशानका राजा ओग र तिनका सारा सेनालाई हाम्रा हातमा सुम्पिदिनुभयो। हामीले तिनीहरूलाई एउटै पनि मानिस जीवित नरहुन्जेल मार्यौँ।
3 Assim também o SENHOR nosso Deus entregou em nossa mão a Ogue, rei de Basã, e a todo o seu povo; e o ferimos, até que não lhe sobrou ninguém.
4 त्यसै बेला हामीले त्यसका सबै सहरहरू कब्जा गर्यौँ। हामीले एउटै पनि सहर नछोडी त्यसका सबै साठी वटा सहरहरू कब्जा गर्यौँ। बाशानमा ओगको राज्य अर्गोबको सम्पूर्ण इलाकासमेत कब्जा गर्यौँ।
4 E naquele tempo tomamos todas as suas cidades; não houve nenhuma cidade que não tomássemos deles, sessenta cidades, toda a região de Argobe e o reino de Ogue, em Basã.
5 ती सबै सहरहरू अग्ला-अग्ला पर्खालहरूले घेरिएका, आग्ला सहितका ढोकाहरू र मूलढोकाहरूले बनाइएका थिए। त्यहाँ पर्खाल नभएका धेरै गाउँहरू पनि थिए।
5 Todas essas cidades eram cercadas com muros altos, portões e barras; ao lado de cidades sem muros, em grande número.
6 अनि हामीले हेश्बोनका राजा सीहोनलाई गरेझैँ उनीहरूका सबै सहरहरू, पुरुषहरू, स्त्रीहरू र बालबालिकाहरूलाई सम्पूर्ण रूपले नाश गर्यौँ।
6 E as destruímos completamente, como fizemos a Seom, rei de Hesbom, destruindo completamente os homens, e as mulheres, e as crianças, de todas as cidades.
7 तर सहरका सबै गाईबस्तु र लुटका मालसामानचाहिँ हामीले आफ्नै निम्ति लियौँ।
7 Mas todo o gado, e os despojos das cidades, tomamos por presa para nós.
8 यसरी त्यस बेला हामीले यी दुई एमोरी राजाहरूबाट यर्दनका पूर्वपट्टि भएको प्रान्त, अर्नोन बेँसीबाट हेर्मोन पर्वतसम्मै अधीनमा पार्यौँ।
8 E naquele tempo tomamos das mãos daqueles dois reis dos amorreus a terra que estava deste lado do Jordão, desde o ribeiro de Arnom até ao monte Hermom;
9 (सीदोनीहरूले हेर्मोन पर्वतलाई सिरिओन र एमोरीहरूले सेनीर भन्दछन्)।
9 (Hermom que os sidônios chamam Siriom; e os amorreus o chamam Senir);
10 हामीले तराईका सबै सहरहरू, सम्पूर्ण गिलाद, सलेका र एद्रईसम्मका सम्पूर्ण बाशानमा भएका ओगको राज्य अधीनमा लियौँ।
10 todas as cidades da planície, e toda Gileade, e toda Basã, até Salca, e Edrei, cidades do reino de Ogue, em Basã.
11 (रपाईहरूमा बाशानका राजा ओग मात्र जीवित रहेका थिए। तिनको चिहान फलामबाट बनिएको थियो। त्यो नौ क्यूबिट लामो, चार क्यूबिट चौडा थियो। यो अझसम्म अम्मोनीहरूको रब्बामा छ।)
11 Porque somente Ogue, rei de Basã, permaneceu dos remanescentes dos gigantes; eis que o seu leito, um leito de ferro, não está em Rabá, dos filhos de Amom? De nove côvados era o seu comprimento, e de quatro côvados a sua largura, conforme côvado de um homem.
12 त्यस बेला हामीले अधिकार लिएको देशबाट मैले रूबेन र गादका घरानाहरूलाई गिलादको पहाडी मुलुकको आधा भागसँगै त्यसका सहरहरूसमेत गरी अर्नोन बेँसीको छेउमा भएका अरोएरका उत्तरको प्रान्त दिएँ।
12 E esta terra, que tomamos naquele tempo, desde Aroer, que está junto ao ribeiro de Arnom, e metade do monte Gileade, e as suas cidades, dei aos rubenitas e aos gaditas.
13 गिलादको बाँकी रहेको भाग र ओगको राज्य बाशान पनि मैले मनश्शेको कुललाई दिएँ। (बाशानमा अर्गोबका सम्पूर्ण इलाकालाई रपाईहरूको देश भनिन्थ्यो।
13 E o restante de Gileade, e toda Basã, sendo o reino de Ogue, dei à meia tribo de Manassés; toda a região de Argobe, com toda Basã, que era chamada terra de gigantes.
14 मनश्शेको सन्तान याईरले अर्गोबको समस्त इलाका, गेशूरी र माकातीहरूका सिमानासम्मै कब्जा गरे। बाशान प्रान्तलाई आफ्नै नाम दिए। आजसम्मै बाशानलाई हब्बोत-याईर भनिन्छ)।
14 Jair, filho de Manassés, tomou toda a terra de Argobe até as costas dos gesuritas e maacatitas; e as chamou, segundo o seu próprio nome, Basã-Havote-Jair, até este dia.
15 अनि मैले गिलादचाहिँ माकीरलाई दिएँ।
15 E dei Gileade a Maquir.
16 तर रूबेनी र गादीहरूलाई मैले गिलाददेखि फैलिएर अर्नोन बेँसीसम्म गएको प्रान्त दिएँ (बेँसीको मध्य भागचाहिँ सिमाना थियो) र अम्मोनीहरूको सिमाना यब्बोक नदीसम्मै तिनीहरूलाई दिएँ।
16 E aos rubenitas e aos gaditas dei desde Gileade até o ribeiro de Arnom, metade do vale, da fronteira até o ribeiro de Jaboque, que é a fronteira dos filhos de Amom;
17 त्यसको पश्चिमी सिमानाचाहिँ अराबा थियो, जहाँ यर्दन नदी बग्दथ्यो। किन्नरेतदेखि पिसगाको भिरको तल अराबाको समुद्र (अराबा समुद्रको अर्को नाम मृत सागर पनि हो) सम्म थियो।
17 também a planície, e o Jordão e a sua costa, desde Quinerete até ao mar da planície, que é o mar salgado, abaixo de Asdote-Pisga, para o oriente.
18 त्यस समयमा मैले तिमीहरूलाई यसरी आज्ञा दिएँ: “याहवेह तिमीहरूका परमेश्वरले यो देश तिमीहरूले अधिकार गर्नु भनी दिनुभएको छ। तर तिमीहरूका सबै बलिया मानिसहरू युद्धका निम्ति हतियार भिरेर तिमीहरूका इस्राएली दाजुभाइहरूको अगि यर्दन नदी पार गरेर जानुपर्छ।
18 E naquele tempo eu vos ordenei, dizendo: O SENHOR vosso Deus vos deu essa terra, para possuí-la; passareis armados diante de vossos irmãos, os filhos de Israel, todos os que estiverem capacitados para a guerra.
19 तरै पनि तिमीहरूका पत्नीहरू, तिमीहरूका छोराछोरीहरू र तिमीहरूका गाईबस्तु (तिमीहरूसँग धेरै गाईबस्तु छन् भनी म जान्दछु) चाहिँ मैले दिएको सहरमा बस्न सक्छन्।
19 Mas as vossas esposas, e os vossos pequenos, e o vosso gado (pois sei que tendes muito gado) permanecerão nas cidades que vos dei;
20 जबसम्म याहवेहले तिमीहरूलाई दिनुभएजस्तै तिमीहरूका दाजुभाइहरूलाई विश्राम दिनुहुन्न, र तिनीहरूले याहवेह तिनीहरूका परमेश्वरले तिनीहरूलाई यर्दनपारि दिनुहुने देश प्राप्त गर्दैनन्, तिमीहरूले तिनीहरूलाई मदत गर्नुपर्नेछ। त्यसपछि तिमीहरू हरेक मैले तिमीहरूलाई अधिकार गर्न दिएको देशमा फर्केर जान सक्छौ।”
20 até que o SENHOR dê descanso a vossos irmãos, bem como a vós, e até que eles também possuam a terra que o SENHOR vosso Deus lhes deu além do Jordão; e então voltareis, cada homem à sua possessão, que vos dei.
21 त्यस बेला मैले यहोशूलाई आज्ञा गरेँ: “याहवेह तिमीहरूका परमेश्वरले ती दुई राजाहरूलाई के गर्नुभयो, सो तिमीहरू सबैले आफ्नै आँखाले देखेका छौ। तिमीहरू जहाँ गइरहेका छौ, त्यहाँका सबै राज्यहरूलाई पनि याहवेहले त्यसै गर्नुहुनेछ।
21 E naquele tempo eu ordenei a Josué, dizendo: Os teus olhos viram tudo o que o SENHOR teu Deus fez a esses dois reis; assim fará o SENHOR a todos os reinos aos quais passares.
22 तिनीहरूसँग नडराओ; याहवेह तिमीहरूका परमेश्वर आफैँ तिमीहरूका निम्ति लड्नुहुनेछ।”
22 Não os temas, pois o SENHOR teu Deus lutará por ti.
23 अनि मैले त्यस बेला याहवेहसँग यसरी बिन्ती गरे:
23 E naquele tempo supliquei ao SENHOR, dizendo:
24 “हे प्रभु याहवेह, आफ्नो सेवकलाई आफ्नो महानता र आफ्नो शक्ति तपाईंले देखाउन थाल्नुभएको छ। किनकि स्वर्ग वा पृथ्वीमा कुनचाहिँ देव छ, जसले तपाईंले गर्नुभएका शक्तिशाली कार्यहरू र कामहरू गर्न सक्छन्?
24 Ó Senhor DEUS, começaste a mostrar ao teu servo a tua grandeza, e a tua mão forte; pois que Deus há nos céus ou na terra, que possa fazer segundo as tuas obras, e segundo o teu poder?
25 मलाई यर्दन नदी पारिको त्यो उत्तम देशमा जान, त्यो सुन्दर पहाडी मुलुक र लेबनानलाई हेर्न दिनुहोस्।”
25 Suplico-te, deixa-me passar, e ver a boa terra que está além do Jordão, este bom monte, e o Líbano.
26 तर तिमीहरूको कारण याहवेह मसँग रिसाउनुभएको थियो, र उहाँले मेरो कुरा सुन्नुभएन। याहवेहले भन्नुभयो, “अब भयो, मसँग यस बारेमा फेरि कुरा नगर्।
26 Mas o SENHOR se irou comigo, por vossa causa, e não me ouviu; e o SENHOR me disse: Basta; não me fales mais desse assunto.
27 पिसगाको चुचुरोमा चढ्, र पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर हेर्। तैँले त्यस देशलाई आफ्नै आँखाले हेर्। किनकि तैँले यर्दन नदी पार गरेर जान पाउनेछैनस्।
27 Sobe ao topo de Pisga, e levanta os teus olhos ao ocidente, e ao norte, e ao sul, e ao oriente, e contempla com os teus olhos, pois não passarás este Jordão.
28 तर यहोशूलाई नियुक्त गर्, र त्यसलाई उत्साह दिएर बलियो बना। किनकि यस जातिलाई त्यसले पारि लैजानेछ र तैँले देख्न लागेको त्यो देश अधिकार गर्न लगाउनेछ।”
28 Mas ordena a Josué, e encoraja-o, e fortalece-o, porque ele passará, diante deste povo, e fará com que herdem a terra que verás.
29 यसकारण हामी बेथ-पोरको बेँसीको छेउमा नै बस्यौँ।
29 Assim, permanecemos no vale diante de Bete-Peor.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Deuteronômio 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.