Deuteronômio 30

npioncb (NPIONCB) vs ARIB

Sair da comparação
ARIB Almeida Revisada Imprensa Bíblica
1 जब मैले तिमीहरूका सामु राखिदिएका यी सबै आशिष् र श्रापहरू तिमीहरूमाथि आइपर्नेछन्, तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई जातिहरूका बीचमा छरपस्ट पार्नुभएपछि तिमीहरूले ती हृदयमा लिनेछौ।
1 Quando te sobrevierem todas estas coisas, a bênção ou a maldição, que pus diante de ti, e te recordares delas entre todas as nações para onde o Senhor teu Deus te houver lançado,
2 अनि जब तिमीहरू र तिमीहरूका छोराछोरीहरू याहवेह आफ्ना परमेश्‍वरकहाँ फर्कनेछौ, र आज मैले तिमीहरूलाई आज्ञा दिएअनुसार हरेक कुरामा आफ्ना सारा हृदयले र आफ्ना सारा प्राणले उहाँका आज्ञाहरू पालन गर्छौ,
2 e te converteres ao Senhor teu Deus, e obedeceres à sua voz conforme tudo o que eu te ordeno hoje, tu e teus filhos, de todo o teu coração e de toda a tua alma,
3 तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका सुदिन फर्काइदिनुहुनेछ, र तिमीहरूमाथि दया देखाउनुहुनेछ। अनि उहाँले तिमीहरूलाई छरपस्ट पार्नुभएका सबै जातिहरूका बीचबाट फेरि भेला गराउनुहुनेछ।
3 o Senhor teu Deus te fará voltar do teu cativeiro, e se compadecerá de ti, e tornará a ajuntar-te dentre todos os povos entre os quais te houver espalhado o senhor teu Deus.
4 तिमीहरू पृथ्वीका धेरै टाढा-टाढाका देशमा धपाइएका भए तापनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई त्यहाँबाट भेला गराएर तिमीहरूलाई फर्काइ ल्याउनुहुनेछ।
4 Ainda que o teu desterro tenha sido para a extremidade do céu, desde ali te ajuntará o Senhor teu Deus, e dali te tomará;
5 याहवेहले तिमीहरूलाई तिमीहरूका पितापुर्खाहरूका देशमा ल्याउनुहुनेछ, र त्यस देशमा तिमीहरूले अधिकार गर्नेछौ। उहाँले तिमीहरूलाई तिमीहरूका पितापुर्खाहरूभन्दा अझै धेरै समृद्ध र असंख्य बनाउनुहुनेछ।
5 e o Senhor teu Deus te trará à terra que teus pais possuíram, e a possuirás; e te fará bem, e te multiplicará mais do que a teus pais.
6 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका र तिमीहरूका सन्तानहरूका हृदयको खतना गर्नुहुनेछ, जसले गर्दा तिमीहरूले उहाँलाई आफ्ना सारा हृदयले र आफ्ना सारा प्राणले प्रेम गर्न सक र त्यस देशमा तिमीहरू जीवित रहन सक।
6 Também o Senhor teu Deus circuncidará o teu coração, e o coração de tua descendência, a fim de que ames ao Senhor teu Deus de todo o teu coração e de toda a tua alma, para que vivas.
7 याहवेह तिमीहरूका परमेश्‍वरले यी सबै श्रापहरू तिमीहरूलाई घृणा गर्ने र सताउने तिमीहरूका शत्रुहरूमाथि ल्याउनुहुनेछ।
7 E o Senhor teu Deus porá todas estas maldições sobre os teus inimigos, sobre aqueles que te tiverem odiado e perseguido.
8 तिमीहरूले याहवेहको वचन फेरि पालन गर्नेछौ, र आज मैले तिमीहरूलाई दिइरहेका उहाँका सबै आज्ञाहरूको अनुसरण गर्नेछौ।
8 Tu te tornarás, pois, e obedecerás à voz do Senhor, e observarás todos os seus mandamentos que eu hoje te ordeno.
9 तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै कामहरूमा र तिमीहरूका सन्तानमा, गाईबस्तुका बाछाबाछीहरूमा र जमिनका अन्‍नबालीहरूमा अति धेरै समृद्धि प्रदान गर्नुहुनेछ। याहवेह तिमीहरूका पितापुर्खाहरूसँग प्रसन्‍न हुनुभएझैँ तिमीहरूसँग फेरि प्रसन्‍न हुनुहुनेछ, र तिमीहरूलाई समृद्धि प्रदान गर्नुहुनेछ।
9 Então o Senhor teu Deus te fará prosperar grandemente em todas as obras das tuas mãos, no fruto do teu ventre, e no fruto dos teus animais, e no fruto do teu solo; porquanto o Senhor tornará a alegrar-se em ti para te fazer bem, como se alegrou em teus pais;
10 यदि तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ र व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञाहरू र उर्दीहरू पालन गर्‍यौ भने, र यदि आफ्ना सारा हृदय र सारा प्राणले याहवेह तिमीहरूका परमेश्‍वरकहाँ फर्क्यौ भने उहाँ तिमीहरूसित प्रसन्‍न हुनुहुनेछ, र तिमीहरूलाई समृद्धि प्रदान गर्नुहुनेछ।
10 quando obedeceres à voz do Senhor teu Deus, guardando os seus mandamentos e os seus estatutos, escritos neste livro da lei; quando te converteres ao Senhor teu Deus de todo o teu coração e de toda a tua alma.
11 आज मैले तिमीहरूलाई जे आज्ञा दिइरहेको छु, यो तिमीहरूका निम्ति अति कठिन वा पालन गर्न नसक्ने किसिमको छैन।
11 Porque este mandamento, que eu hoje te ordeno, não te é difícil demais, nem tampouco está longe de ti.
12 यो आज्ञा स्वर्गमा राखिएको छैन, ताकि तिमीहरूले यसो भन्‍नुपरोस्, “स्वर्गमा उक्लिएर को जाला र यसलाई हामीकहाँ ल्याएर घोषणा गर्ला, र हामी यसलाई पालन गरौँला?”
12 Não está no céu para dizeres: Quem subirá por nós ao céu, e no-lo trará, e no-lo fará ouvir, para que o cumpramos?
13 न त यो समुद्रपारि नै छ, र तिमीहरूले यसो भन्‍नुपरोस्, “समुद्रपार गरेर यसलाई कसले ल्याउला, र हामीलाई घोषणा गर्ला, र हामी यसलाई पालन गरौँला।”
13 Nem está além do mar, para dizeres: Quem passará por nós além do mar, e no-lo trará, e no-lo fará ouvir, para que o cumpramos?
14 होइन, वचन त तिमीहरूको एकदम नजिकै छ; तिमीहरूकै मुखमा र तिमीहरूका हृदयमा छ, ताकि तिमीहरूले यसलाई पालन गर्न सक।
14 Mas a palavra está mui perto de ti, na tua boca, e no teu coração, para a cumprires.
15 हेर, आज मैले तिमीहरूका अगि जीवन र समृद्धि, मृत्यु र विनाश राखिदिएको छु।
15 Vê que hoje te pus diante de ti a vida e o bem, a morte e o mal.
16 किनकि आज म तिमीहरूलाई आज्ञा दिन्छु, तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरलाई प्रेम गर्नू, उहाँका मार्गहरूमा हिँड्नू र उहाँका आज्ञाहरू, उर्दीहरू र नियमहरू पालन गर्नू; तब तिमीहरू जीवित रहनेछौ र संख्यामा बढ्नेछौ। अनि तिमीहरूले अधिकार गर्नलाई प्रवेश गरिरहेको देशमा याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ।
16 Se guardares o mandamento que eu hoje te ordeno de amar ao Senhor teu Deus, de andar nos seus caminhos, e de guardar os seus mandamentos, os seus estatutos e os seus preceitos, então viverás, e te multiplicarás, e o Senhor teu Deus te abençoará na terra em que estás entrando para a possuíres.
17 तर यदि तिमीहरूका हृदय तर्केर गयो र तिमीहरू अनाज्ञाकारी भयौ, र तिमीहरू अरू देवी-देवताहरूका अगि दण्डवत् गर्न र तिनीहरूलाई पुज्नलाई आकर्षित भयौ भने,
17 Mas se o teu coração se desviar, e não quiseres ouvir, e fores seduzido para adorares outros deuses, e os servires,
18 म आज तिमीहरूलाई यो घोषणा गर्दछु, तिमीहरू अवश्य नाश हुनेछौ। तिमीहरूले यर्दन पार गरेर अधिकार गर्न जाने देशमा तिमीहरू लामो समयसम्म जीवित रहनेछैनौ।
18 declaro-te hoje que certamente perecerás; não prolongarás os dias na terra para entrar na qual estás passando o Jordão, a fim de a possuíres.
19 आजको दिन म आकाश र पृथ्वीलाई तिमीहरूको विरुद्धमा साक्षीको रूपमा राख्दछु, मैले तिमीहरूको अगि जीवन र मृत्यु, आशिष् र श्राप राखिदिएको छु। अब जीवन नै रोज, ताकि तिमीहरू र तिमीहरूका छोराछोरीहरू जीवित रहन सक।
19 O céu e a terra tomo hoje por testemunhas contra ti de que te pus diante de ti a vida e a morte, a bênção e a maldição; escolhe, pois, a vida, para que vivas, tu e a tua descendência,
20 अनि तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरलाई प्रेम गर्न सक, उहाँको सोर सुन्‍न र उहाँमा लागिरहन सक। किनकि याहवेह नै तिमीहरूका जीवन हुनुहुन्छ; अनि उहाँले तिमीहरूका पितापुर्खाहरू अब्राहाम, इसहाक र याकोबसँग दिन्छु भनी शपथ खानुभएको देशमा उहाँले तिमीहरूलाई लामो जीवन दिनुहुनेछ।
20 amando ao Senhor teu Deus, obedecendo à sua voz, e te apegando a ele; pois ele é a tua vida, e o prolongamento dos teus dias; e para que habites na terra que o Senhor prometeu com juramento a teus pais, a Abraão, a Isaque e a Jacó, que lhes havia de dar.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Deuteronômio 30, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.