Deuteronômio 29

npioncb (NPIONCB) vs ACF

Sair da comparação
ACF Almeida Corrigida Fiel
1 याहवेहले इस्राएलीहरूसँग होरेबमा बाँध्नुभएको करारबाहेक उहाँले मोआबमा मोशालाई इस्राएलीहरूसँग बाँध्नुभएको करारका शर्तहरू यिनै हुन्।
1 Estas são as palavras da aliança que o SENHOR ordenou a Moisés que fizesse com os filhos de Israel, na terra de Moabe, além da aliança que fizera com eles em Horebe.
2 मोशाले सारा इस्राएलीहरूलाई भेला गराएर तिनीहरूलाई भने:
2 E chamou Moisés a todo o Israel, e disse-lhes: Tendes visto tudo quanto o Senhor fez perante vossos olhos, na terra do Egito, a Faraó, e a todos os seus servos, e a toda a sua terra;
3 तिमीहरूले आफ्नै आँखाले ती डरलाग्दा सङ्कष्‍टहरू, अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू देखेका छौ।
3 As grandes provas que os teus olhos têm visto, aqueles sinais e grandes maravilhas;
4 तर आजको दिनसम्म याहवेहले तिमीहरूलाई बुझ्ने मन, देख्ने आँखा र सुन्‍ने कान दिनुभएको छैन।
4 Porém não vos tem dado o Senhor um coração para entender, nem olhos para ver, nem ouvidos para ouvir, até ao dia de hoje.
5 याहवेहले भन्‍नुहुन्छ, “मैले तिमीहरूलाई उजाडस्थानमा चालीस वर्षसम्म डोर्‍याएको समयमा तिमीहरूले लगाएका लुगा र तिमीहरूका जुत्ता फाटेनन्।
5 E quarenta anos vos fiz andar pelo deserto; não se envelheceram sobre vós as vossas vestes, e nem se envelheceu o vosso sapato no vosso pé.
6 तिमीहरूले रोटी खाएनौ र मद्य पिएनौ, वा अरू मादक पदार्थ पिएनौ। तिमीहरूले म नै याहवेह तिमीहरूका परमेश्‍वर हुँ भनी बुझ्न सक भनेर नै मैले यसो गरेँ।”
6 Pão não comestes, e vinho e bebida forte não bebestes; para que soubésseis que eu sou o Senhor vosso Deus.
7 जब तिमीहरू यस ठाउँमा आइपुग्यौ, तब हेश्बोनका राजा सीहोन र बाशानका राजा ओग हामीसँग लडाइँ गर्न आए; तर हामीले तिनीहरूलाई परास्त गर्‍यौँ।
7 Vindo vós, pois, a este lugar, Siom, rei de Hesbom, e Ogue, rei de Basã, nos saíram ao encontro, à peleja, e nós os ferimos;
8 हामीले तिनीहरूको देशलाई कब्जा गर्‍यौँ, र त्यस देशलाई उत्तराधिकारको रूपमा रूबेनीहरू, गादीहरू अनि मनश्शेको आधा कुललाई दियौँ।
8 E tomamos a sua terra e a demos por herança aos rubenitas, e aos gaditas, e à meia tribo dos manassitas.
9 यस करारका शर्तहरूलाई होसियारीसाथ पालन गर, र तिमीहरूले गरेका हरेक काममा सफल हुनेछौ।
9 Guardai, pois, as palavras desta aliança, e cumpri-as, para que prospereis em tudo quanto fizerdes.
10 आज तिमीहरू सबै, अर्थात् तिमीहरूका अधिकृतहरू र मुख्य व्यक्तिहरू, तिमीहरूका धर्मगुरुहरू र प्रधानहरू सबै याहवेह तिमीहरूका परमेश्‍वरको अगि खडा छौ।
10 Vós todos estais hoje perante o Senhor vosso Deus; os capitães de vossas tribos, vossos anciãos, e os vossos oficiais, todos os homens de Israel;
11 अनि तिमीहरूका छोराछोरीहरू र तिमीहरूका पत्नीहरू, र तिमीहरूका निम्ति दाउरा काट्ने र पानी बोक्ने तिमीहरूका छाउनीमा बस्‍ने विदेशीहरू पनि साथमा छन्।
11 Os vossos meninos, as vossas mulheres, e o estrangeiro que está no meio do vosso arraial; desde o rachador da vossa lenha até ao tirador da vossa água;
12 तिमीहरू यहाँ याहवेह आफ्ना परमेश्‍वरसँग त्यो करारमा प्रवेश गर्नलाई खडा छौ, जुन आज उहाँले शपथद्वारा छाप लगाउँदै तिमीहरूसँग बाँध्दैहुनुहुन्छ।
12 Para entrardes na aliança do Senhor teu Deus, e no seu juramento que o Senhor teu Deus hoje faz convosco;
13 उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ, र तिमीहरूका पितापुर्खाहरू अब्राहाम, इसहाक र याकोबसँग शपथ खानुभएझैँ, तिमीहरू उहाँका मानिसहरू र उहाँ तिमीहरूका परमेश्‍वर हुनुहुन्छ भनी पक्‍का हुन सकोस्।
13 Para que hoje te confirme por seu povo, e ele te seja por Deus, como te tem dito, e como jurou a teus pais, Abraão, Isaque e Jacó.
14 मैले शपथ खाएर यो करार तिमीहरूसँग मात्र बाँधिरहेको छैनँ;
14 E não somente convosco faço esta aliança e este juramento;
15 जो आज यहाँ याहवेह आफ्ना परमेश्‍वरको उपस्थितिमा उभिरहेका छौ, तर आज यहाँ उपस्थिति नहुनेहरूसँग पनि बाँधिरहेको छु।
15 Mas com aquele que hoje está aqui em pé conosco perante o Senhor nosso Deus, e com aquele que hoje não está aqui conosco.
16 हामी इजिप्टमा कसरी बस्यौँ, र यहाँ आइपुग्नको लागि हामीले कसरी देशहरू पार गर्‍यौँ भनी तिमीहरू आफैँले जान्दछौ।
16 Porque vós sabeis como habitamos na terra do Egito, e como passamos pelo meio das nações pelas quais passastes;
17 तिनीहरूका बीचमा तिमीहरूले तिनीहरूका घृणित थोकहरू, काठ, ढुङ्गा, चाँदी र सुनका मूर्तिहरू देख्यौ।
17 E vistes as suas abominações, e os seus ídolos, o pau e a pedra, a prata e o ouro que havia entre eles,
18 याहवेह हाम्रा परमेश्‍वरबाट तर्किगएर ती जातिहरूका देवी-देवताहरू पूजा गर्ने हृदय भएको कुनै पनि पुरुष अथवा स्त्रीका कुल वा वंश तिमीहरूको बीचमा छैन भन्‍ने कुरा पक्‍का गर। तिमीहरूको बीचमा तितो विष उमार्ने कुनै पनि जरा नहोस् भनी निश्‍चित गर।
18 Para que entre vós não haja homem, nem mulher, nem família, nem tribo, cujo coração hoje se desvie do Senhor nosso Deus, para que vá servir aos deuses destas nações; para que entre vós não haja raiz que dê veneno e fel;
19 जब यस्ता व्यक्तिले यस शपथका शब्दहरू सुन्छन्; अनि तिनीहरू आफैँले आशिष् पाउन चाहन्छन् र सोच्दछन्, “म आफ्नै तरिकाले चलिरहे तापनि म सुरक्षित नै रहनेछु,” यसले गर्दा तिनीहरूले भिजेको जमिन अथवा ओबानो जमिनमा विपत्ति ल्याउनेछन्।
19 E aconteça que, alguém ouvindo as palavras desta maldição, se abençoe no seu coração, dizendo: Terei paz, ainda que ande conforme o parecer do meu coração; para acrescentar à sede a bebedeira.
20 तिनीहरूलाई याहवेहले कहिल्यै क्षमा दिने मन गर्नुहुनेछैन। उहाँको क्रोध र डाहको जलन तिनीहरूको विरुद्धमा दन्कनेछ। यस व्यवस्थाका पुस्तकमा लेखिएका सबै श्रापहरू तिनीहरूमाथि पर्नेछन्। अनि याहवेहले तिनीहरूको नाम आकाशमुनिबाट मेटिदिनुहुनेछ।
20 O Senhor não lhe quererá perdoar; mas fumegará a ira do Senhor e o seu zelo contra esse homem, e toda a maldição escrita neste livro pousará sobre ele; e o Senhor apagará o seu nome de debaixo do céu.
21 व्यवस्थाको यो पुस्तकमा लेखिएका करारका सबै श्रापअनुसार याहवेहले तिनीहरूलाई इस्राएलका सबै कुलहरूबाट नाशको निम्ति अलग गर्नुहुनेछ।
21 E o Senhor o separará para mal, de todas as tribos de Israel, conforme a todas as maldições da aliança escrita no livro desta lei.
22 तिमीहरूका भावी पुस्ताका छोराछोरीहरू र टाढा देशहरूबाट आउने विदेशीहरूले यस देशमा आइपरेका विपत्तिहरू अनि याहवेहले देशमा पठाउनुभएका रोगहरू देख्नेछन्।
22 Então dirá à geração vindoura, os vossos filhos, que se levantarem depois de vós, e o estrangeiro que virá de terras remotas, vendo as pragas desta terra, e as suas doenças, com que o Senhor a terá afligido;
23 सारा देशलाई नुन र गन्धकले जलाएर बरबाद गर्नेछ—त्यहाँ केही पनि रोपिनेछैन, उम्रनेछैन र कुनै रूखबिरुवा केही पनि उम्रनेछैन। त्यो देश याहवेहले आफ्नो भयानक क्रोधमा नष्‍ट पार्नुभएको सदोम र गमोरा, अदमा र सबोयीमजस्तै हुनेछ।
23 E toda a sua terra abrasada com enxofre, e sal, de sorte que não será semeada, e nada produzirá, nem nela crescerá erva alguma; assim como foi a destruição de Sodoma e de Gomorra, de Admá e de Zeboim, que o Senhor destruiu na sua ira e no seu furor.
24 सबै जाति-जातिहरूले सोध्नेछन्: “याहवेहले यस देशलाई किन यस्तो गर्नुभयो? किन यस्तो डरलाग्दो र दन्कने रिस गर्नुभयो?”
24 E todas as nações dirão: Por que fez o Senhor assim com esta terra? Qual foi a causa do furor desta tão grande ira?
25 अनि जवाफचाहिँ यस्तो हुनेछ, “किनकि यस जातिले याहवेह तिनीहरूका पितापुर्खाहरूका परमेश्‍वरको करार, उहाँले तिनीहरूलाई इजिप्टबाट ल्याउनुहुँदा तिनीहरूसँग गर्नुभएको करारलाई तोडेका छन्।
25 Então se dirá: Porquanto deixaram a aliança do Senhor Deus de seus pais, que com eles tinha feito, quando os tirou do Egito;
26 तिनीहरू तर्केर गएका छन्, र अरू देवी-देवताहरू, तिनीहरूले नजानेका र उहाँले तिनीहरूलाई मनाही गर्नुभएका देवी-देवताहरूलाई दण्डवत् गरेका छन्।
26 E foram, e serviram a outros deuses, e se inclinaram diante deles; deuses que eles não conheceram, e nenhum dos quais lhes tinha sido dado.
27 यसकारण यस देशको विरुद्धमा याहवेहको क्रोध दन्कियो। त्यसैले उहाँले यस व्यवस्थाको पुस्तकमा लेखिएका सबै श्रापहरू यस देशमाथि ल्याउनुभयो।
27 Por isso a ira do Senhor se acendeu contra esta terra, para trazer sobre ela toda a maldição que está escrita neste livro.
28 याहवेहले तिनीहरूलाई भयानक रिस र डरलाग्दो क्रोधमा आफ्नो देशबाट उखेलेर अर्को देशमा फालिदिनुभयो; अनि तिनीहरू अहिलेसम्म छँदैछन्।”
28 E o Senhor os arrancou da sua terra com ira, e com indignação, e com grande furor, e os lançou em outra terra como neste dia se vê.
29 गुप्‍त कुराहरू याहवेह हाम्रा परमेश्‍वरकै हुन्, तर प्रकट गरिएका कुराहरूचाहिँ हामी र हाम्रा सन्तानहरूका लागि सदाका निम्ति हुन्; ताकि हामीले यस व्यवस्थाका सबै कुराहरू पालन गर्न सकौँ।
29 As coisas encobertas pertencem ao Senhor nosso Deus, porém as reveladas nos pertencem a nós e a nossos filhos para sempre, para que cumpramos todas as palavras desta lei.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Deuteronômio 29, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.