Deuteronômio 28

npioncb (NPIONCB) vs NVT

Sair da comparação
NVT Nova Versão Transformadora
1 यदि याहवेह तिमीहरूका परमेश्‍वरप्रति तिमीहरू पूर्ण आज्ञाकारी भयौ, र आज मैले तिमीहरूलाई दिइरहेका उहाँका सबै आज्ञाहरूलाई होसियारीसाथ पालन गर्‍यौ भने याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूभन्दा महान् तुल्याउनुहुनेछ।
1 “Se vocês obedecerem em tudo ao S enhor , seu Deus, e cumprirem fielmente todos estes mandamentos que hoje lhes dou, o S enhor , seu Deus, os colocará muito acima de todas as nações da terra.
2 यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको आज्ञापालन गर्‍यौ भने यी सबै आशिष्‌हरू तिमीहरूले पाउनेछौ, र यी तिमीहरूसँग रहिरहनेछन्:
2 Se obedecerem ao S enhor , seu Deus, vocês receberão as seguintes bênçãos:
3 याहवेहले तिमीहरूका सहर र खेतबारीमा आशिष् दिनुहुनेछ।
3 Suas cidades e seus campos serão abençoados.
4 याहवेहले तिमीहरूका गर्भ, तिमीहरूका देशका अन्‍नबाली, तिमीहरूका बथान र बगालका बच्‍चाहरूमा आशिष् दिनुहुनेछ।
4 Seus filhos e suas colheitas serão abençoados. As crias de seu gado e de seus rebanhos serão abençoadas.
5 तिमीहरूका डालो र तिमीहरूका पिठो मुछ्ने भाँडोमा आशिष् दिनुहुनेछ।
5 Seus cestos de frutos e tigelas de amassar pão serão abençoados.
6 तिमीहरू भित्र आउँदा र बाहिर जाँदा आशिषित हुनेछौ।
6 A todo lugar que forem e em tudo que fizerem, serão abençoados.
7 तिमीहरूको विरुद्धमा खडा हुने शत्रुहरूलाई याहवेहले तिमीहरूकै सामु परास्त गर्नुहुनेछ। तिनीहरू तिमीहरूमाथि एउटा बाटो आउनेछन्, तर तिमीहरूबाट सात बाटो भएर भाग्नेछन्।
7 “O S enhor derrotará seus inimigos quando eles os atacarem. Eles virão contra vocês de uma direção, mas serão dispersados em sete direções.
8 याहवेहले तिमीहरूका ढुकुटीहरूमा, र तिमीहरूका हातका हरेक काममा आशिष् दिनुहुनेछ। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूलाई आशिष् दिनुहुनेछ।
8 “O S enhor lhes garantirá bênção em tudo que fizerem e encherá seus celeiros de cereais. O S enhor , seu Deus, os abençoará na terra que ele lhes dá.
9 याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू तिमीहरूले पालन गर्‍यौ, र उहाँका मार्गहरूमा हिँड्यौ भने उहाँले तिमीहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई उहाँका पवित्र जातिको रूपमा स्थापित गर्नुहुनेछ।
9 “Se obedecerem aos mandamentos do S enhor , seu Deus, e andarem em seus caminhos, o S enhor os constituirá como seu povo santo, conforme prometeu sob juramento.
10 तब तिमीहरू याहवेहको नामद्वारा बोलाइएका हौ भनी यस पृथ्वीका सबै मानिसहरूले देख्नेछन्, र तिमीहरूसँग डराउनेछन्।
10 Assim, todas as nações da terra verão que vocês são um povo que o S enhor tomou para si e os temerão.
11 तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पितापुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा अर्थात् तिमीहरूका गर्भमा, गाईबस्तुका बाछा-बाछीमा र भूमिको उब्जनीमा याहवेहले प्रशस्त मात्रमा समृद्धि गराउनुहुनेछ।
11 “O S enhor lhes dará prosperidade na terra que ele jurou a seus antepassados que daria a vocês, e os abençoará com muitos filhos, rebanhos numerosos e colheitas fartas.
12 तिमीहरूका देशमा ठिक समयमा झरी पठाउन र तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिन याहवेहले आकाश र उहाँका प्रशस्तताको भण्डारलाई खोलिदिनुहुनेछ। तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ, तर तिमीहरूले चाहिँ कसैबाट पनि ऋण लिनेछैनौ।
12 No tempo certo, o S enhor enviará chuvas de seu rico tesouro no céu e abençoará todo o trabalho que realizarem. Vocês emprestarão a muitas nações, mas jamais precisarão tomar emprestado delas.
13 याहवेहले तिमीहरूलाई शिर बनाउनुहुनेछ, पुच्छर होइन। यदि तिमीहरूले आज मैले तिमीहरूलाई दिइरहेका याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरूमा ध्यान दियौ, र ती होसियारीसाथ पालन गर्‍यौ भने तिमीहरू सधैँ उच्‍चमा हुनेछौ, कहिल्यै फेदमा पर्नेछैनौ।
13 Se derem ouvidos a estes mandamentos que hoje lhes dou e se os cumprirem fielmente, o S enhor os fará cabeça, e não cauda, e vocês estarão sempre por cima, e nunca por baixo.
14 मैले आज तिमीहरूलाई दिइरहेका आज्ञाहरूमध्ये कुनै एउटैबाट पनि दायाँ र बायाँतिर अन्य देवी-देवताहरूका पछि लागेर तिनीहरूको सेवा नगर।
14 Não se desviem, por menos que seja, de nenhum dos mandamentos que hoje lhes dou, e não sigam outros deuses nem os adorem.”
15 तर यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको आज्ञापालन गरेनौ, र मैले आज तिमीहरूलाई दिइरहेका आज्ञाहरू र उर्दीहरू होसियारीसाथ पालन गरेनौ भने यी सबै श्रापहरू तिमीहरूमाथि आइपर्नेछन्:
15 “Mas, se vocês se recusarem a dar ouvidos ao S enhor , seu Deus, e não cumprirem todos os mandamentos e decretos que hoje lhes dou, as seguintes maldições cairão sobre vocês e os atingirão:
16 तिमीहरू सहरमा र खेतबारीमा श्रापित हुनेछौ।
16 Suas cidades e seus campos serão amaldiçoados.
17 तिमीहरूको डालो र पिठो मुछ्ने भाँडोमा श्राप पर्नेछ।
17 Seus cestos de frutos e suas tigelas de amassar pão serão amaldiçoados.
18 तिमीहरूका गर्भमा, तिमीहरूका जमिनको अन्‍नबालीमा, गाईबस्तुका बाछाबाछीमाथि र भेडाबाख्राका पाठापाठीमाथि श्राप पर्नेछ।
18 Seus filhos e suas colheitas serão amaldiçoados. As crias de seu gado e de seus rebanhos serão amaldiçoadas.
19 तिमीहरू भित्र आउँदा र बाहिर जाँदा श्रापित हुनेछौ।
19 A todo lugar que forem e em tudo que fizerem, serão amaldiçoados.
20 तिमीहरूले याहवेहलाई त्यागेर दुष्‍ट काम गरेका हुनाले तिमीहरू नष्‍ट नभएसम्म; र चाँडै बरबाद नभएसम्म उहाँले तिमीहरूका हातका हरेक काममा श्राप, गोलमाल र निराशा पठाउनुहुनेछ।
20 “O próprio S enhor enviará maldições, confusão e frustração em tudo que fizerem, até que, por fim, vocês sejam completamente destruídos por terem praticado o mal e me abandonado.
21 तिमीहरू अधिकार गर्न गइरहेको देशमा तिमीहरू नष्‍ट नभएसम्म याहवेहले तिमीहरूमाथि महामारी र रोगहरू फैलाउनुहुनेछ।
21 O S enhor os afligirá com pragas, até fazê-los desaparecer da terra em que estão prestes a entrar para tomar posse.
22 तिमीहरू नष्‍ट नभएसम्म याहवेहले तिमीहरूमाथि यस्ता रोगहरूले प्रहार गर्नुहुनेछः जरो, सुनिने रोग, प्रचण्ड ताप, खडेरी, वृक्ष ओइल्याउने र ढुसी पर्ने रोग।
22 O S enhor os ferirá com doenças debilitantes, com febres e inflamações, com calor ardente e secas, com ferrugem e mofo. Essas calamidades os perseguirão até que vocês morram.
23 तिमीहरूका टाउको माथिको आकाश काँसो र तिमीहरूमुनि भएको जमिन फलाम हुनेछन्।
23 O céu sobre sua cabeça será tão duro quanto o bronze, e a terra debaixo de vocês será tão impenetrável quanto o ferro.
24 याहवेहले तिमीहरूको देशको झरीलाई धुलो र बालुवामा परिणत गरिदिनुहुनेछ। ती तिमीहरू नष्‍ट नभएसम्म आकाशबाट झर्नेछन्।
24 O S enhor transformará em pó a chuva que rega sua terra, e cinzas cairão do céu até que vocês sejam destruídos.
25 याहवेहले तिमीहरूलाई आफ्ना शत्रुहरूका सामु हार्न दिनुहुनेछ। तिमीहरू तिनीहरूमाथि एक बाटोबाट आउनेछौ र सात बाटो भएर भाग्नेछौ। अनि तिमीहरूको अवस्था देखेर पृथ्वीका समस्त जातिहरू डराउनेछन्।
25 “O S enhor fará seus inimigos os derrotarem. Vocês os atacarão de uma direção, mas serão dispersados em sete direções. Serão motivo de horror para todos os reinos da terra.
26 तिमीहरूका मृत शरीरहरू आकाशका सबै चराहरू र पृथ्वीका जङ्गली जनावरहरूका निम्ति भोजन हुनेछन्; र तिनीहरूलाई धपाउने कोही पनि हुनेछैन।
26 Seus cadáveres serão alimento para as aves do céu e para os animais selvagens, e não haverá ninguém para enxotá-los.
27 याहवेहले तिमीहरूलाई इजिप्टको पिलो, घाउखटिरा, दाद र लूतोले सताउनुहुनेछ, जसबाट तिमीहरू निको हुन सक्नेछैनौ।
27 “O S enhor os afligirá com as feridas purulentas do Egito e com tumores, sarna e coceira incuráveis.
28 याहवेहले तिमीहरूलाई पागलपन, अन्धोपन र हृदयमा बेचैन पारिदिनुहुनेछ।
28 O S enhor os castigará com loucura, cegueira e pânico.
29 तिमीहरू अन्धा मानिसले जस्तै मध्यदिनमै अँध्यारोमा जस्तै छामछाम-छुमछुम गर्नेछौ। तिमीहरू आफूले गरेका हरेक कुरामा असफल हुनेछौ। तिमीहरू प्रत्येक दिन सताइनेछौ, लुटिनेछौ र तिमीहरूलाई उद्धार गर्ने कोही हुनेछैन।
29 Andarão tateando em plena luz do dia, como cegos na escuridão, mas não encontrarão o caminho. Serão oprimidos e roubados continuamente, e ninguém virá para socorrê-los.
30 जुन केटीसँग तिमीहरूको मगनी हुन्छ, त्यसलाई अर्को मानिसले लगेर बलात्कार गर्नेछ। तिमीहरूले घर बनाउनेछौ, तर त्यसमा बस्‍न पाउनेछैनौ। तिमीहरूले दाखबारी लगाउनेछौ, तर त्यसको फल चाख्न पनि पाउनेछैनौ।
30 “Você ficará noivo de uma mulher, mas outro homem dormirá com ela. Construirá uma casa, mas outra pessoa morará nela. Plantará um vinhedo, mas não aproveitará seus frutos.
31 तिमीहरूका गोरु तिमीहरूका आँखाकै अगि मारिनेछ; तर तिमीहरूले त्यसको मासु खान पाउनेछैनौ। तिमीहरूका गधा तिमीहरूबाट जबरजस्ती खोसेर लगिनेछ र त्यो फर्काइनेछैन। तिमीहरूका भेडाहरू तिमीहरूका शत्रुहरूलाई दिइनेछ, र ती भेडाहरूलाई छुटाउने कोही हुनेछैन।
31 Seu boi será abatido diante de seus olhos, mas você não provará um pedaço sequer da carne. Seu jumento lhe será tomado e não será devolvido. Suas ovelhas serão entregues a seus inimigos, e não haverá quem o ajude.
32 तिमीहरूका छोराछोरीहरू अर्कै जातिलाई दिइनेछन्; अनि दिनदिनै तिनीहरूको बाटो हेर्दा-हेर्दा तिमीहरूका आँखा टट्टाउनेछन्। तर तिमीहरू निरीह भएको कारण केही गर्न सक्नेछैनौ।
32 Você verá seus filhos e filhas serem levados embora como escravos. Sentirá intensa saudade deles, mas nada poderá fazer.
33 तिमीहरूले नचिनेको जातिले तिमीहरूका जमिन र परिश्रमले उब्जाएका अन्‍नबाली खानेछन्। तर तिमीहरूसँग चाहिँ सधैँ कठोर थिचोमिचोमा पर्नबाहेक केही पनि हुनेछैन।
33 Uma nação estrangeira desconhecida consumirá as colheitas que vocês trabalharam arduamente para produzir. Vocês sofrerão opressão constante e serão tratados com crueldade.
34 तिमीहरूले देखेका ती डरलाग्दा दृष्यहरूले तिमीहरूलाई बौलाहा बनाइदिनेछन्।
34 Quando virem as tragédias ao seu redor, acabarão enlouquecendo.
35 याहवेहले तिमीहरूका घुँडा र खुट्टाहरूमा पीडादायक निको नहुने पिलोले प्रहार गर्नुहुनेछ। ती तिमीहरूका पैतालादेखि शिरको टुप्पोसम्म फैलिएर जानेछन्।
35 O S enhor lhes cobrirá os joelhos e as pernas com feridas incuráveis. Terão feridas da cabeça aos pés.
36 याहवेहले तिमीहरूले नियुक्त गरेका राजालाई तिमीहरूले र आफ्ना पितापुर्खाहरूले नचिनेको जातिकहाँ धपाउनुहुनेछ। त्यहाँ तिमीहरूले अरू देवी-देवताहरू, काठ र ढुङ्गाका देवताहरूलाई पूजा गर्नेछौ।
36 “O S enhor enviará vocês e seu rei para o exílio numa nação que vocês e seus antepassados não conheceram. Ali, adorarão deuses de madeira e de pedra!
37 तिमीहरू याहवेहले धपाउनुभएका सबै जातिको बीचमा त्रास, उखान र हाँसोका पात्रहरू बन्‍नेछौ।
37 Serão motivo de horror, de ridículo e de zombaria entre as nações para as quais o S enhor os enviar.
38 तिमीहरूले जमिनमा धेरै बिउ छर्नेछौ, तर कटनीचाहिँ थोरै गर्नेछौ; किनकि ती सलहहरूले खानेछन्।
38 “Semearão muito, mas colherão pouco, pois os gafanhotos devorarão suas plantações.
39 तिमीहरूले दाखबारी लगाएर त्यसको खेती गर्नेछौ, तर त्यसको रस पिउनेछैनौ वा अङ्‌गुर बटुल्नेछैनौ; किनकि किराहरूले ती खानेछन्।
39 Plantarão vinhedos e cuidarão deles, mas não beberão o vinho nem comerão as uvas, pois vermes devorarão as videiras.
40 तिमीहरूका देशभरि जैतुनका रूखहरू त हुनेछन्, तर तिमीहरूले जैतुनको तेल प्रयोग गर्न पाउनेछैनौ; किनकि जैतुनहरू झरेर जानेछन्।
40 Cultivarão oliveiras em todo o seu território, mas nunca usarão azeite, pois os frutos cairão antes de amadurecer.
41 तिमीहरूले छोराछोरीहरू त जन्माउनेछौ, तर ती तिमीहरूसँग रहनेछैनन्; किनकि तिनीहरूलाई कैदमा लगिनेछ।
41 Terão filhos e filhas, mas os perderão, pois eles serão levados para o cativeiro.
42 तिमीहरूका जमिनका रूखहरू र अन्‍नबालीहरूलाई सलहका हुलले नाश पार्नेछन्।
42 Enxames de insetos destruirão suas árvores e suas plantações.
43 तिमीहरूका बीचमा बसोबास गर्ने विदेशीहरू तिमीहरूभन्दा उच्‍च-उच्‍च स्थानमा पुग्नेछन्। तर तिमीहरूचाहिँ तल-तल झर्नेछौ।
43 “Os estrangeiros que vivem entre vocês se tornarão cada vez mais fortes, enquanto vocês se tornarão cada vez mais fracos.
44 तिनीहरूले तिमीहरूलाई ऋण दिनेछन्, तर तिमीहरूले तिनीहरूलाई ऋण दिनेछैनौ। तिनीहरू शिर हुनेछन्, तर तिमीहरूचाहिँ पुच्छर हुनेछौ।
44 Eles lhes emprestarão dinheiro, mas vocês não emprestarão a eles. Eles serão a cabeça, e vocês serão a cauda!
45 तिमीहरूमाथि यी सबै श्रापहरू आउनेछन्। याहवेह तिमीहरूका परमेश्‍वरमा तिमीहरू आज्ञाकारी नभएका अनि उहाँले तिमीहरूलाई दिनुभएका आज्ञा र उर्दीहरू तिमीहरूले पालन नगरेको हुनाले, तिमीहरू नष्‍ट नभएसम्म यी श्रापले तिमीहरूलाई लखेट्नेछन् र हराउनेछन्।
45 “Se vocês se recusarem a dar ouvidos ao S enhor , seu Deus, e a obedecer aos mandamentos e decretos que ele lhes deu, todas estas maldições os perseguirão e os alcançarão até que sejam destruídos.
46 तिमीहरू र तिमीहरूका सन्तानमाथि तिनीहरू सधैँको निम्ति चिन्ह र चमत्कार हुनेछन्।
46 Estes horrores servirão de sinal e advertência para vocês e seus descendentes para sempre.
47 किनभने तिमीहरूले आफ्नो प्रशस्तताको समयमा याहवेह आफ्ना परमेश्‍वरको सेवा खुशी र आनन्दसाथ गरेनौ।
47 Se não servirem ao S enhor , seu Deus, com alegria e entusiasmo pelos muitos benefícios que receberam,
48 यसकारण तिमीहरू भोक, प्यास, नग्नता र गरिबीमा आफ्ना विरुद्धमा याहवेहले पठाउनुभएका शत्रुहरूको सेवा गर्नेछौ। तिमीहरूलाई नष्‍ट नगरेसम्म उहाँले तिमीहरूका काँधमा फलामको जुवा राखिदिनुहुनेछ।
48 servirão aos inimigos que o S enhor enviará contra vocês. Ficarão famintos, sedentos, despidos e desprovidos de tudo. O S enhor porá um jugo de ferro sobre seu pescoço e os oprimirá severamente até que os tenha destruído.
49 याहवेहले तिमीहरूका विरुद्धमा टाढाबाट, पृथ्वीको पल्‍लो छेउबाट बेगसँग उडेर तल झर्ने चीलजस्तै एउटा देशलाई ल्याउनुहुनेछ, जसको भाषा तिमीहरूले बुझ्नेछैनौ।
49 “Dos confins da terra, o S enhor trará contra vocês uma nação distante que se lançará sobre vocês como um abutre. Será uma nação cuja língua vocês não compreendem,
50 त्यो निष्‍ठुर देखिने जाति, जसले वृद्धहरूको आदर गर्दैन, र बालकहरूमाथि दया देखाउँदैन।
50 povo feroz e cruel, que não tem respeito pelos idosos nem pena dos jovens.
51 तिमीहरू नष्‍ट नभएसम्म तिनीहरूले तिमीहरूका गाईबस्तुका बगाल र तिमीहरूका जमिनका अन्‍नबालीहरू खानेछन्। तिमीहरू बरबाद नभएसम्म तिनीहरूले तिमीहरूका निम्ति कुनै अन्‍न, नयाँ दाखरस र जैतुनको तेल, न त तिमीहरूका बथानका बाछाबाछीहरू अथवा बगालका पाठापाठीहरू नै राख्नेछन्।
51 Os exércitos deles devorarão seus animais e colheitas, e vocês serão destruídos. Não deixarão coisa alguma dos seus cereais, nem vinho novo, azeite, bezerros ou cordeiros, e vocês morrerão de fome.
52 तिमीहरूले भरोसा राखेका अग्ला र सुरक्षित पर्खालहरू नभत्किएसम्म तिनीहरूले तिमीहरूका देशभरि रहेका सबै सहरहरूलाई घेराबन्दी गर्नेछन्। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशभरिका सबै सहरहरूलाई तिनीहरूले घेरा हाल्नेछन्।
52 Atacarão suas cidades até derrubarem todos os muros fortificados de sua terra, as muralhas nas quais vocês confiavam como proteção. Atacarão todas as cidades da terra que o S enhor , seu Deus, lhes dá.
53 घेरामा परेको समयमा तिमीहरूका शत्रुले तिमीहरूलाई दिएको कष्‍टको कारण तिमीहरूले आफ्ना गर्भका फल, याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएका छोराछोरीहरूका मासु खानेछौ।
53 “O cerco e a grande aflição que o ataque inimigo causará serão tão terríveis que vocês comerão a carne de seus próprios filhos e filhas, que o S enhor , seu Deus, lhes deu.
54 तिमीहरूका बीचमा रहेका अति कोमल हृदय भएका र संवेदनशील मानिसले समेत आफ्नै दाजुभाइ अथवा त्यसले प्रेम गरेकी पत्नी र त्यसका बाँचेका छोराछोरीलाई टिठ्याउनेछैन।
54 Até o homem de coração mais gentil em seu meio não terá pena do próprio irmão, da esposa amada e dos filhos que sobreviverem.
55 अनि त्यसले आफूले खाँदैगरेको आफ्ना छोरा वा छोरीको मासु कसैलाई पनि बाँड्नेछैन; किनकि तिमीहरूका शत्रुहरूले तिमीहरूका सबै सहरहरू घेरामा पारेका समयमा दिएका कष्‍टले गर्दा, तिमीहरूसँग खानेकुरा अरू केही पनि बाँकी रहेको हुनेछैन।
55 Ele se recusará a dividir com eles a carne que estiver devorando, a carne de um dos próprios filhos, pois não sobrará outra coisa para ele comer durante o cerco e a grande aflição que o inimigo trará sobre todas as suas cidades.
56 तिमीहरूका माझमा रहेकी अति कोमल र संवेदनशील हृदय भएकी स्त्री, कोमलता र संवेदनशीलताको कारण आफ्नो खुट्टाले भुइँसम्म छुन नचाहने स्त्रीले समेत आफूले प्रेम गरेको पति र आफ्नै छोराछोरीहरूसँग बाँडेर खानेछैन।
56 A mulher de coração mais gentil entre vocês, tão delicada que nem sequer tocaria o chão com o pé, será mesquinha com o marido a quem ama e com o próprio filho ou filha.
57 आफ्नै कोखबाट जन्माएका शिशु र सालनालसमेत त्यसले लुकाएर आफैँले खानेछे। किनकि तिमीहरूका शत्रुले तिमीहरूका सहरहरूलाई घेरा लगाएको बेलामा ल्याएका विपत्तिको कारणले गर्दा त्यसले तिनीहरूलाई गुप्‍तमा खाने इच्छा गर्नेछे।
57 Esconderá deles a placenta e o bebê recém-nascido que ela deu à luz para comê-los sozinha em segredo. Não terá outra coisa para comer durante o cerco e a grande aflição que o inimigo trará sobre todas as suas cidades.
58 यदि तिमीहरूले यस पुस्तकमा लेखिएका यस व्यवस्थाका वचनहरू होसियारीसाथ पालन गरेनौ, र याहवेह आफ्ना परमेश्‍वरको महिमित र भययोग्य नामको आदर गरेनौ भने,
58 “Se vocês se recusarem a obedecer a todos os termos desta lei escritos neste livro e se não temerem o nome glorioso e terrível do S enhor , seu Deus,
59 याहवेहले तिमीहरू र तिमीहरूका सन्तानमाथि भयानक र डरलाग्दा विपत्तिहरू, गम्भीर र लामो समयसम्म रहने रोगहरू पठाउनुहुनेछ।
59 o S enhor oprimirá vocês e seus filhos com pragas indescritíveis. Serão pragas intensas e sem alívio, doenças agonizantes e insuportáveis.
60 तिमीहरूलाई डर लाग्ने इजिप्टियनका सबै रोगहरू उहाँले तिमीहरूमाथि ल्याउनुहुनेछ। अनि ती रोगहरू तिमीहरूमा रहिरहनेछन्।
60 Ele os afligirá com todas as doenças do Egito, que vocês temiam tanto, e não terão alívio.
61 याहवेहले तिमीहरूमाथि यस व्यवस्थाको पुस्तकमा नलेखिएका हरेक किसिमका रोग र विपत्ति पनि तिमीहरू नष्‍ट नभएसम्म ल्याउनुहुनेछ।
61 O S enhor os afligirá com todas as enfermidades e pragas que existem, mesmo aquelas que não são mencionadas neste Livro da Lei, até que sejam destruídos.
62 तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरको आज्ञापालन नगरेका हुनाले आकाशका ताराहरूझैँ असंख्य भएका तिमीहरू घटेर संख्यामा थोरै हुनेछौ।
62 Ainda que se tornem tão numerosos quanto as estrelas do céu, poucos restarão, pois não deram ouvidos ao S enhor , seu Deus.
63 जसरी तिमीहरूलाई वृद्धि गराउन र संख्यामा बढाउन परमेश्‍वरलाई आनन्द लागेको थियो, त्यसरी नै तिमीहरूलाई ध्वस्त पार्न र नाश गर्न उहाँलाई आनन्द लाग्नेछ। तिमीहरूले अधिकार गर्नलाई प्रवेश गरिरहेको देशबाट तिमीहरू जरैसमेत उखेलिनेछौ।
63 “Assim como o S enhor teve grande prazer em fazê-los prosperar e se multiplicar, também terá prazer em destruí-los. Vocês serão arrancados da terra em que estão prestes a entrar para tomar posse.
64 त्यसपछि याहवेहले तिमीहरूलाई पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म सबै जातिहरूको बीचमा छरपस्ट पार्नुहुनेछ। त्यहाँ तिमीहरूले आफैँले र आफ्ना पुर्खाहरूले नजानेका अरू देवी-देवताहरू, काठ र ढुङ्गाका देवी-देवताहरूलाई पूजा गर्नेछौ।
64 O S enhor os espalhará entre todas as nações, de uma extremidade à outra do mundo. Ali, adorarão deuses estrangeiros que nem vocês nem seus antepassados conheceram, deuses de madeira e pedra.
65 ती देशहरूमा तिमीहरूले आफ्ना खुट्टाको पैतालाको निम्ति शान्ति र विश्राम लिने ठाउँ पाउनेछैनौ। त्यहाँ याहवेहले तिमीहरूका मनमा फिक्री, आँखामा प्रतीक्षाको कारण थकाइ र हृदयमा निराशा दिनुहुनेछ।
65 Não encontrarão paz nem lugar de descanso entre essas nações. O S enhor fará seu coração estremecer, sua vista falhar e sua alma desanimar.
66 तिमीहरू जीवनको अनिश्‍चितताको कारण दिनरात डरले भरिएर हर समय मृत्युको डरमा जिउनेछौ।
66 Sua vida estará sempre por um fio. Passarão os dias e as noites com medo, sem ter certeza se sobreviverão.
67 तिमीहरूको हृदय डरले भरिएको र तिमीहरूका आँखाले देखेका दृश्यहरूको कारण बिहान तिमीहरूले भन्‍नेछौ, “यदि साँझ भइदिएको भए हुनेथियो!” र साँझमा भन्‍नेछौ, “यदि बिहान भइदिएको भए हुनेथियो।”
67 Pela manhã dirão: ‘Quem nos dera já fosse noite!’, e à noite: ‘Quem nos dera já fosse dia!’. Pois se encherão de pavor com os horrores que verão ao seu redor.
68 याहवेहले तिमीहरूलाई इजिप्ट, जहाँ फेरि कहिल्यै फर्केर नजानू भनी मैले भनेको थिएँ, जहाजबाट फर्काएर पठाउनुहुनेछ। त्यहाँ तिमीहरूले आफूलाई आफ्ना शत्रुहरूका हातमा कमरा-कमारीहरूझैँ दिनलाई राजी हुनेछौ। तर तिमीहरूलाई कसैले पनि किन्‍नेछैन।
68 Então o S enhor os mandará em navios de volta para o Egito, o lugar que eu prometi que nunca mais veriam. Lá, tentarão vender a si mesmos como escravos para seus inimigos, mas ninguém os comprará”.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Deuteronômio 28, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.