Deuteronômio 26
npioncb (NPIONCB) vs BKJ
1 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने देशमा जब तिमीहरू पसेर अधिकार गर्नेछौ र त्यहाँ बसोबास गर्नेछौ,
1 E será que, quando entrares na terra que o SENHOR teu Deus te dá como herança, e a possuíres, e nela habitares;
2 तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशको माटोबाट तिमीहरूले उब्जाएका सबै पहिलो फलहरूबाट केही भाग लिएर डालोमा राख्नू। त्यसपछि याहवेह तिमीहरूका परमेश्वरले आफ्नो नामको खातिर वासस्थानको रूपमा चुन्नुहुने ठाउँमा तिमीहरूले लगेर जानू।
2 que tomarás das primícias de todos os frutos da terra, que trarás da tua terra que o SENHOR teu Deus te dá, e as colocarás em um cesto, e irás ao lugar que o SENHOR teu Deus escolherá, para ali colocar o seu nome.
3 अनि त्यस बेला सेवामा रहेका पुजारीलाई यसो भन्नू, “याहवेहले हाम्रा पितापुर्खाहरूसँग हामीलाई दिन्छु भनी शपथ खानुभएको देशमा म आइपुगेँ भनी आज म याहवेह तपाईंका परमेश्वरकहाँ स्वीकार गर्छु।”
3 E irás ao sacerdote que houver naqueles dias, e dirás a ele: Eu professo neste dia ao SENHOR teu Deus, que cheguei à terra que o SENHOR jurou aos nossos pais que nos daria.
4 पुजारीले तिमीहरूका हातबाट त्यो डालो लिएर याहवेह तिमीहरूका परमेश्वरको वेदीको अगि राख्नेछन्।
4 E o sacerdote tomará o cesto da tua mão, e o colocará diante do altar do SENHOR teu Deus.
5 तब तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको सामु यसो भनेर घोषणा गर्नू: “मेरा पितापुर्खा फिरन्ते अरामी निबासी थिए। तिनी केही मानिसहरूसँग इजिप्टमा गए, र त्यहाँ बसोबास गरे। अनि शक्तिशाली, ठूलो र धेरै संख्या भएका एउटा जाति भए।
5 E falarás, e dirás, diante do SENHOR teu Deus: Um sírio prestes a perecer foi meu pai, ele desceu ao Egito, e ali peregrinou com poucos, e se tornou uma nação, grande, poderosa e numerosa;
6 तर इजिप्टियनहरूले हामीसँग दुर्व्यवहार गरे। हामीलाई दुःख दिए, र कठोर परिश्रम गर्न लगाए।
6 e os egípcios nos maltrataram, e nos afligiram, e nos impuseram dura servidão;
7 त्यसपछि हामीले हाम्रा पितापुर्खाहरूका परमेश्वरलाई पुकार गर्यौँ, तब याहवेहले हाम्रो सोर सुन्नुभयो। अनि हाम्रो दुर्दशा, परिश्रम र थिचोमिचो देख्नुभयो।
7 e, quando clamamos ao SENHOR Deus dos nossos pais, o SENHOR ouviu a nossa voz, e observou a nossa aflição, e o nosso trabalho, e a nossa opressão;
8 यसकारण याहवेहको महान् शक्तिशाली हात र फैलिएका पाखुरा, र भयङ्कर आतङ्क, अलौकिक चिन्हहरू र अद्भुत कार्यहरूद्वारा हामीलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।
8 e o SENHOR nos tirou do Egito com mão forte, e com braço estendido, e de maneira terrível, e com sinais, e com prodígios;
9 उहाँले हामीलाई यस ठाउँमा ल्याउनुभयो। अनि दूध र मह बग्ने यो देश दिनुभयो।
9 e nos trouxe a este lugar, e nos deu esta terra, que é uma terra que mana leite e mel.
10 यसकारण हे याहवेह, तपाईंले दिनुभएको जमिनबाट पहिलो फलहरू मैले ल्याएको छु।” याहवेह तिमीहरूका परमेश्वरको अगि त्यो डालो राख र उहाँलाई दण्डवत् गर।
10 E eis que trago as primícias da terra, que tu, ó SENHOR, me deste. E as apresentarás, diante do SENHOR teu Deus, e adorarás diante do SENHOR teu Deus;
11 तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरू र तिमीहरूका घरानालाई दिनुभएका सबै असल कुराहरूमा तिमीहरू, लेवीहरू र तिमीहरूका बीचमा बसोबास गर्ने विदेशीहरूले आनन्द मनाऊन्।
11 e te alegrarás por todo o bem que o SENHOR, teu Deus, te tem dado a ti e a tua casa, tu, e o levita, e o estrangeiro que está no meio de ti.
12 जब तिमीहरूले आफ्ना उब्जनीका दशांश तेस्रो वर्ष, अर्थात् दशांशको वर्षमा अलग गर्छौ, तब तिमीहरूले त्यो लेवी, परदेशी, अनाथ, विधवालाई दिनुपर्नेछ; ताकि तिनीहरूले तिमीहरूका सहरहरूमा खाऊन् र सन्तुष्ट होऊन्।
12 Quando tiveres terminado de oferecer todos os dízimos de tua produção, no terceiro ano, que é o ano do dízimo, então os dará ao levita, ao estrangeiro, ao órfão, e à viúva, para que possam comer dentro das tuas portas e se saciem;
13 तब याहवेह तिमीहरूका परमेश्वरलाई यसो भन्नू: “मैले मेरो घरबाट पवित्र अंश छुटाएर त्यो लेवी, विदेशी, अनाथ र विधवालाई तपाईंका सबै आज्ञाहरूअनुसार दिएको छु। म तपाईंका आज्ञाहरूबाट तर्किगएको छैनँ, न त मैले बिर्सेको नै छु।
13 então dirás, diante do SENHOR teu Deus: Eu trouxe as coisas consagradas da minha casa, e também as dei ao levita, e ao estrangeiro, ao órfão, e à viúva, conforme todos os teus mandamentos que me ordenaste; não transgredi teus mandamentos, nem os esqueci;
14 मेरो शोकको समयमा मैले पवित्र अंशबाट केही पनि खाएको छैनँ; न म अशुद्ध हुँदा त्यसबाट केही हटाएको छु; न त मैले मरेकालाई त्यसबाट केही चढाएको छु। मैले याहवेह मेरा परमेश्वरको आज्ञापालन गरेको छु। तपाईंले मलाई आज्ञा गर्नुभएको हरेक कुरा मैले पालन गरेको छु।
14 não comi delas na minha tristeza, nem tirei nada delas para nenhum uso imundo, nem dei nada delas para os mortos; mas ouvi a voz do SENHOR meu Deus, e fiz conforme tudo o que me ordenaste.
15 तपाईंको पवित्र वासस्थान स्वर्गबाट तल हेर्नुहोस्। तपाईंले हाम्रा पितापुर्खाहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ, तपाईंको जाति इस्राएललाई र तपाईंले हामीलाई दिनुभएको दूध र मह बग्ने प्रतिज्ञाको देशलाई आशिष् दिनुहोस्।”
15 Olha desde a tua santa habitação, desde os céus, e abençoa o teu povo, Israel, e a terra que nos deste, conforme juraste aos nossos pais, uma terra que mana leite e mel.
16 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज यी उर्दीहरू र नियमहरू पालन गर्नू भनी आज्ञा दिनुहुन्छ; यी तिमीहरूले आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले होसियारीसाथ पालन गर।
16 Neste dia, o SENHOR teu Deus te ordena que cumpras estes estatutos e juízos; portanto, tu os guardarás e os farás, com todo o teu coração, e com toda a tua alma.
17 तिमीहरूले आजको दिन याहवेह तिमीहरूका परमेश्वर हुनुहुन्छ भनी घोषणा गरेका छौ। अनि तिमीहरू उहाँका मार्गहरूमा हिँड्नेछौ। उहाँका उर्दीहरू, आज्ञाहरू र नियमहरू मान्नेछौ। अनि उहाँमा आज्ञाकारी हुनेछौ।
17 Tu declaraste neste dia que o SENHOR será o teu Deus, e andarás nos seus caminhos, e guardarás os seus estatutos, e os seus mandamentos, e os seus juízos, e ouvirás a sua voz;
18 अनि याहवेहले आजको दिन घोषणा गर्नुभएको छ: तिमीहरू उहाँका मानिसहरू हौ। उहाँले प्रतिज्ञा गर्नुभएझैँ तिमीहरू उहाँका निजी धन हौ। उहाँका सबै आज्ञाहरू तिमीहरूले पालन गर्नुपर्छ।
18 e hoje o SENHOR te assegura que serás o seu povo peculiar, conforme ele te prometeu, e que tu deves cumprir todos os seus mandamentos;
19 उहाँले तिमीहरूलाई आफैँले बनाउनुभएका सबै जातिहरूभन्दा बढी प्रशंसा, ख्याति र उच्च सम्मान दिएर राख्नेछु भनी घोषणा गर्नुभएको छ। अनि उहाँले प्रतिज्ञा गर्नुभएझैँ, याहवेह तिमीहरूका परमेश्वरका निम्ति तिमीहरू पवित्र जाति हुनेछौ।
19 e te exaltarás acima de todas as nações que ele criou, em louvor, e em nome, e em honra; e poderás ser um povo santo para o SENHOR teu Deus, como ele bem falou.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Deuteronômio 26, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.