Deuteronômio 24

npioncb (NPIONCB) vs NAA

Sair da comparação
NAA Nova Almeida Atualizada 2017
1 यदि कुनै मानिसले कुनैलाई विवाह गर्छ; अनि त्यसको बारेमा कमी कमजोरी थाहा पाएका कारण त्यस स्त्रीलाई मन नपराएर त्यागपत्र लेखी आफ्नो घरबाट त्यसलाई पठाइदियो भने,
1 — Se um homem tomar uma mulher e se casar com ela, e se ela não for agradável aos seus olhos, por ter ele achado coisa indecente nela, e se ele escrever uma carta de divórcio e a entregar à mulher, e a mandar embora;
2 अनि यदि त्यो स्त्री त्यस मानिसको घर छाडेर अर्को मानिसको पत्नी भई भने,
2 e se ela, saindo da casa dele, for e se casar com outro homem;
3 त्यसको दोस्रो पतिले पनि त्यसलाई मन नपराएर त्यागपत्र लेखेर दियो, र आफ्नो घरबाट पठाइदियो वा तिनको दोस्रो पति मर्‍यो भने,
3 e se este passar a odiá-la, e escrever uma carta de divórcio e a entregar à mulher, e a mandar embora de sua casa ou se este último homem, que a tomou para si por mulher, vier a morrer,
4 त्यो स्त्री अशुद्ध भइसकेको कारण त्यसलाई त्याग्ने पहिलो पतिले फेरि त्यसलाई विवाह गर्ने अनुमति पाउनेछैन। त्यो याहवेहको दृष्‍टिमा घिनलाग्दो कुरा हुन्छ। याहवेह तिमीहरूका परमेश्‍वरले उत्तराधिकारको रूपमा तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूले यो पाप नल्याओ।
4 então o primeiro marido dessa mulher, que a mandou embora, não poderá casar-se de novo com ela, depois que foi contaminada, pois é abominação diante do Senhor . Assim, vocês não farão pecar a terra que o Senhor , seu Deus, lhes dá por herança.
5 यदि कुनै मानिसले भर्खरै विवाह गरेको छ भने त्यसलाई युद्धमा नपठाइयोस्, र त्यसलाई अरू कुनै जिम्मेवारी नदिइयोस्। किनकि एक वर्षसम्म घरमा बस्‍न र आफूले विवाह गरेकी पत्नीलाई खुशी पार्नलाई त्यो स्वतन्त्र हुनुपर्छ।
5 — Um homem recém-casado não sairá à guerra, nem lhe será imposto qualquer encargo. Durante um ano ficará livre em casa e fará feliz a mulher com quem se casou.
6 कसैले ऋणको धरौटीको रूपमा जाँतो वा त्यसको माथिल्‍लो भाग मात्र पनि नलिनू। किनकि त्यो कुनै मानिसको जीविका चलाउने उपाय नै धरौटीको रूपमा लिइएको हुनेछ।
6 — Não se tomarão em penhor as duas pedras de moinho, nem apenas a de cima, porque assim se acabaria penhorando a própria vida.
7 यदि कुनै मानिसले आफ्नो इस्राएली दाजुभाइलाई अपहरण गर्‍यो, र त्यसलाई दासझैँ व्यवहार गरेको अथवा बेचेको भेट्टाइयो भने त्यो अपहरणकर्तालाई मार्नैपर्छ। यसरी तिमीहरूको बीचबाट तिमीहरूले दुष्‍टता हटाउनुपर्छ।
7 — Caso seja encontrado alguém que, tendo raptado um de seus irmãos, dos filhos de Israel, o trata como escravo ou o vende, esse ladrão deve morrer. Assim vocês eliminarão o mal do meio de vocês.
8 कुष्‍ठरोगको विषयमा लेवी पुजारीहरूले तिमीहरूलाई आदेश दिएजस्तै होसियारीसाथ पालन गर्नू। मैले तिनीहरूलाई आज्ञा दिएका कुराहरू तिमीहरूले होसियारीसाथ पालन गर्नू।
8 — Em caso de lepra, tenham todo o cuidado de fazer segundo tudo o que lhes ensinarem os sacerdotes levitas. Como lhes tenho ordenado, vocês terão cuidado de o fazer.
9 तिमीहरू इजिप्टबाट निस्किआएपछि बाटोमा याहवेह तिमीहरूका परमेश्‍वरले मिरियमलाई के गर्नुभयो, सो सम्झना राख्नू।
9 Lembrem-se do que o Senhor , seu Deus, fez com Miriã no caminho, quando vocês saíram do Egito.
10 जब तिमीहरूले आफ्नो छिमेकीलाई कुनै किसिमको ऋण दिन्छौ, तब त्यसले धरौटीको रूपमा दिन लागेका जुनसुकै कुरा पनि लिन त्यसको घरभित्र नपस्‍नू।
10 — Se você emprestar alguma coisa a seu próximo, não deve entrar na casa dele para lhe tirar o penhor.
11 तिमीहरू घर बाहिरै बस्‍नू। अनि तिमीहरूले ऋण दिएका मानिस आफैँले धरौटी लिएर तिमीहरूकहाँ बाहिर आओस्।
11 Fique do lado de fora, e o homem a quem você fez o empréstimo trará o penhor até você.
12 यदि त्यो मानिस गरिब छ भने तिमीहरूसँग भएको त्यसको धरौटी, जुन त्यसको लुगा हो, त्यसलाई लिएर सुत्न नजाओ।
12 Porém, se for homem pobre, não fique com o penhor durante a noite;
13 त्यसको लुगा घाम अस्ताउनुभन्दा पहिले नै फर्काइदेओ। ताकि त्यसले त्यो ओढेर सुत्न सकोस्। तब त्यसले तिमीहरूलाई धन्यवाद दिनेछ। अनि त्योचाहिँ याहवेह तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा एउटा धार्मिकताको काम ठहरिनेछ।
13 ao pôr do sol, restitua-lhe, sem falta, o penhor para que durma no seu manto e abençoe você; isto será para você um ato de justiça diante do Senhor , seu Deus.
14 तिमीहरूका इस्राएली दाजुभाइ होस् या तिमीहरूका कुनै सहरमा बसोबास गर्ने विदेशी; कुनै गरिब र अभावमा भएका ज्यालादारीबाट फाइदा नलेओ।
14 — Não oprima o empregado pobre e necessitado, seja ele um dos seus compatriotas ou um estrangeiro que está morando na terra e na cidade onde você vive.
15 तिनीहरूको ज्याला प्रत्येक दिन घाम अस्ताउनु अगि नै दिइहाल्नू। किनभने तिनीहरू गरिब हुन्, र तिनीहरूको मन ज्यालामाथि लगाएका हुन्छन्। नत्रता तिनीहरूले तिमीहरूका विरुद्धमा याहवेहलाई पुकार्नेछन् र तिमीहरूलाई पापको दोष लाग्नेछ।
15 Pague-lhe o salário no mesmo dia, antes do pôr do sol, porque ele é pobre, e a vida dele depende disso; para que ele não clame ao Senhor contra você, e você seja culpado de pecado.
16 छोराछोरीहरूका पापको कारण आमाबुबाहरू र आमाबुबाहरूका पापको कारण छोराछोरीहरूलाई नमार्नू। हरेक मानिस आफ्नै पापको कारण मर्नैपर्छ।
16 — Os pais não serão mortos por causa dos filhos, nem os filhos serão mortos por causa dos pais; cada um será morto pelo seu próprio pecado.
17 विदेशी अथवा अनाथलाई न्यायबाट बञ्चित नगर्नू; अथवा कुनै विधवाको लुगा बन्धकको रूपमा नलिनू।
17 — Não pervertam o direito do estrangeiro e do órfão; nem tomem em penhor a roupa da viúva.
18 यो कुरा याद राख, तिमीहरू पनि इजिप्टमा दास थियौ। याहवेह तिमीहरूका परमेश्‍वरले नै तिमीहरूलाई त्यहाँबाट छुटाउनुभयो। यसैकारण मैले तिमीहरूलाई यो आज्ञा दिँदैछु।
18 Lembrem-se de que vocês foram escravos no Egito e de que o Senhor os resgatou de lá; por isso lhes ordeno que façam assim.
19 तिमीहरूले आफ्नो खेतमा कटनी गर्दा यदि एक बिटा छोडियो भने त्यो लिन फर्केर नजाओ। त्यो परदेशी, अनाथ र विधवाहरूका लागि छोडिदिनू। तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिनुहुनेछ।
19 — Quando estiverem no campo, fazendo a colheita, e, nele, esquecerem um feixe de espigas, não voltem para buscá-lo; deixem que fique para os estrangeiros, para os órfãos e para as viúvas, para que o Senhor , seu Deus, abençoe vocês em tudo o que fizerem.
20 जब तिमीहरूले आफ्ना जैतुनका बोटहरूबाट फलहरू झार्छौ, तब फेरि दोस्रो पटक बोटबाट फलहरू झार्न नजानू। ती छोडिएका फलहरूचाहिँ परदेशी, अनाथ र विधवाहरूका निम्ति छोडिदिनू।
20 Quando sacudirem a oliveira, não voltem para colher os frutos que ficaram nos ramos; deixem que fiquem para os estrangeiros, para os órfãos e para as viúvas.
21 जब तिमीहरू आफ्ना दाखबारीबाट अङ्‌गुर बटुल्छौ, तब फेरि दोहोर्‍याएर नबटुल्नू। बाँकी रहेका फलहरू जति परदेशी, अनाथ र विधवाहरूलाई छोडिदिनू।
21 Ao fazerem a vindima das uvas, não sejam rigorosos demais; deixem que o restante fique para os estrangeiros, para os órfãos e para as viúvas.
22 यो कुरा याद राख, तिमीहरू पनि इजिप्टमा दास थियौ। यसैकारण मैले तिमीहरूलाई यसो गर्नू भनी आज्ञा दिँदैछु।
22 Lembrem-se de que vocês foram escravos na terra do Egito; por isso lhes ordeno que façam assim.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Deuteronômio 24, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.