Deuteronômio 23
npioncb (NPIONCB) vs BKJ
1 गुप्त अङ्ग किच्याइएको अथवा काटिएर नपुंसक भएको कोही पनि व्यक्ति याहवेहको सभामा प्रवेश गर्न पाउनेछैन।
1 Aquele que for ferido nas pedras, ou tiver seu membro cortado, não entrará na congregação do SENHOR.
2 निषेध गरिएको विवाहबाट जन्मेको मानिस याहवेहको सभामा प्रवेश गर्नुहुँदैन, अथवा तिनीहरूका सन्तानहरू दश पुस्तासम्म याहवेहको सभामा प्रवेश गर्न पाउनेछैन।
2 Um bastardo não entrará na congregação do SENHOR; até a sua décima geração não entrará na congregação do SENHOR.
3 कुनै अम्मोनी र मोआबी अथवा तिनीहरूका सन्तानहरू दश पुस्तासम्म याहवेहको सभामा प्रवेश गर्न पाउनेछैनन्।
3 Um amonita ou moabita não entrará na congregação do SENHOR; até a sua décima geração não entrará na congregação do SENHOR eternamente,
4 किनकि तिमीहरू इजिप्टबाट निस्केर आउँदा तिमीहरूलाई बाटोमा तिनीहरूले रोटी र पानी दिन इन्कार गरे। अनि तिनीहरूले अरामको पतोरमा बस्ने बओरको छोरा बालामलाई भाडामा बोलाएर तिमीहरूलाई सराप्न लगाएका थिए।
4 porque não vos encontraram com pão e com água no caminho, quando saístes do Egito; e porque contrataram contra ti Balaão, o filho de Beor de Petor da Mesopotâmia, para te amaldiçoar.
5 तरै पनि याहवेह तिमीहरूका परमेश्वरले बालामको कुरा सुन्नुभएन। तर त्यस सरापलाई आशिष्मा परिणत गरिदिनुभयो; किनकि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ।
5 Apesar disso, o SENHOR teu Deus não deu ouvidos a Balaão, mas o SENHOR teu Deus converteu a maldição em uma bênção para ti, porque o SENHOR teu Deus te amava.
6 तिमीहरूले आजीवन अम्मोनी र मोआबीहरूसँग मित्रताको सन्धि नगर्नू।
6 Não buscarás a paz deles, nem a sua prosperidade, todos os teus dias para sempre.
7 एदोमीहरूलाई घृणा नगर; किनकि तिनीहरू तिमीहरूका दाजुभाइहरू हुन्। इजिप्टियनहरूलाई घृणा नगर; किनकि तिमीहरू तिनीहरूको देशमा परदेशी भएर बास गरेका थियौ।
7 Não abominarás um edomita, porque é teu irmão; não abominarás um egípcio, porque foste estrangeiro em sua terra.
8 एदोमी र इजिप्टियनहरूबाट जन्मेका तेस्रो पुस्ताका सन्तानहरू याहवेहको सभामा पस्न पाउनेछन्।
8 Os filhos que eles gerarem entrarão na congregação do SENHOR em sua terceira geração.
9 जब तिमीहरू आफ्ना शत्रुहरूका विरुद्धमा छाउनी हालेर बस्छौ, तब हरेक अशुद्ध कुराबाट अलग रहनू।
9 Quando o exército sair contra teus inimigos, então guarda-te de toda coisa má.
10 यदि तिमीहरूमध्ये कुनै मानिस स्वप्न-दोषको कारण अशुद्ध छ भने त्यो मानिस छाउनीबाहिर जाओस्, र त्यहीँ बसोस्।
10 Se houver entre vós algum homem que não esteja limpo, por razão de alguma contaminação que lhe aconteceu durante a noite, então deverá sair do acampamento, e não entrará no acampamento;
11 तर साँझपख त्यसले नुहाओस्; अनि घाम अस्ताएपछि त्यो मानिस छाउनीभित्र पस्न पाउनेछ।
11 mas quando entardecer, se lavará com água; e depois que o sol se puser, entrará no acampamento outra vez.
12 तिमीहरूले छाउनीबाहिर दिसा-पिसाब गर्ने एउटा ठाउँ बनाओ।
12 Também terás um lugar fora do acampamento, para onde irás,
13 तिमीहरूसँग खन्ने औजार पनि रहोस्। अनि दिसा गरिसकेपछि तिमीहरूले त्यस औजारले खाल्डो खनेर दिसालाई पुरिदिनू।
13 e terás uma pá sobre a tua arma; antes de te acocorares fora, com ela cavarás, e te virarás e cobrirás aquilo que saiu de ti;
14 किनकि याहवेह तिमीहरूका परमेश्वर तिमीहरूलाई रक्षा गर्न र तिमीहरूका शत्रुहरूलाई तिमीहरूका हातमा सुम्पिदिनका लागि तिमीहरूका छाउनीको चारैतिर हिँड्डुल गर्नुहुन्छ। तिमीहरूको छाउनी पवित्र हुनुपर्छ; ताकि उहाँले तिमीहरूमा कुनै घिनलाग्दो कुरा देख्न नपरोस् र तिमीहरूबाट टाढा जान नपरोस्।
14 porque o SENHOR teu Deus anda no meio do teu acampamento, para te livrar e entregar os teus inimigos diante de ti, portanto o teu acampamento será santo; para que ele não veja nada imundo em ti, e não se afaste de ti.
15 यदि कुनै दासले तिमीहरूसँग आश्रय लिएर बसेको छ भने त्यसलाई त्यसको मालिकको हातमा नसुम्पिनू।
15 Não entregarás ao seu amo o servo que fugir do seu amo e for até ti;
16 त्यसले रुचाएको जुनसुकै ठाउँ वा त्यसले छानेको जुनसुकै सहरमा त्यसलाई तिमीहरूसँग बस्न देओ। त्यसलाई शोषण नगर्नू।
16 ele habitará contigo, entre vós, naquele lugar que ele escolher, em uma das tuas portas, onde ele assim quiser; não o oprimirás.
17 इस्राएलका कुनै पनि पुरुष अथवा स्त्री देवस्थानमा देवदास वा देवदासी नबनून्।
17 Não haverá prostituta entre as filhas de Israel, nem um sodomita entre os filhos de Israel.
18 तिमीहरूले कुनै भाकल पूरा गर्न देवदासी अथवा देवदासको कमाइलाई याहवेह तिमीहरूका परमेश्वरको भवनमा नल्याउनू; किनकि याहवेह तिमीहरूका परमेश्वरले ती दुवैलाई घृणा गर्नुहुन्छ।
18 Não trarás o salário de uma prostituta, nem o preço de um cão, à casa do SENHOR teu Deus por algum voto, porque essas duas coisas são abominações para o SENHOR teu Deus.
19 तिमीहरूले इस्राएली दाजुभाइबाट रकम अथवा भोजन, ब्याज वा कमाउन मिल्ने कुनै पनि कुराबाट ब्याज नलिनू।
19 Não emprestarás com usura a teu irmão; usura de dinheiro, usura de provisões, usura de qualquer coisa que seja emprestada com usura;
20 तिमीहरूले विदेशीबाट ब्याज लिन सक्छौ, तर आफ्नो इस्राएली दाजुभाइबाट नलिनू। तिमीहरूले अधिकार गर्न गइरहेको देशमा याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिनुहुनेछ।
20 a um estrangeiro poderás emprestar com usura, mas a teu irmão não emprestarás com usura; para que o SENHOR te possa abençoar, em tudo o que puseres a mão, na terra que vais possuir.
21 यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरसँग केही भाकल गर्यौ भने त्यो भाकल पूरा गर्न ढिलो नगर। किनकि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूबाट निश्चय नै माग गर्नुहुनेछ; र तिमीहरू पापको दोषी हुनेछौ।
21 Quando fizeres um voto ao SENHOR teu Deus, não descuidarás de cumpri-lo, porque o SENHOR teu Deus certamente exigirá o cumprimento de ti, e haverá pecado em ti.
22 तर भाकल गरेकै छैनौ भने तिमीहरूलाई पापको दोष लाग्नेछैन।
22 Mas se te abstiveres de fazer o voto, não haverá pecado em ti.
23 तिमीहरूका मुखले जे कुरा भाकल गरेका छन्, ती तिमीहरूले अवश्य पूरा गर्नुपर्छ। किनकि तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरका निम्ति यो राजीखुशीले गरेका हौ।
23 Aquilo que sair de teus lábios, guardarás e farás; até mesmo uma oferta voluntária, conforme o que juraste ao SENHOR teu Deus, o que prometeste com a tua boca.
24 यदि तिमीहरू आफ्ना दाजुभाइको दाखबारीमा पस्यौ भने तिमीहरूले चाहेजति पेटभरि अङ्गुर खान सक्छौ। तर तिमीहरूले आफ्नो डालोमा एउटै पनि नहाल्नू।
24 Quando vieres à vinha do teu próximo, então poderás comer uvas, conforme o teu desejo, até que estejas saciado; mas não porás nenhuma no teu vaso.
25 यदि तिमीहरूको छिमेकीको अन्नको खेतमा तिमीहरू पस्यौ भने तिमीहरूले आफ्ना हातले बाला टिप्न सक्छौ। तर तिमीहरूले पाकेको बालीमा हँसिया लगाएर अन्न काट्नुहुँदैन।
25 Quando vieres à plantação de grãos do teu próximo, então poderás arrancar as espigas com a tua mão, mas não poderás passar uma foice na plantação do teu próximo.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Deuteronômio 23, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.