Deuteronômio 22
npioncb (NPIONCB) vs ARA
1 यदि तिमीहरूले इस्राएली दाजुभाइको गोरु वा भेडा यताउता लागेको देख्यौ भने त्यसको बेवास्ता नगर। तर त्यसलाई त्यसको मालिककहाँ लगिदेऊ।
1 Vendo extraviado o boi ou a ovelha de teu irmão, não te furtarás a eles; restituí-los-ás, sem falta, a teu irmão.
2 यदि तिमीहरूका दाजुभाइ तिमीहरूका नजिक बस्दैन वा मालिक को हो भनी तिमीहरूलाई थाहा भएन भने त्यसका मालिक खोज्न नआएसम्म त्यसलाई आफ्नो घरमा ल्याउनू। त्यसपछि त्यसलाई फर्काइदिनू।
2 Se teu irmão não for teu vizinho ou tu o não conheceres, recolhê-los-ás na tua casa, para que fiquem contigo até que teu irmão os busque, e tu lhos restituas.
3 तिमीहरूले आफ्ना दाजुभाइको गधा वा लुगा वा तिनीहरूले हराएका कुनै पनि थोक भेट्टायौ भने फर्काइदिनू। ती तिमीहरूले बेवास्ता नगर्नू।
3 Assim também farás com o seu jumento e assim farás com as suas vestes; o mesmo farás com toda coisa que se perder de teu irmão, e tu achares; não te poderás furtar a ela.
4 यदि तिमीहरूले आफ्ना इस्राएली दाजुभाइका गधा वा गोरुलाई बाटोमा लडेको देख्यौ भने त्यसलाई बेवास्ता नगर्नू। त्यस पशुलाई उठाउन त्यसका मालिकलाई सहायता गर्नू।
4 O jumento que é de teu irmão ou o seu boi não verás caído no caminho e a eles te furtarás; sem falta o ajudarás a levantá-lo.
5 स्त्रीहरूले पुरुषको लुगा नलगाउनू, न त पुरुषले स्त्रीहरूको लुगा लगाउनू। किनकि याहवेह तिमीहरूका परमेश्वरले यसो गर्नेहरूलाई घृणा गर्नुहुन्छ।
5 A mulher não usará roupa de homem, nem o homem, veste peculiar à mulher; porque qualquer que faz tais coisas é abominável ao Senhor , teu Deus.
6 यदि तिमीहरूले बाटोको छेउको रूखमा वा भुइँमा चराको गुँड भेट्टायौ र माउचाहिँ बचेरासँग वा अण्डामा बसिरहेको भेट्यौ भने तिमीहरूले बचेरासँगै त्यस माउलाई नलैजानू।
6 Se de caminho encontrares algum ninho de ave, nalguma árvore ou no chão, com passarinhos, ou ovos, e a mãe sobre os passarinhos ou sobre os ovos, não tomarás a mãe com os filhotes;
7 तिमीहरूले बचेरालाई लैजान सक्छौ। तर माउलाई चाहिँ छोडिदिनुपर्छ, ताकि तिमीहरूको भलो होस्, र तिमीहरूको आयु लामो होस्।
7 deixarás ir, livremente, a mãe e os filhotes tomarás para ti, para que te vá bem, e prolongues os teus dias.
8 जब तिमीहरूले नयाँ घर बनाउँछौ, तब घरको छतमा चारैतिर बार लगाउनू। ताकि कोही मानिस छतबाट खसेर मर्यो भने तिमीहरूलाई अपराधको दोष नलागोस्।
8 Quando edificares uma casa nova, far-lhe-ás, no terraço, um parapeito, para que nela não ponhas culpa de sangue, se alguém de algum modo cair dela.
9 तिमीहरूको दाखबारीमा दुई किसिमका बिउ नलगाउनू। यदि त्यसो गर्यौ भने बोट मात्र होइन, तर त्यस दाखबारीको फल समेत अशुद्ध हुनेछ।
9 Não semearás a tua vinha com duas espécies de semente, para que não degenere o fruto da semente que semeaste e a messe da vinha.
10 गोरु र गधालाई सँगै नारेर जुवामा नजोत्नू।
10 Não lavrarás com junta de boi e jumento.
11 ऊन र सुती मिलाएर बुनेको कपडा नलगाउनू।
11 Não te vestirás de estofos de lã e linho juntamente.
12 तिमीहरूले लगाउने लुगाको चारै कुनामा झुम्काहरू बनाउनू।
12 Farás borlas nos quatro cantos do manto com que te cobrires.
13 यदि कुनै मानिसले पत्नी ल्याएर त्यससँग सुतेपछि त्यसलाई मन पराएन,
13 Se um homem casar com uma mulher, e, depois de coabitar com ela, a aborrecer,
14 र पत्नीको निन्दा गरेर त्यसलाई बदनाम गरी यसो भन्यो भने, “मैले यस स्त्रीसँग विवाह गरेँ, तर सुत्दा मैले उसमा कुमारीत्वको प्रमाण पाइनँ,”
14 e lhe atribuir atos vergonhosos, e contra ela divulgar má fama, dizendo: Casei com esta mulher e me cheguei a ela, porém não a achei virgem,
15 तब स्त्रीका बुबा र आमाले सहरको मूलढोकामा प्रधानहरूकहाँ त्यो केटी कुमारी नै थिई भन्ने प्रमाण ल्याऊन्।
15 então, o pai da moça e sua mãe tomarão as provas da virgindade da moça e as levarão aos anciãos da cidade, à porta.
16 त्यस स्त्रीका बुबाले प्रधानहरूसँग यसो भनोस्, “मैले मेरो छोरीलाई यस मानिससँग विवाह गरिदिएँ, तर यसले छोरीलाई मन पराउँदैन।”
16 O pai da moça dirá aos anciãos: Dei minha filha por mulher a este homem; porém ele a aborreceu;
17 अब हेर्नुहोस्, यसले छोरीलाई निन्दापूर्ण दोष लगाउँदै यसो भन्छ, “मैले तपाईंको छोरीमा कुमारीपन पाइनँ। तर मेरी छोरीको कुमारीपनको प्रमाण यहाँ छ।” त्यसपछि केटीका बुबाआमाले सहरका प्रधानहरूका सामु त्यो कपडा देखाऊन्।
17 e eis que lhe atribuiu atos vergonhosos, dizendo: Não achei virgem a tua filha; todavia, eis aqui as provas da virgindade de minha filha. E estenderão a roupa dela diante dos anciãos da cidade,
18 अनि सहरका प्रधानहरूले त्यस पुरुषलाई लगेर सजाय देऊन्।
18 os quais tomarão o homem, e o açoitarão,
19 तिनीहरूले त्यस पुरुषलाई एक सय सेकेल चाँदी जरिमाना गरेर त्यो केटीको बुबालाई देऊन्। किनभने त्यस पुरुषले इस्राएलका कुमारीहरूको नाम बदनाम गरेको छ। त्यो केटी त्यसको पत्नी भएर रहिरहोस्। अनि पुरुषले आफू बाँचुन्जेल त्यो केटीलाई त्याग्न पाउनेछैन।
19 e o condenarão a cem siclos de prata, e o darão ao pai da moça, porquanto divulgou má fama sobre uma virgem de Israel. Ela ficará sendo sua mulher, e ele não poderá mandá-la embora durante a sua vida.
20 तापनि यदि त्यो दोष साँचो हो, र त्यस केटीको कुमारीपनको कुनै प्रमाण पाइएन भने,
20 Porém, se isto for verdade, que se não achou na moça a virgindade,
21 त्यस केटीलाई आफ्नो बुबाको घरको ढोकामा ल्याएर त्यसका सहरका मानिसहरूले त्यसलाई ढुङ्गाले हानेर मारून्। आफ्नो बुबाको घरमा हुँदै बिग्रिएर त्यसले इस्राएलमा घृणित काम गरेकी छे। यस प्रकारले तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनुपर्छ।
21 então, a levarão à porta da casa de seu pai, e os homens de sua cidade a apedrejarão até que morra, pois fez loucura em Israel, prostituindo-se na casa de seu pai; assim, eliminarás o mal do meio de ti.
22 यदि कुनै पुरुष अर्को पुरुषको पत्नीसँग सुतिरहेको भेट्टाइयो भने त्यससँग सुत्ने पुरुष र त्यो स्त्री दुवैलाई मारिनुपर्छ। यसरी तिमीहरूले इस्राएलबाट दुष्टता हटाउनुपर्छ।
22 Se um homem for achado deitado com uma mulher que tem marido, então, ambos morrerão, o homem que se deitou com a mulher e a mulher; assim, eliminarás o mal de Israel.
23 यदि कुनै पुरुष सहरमा कसैसँग मगनी भइसकेकी कन्यालाई भेटेर त्यससँग सुतेको भेट्टाइयो भने,
23 Se houver moça virgem, desposada, e um homem a achar na cidade e se deitar com ela,
24 तिमीहरूले ती दुवैलाई त्यस सहरको मूलढोकामा लगेर ढुङ्गाले हानेर मार्नू। यसकारण कि त्यो केटी त्यो सहरमै थिई, र पनि सहायताको लागि चिच्याइन, र त्यस पुरुषले चाहिँ अर्को पुरुषको पत्नीलाई बिगारेको छ। यसरी तिमीहरूको बीचबाट तिमीहरूले दुष्टतालाई हटाउनुपर्छ।
24 então, trareis ambos à porta daquela cidade e os apedrejareis até que morram; a moça, porque não gritou na cidade, e o homem, porque humilhou a mulher do seu próximo; assim, eliminarás o mal do meio de ti.
25 तर यदि कुनै पुरुषले गाउँको बाहिर निर्जन ठाउँमा मगनी भएकी केटीलाई भेट्यो र त्यसलाई बलात्कार गर्यो भने बलात्कार गर्ने मानिसलाई मात्र मार्नू।
25 Porém, se algum homem no campo achar moça desposada, e a forçar, e se deitar com ela, então, morrerá só o homem que se deitou com ela;
26 त्यस केटीलाई चाहिँ केही नगर्नू; त्यसले मर्न लायकको कुनै पाप गरेकी छैन। यो मुद्दाचाहिँ कसैले आफ्नो छिमेकीलाई आक्रमण गरेर त्यसलाई हत्या गरेको जस्तै हो।
26 à moça não farás nada; ela não tem culpa de morte, porque, como o homem que se levanta contra o seu próximo e lhe tira a vida, assim também é este caso.
27 किनकि त्यस पुरुषले त्यस केटीलाई गाउँको बाहिर बलात्कार गर्यो, र त्यस मगनी भएकी केटी चिच्याउँदा पनि त्यसलाई बचाउने कोही थिएन।
27 Pois a achou no campo; a moça desposada gritou, e não houve quem a livrasse.
28 यदि कुनै मानिसले मगनी नभएकी कन्यालाई भेटेर त्यसलाई बलात्कार गर्यो र तिनीहरू फेला परे भने,
28 Se um homem achar moça virgem, que não está desposada, e a pegar, e se deitar com ela, e forem apanhados,
29 त्यस मानिसले त्यस केटीको बुबालाई पचास सेकेल चाँदी तिर्नुपर्नेछ। त्यसले त्यस केटीलाई विवाह गर्नुपर्छ। किनकि त्यसले उसलाई बलात्कार गरेको छ। त्यसले आफू बाँचुन्जेल उसलाई कहिल्यै त्याग्न पाउनेछैन।
29 então, o homem que se deitou com ela dará ao pai da moça cinquenta siclos de prata; e, uma vez que a humilhou, lhe será por mulher; não poderá mandá-la embora durante a sua vida.
30 कुनै पनि मानिसले आफ्नो बुबाकी पत्नीलाई विवाह नगरोस्। त्यसले आफ्नो बुबाको ओछ्यानको अनादर गर्नुहुँदैन।
30 Nenhum homem tomará sua madrasta e não profanará o leito de seu pai.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Deuteronômio 22, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.