Deuteronômio 21
npioncb (NPIONCB) vs ARC
1 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिनुहुने देशमा, यदि कुनै मानिसको हत्या भएर त्यो खेतमा लडिरहेको पाइयो, र त्यसलाई कसले मारेको हो भन्ने हत्यारा पत्तो लागेन भने,
1 Quando na terra que te der o Senhor , teu Deus, para possuí-la se achar algum morto, caído no campo, sem que se saiba quem o matou,
2 तिमीहरूका प्रधानहरू र न्यायकर्ताहरू गएर त्यस मृत शरीरको छेउछाउमा रहेका छिमेकी सहरहरूको दूरी नापून्।
2 então, sairão os teus anciãos e os teus juízes e medirão o espaço até às cidades que estiverem em redor do morto.
3 त्यसपछि त्यस मृत शरीरको सबैभन्दा नजिकमा रहेको सहरका प्रधानहरूले कहिल्यै नजोतेको र जुवा नपरेको एउटा कोरली ल्याऊन्।
3 E, na cidade mais chegada ao morto, os anciãos da mesma cidade tomarão uma bezerra da manada, que não tenha trabalhado, nem tenha puxado com o jugo.
4 अनि त्यसलाई कहिल्यै नजोतिएको, नरोपिएको अनि पानी बग्दै गरेको बेँसीमा लैजाऊन्। त्यस बेँसीमा तिनीहरूले त्यस कोरलीको घाँटी भाँचिदेऊन्।
4 E os anciãos daquela cidade trarão a bezerra a um vale áspero, que nunca foi lavrado nem semeado; e ali, naquele vale, degolarão a bezerra.
5 तब लेवी पुजारीहरू अगि सरेर आऊन्; किनकि याहवेह तिमीहरूका परमेश्वरले तिनीहरूलाई सेवा गर्न र याहवेहको नाममा आशिष् दिन, झैझगडा र कुटपिटका सबै मुद्दा-मामिला मिलाउन चुन्नुभएको छ।
5 Então, se achegarão os sacerdotes, filhos de Levi (pois o Senhor , teu Deus, os escolheu para o servirem, e para abençoarem em nome do Senhor ; e, pelo seu dito, se determinará toda demanda e toda ferida).
6 तब त्यस मृत शरीरको सबैभन्दा नजिकको सहरका प्रधानहरूले त्यस बेँसीमा घाँटी भाँचिदिएको कोरलीमाथि आफ्ना हातहरू धोऊन्।
6 E todos os anciãos da mesma cidade, mais chegados ao morto, lavarão as suas mãos sobre a bezerra degolada no vale,
7 तब तिनीहरूले यसरी घोषणा गरून्, “हामीले यस मानिसको हत्या गरेनौँ, न त हाम्रा आँखाले हत्या भएको देखेका छन्।
7 e protestarão, e dirão: As nossas mãos não derramaram este sangue, e os nossos olhos o não viram.
8 हे याहवेह, तपाईंले छुटकारा दिनुभएका तपाईंको इस्राएली मानिसका निम्ति यो प्रायश्चित ग्रहण गर्नुहोस्। तब निर्दोष मानिसको रगतको दोष तपाईंका मानिसहरूलाई नलागोस्।” अनि त्यस हत्याको लागि प्रायश्चित हुनेछ।
8 Sê propício ao teu povo Israel, que tu, ó Senhor , resgataste, e não ponhas o sangue inocente no meio do teu povo Israel. E aquele sangue lhes será expiado.
9 यसरी याहवेहको दृष्टिमा जे ठिक छ, तिमीहरूले सो गरेका हुनाले निर्दोषको रगत बगाएको दोषबाट आफूलाई शुद्ध पार्नेछौ।
9 Assim, tirarás o sangue inocente do meio de ti, pois farás o que é reto aos olhos do Senhor .
10 जब तिमीहरू आफ्ना शत्रुहरूका विरुद्धमा युद्ध गर्न जान्छौ, र याहवेह तिमीहरूका परमेश्वरले तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनुहुनेछ, तब तिमीहरूले तिनीहरूलाई कैदी बनाएर ल्याउनेछौ।
10 Quando saíres à peleja contra os teus inimigos, e o Senhor , teu Deus, os entregar nas tuas mãos, e tu deles levares prisioneiros,
11 यदि ती कैदीहरूमध्ये कुनै एउटी सुन्दरी स्त्रीलाई देखेर तिमीहरूमध्ये कोही त्यसप्रति आकर्षित भयौ भने त्यसलाई पत्नीको रूपमा लिन सक्छौ।
11 e tu, entre os presos, vires uma mulher formosa à vista, e a cobiçares, e a quiseres tomar por mulher,
12 त्यस स्त्रीलाई आफ्नो घरमा ल्याउनू। अनि त्यसका केश खौरिदिनू र त्यसका नङहरू काटिदिनू।
12 então, a trarás para a tua casa, e ela rapará a cabeça, e cortará as suas unhas,
13 अनि त्यसलाई कैदमा ल्याउँदा त्यसले लगाएको लुगा फेर्न लगाउनू। त्यो स्त्री तिम्रो घरमा बसोस्, र त्यसको आफ्ना आमाबुबाका निम्ति एक महिनासम्म विलाप गरोस्; अनि तिमी त्यसकहाँ जान सक्छौ, र त्यसको पति हुन सक्छौ। अनि त्यो तिम्री पत्नी हुनेछे।
13 e despirá a veste do seu cativeiro, e se assentará na tua casa, e chorará a seu pai e a sua mãe um mês inteiro; e, depois, entrarás a ela, e tu serás seu marido, e ela, tua mulher.
14 यदि तिमी त्योसँग खुशी रहन सकेनौ भने त्यो स्त्रीले जहाँ जान इच्छा गर्छे, त्यसलाई जान दिनू। तिमीले त्यसलाई बेच्नुहुँदैन वा दासीलाई झैँ व्यवहार गर्नुहुँदैन। किनकि तिमीले त्यसलाई अपमानित गरिसकेका छौ।
14 E será que, se te não contentares dela, a deixarás ir à sua vontade; mas, de sorte nenhuma, a venderás por dinheiro, nem com ela mercadejarás, pois a tens humilhado.
15 यदि कुनै मानिसका दुई जना पत्नीहरू छन् र त्यसले एउटीलाई प्रेम गर्छ; तर अर्कीलाई चाहिँ गर्दैन, र दुवैले त्यसका निम्ति छोराहरू जन्माए, तर त्यसले प्रेम नगर्ने पत्नीबाट चाहिँ जेठा छोरा भयो भने,
15 Quando um homem tiver duas mulheres, uma a quem ama e outra a quem aborrece, e a amada e a aborrecida lhe derem filhos, e o filho primogênito for da aborrecida,
16 जब त्यसले आफ्ना छोराहरूलाई आफ्नो सम्पत्तिको अंशबण्डा गर्छ, तब त्यसले मन नपराएको पत्नीबाट जन्मेको खास जेठा छोराको अधिकार खोसेर मन पराएकी पत्नीको छोरालाई दिनुहुँदैन।
16 será que, no dia em que fizer herdar a seus filhos o que tiver, não poderá dar a primogenitura ao filho da amada, adiante do filho da aborrecida, que é o primogênito.
17 त्यसले आफूले मन नपराएको पत्नीको छोरालाई आफूसँग भएका सबै कुराको दोबर भाग दिएर त्यसलाई जेठा छोराको मान्यता दिनुपर्छ। किनभने त्यो आफ्नो बुबाको शक्तिको पहिलो चिन्ह हो। जेठो अधिकार त्यसको नै हुनेछ।
17 Mas ao filho da aborrecida reconhecerá por primogênito, dando-lhe dobrada porção de tudo quanto tiver, porquanto aquele é o princípio da sua força; o direito da primogenitura seu é.
18 यदि कुनै मानिसको हठी र विद्रोही छोरा छ; जसले आफ्ना आमा वा बुबाको आज्ञापालन गर्दैन; र त्यसलाई अनुशासन गर्दा मान्दैन भने,
18 Quando alguém tiver um filho contumaz e rebelde, que não obedecer à voz de seu pai e à voz de sua mãe, e, castigando-o eles, lhes não der ouvidos,
19 त्यसका आमाबुबाले त्यसलाई समातेर त्यस सहरका प्रधानहरूकहाँ मूलढोकामा ल्याऊन्।
19 então, seu pai e sua mãe pegarão nele, e o levarão aos anciãos da sua cidade e à porta do seu lugar,
20 तिनीहरूले प्रधानहरूलाई भनून्, “हाम्रो यो छोरा हठी र विद्रोही छ। यसले हाम्रो आज्ञापालन गर्दैन। यो घिचुवा र मताहा छ।”
20 e dirão aos anciãos da cidade: Este nosso filho é rebelde e contumaz, não dá ouvidos à nossa voz, é um comilão e beberrão.
21 तब सहरका सबै मानिसहरूले त्यसलाई ढुङ्गाले हानेर मारून्। तिमीहरूले आफ्नो बीचबाट दुष्टता हटाउनुपर्छ। यस कुरालाई सारा इस्राएलीहरूले सुन्नेछन् र डर मान्नेछन्।
21 Então, todos os homens da sua cidade o apedrejarão com pedras, até que morra; e tirarás o mal do meio de ti, para que todo o Israel o ouça e tema.
22 यदि कोही मानिस मृत्युदण्डको दोष लागेर मारियो, र त्यसको शरीर रूखमा झुण्ड्याइएको छ भने,
22 Quando também em alguém houver pecado, digno do juízo de morte, e haja de morrer, e o pendurares num madeiro,
23 तिमीहरूले त्यस मृत शरीरलाई रातभरि रूखमा झुण्डाएर नराख्नू। त्यसलाई त्यही दिन गाडिहाल्नू; किनकि रूखमा झुण्ड्याइएको लासले परमेश्वरबाट श्राप ल्याउँदछ। याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने देशलाई तिमीहरूले अशुद्ध पार्नेछैनौ।
23 o seu cadáver não permanecerá no madeiro, mas certamente o enterrarás no mesmo dia, porquanto o pendurado é maldito de Deus; assim, não contaminarás a tua terra, que o Senhor , teu Deus, te dá em herança.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Deuteronômio 21, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.