Deuteronômio 18

npioncb (NPIONCB) vs BKJ

Sair da comparação
1 वास्तवमा लेवीको पुजारीहरू कुलले इस्राएलसँग कुनै अंश र उत्तराधिकारको भाग पाउनेछैनन्। तिनीहरू याहवेहलाई चढाइएको भेटीद्वारा नै जिउनेछन्। किनकि तिनीहरूले पाउने अंश त्यही हो।
1 Os sacerdotes, os levitas, e toda a tribo de Levi, não terão parte nem herança com Israel; comerão das ofertas queimadas ao SENHOR e da sua herança.
2 तिनीहरूका इस्राएली दाजुभाइहरूका बीचमा तिनीहरूको कुनै उत्तराधिकार हुनेछैन। याहवेहले प्रतिज्ञा गर्नुभएझैँ उहाँ नै तिनीहरूका उत्तराधिकारको भाग हुनुहुन्छ।
2 Por isso não terão herança entre seus irmãos; o SENHOR é a sua herança, como disse a eles.
3 गोरु अथवा भेडा बलिदान गर्दा मानिसहरूबाट पुजारीहरूले पाउने भाग यही हो: काँध, टाउकोको मासु र भित्री भागहरू।
3 E isto será devido aos sacerdotes pelo povo, daqueles que oferecem um sacrifício, seja boi ou ovelha; e darão ao sacerdote o ombro, e as duas faces, e o bucho.
4 तिमीहरूले तिनीहरूलाई तिमीहरूका अन्‍न, नयाँ दाखमद्य, जैतुन तेलको पहिलो फल, र तिमीहरूका भेडाको कत्रेको ऊनको पहिलो भाग दिनुपर्छ।
4 A ele darás também as primícias do teu grão, do teu vinho, e do teu azeite, e a primeira tosquia das tuas ovelhas.
5 किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै कुलहरूबाट लेवीहरूलाई याहवेहको नाममा खडा भई सेवा गर्नलाई सधैँका निम्ति चुन्‍नुभएको छ।
5 Porque o SENHOR teu Deus o escolheu, dentre todas as tuas tribos, para que ministre no nome do SENHOR, ele e os seus filhos, para sempre.
6 यदि लेवीहरू इस्राएलमा आफू बसेको कुनै पनि सहरबाट सरेर याहवेहले चुन्‍नुहुने ठाउँमा सेवाको भावना लिएर आउँछन् भने,
6 E se um levita vier de alguma das tuas portas, de todo Israel, onde ele peregrinou, e vier com todo o desejo da sua alma ao lugar que o SENHOR escolheu;
7 तिनीहरूले याहवेहको उपस्थितिमा आफ्ना सङ्गी-लेवीहरूले सेवा गरेझैँ याहवेह तिनीहरूका परमेश्‍वरको नाममा सेवा गर्न सक्छन्।
7 então ele ministrará no nome do SENHOR seu Deus, como fazem todos os seus irmãos, os levitas, que ali ficam de pé diante do SENHOR.
8 तिनीहरूले आफ्नो परिवारको सम्पत्तिको बिक्रीबाट रकम पाए तापनि तिनीहरूले पुजारीहरूका बराबर थप हिस्सा पाउनुपर्छ।
8 Eles terão porções iguais para comer, além daquilo que resultar da venda do seu patrimônio.
9 जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू पुग्छौ, तब त्यहाँका जातिहरूका घृणित चालहरूको अनुसरण गर्न नसिक।
9 Quando chegares à terra que o SENHOR teu Deus te der, não aprenderás a fazer conforme as abominações dessas nações.
10 तिमीहरूमध्ये कसैले पनि आफ्ना छोरा वा छोरीलाई आगोमा बलिदान गरेको, जोखना हेरेको वा तन्त्रमन्त्र गरेको, जोखना हेर्ने, तन्त्रमन्त्र गर्ने कार्यमा संलग्न रहेको नभेट्टाइयोस्,
10 Não se encontrará entre vós ninguém que faça seu filho ou sua filha passar pelo fogo, ou que use de adivinhação, ou que observe os tempos, ou um agoureiro ou um feiticeiro,
11 अथवा टुनामुना गर्ने, प्रेत-आत्मा जगाउने, तन्त्रमन्त्रको काम गर्ने वा प्रेत-आत्मासँग कुरा गर्ने कोही पनि नभेट्टाइयोस्।
11 ou um encantador ou alguém que consulte espíritos de adivinhação, ou um bruxo, ou alguém que consulte os mortos.
12 यी कुराहरू गर्ने जोसुकै होस्, याहवेहले घृणा गर्नुहुन्छ। यस्ता घिनलाग्दा कामहरूको कारण नै याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका सामुबाट ती जातिहरूलाई धपाउँदैहुनुहुन्छ।
12 Porque todas essas coisas são uma abominação ao SENHOR; e por causa dessas abominações, o SENHOR teu Deus os expulsará de diante de ti.
13 तिमीहरूचाहिँ याहवेह तिमीहरूका परमेश्‍वरको सामु निर्दोष हुनुपर्छ।
13 Tu serás perfeito com o SENHOR teu Deus.
14 तिमीहरूले अधीनमा पार्ने जातिहरूले चाहिँ जोखना हेर्ने र तन्त्रमन्त्र गर्नेहरूका कुरा सुन्छन्। तर तिमीहरूलाई चाहिँ याहवेह तिमीहरूका परमेश्‍वरले यसो गर्न निषेध गर्नुभएको छ।
14 Porque essas nações, que possuirás, deram ouvidos a observadores de tempos e a adivinhos, mas quanto a ti, o SENHOR teu Deus não permite que o faças.
15 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ। तिमीहरूले तिनको कुरा सुन्‍नुपर्छ।
15 O SENHOR teu Deus levantará para ti um profeta do teu meio, de teus irmãos, como eu; a ele ouvireis;
16 किनकि तिमीहरूले सभाको दिन होरेब पर्वतमा याहवेह तिमीहरूका परमेश्‍वरसँग यसो भनेर बिन्ती गरेका थियौ, “अब उसो याहवेह हाम्रा परमेश्‍वरको सोर हामीले सुन्‍न नपरोस्, न त यस्तो भयङ्ककर आगो नै देख्न परोस्; नत्रता हामी मर्नेछौँ।”
16 conforme tudo o que desejastes do SENHOR teu Deus em Horebe, no dia da assembleia, dizendo: Não ouvirei novamente a voz do SENHOR meu Deus, nem verei este grande fogo outra vez, para que não morra.
17 याहवेहले मलाई भन्‍नुभयो: “तिनीहरूले ठिकै भनेका छन्।
17 E o SENHOR me disse: Eles bem falaram aquilo que disseram.
18 म तिनीहरूका निम्ति तिनीहरूकै इस्राएली दाजुभाइहरू बीचबाट तँजस्तै एउटा अगमवक्ता खडा गर्नेछु। अनि म मेरा वचनहरू त्यसका मुखमा हालिदिनेछु। मैले त्यसलाई आज्ञा गरेका हरेक कुरा त्यसले तिनीहरूलाई भन्‍नेछन्।
18 Levantarei para eles um profeta dentre os seus irmãos, como tu, e colocarei as minhas palavras na sua boca; e ele lhes falará tudo o que eu lhe ordenar.
19 यदि त्यस अगमवक्ताले मेरो नाममा भनेका मेरा वचनहरू कसैले सुन्दैन भने म आफैँले त्यसको लेखा लिनेछु।
19 E acontecerá que, quem não ouvir as minhas palavras que ele falar em meu nome, eu o requererei dele.
20 तर कुनै अगमवक्ताले मैले त्यसलाई नभनेका कुराहरू पनि मेरो नाममा बोल्ने साहस गर्छ, अथवा कुनै अगमवक्ताले अरू देवी-देवताहरूका नाममा बोल्छ भने त्यो अगमवक्तालाई मारिनुपर्छ।”
20 Mas o profeta que ousar falar uma palavra em meu nome, que eu não tenha lhe ordenado que fale, ou que falar em nome de outros deuses, esse profeta morrerá.
21 तिमीहरूले यसरी सोचौला, “याहवेहबाट आएको सन्देश हो कि होइन भनी हामीले कसरी जान्‍ने?”
21 E se disseres em teu coração: Como conheceremos a palavra que o SENHOR não falou?
22 यदि कुनै अगमवक्ताले याहवेहको नाममा घोषणा गरेको कुरा पूरा भएन अथवा सत्य ठहरिएन भने त्यो सन्देश याहवेहबाट आएको होइन। त्यस अगमवक्ताले मनगढन्ते कुरा भनेको हो। यसकारण त्यससँग नडराओ।
22 Quando um profeta falar em o nome do SENHOR, se o assunto não se cumprir nem acontecer, este é assunto que o SENHOR não falou, mas o profeta falou presunçosamente; não o temerás.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Deuteronômio 18, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.