Deuteronômio 16

npioncb (NPIONCB) vs ACF

Sair da comparação
ACF Almeida Corrigida Fiel
1 आबीब महिनालाई पालन गर्नू, र याहवेह तिमीहरूका परमेश्‍वरको निस्तार चाड उत्सव मान्‍नू। किनकि उहाँले आबीब महिनामा तिमीहरूलाई इजिप्टबाट राति नै निकालेर ल्याउनुभएको थियो।
1 Guarda o mês de Abibe, e celebra a páscoa ao SENHOR teu Deus; porque no mês de Abibe o SENHOR teu Deus te tirou do Egito, de noite.
2 अनि तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरका निम्ति बथान अथवा बगालबाट एउटा पशु निस्तार चाडको रूपमा त्यस ठाउँमा बलिदान चढाउनू; जुन याहवेहले त्यहाँ आफ्नो नाम राख्नका निम्ति चुन्‍नुहुनेछ।
2 Então sacrificarás a páscoa ao Senhor teu Deus, das ovelhas e das vacas, no lugar que o Senhor escolher para ali fazer habitar o seu nome.
3 त्यसलाई खमिर हालेको रोटीसँग नखानू, तर सात दिनसम्म अखमिरी रोटी, अर्थात् कष्‍टको रोटी खानू। किनकि तिमीहरूले इजिप्ट देशलाई हतार-हतारमा छाडेर आएका थियौ; ताकि तिमीहरूका जीवनभरि इजिप्टबाट निस्केको समयलाई तिमीहरूले स्मरण गर्न सक।
3 Nela não comerás levedado; sete dias nela comerás pães ázimos, pão de aflição (porquanto apressadamente saíste da terra do Egito), para que te lembres do dia da tua saída da terra do Egito, todos os dias da tua vida.
4 तिमीहरूका सारा देशभरि सात दिनसम्म तिमीहरूसँग खमिर नभेट्टाइयोस्। तिमीहरूले पहिलो दिनको साँझमा बलिदान चढाएको मासुको कुनै पनि भाग बिहानसम्म नरहोस्।
4 Levedado não aparecerá contigo por sete dias em todos os teus termos; também da carne que matares à tarde, no primeiro dia, nada ficará até à manhã.
5 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने कुनै पनि सहरमा तिमीहरूले निस्तार चाडको बलिदान चढाउनुहुँदैन।
5 Não poderás sacrificar a páscoa em nenhuma das tuas portas que te dá o Senhor teu Deus;
6 उहाँले आफ्नो नामको खातिर वासस्थानको रूपमा चुन्‍नुहुने त्यस ठाउँमा मात्र चढाउनुपर्छ। त्यहाँ तिमीहरू इजिप्टबाट निस्केर आएको दिनको सम्झनामा वार्षिक उत्सवको निस्तार चाड साँझपख, घाम अस्ताउन लागेको बेला बलिदान चढाउनू।
6 Senão no lugar que escolher o Senhor teu Deus, para fazer habitar o seu nome, ali sacrificarás a páscoa à tarde, ao pôr do sol, ao tempo determinado da tua saída do Egito.
7 याहवेह तिमीहरूका परमेश्‍वरले चुन्‍नुहुने त्यही ठाउँमा तिमीहरूले त्यसलाई पोलेर खाओ। त्यसपछि तिमीहरू बिहानपख आफ्ना पालहरूमा फर्कनू।
7 Então a cozerás, e comerás no lugar que escolher o Senhor teu Deus; depois voltarás pela manhã, e irás às tuas tendas.
8 छ दिनसम्म अखमिरी रोटी खानू; अनि सातौँ दिनमा चाहिँ याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति एउटा पवित्र भेला राख्नू; र त्यस दिन केही काम नगर्नू।
8 Seis dias comerás pães ázimos e no sétimo dia é solenidade ao Senhor teu Deus; nenhum trabalho farás.
9 तिमीहरूले खेतको अन्‍नबाली काट्न थालेको दिनदेखि सात हप्‍ता गन्‍नू।
9 Sete semanas contarás; desde que a foice começar na seara iniciarás a contar as sete semanas.
10 त्यसपछि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष् अनुसारको स्वेच्छा-भेटी चढाएर याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति साताहरूका चाड मनाउनू।
10 Depois celebrarás a festa das semanas ao Senhor teu Deus; o que deres será oferta voluntária da tua mão, segundo o Senhor teu Deus te houver abençoado.
11 अनि तिमीहरू आफ्ना छोराछोरीहरू, आफ्ना सेवक वा सेविकाहरू, तिमीहरूका सहरहरूमा भएका लेवीहरू, विदेशीहरू, अनाथहरू र तिमीहरूसँग बस्‍ने विधवाहरूले आफ्नो नामको खातिर याहवेह तिमीहरूका परमेश्‍वरले चुन्‍नुहुने वासस्थानको ठाउँमा उहाँको सामु आनन्द मनाउनू।
11 E te alegrarás perante o Senhor teu Deus, tu, e teu filho, e tua filha, e o teu servo, e a tua serva, e o levita que está dentro das tuas portas, e o estrangeiro, e o órfão, e a viúva, que estão no meio de ti, no lugar que o Senhor teu Deus escolher para ali fazer habitar o seu nome.
12 तिमीहरू पनि इजिप्टमा दास थियौ भन्‍ने कुरा याद राख्नू। अनि यी उर्दीहरू होसियारीसाथ पालन गर्नू।
12 E lembrar-te-ás de que foste servo no Egito; e guardarás estes estatutos, e os cumprirás.
13 तिमीहरूले आफ्ना खला र आफ्ना दाखरसको कोलका उब्जनी बाली बटुलिसकेपछि सात दिनसम्म छाप्रोबासको चाड मनाउनू।
13 A festa dos tabernáculos celebrarás sete dias, quando tiveres colhido da tua eira e do teu lagar.
14 तिमीहरू, तिमीहरूका छोराछोरीहरू, तिमीहरूका सेवक र सेविकाहरू, लेवीहरू, विदेशीहरू, अनाथहरू र तिमीहरूका सहरहरूमा बस्‍ने विधवाहरू तिमीहरू सबैले छाप्रोबासको चाडमा आनन्द मनाऊन्।
14 E, na tua festa, alegrar-te-ás, tu, e teu filho, e tua filha, e o teu servo, e a tua serva, e o levita, e o estrangeiro, e o órfão, e a viúva, que estão dentro das tuas portas.
15 याहवेहले चुन्‍नुहुने ठाउँमा सात दिनसम्म याहवेह तिमीहरूका परमेश्‍वरको निम्ति यो चाड मनाउनू। किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै खेतीबाली र तिमीहरूका हातका सबै कामहरूमा तिमीहरूलाई आशिष् दिनुहुनेछ। अनि तिमीहरूको आनन्द पूरा हुनेछ।
15 Sete dias celebrarás a festa ao Senhor teu Deus, no lugar que o Senhor escolher; porque o Senhor teu Deus te há de abençoar em toda a tua colheita, e em todo o trabalho das tuas mãos; por isso certamente te alegrarás.
16 तिमीहरूका सबै पुरुषहरू वर्षमा तीनपल्ट याहवेह तिमीहरूका परमेश्‍वरले चुन्‍नुहुने ठाउँमा उहाँको सामु देखा पर्नुपर्छ: अर्थात् अखमिरी रोटीको चाडमा, साताहरूका चाडमा र छाप्रोबासको चाडमा तिमीहरूका सबै पुरुषहरू देखा परून्। याहवेहको सामु कोही पनि रित्तो हात देखा नपरोस्।
16 Três vezes no ano todo o homem entre ti aparecerá perante o Senhor teu Deus, no lugar que escolher, na festa dos pães ázimos, e na festa das semanas, e na festa dos tabernáculos; porém não aparecerá vazio perante o Senhor;
17 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएअनुसार हरेकले भेटी ल्याउनुपर्छ।
17 Cada um, conforme ao dom da sua mão, conforme a bênção do Senhor teu Deus, que lhe tiver dado.
18 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने हरेक सहरमा तिमीहरूले प्रत्येक कुलका निम्ति न्यायकर्ताहरू र अधिकृतहरू नियुक्त गर्नू। अनि तिनीहरूले मानिसहरूलाई ठिकसँग न्याय गर्नेछन्।
18 Juízes e oficiais porás em todas as tuas cidades que o Senhor teu Deus te der entre as tuas tribos, para que julguem o povo com juízo de justiça.
19 न्यायमा भ्रष्‍टता नगर्नू, अर्थात् पक्षपात नगर्नू; न त घूस नै लिनू। किनकि घूसले बुद्धिमान्‌को आँखा अन्धा तुल्याइदिन्छ र निर्दोषका कुरालाई बङ्ग्याइदिन्छ।
19 Não torcerás o juízo, não farás acepção de pessoas, nem receberás peitas; porquanto a peita cega os olhos dos sábios, e perverte as palavras dos justos.
20 न्याय, केवल न्यायलाई मात्र पालन गर; ताकि तिमीहरू जीवित रहन सक। अनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूले अधिकार गर्न सक्नेछौ।
20 A justiça, somente a justiça seguirás; para que vivas, e possuas em herança a terra que te dará o Senhor teu Deus.
21 याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति तिमीहरूले बनाएको वेदीको छेउमा काठको अशेरा देवीको कुनै खम्बा खडा नगर्नू।
21 Não plantarás nenhuma árvore junto ao altar do Senhor teu Deus, que fizeres para ti.
22 अनि कुनै चोखो ढुङ्गा खडा नगर्नू; किनकि याहवेह तिमीहरूका परमेश्‍वरले यी कुराहरूलाई घृणा गर्नुहुन्छ।
22 Nem levantarás imagem, a qual o Senhor teu Deus odeia.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Deuteronômio 16, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.