Deuteronômio 15
npioncb (NPIONCB) vs NVT
1 प्रत्येक सात वर्षको अन्त्यमा तिमीहरूले ऋण माफी गरिदिनुपर्छ।
1 “Ao final de cada sete anos, cancelem as dívidas de todos a quem vocês tiverem feito um empréstimo.
2 त्यो यस प्रकारले गरिनुपर्छ: हरेक ऋणदाताले आफ्नो सङ्गी इस्राएलीलाई दिएको ऋण माफी गरोस्। तिनीहरूले आफ्नो सङ्गी इस्राएलीबाट ऋण चुक्ता गर्न नलगाओस्। किनकि याहवेहको ऋण माफी गर्ने समयको घोषणा भइसकेको छ।
2 O cancelamento será efetuado da seguinte forma: todos cancelarão os empréstimos que fizeram a irmãos israelitas. Ninguém exigirá pagamento do seu próximo ou de seus parentes, pois chegou o tempo do S enhor para liberá-los das dívidas.
3 तिमीहरूले विदेशीबाट ऋण चुक्ता गरी माग्न सक्छौ, तर तिमीहरूका आफ्ना इस्राएली दाजुभाइले तिर्नुपर्ने ऋण माफी गरिदिनुपर्छ।
3 Essa liberação se aplica somente aos irmãos israelitas, e não aos estrangeiros que vivem entre vocês.
4 तरै पनि तिमीहरूको बीचमा कोही पनि गरिब हुनुहुँदैन। किनकि तिमीहरूले अधिकार गर्नलाई याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने देशमा उहाँले तिमीहरूलाई प्रशस्त गरी आशिष् दिनुहुनेछ—
4 “Não deverá haver pobres entre vocês, pois o S enhor , seu Deus, os abençoará grandemente na terra que lhes dá como herança.
5 यदि तिमीहरूले पूर्ण रूपले याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू पालन गर्यौ र आज मैले तिमीहरूलाई दिइरहेका यी सबै आज्ञाहरू होसियारीसाथ पालन गर्यौ भने मात्र।
5 Receberão essa bênção se tiverem o cuidado de obedecer ao S enhor , seu Deus, e cumprir todos estes mandamentos que hoje lhes dou.
6 उहाँले प्रतिज्ञा गर्नुभएझैँ याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ। अनि तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ। तिमीहरूले धेरै जातिहरूमाथि शासन गर्नेछौ, तर तिमीहरूमाथि कसैले पनि शासन गर्न सक्नेछैन।
6 O S enhor , seu Deus, os abençoará conforme prometeu. Vocês emprestarão dinheiro a muitas nações, mas jamais precisarão tomar emprestado. Governarão muitas nações, mas não serão governados por nação alguma.
7 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशको कुनै पनि सहरमा यदि तिमीहरूका दाजुभाइहरूमध्ये कोही गरिब छ भने तिनीप्रति तिमीहरूका हृदय कठोर नबनाओ, न त मदत गर्न कन्जुस होओ।
7 “Se, contudo, houver algum israelita pobre em suas cidades quando chegarem à terra que o S enhor , seu Deus, lhes dá, não endureçam o coração e não fechem a mão para ele.
8 बरु उदार चित्तको भएर तिनलाई चाहिए जति ऋण देओ।
8 Ao contrário, sejam generosos e emprestem-lhe o que for necessário.
9 होशियार होओ, र यस्तो दुष्ट विचार मनमा नलेओ: “ऋण माफी गर्ने सातौँ वर्ष नजिकै छ,” भनी तिमीहरूले अभावमा परेको तिमीहरूका दाजुभाइप्रति दुष्ट भावना राखेर कुनै पनि कुरा दिन इन्कार नगर; नत्रता तिनीहरूले याहवेहसँग तिमीहरूको विरुद्धमा आवाज उठाऊलान्, र तिमीहरू पापको दोषी ठहरिनेछौ।
9 Não sejam mesquinhos nem se recusem a emprestar a alguém só porque o ano de cancelamento das dívidas está próximo. Se vocês se recusarem a fornecer o empréstimo e a pessoa necessitada clamar ao S enhor , vocês serão considerados culpados de pecado.
10 तिनीहरूलाई उदार चित्तले दिनू; तर दुःख मन गर्दै अथवा दुःखी हृदयले नगर्नू; तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका सबै काममा र तिमीहरूले हात लगाएका हरेक कुरामा तिमीहरूलाई आशिष् दिनुहुनेछ।
10 Deem aos pobres com generosidade, e não com má vontade, pois o S enhor , seu Deus, os abençoará em tudo que fizerem.
11 देशमा गरिब मानिसहरू सधैँ भइरहनेछन्। यसकारण म तिमीहरूलाई आफ्ना इस्राएली दाजुभाइहरू र तिमीहरूका देशमा भएका गरिब र खाँचोमा परेकाहरूलाई उदार मनले दिनू भनेर आज्ञा दिन्छु।
11 Sempre haverá pobres na terra. Por isso, ordeno que compartilhem seus bens generosamente com os pobres e com outros necessitados de sua terra.”
12 यदि तिमीहरूका सङ्गी हिब्रू पुरुष अथवा स्त्रीले आफूलाई तिमीहरूकहाँ दास वा दासी बन्न बेचिएको छ भने, र छ वर्षसम्म तिमीहरूको सेवा गरेको छ भन, सातौँ वर्षमा तिमीहरूले त्यसलाई स्वतन्त्र गरिदिनुपर्छ।
12 “Se um irmão hebreu, homem ou mulher, vender-se a você como escravo, ele lhe servirá por seis anos. Depois disso, liberte-o no sétimo ano.
13 अनि जब तिमीहरूले तिनीहरूलाई स्वतन्त्र तुल्याउँछौ, तब तिनीहरूलाई रित्तो हात नपठाउनू।
13 “Quando libertar um escravo, não o mande embora de mãos vazias.
14 तिमीहरूका बगाल, खला र दाखरसको कोलबाट तिनीहरूलाई उदार चित्तले दिनू। याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएझैँ तिनीहरूलाई प्रशस्त दिईकन पठाउनू।
14 Seja generoso e dê-lhe de despedida um presente dos animais de seu rebanho, dos cereais de sua eira e do vinho de sua prensa de uvas. Compartilhe com ele um pouco da fartura com a qual o S enhor , seu Deus, o abençoou.
15 यो कुरा याद राख, तिमीहरू पनि इजिप्टमा दास थियौ। अनि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई छुटकारा दिनुभयो। यसैकारण म आज तिमीहरूलाई यो आज्ञा दिँदछु।
15 Lembre-se de que, um dia, você foi escravo na terra do Egito e o S enhor , seu Deus, o libertou. Por isso lhe dou essa ordem.
16 तर यदि तिम्रो दासले तिमी र तिम्रो परिवारलाई प्रेम गर्छ; उसलाई तिमीहरूसँग बस्दा एकदमै खुशी मिलेको छ, र उसले यसरी भन्छ भने, “म तपाईंहरूलाई छोड्न चाहन्नँ,”
16 “Mas, se por estar bem com você e amar você e sua família, o servo disser: ‘Não quero ir embora’,
17 तब एउटा सुतारी लिनू, र त्यसलाई घरको ढोकामा लगेर त्यसको कानको लोती छेडिदिनू। अनि त्यो जीवनभरि नै तिमीहरूका दास हुनेछ। तिमीहरूका दासीहरूसँग पनि यसरी नै गर्नू।
17 você pegará um furador e furará a ponta da orelha dele contra a porta. Depois disso, ele será seu escravo para o resto da vida. Faça o mesmo com as escravas.
18 तिमीहरूका दासलाई स्वतन्त्र भएर जान दिँदा गाह्रो नमान्नू; किनकि त्यसले तिमीहरूका निम्ति छ वर्ष सेवा गरेको छ, र त्यस ज्यालामा काम गर्ने कामदारहरूभन्दा दोबर ज्यालाको योग्यको हुन्छ। अनि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूले गर्ने हरेक काममा आशिष् दिनुहुनेछ।
18 “Quando libertar seus escravos, não considere isso uma grande perda. Lembre-se de que, por seis anos, eles lhe prestaram serviços equivalentes a duas vezes o salário de empregados contratados, e o S enhor , seu Deus, o abençoará em tudo que você fizer.”
19 तिमीहरूका बथान अथवा बगालका पहिला जन्मेका हरेक पाठालाई याहवेह तिमीहरूका परमेश्वरका निम्ति छुट्याउनू। तिमीहरूका पहिलो जन्मेको गोरुलाई काममा नलगाउनू। अनि पहिले जन्मेको भेडाको ऊन नकत्रनू।
19 “Separem para o S enhor , seu Deus, os machos das primeiras crias do gado e dos rebanhos. Não usem a primeira cria do gado para trabalhar no campo, e não tosquiem a primeira cria das ovelhas.
20 प्रत्येक वर्ष तिमीहरू र आफ्ना परिवारले ती पशुहरूलाई याहवेह तिमीहरूका परमेश्वरको उपस्थितिमा उहाँले चुन्नुभएको ठाउँमा लगेर खानू।
20 Em vez disso, a cada ano, comam esses animais com sua família na presença do S enhor , seu Deus, no lugar que ele escolher.
21 यदि कुनै पशुमा खोट छ, लङ्गडो वा अन्धो छ, अर्थात् त्यसका अरू कुनै खोट छ भने त्यसलाई याहवेह तिमीहरूका परमेश्वरका निम्ति बलिदान नचढाउनू।
21 Mas, se essa primeira cria tiver algum defeito, se o animal for manco, cego ou tiver algum outro problema, não o sacrifiquem ao S enhor , seu Deus.
22 त्यसलाई तिमीहरूको आफ्नै सहरहरूमा खाओ। विधिपूर्वक शुद्ध र अशुद्ध दुवै व्यक्तिले त्यसलाई हरिण र मृग खाएझैँ खान सक्छौ।
22 Comam o animal na cidade em que morarem. Qualquer pessoa poderá comê-lo, esteja cerimonialmente pura ou impura, assim como qualquer um pode comer uma gazela ou um veado.
23 तर तिमीहरूले रगतचाहिँ नखाओ। त्यसलाई पानीजस्तै भुइँमा खन्याइदिनू।
23 Não comam, porém, o sangue do animal; derramem-no no chão, como se fosse água.”
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Deuteronômio 15, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.