Deuteronômio 11

npioncb (NPIONCB) vs ARIB

Sair da comparação
ARIB Almeida Revisada Imprensa Bíblica
1 याहवेह तिमीहरूका परमेश्‍वरलाई प्रेम गर, र उहाँका नियमहरू, उहाँका उर्दीहरू, उहाँका व्यवस्थाहरू र उहाँका आज्ञाहरू सधैँ पालन गर।
1 Amarás, pois, ao Senhor teu Deus, e guardarás as suas ordenanças, os seus estatutos, os seus preceitos e os seus mandamentos, por todos os dias.
2 आज यो कुरा याद राख कि तिमीहरूका छोराछोरीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको अनुशासन अनुभव गरेका छैनन्, न त देखेका छन्। उहाँको महानता, उहाँको पराक्रमी वा शक्तिशाली हात, उहाँका फैलिएको पाखुरा;
2 Considerai hoje {pois não falo com vossos filhos, que não conheceram, nem viram} a instrução do Senhor vosso Deus, a sua grandeza, a sua mão forte, e o seu braço estendido;
3 इजिप्टमा त्यसका राजा फारो र त्यसका सम्पूर्ण देशको माझमा उहाँले देखाउनुभएको अलौकिक चिन्हहरू र गर्नुभएका कामहरू,
3 os seus sinais, as suas obras, que fez no meio do Egito a Faraó, rei do Egito, e a toda a sua terra;
4 उहाँले इजिप्टको सेनाहरूलाई, त्यसका घोडाहरू र रथहरूलाई के गर्नुभयो, र तिनीहरूले तिमीहरूलाई खेदेर आउँदा उहाँले कसरी तिनीहरूलाई लाल समुद्रको पानीको बीचमा डुबाइदिनुभयो। अनि कसरी याहवेहले तिनीहरूलाई सधैँका निम्ति नाश गरिदिनुभयो।
4 o que fez ao exército dos egípcios, aos seus cavalos e aos seus carros; como fez passar sobre eles as águas do Mar Vermelho, quando vos perseguiam, e como o Senhor os destruiu até o dia de hoje;
5 तिमीहरू यहाँ नआएसम्म तिमीहरूका निम्ति उहाँले उजाडस्थानमा के गर्नुभयो, त्यो तिमीहरूका छोराछोरीहरूले देखेका छैनन्।
5 o que vos fez no deserto, até chegardes a este lugar;
6 अनि उहाँले रूबेनी एलिआबका छोराहरू दातान र अबीरामलाई के गर्नुभयो, जब इस्राएलको बीचमा धर्ती फाटेर तिनीहरूका परिवार, तिनीहरूका पालहरू र तिनीहरूका हरेक चीजसहित निलिदिएको कुराहरू देखेकै छैनन्।
6 e o que fez a Datã e a Abirão, filhos de Eliabe, filho de Rúben; como a terra abriu a sua boca e os tragou com as suas casas e as suas tendas, e bem assim todo ser vivente que lhes pertencia, no meia de todo o Israel;
7 तर तिमीहरूले याहवेहले गर्नुभएका यी सबै महान् कामहरू आफ्नै आँखाले देखेका छौ।
7 porquanto os vossos olhos são os que viram todas as grandes obras que fez o Senhor.
8 यसकारण मैले आज तिमीहरूलाई दिइरहेका आज्ञाहरू सबै पालन गर, ताकि तिमीहरूले यर्दन पार गरेर जाने बल प्राप्‍त गर्न सक। अनि देशभित्र गएर अधिकार प्राप्‍त गर्न सक।
8 Guardareis, pois, todos os mandamentos que eu vos ordeno hoje, para que sejais fortes, e entreis, e ocupeis a terra a que estais passando para a possuirdes;
9 अनि याहवेहले तिमीहरूका पितापुर्खाहरू र तिनीहरूका सन्तानलाई दिनेछु भनी शपथ खानुभएको त्यो दूध र मह बग्ने देशमा तिमीहरू दीर्घायु भई बाँच्न सक।
9 e para que prolongueis os dias nessa terra que o Senhor, com juramento, prometeu dar a vossos pais e à sua descendência, terra que mana leite e mel.
10 तिमीहरूले गएर अधिकार गर्न लागेको देश तिमीहरूले छोडेर आएको इजिप्टजस्तो छैन, जहाँ तिमीहरूले बिउ छरेर करेसाबारीमा खुट्टाको प्रयोगले सिँचाइ गर्नुपर्थ्यो।
10 Pois a terra na qual estais entrando para a possuirdes não é como a terra do Egito, de onde saístes, em que semeáveis a vossa semente, e a regáveis com o vosso pé, como a uma horta;
11 तर तिमीहरू यर्दन पार गरेर अधिकार गर्न गइरहेको देशका डाँडा र बेँसीहरूलाई आकाशबाट परेको झरीले भिजाउँछ।
11 mas a terra a que estais passando para a possuirdes é terra de montes e de vales; da chuva do céu bebe as águas;
12 त्यो देश याहवेह तिमीहरूका परमेश्‍वरले रेखदेख गर्नुहुन्छ; त्यस देशमा याहवेह तिमीहरूका परमेश्‍वरका आँखा वर्षको सुरुदेखि अन्त्यसम्मै निरन्तर रहिरहन्छ।
12 terra de que o Senhor teu Deus toma cuidado; os olhos do Senhor teu Deus estão sobre ela continuamente, desde o princípio até o fim do ano.
13 यसकारण यदि आज मैले तिमीहरूलाई दिइरहेका आज्ञाहरू तिमीहरूले इमानदारीतासाथ पालन गर्‍यौ भने याहवेह तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्‍यौ र आफ्ना सारा हृदय र सारा प्राणले उहाँको सेवा गर्‍यौ भने,
13 E há de ser que, se diligentemente obedeceres a meus mandamentos que eu hoje te ordeno, de amar ao Senhor teu Deus, e de o servir de todo o teu coração e de toda a tua alma,
14 म तिमीहरूको देशमा शरद र बसन्त दुवै ऋतुमा वर्षा पठाउनेछु, ताकि तिमीहरूले आफ्ना अन्‍न, नयाँ दाखमद्य र जैतुनको तेल बटुल्न सक।
14 darei a chuva da tua terra a seu tempo, a temporã e a serôdia, para que recolhas o teu grão, o teu mosto e o teu azeite;
15 म तिमीहरूका गाईबस्तुका निम्ति जमिनमा घाँस जुटाइदिनेछु। अनि तिमीहरू खानेछौ र तृप्‍त हुनेछौ।
15 e darei erva no teu campo para o teu gado, e comerás e fartar-te-ás.
16 होशियार रहो, नत्रता तिमीहरू तर्केर अरू देवी-देवताहरूको सेवा गरौला र आराधना गरौला।
16 Guardai-vos para que o vosso coração não se engane, e vos desvieis, e sirvais a outros deuses, e os adoreis;
17 यसो गर्‍यौ भने याहवेहको रिस तिमीहरूको विरुद्धमा दन्कनेछ; अनि उहाँले पानी नपरोस् भनेर आकाश बन्द गरिदिनुहुनेछ। तब जमिनले उब्जनी दिनेछैन र याहवेहले तिमीहरूलाई दिनुहुने उत्तम देशबाट तिमीहरू चाँडै नष्‍ट हुनेछौ।
17 e a ira do Senhor se acenda contra vós, e feche ele o céu, e não caia chuva, e a terra não dê o seu fruto, e cedo pereçais da boa terra que o Senhor vos dá.
18 मेरा यी वचनहरू तिमीहरूका हृदय र मनमा राख; यिनलाई तिमीहरूका आफ्ना हातमा र आफ्ना निधारमा चिन्हको रूपमा बाँधिराख।
18 Ponde, pois, estas minhas palavras no vosso coração e na vossa alma; atá-las-eis por sinal na vossa mão, e elas vos serão por frontais entre os vossos olhos;
19 आफ्ना घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा यिनको विषयमा चर्चा गर्दै आफ्ना छोराछोरीहरूलाई सिकाओ।
19 e ensiná-las-eis a vossos filhos, falando delas sentados em vossas casas e andando pelo caminho, ao deitar-vos e ao levantar-vos;
20 यी आज्ञाहरूलाई तिमीहरूका घरको ढोकाको चौकसमा र मूलढोकाहरूमा लेखिराख;
20 e escrevê-las-eis nos umbrais de vossas casas, e nas vossas portas;
21 ताकि याहवेहले तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खानुभएको देशमा तिमीहरू र तिमीहरूका छोराछोरीहरू पृथ्वीमाथि आकाश रहुन्जेल बाँचिरहून्।
21 para que se multipliquem os vossos dias e os dias de vossos filhos na terra que o Senhor, com juramento, prometeu dar a vossos pais, enquanto o céu cobrir a terra.
22 यदि मैले तिमीहरूलाई दिइरहेका सबै आज्ञाहरू तिमीहरूले होसियारीसाथ पालन गर्‍यौ, याहवेह तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गहरूमा आज्ञाकारी भई हिँड्न र उहाँमा लागिरहनका निम्ति सबै आज्ञाहरू पालन गर्‍यौ भने,
22 Porque, se diligentemente guardardes todos estes mandamentos que eu vos ordeno, se amardes ao Senhor vosso Deus, e andardes em todos os seus caminhos, e a ele vos apegardes,
23 याहवेहले यी सबै जातिहरूलाई तिमीहरूका सामुबाट धपाउनुहुनेछ; अनि तिमीहरूभन्दा ठूला र शक्तिशाली जातिहरूलाई तिमीहरूले अधीनमा लिनेछौ।
23 também o Senhor lançará fora de diante de vós todas estas nações, e possuireis nações maiores e mais poderosas do que vós.
24 तिमीहरूले आफ्ना खुट्टाले टेकेका हरेक ठाउँ तिमीहरूको हुनेछ: तिमीहरूको प्रान्त उजाडस्थानदेखि लेबनानसम्म र यूफ्रेटिस नदीदेखि भूमध्य सागरसम्म फैलिनेछ।
24 Todo lugar que pisar a planta do vosso pé será vosso; o vosso termo se estenderá do deserto ao Líbano, e do rio, o rio Eufrates, até o mar ocidental.
25 कुनै पनि मानिस तिमीहरूको विरुद्धमा खडा हुन सक्नेछैन। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरू जहाँ गए तापनि सारा देशभरि तिमीहरूको डर र आतङ्क हालिदिनुहुनेछ।
25 Ninguém vos poderá resistir; o Senhor vosso Deus porá o medo e o terror de vós sobre toda a terra que pisardes, assim como vos disse.
26 हेर, मैले आज तिमीहरूका सामु आशिष् र श्राप राखिदिएको छु।
26 Vede que hoje eu ponho diante de vós a bênção e a maldição:
27 मैले आज तिमीहरूलाई दिइरहेका याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू यदि तिमीहरूले पालन गर्‍यौ भने आशिष् पाउनेछौ।
27 A bênção, se obedecerdes aos mandamentos do Senhor vosso Deus, que eu hoje vos ordeno;
28 तर यदि तिमीहरूले नजानेका अरू देवी-देवताहरूलाई पछ्याएर आज मैले तिमीहरूलाई दिएका याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू तिमीहरूले पालन गरेनौ भने श्राप पाउनेछौ।
28 porém a maldição, se não obedecerdes aos mandamentos do Senhor vosso Deus, mas vos desviardes do caminho que eu hoje vos ordeno, para seguirdes outros deuses que nunca conhecestes.
29 जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूले अधिकार गर्न पस्‍न लागेको देशमा तिमीहरूलाई ल्याउनुहुनेछ, तब तिमीहरूले गीरीज्जीम डाँडामा आशिष् र एबाल डाँडामा श्राप घोषणा गर्नू।
29 Ora, quando o Senhor teu Deus te introduzir na terra a que vais para possuí-la, pronunciarás a bênção sobre o monte Gerizim, e a maldição sobre o monte Ebal.
30 तिमीहरूलाई थाहै छ, यी पर्वतहरू गिलगालको छेउका अराबामा बस्‍ने कनानीहरूको प्रान्तमा मोरेको फलाँटहरूका छेउमा घाम अस्ताउने दिशापट्टि, बाटोको पश्‍चिम भागमा यर्दनको पारि छन्।
30 Porventura não estão eles além do Jordão, atrás do caminho do pôr do sol, na terra dos cananeus, que habitam na Arabá defronte de Gilgal, junto aos carvalhos de Moré?
31 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू प्रवेश गर्न र त्यस देशमा अधिकार गर्नलाई यर्दन पार गर्न लागेका छौ। जब तिमीहरूले त्यस देशलाई अधीनमा लिएर त्यसमा बस्‍नेछौ,
31 Porque estais a passar o Jordão para entrardes a possuir a terra que o Senhor vosso Deus vos dá; e a possuireis, e nela habitareis.
32 तब मैले आज तिमीहरूका अगि राखिदिएका सबै उर्दीहरू र व्यवस्थाहरू होसियारीसाथ पालन गर्नू।
32 Tende, pois, cuidado em observar todos os estatutos e os preceitos que eu hoje vos proponho.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Deuteronômio 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.