Daniel 5

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 एक रात राजा बेलसजरले आफ्ना एक हजार प्रमुख भारदारहरूका निम्ति एउटा ठूलो भोज लगाए, र तिनीहरूसित दाखमद्य पिए।
1 O rei Baltazar deu uma festa para seus mil nobres, em presença dos quais pôs-se a beber vinho.
2 जब बेलसजरले आफ्नो दाखमद्य पिइरहेका थिए, तब तिनले आफ्ना पिता नबूकदनेसरले यरूशलेमको मन्दिरबाट लगेका सुन र चाँदीका कचौराहरू भित्र ल्याउने हुकुम गरे, ताकि राजा र तिनका प्रमुख भारदारहरू, तिनका पत्नीहरू र उपपत्नीहरूले ती कचौराहरूबाट पिउन सकून्।
2 Excitado pela bebida, mandou trazer os vasos de ouro e de prata que seu pai Nabucodonosor tinha arrebatado ao templo de Jerusalém, a fim de que o rei, seus nobres, suas mulheres e suas concubinas deles se servissem para beber.
3 यसकारण उनीहरूले सुनका भाँडाहरू ल्याए, जुनचाहिँ यरूशलेममा भएको परमेश्‍वरको मन्दिरबाट ल्याइएका थिए; अनि राजाले, तिनका प्रमुख भारदारहरूले, तिनका पत्नीहरू र उपपत्नीहरूले ती भाँडाहरूबाट पिए।
3 Trouxeram então os vasos de ouro que tinham sido arrebatados ao templo de Deus em Jerusalém. O rei, seus nobres, suas mulheres e suas concubinas beberam neles
4 जब तिनीहरूले दाखमद्य पिए, तब तिनीहरूले सुन र चाँदीका, काँसा, फलाम, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गरे।
4 e, depois de terem bebido vinho, entoaram o louvor aos deuses de ouro e prata, bronze, ferro, madeira e pedra.
5 त्यही घडी अचानक एउटा मानिसको हातका औँलाहरू देखा परे, र राजकीय महलमा भएको सामदानको छेउमा लिपिएको भित्तामा लेख्न थाले। राजाले त्यस लेख्दैगरेको हातलाई हेरे।
5 Ora, nesse momento, eis que surgiram dedos de mão humana a escrever, defronte do candelabro, no revestimento da parede do palácio real. O rei, à vista dessa mão que escrevia,
6 अनि राजाको अनुहार पहेँलो भयो र तिनी अति भयभीत भए, कि तिनका घुँडाहरू काँपेर आपसमा ठोक्‍किन थाले, र तिनको खुट्टामा बल नै नभएर लल्याकलुलुक भए।
6 mudou de cor; pensamentos tétricos assaltaram-no; os músculos de seus rins relaxaram-se e seus joelhos entrechocaram-se.
7 राजाले तन्त्रमन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरूलाई बोलाइपठाए। त्यसपछि बेबिलोनका ती बुद्धिमान् मानिसहरूलाई भने, “जसले भित्ताको यस लेखोटलाई पढेर मलाई त्यसको अर्थ बताउँछ, त्यसलाई बैजनी वस्त्र पहिर्‍याइनेछ र त्यसको गलामा सुनको हार लगाइदिइनेछ; अनि त्यसलाई राज्यको सर्वोच्‍च शासकको तेस्रो दर्जामा राखिनेछ।”
7 Gritou violentamente que mandassem vir os magos, os caldeus e os astrólogos. Mandou-lhes dizer: Aquele que decifrar essa inscrição e me der o sentido dela será revestido de púrpura, usará ao pescoço um colar de ouro e tomará o terceiro lugar no governo do reino.
8 तब राजाका सबै बुद्धिमान् मानिसहरू भित्र आए, तर तिनीहरूले त्यो लेखोट पढ्न सकेनन्, अथवा राजालाई त्यसको अर्थ भन्‍न सकेनन्।
8 Todos os sábios do rei entraram na sala, mas foram incapazes de ler a inscrição e dar seu significado ao rei.
9 यसकारण राजा बेलसजर अझ बढी डराए, र तिनको अनुहार अझ पहेँलो हुँदैगयो। तिनका प्रमुख भारदारहरू अकमक्‍क परे।
9 Baltazar ficou muito assustado, seu rosto mudou de cor; seus nobres sentiam-se constrangidos.
10 राजा र उनका भारदारहरूका आवाज सुनेर राजमाता भोजको ठूलो कोठामा आइन्। तिनले भनिन्, “महाराजा, अमर रहून्! विचलित नहुनुहोस्! न त हजुरको मुहारको रङ्ग उडोस्!
10 Mas a rainha, {atraída pelo} barulho das palavras do rei e dos nobres, entrou na sala do festim: Ó rei, disse, vive para sempre! Não te deixes atemorizar pelas tuas idéias; não mudes assim de cor.
11 हजुरको राज्यमा एक जना मानिस छन्, जसमा पवित्र देवताहरूको आत्मा छ। हजुरको बुबाको समयमा उनमा देवताहरूका जस्तै अन्तर्दृष्‍टि, समझशक्ति र बुद्धि भेट्टाइएको थियो। हजुरको बुबा राजा नबूकदनेसरले उनलाई जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरूका प्रमुख तुल्याउनुभएको थियो।
11 Há no teu reino um homem no qual habita o espírito dos deuses santos. Quando teu pai era vivo, encontrava-se nele uma luz, uma inteligência e uma sabedoria comparáveis à sabedoria dos deuses. Por isso o rei Nabucodonosor, teu pai, tinha-o nomeado chefe dos escribas, dos magos, dos caldeus e dos astrólogos;
12 उहाँले यसो गर्नुभयो; किनकि दानिएल, जसलाई राजाले बेलतसजर भन्‍नुहुन्थ्यो, जो तीब्र दिमाग, अन्तर्ज्ञान र समझशक्ति भएका भेट्टाइए; अनि उनीसित सपनाहरूको अर्थ खोल्ने, अड्को फुकाउने र अप्ठ्यारा समस्याहरूको समाधान गर्न सक्ने क्षमता पनि थियो। दानिएललाई बोलाउन पठाउनुहोस्, र उनले लेखोटहरूको अर्थ बताइदिनेछन्।”
12 havia-se descoberto nesse Daniel {cognominado Baltazar pelo rei} um espírito superior, uma ciência e uma penetração {particular} para interpretar os sonhos, explicar os enigmas e resolver as dificuldades. Que se chame logo Daniel, e ele dará o significado da inscrição.
13 यसकारण दानिएललाई राजाको सामु ल्याइयो, र राजाले तिनलाई सोधे, “के मेरा बुबा महाराजाले यहूदाबाट ल्याउनुभएको देश निष्कासितहरू मध्येका एक जना दानिएल भन्‍ने तिमी नै हौ?
13 Daniel foi então introduzido diante do rei, o qual lhe disse: és realmente Daniel, o deportado de Judá, que meu pai trouxe aqui da Judéia?
14 मैले सुनेको छु, तिमीभित्र देवताहरूको आत्मा छ, र तिमीसित अन्तर्दृष्‍टि, समझशक्ति र असाधारण बुद्धि छ।
14 Ouvi dizer a teu respeito que o espírito dos deuses habita em ti e que se encontram em ti uma luz, uma inteligência e uma sabedoria singulares.
15 यो लेखोट पढ्न र मलाई त्यसको अर्थ बताइदिन मेरो सामु तन्त्रमन्त्र गर्ने र बुद्धिमान् मानिसहरू ल्याइए, तर तिनीहरूले यसको अर्थ बताउन सकेनन्।
15 Acabam de introduzir diante de mim os sábios e os magos para ler esta inscrição e descobrir o seu significado. Não puderam dar-me a significação dessas palavras.
16 अब मैले सुनेको छु; तिमीले अर्थ खोल्न सक्छौ र कठिन समस्याहरूको हल गर्न सक्छौ। यदि तिमीले यो लेखोट पढ्न सक्यौ र मलाई यसको अर्थ बताउन सक्यौ भने तिमीलाई बैजनी रङ्गको वस्त्र पहिराइनेछ, र तिम्रो गलामा सुनको हार लगाइदिइनेछ; अनि तिमीलाई यस राज्यको सर्वोच्‍च शासकको तेस्रो दर्जा दिइनेछ।”
16 Ora, asseguraram-me que tu és mestre na arte das interpretações e das soluções de enigmas. Portanto, se puderes ler esse texto e me dar o seu significado, serás revestido de púrpura, usarás ao pescoço um colar de ouro e ocuparás o terceiro lugar no governo do reino.
17 तब दानिएलले राजालाई जवाफ दिए, “हजुरका उपहारहरू हजुरसँगै रहून्, र हजुरका पुरस्कारहरू अरू कसैलाई दिनुहोस्। तथापि, म राजाको निम्ति लेखोट पढ्नेछु, र तपाईंलाई लेखोटको अर्थ बताइदिनेछु।
17 Respondeu Daniel ao rei: Guarda teus presentes; concede-os a outros! Lerei, todavia, este texto ao rei e dar-lhe-ei o significado.
18 “हे महाराजा, सर्वोच्‍च परमेश्‍वरले हजुरको बुबा नबूकदनेसरलाई सर्वाधिकार, महानता, महिमा र वैभव दिनुभयो।
18 Ó rei, o Deus Altíssimo havia outorgado a Nabucodonosor, teu pai, realeza, grandeza, glória e majestade.
19 परमेश्‍वरले तिनलाई दिनुभएको उच्‍च दर्जाको कारण सबै मानिसहरू, हरेक भाषा बोल्ने सबै जातिका मानिसहरू तिनीसित थरथर काम्थे र भयभीत हुन्थे। राजाले जसलाई मार्न चाहन्थे, उसलाई मार्थे; तिनले जीवित छोड्न चाहेकाहरूलाई जीवित छोडिदिन्थे; तिनले पदोन्‍नति गरिदिन चाहेकाहरूलाई पदोन्‍नति गरिदिन्थे; अनि तिनले पदच्युत गर्न चाहेकाहरूलाई पदच्युत गरिदिन्थे।
19 Em razão dessa grandeza que lhe era conferida, todos os povos, todas as nações e pessoas de todas as línguas tremiam de medo diante dele. Mandava matar quem queria; deixava viver quem desejava; elevava e rebaixava quem lhe aprazia.
20 तर जब तिनको हृदय अभिमानी र घमण्डले कठोर भयो, तब तिनी आफ्ना राजकीय सिंहासनबाट पदच्युत गरिए, र तिनको गौरव हटाइयो।
20 Mas, seu coração, tendo-se engrandecido e seu espírito, tendo-se endurecido na presunção, foi deposto de seu trono e despojado de sua glória.
21 तिनी मानिसहरूबाट धपाइए, र तिनलाई एउटा जनावरको मन दिइयो; तिनी जङ्गली गधाहरूसित बस्थे, र तिनले गाईबस्तुले झैँ घाँस खान्थे; अनि सर्वोच्‍च परमेश्‍वर पृथ्वीका मानिसहरूका सबै राज्यहरूमाथि सार्वभौम हुनुहुन्छ र आफ्नो इच्छा लागेअनुसार कसैलाई पनि ती राज्यमाथि अधिकारमा राख्न सक्नुहुन्छ भनेर तिनले स्वीकार नगरेसम्म तिनको शरीर आकाशको शीतले भिज्यो।
21 Foi expulso do meio dos homens e, tornando-se seu coração, semelhante ao dos animais, ficou em companhia dos animais selvagens, pastando ervas como os bois; e seu corpo foi molhado pelo orvalho do céu, até que ele reconhecesse que o Deus Altíssimo domina sobre a realeza humana, e aí eleva a quem bem lhe apraz.
22 “तर नबूकदनेसरका छोरा, हे बेलसजर, तपाईंले यी सबै कुराहरू जानेर पनि आफूलाई नम्र तुल्याउनुभएन।
22 Tu, Baltazar, seu filho, também sabias tudo isso e não humilhaste teu coração.
23 त्यसको सट्टा तपाईंले आफैँलाई स्वर्गका प्रभुको विरुद्धमा खडा गर्नुभयो। तपाईंले उहाँको मन्दिरबाट ल्याएका कचौराहरू आफूकहाँ ल्याउन लगाउनुभयो; अनि तपाईं र तपाईंका भारदारहरू, तपाईंका पत्नीहरू र तपाईंका उपपत्नीहरूले तीबाट दाखमद्य पिए। तपाईंले चाँदी र सुनका, काँसा, फलाम, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गर्नुभयो, जुन मूर्तिहरूले देख्न, सुन्‍न र बुझ्न सक्दैनन्। तर तपाईंले परमेश्‍वरलाई आदर दिनुभएन, जसको हातमा तपाईंको प्राण र तपाईंका सबै चालहरू छन्।
23 Tu te ergueste contra o Senhor do céu. Trouxeram-te os vasos de seu templo, nos quais bebestes o vinho, tu, teus nobres, tuas mulheres e tuas concubinas. Deste louvor aos deuses de prata e ouro, bronze, ferro, madeira e pedra, cegos, surdos e impassíveis, em lugar de dar glória ao Deus de quem depende o teu sopro {vital} e todo teu destino.
24 यसकारण उहाँले लेखोट लेख्नलाई हात पठाउनुभयो।
24 Assim, por ordem sua, essa mão foi enviada e essas palavras foram traçadas.
25 “खोपिएको लेखोट यही हो:
25 O texto aqui escrito {se lê}: MENÊ, TEQUEL e PERÊS.
26 “यी शब्दहरूको अर्थ यही हो:
26 Eis o significado dessas palavras: MENÊ - Deus contou {os anos} de teu reinado e nele põe um fim;
27 “तकेल: हजुर तराजुमा तौलिनुभएको छ, र घटी पाइनुभएको छ।
27 TEQUEL - foste pesado na balança e considerado leve demais;
28 “पर्सिन: तपाईंको राज्य विभाजित भएको छ; अनि मादीहरू र परसीयाका मानिसहरूलाई दिइएको छ।”
28 PERÊS - teu reino vai ser dividido e entregue aos medos e persas.
29 तब बेलसजरको आदेशअनुसार दानिएललाई बैजनी वस्त्र पहिर्‍याइयो; तिनको गलामा सुनको हार लगाइयो, र तिनलाई राज्यको तेस्रो सर्वोच्‍च शासक भनी घोषणा गरियो।
29 Então, por ordem de Baltazar, Daniel foi revestido de púrpura; colocaram-lhe ao pescoço um colar de ouro e publicou-se que ele ocuparia o terceiro lugar no governo do reino.
30 त्यही रात बेबिलोनीहरूका राजा बेलसजर मारिए;
30 {Mas} nessa mesma noite, Baltazar, rei dos caldeus, foi morto.
31 अनि मादी राजा दाराले बयसट्ठी वर्षको उमेरमा राज्य लिए।
31 Dario, o medo, recebeu a realeza mais ou menos com a idade de sessenta e dois anos.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Daniel 5, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.