Daniel 2
npioncb (NPIONCB) vs NVI
1 नबूकदनेसरको शासनकालको दोस्रो वर्षमा तिनले सपना देखे; यस सपनाको कारण तिनको मन विचलित भयो र तिनी सुत्न सकेनन्।
1 No segundo ano de seu reinado, Nabucodonosor teve sonhos; sua mente ficou tão perturbada que ele não conseguia dormir.
2 यसकारण राजाले आफूले देखेको सपनाको अर्थ तिनलाई बताइदेऊन् भनी जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, विजुवाहरू र ज्योतिषीहरूलाई बोलाइपठाए। जब तिनीहरू भित्र आए, र राजाको सामु उभिए;
2 Por isso o rei convocou os magos, os encantadores, os feiticeiros e os astrólogos para que lhe dissessem o que ele havia sonhado. Quando eles vieram e se apresentaram ao rei,
3 अनि राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखेको छु, र त्यसले मलाई विचलित पारेको छ। त्यस सपनाको अर्थ के हो भनी म बुझ्न चाहन्छु।”
3 ele lhes disse: "Tive um sonho que me perturba e quero saber o que significa".
4 तब ती ज्योतिषीहरूले राजालाई अरामी भाषामा भने, “राजा अमर रहून्! तपाईंका सेवकहरूलाई सपना भन्नुहोस्, र हामी त्यसको अर्थ खोलिदिनेछौँ।”
4 Então os astrólogos responderam em aramaico ao rei: "Ó rei, vive para sempre! Conta o sonho aos teus servos, e nós o interpretaremos".
5 राजाले ज्योतिषीहरूलाई भने, “मैले यो दृढतापूर्वक निश्चय गरेको छु: यदि तिमीहरूले मेरो सपना के थियो सो भन्न सकेनौ र मलाई त्यसको अर्थ बुझाउन सकेनौ भने म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु, र तिमीहरूका घरहरू ढुङ्गाको थुप्रोमा परिणत गरिनेछन्।
5 O rei respondeu aos astrólogos: "Esta é a minha decisão: Se vocês não me disserem qual foi o meu sonho e não o interpretarem, farei que vocês sejam cortados em pedaços e que as suas casas se tornem montes de entulho.
6 तर यदि तिमीहरूले मलाई सपना र त्यसको अर्थ बताउन सक्यौ भने मबाट तिमीहरूले उपहारहरू, इनामहरू र ठूलो सम्मान पाउनेछौ। यसकारण तिमीहरूले मेरो सपना र त्यसको अर्थ खोलिदेओ!”
6 Mas, se me revelarem o sonho e o interpretarem, eu lhes darei presentes e recompensas e grandes honrarias. Por isso, revelem-me o sonho e a sua interpretação".
7 तिनीहरूले फेरि जवाफ दिएर भने, “राजाले आफ्नो सपना आफ्ना सेवकहरूलाई बताऊन्, तब हामी त्यसको अर्थ खोलिदिनेछौँ।”
7 Mas eles tornaram a dizer: "Conte o rei o sonho a seus servos, e nós o interpretaremos".
8 तब राजाले भने, “म निश्चित छु, तिमीहरूले समय निकालेर टार्ने कोसिस गरिरहेका छौ; किनकि मैले यो दृढतापूर्वक निर्णय गरेको छु भनेर तिमीहरूले थाहा पाएका छौ।
8 Então o rei respondeu: "Já descobri que vocês estão tentando ganhar tempo, pois sabem da minha decisão.
9 यदि तिमीहरूले मलाई त्यो सपना बताउन सकेनौ भने तिमीहरूका निम्ति एउटै मात्र दण्ड छ। तिमीहरूले परिस्थिति बदल्ने आशामा मलाई भ्रममा पार्ने र दुष्ट कुराहरू बताउने षड्यन्त्र गरेका छौ। यसकारण अब मलाई त्यो सपना भनिदेओ, तब तिमीहरूले मेरा निम्ति त्यस सपनाको अर्थ खोलिदिन सक्छौ भनी म जान्नेछु।”
9 Se não me contarem o sonho, todos vocês receberão a mesma sentença; pois vocês combinaram enganar-me com mentiras, esperando que a situação mudasse. Contem-me o sonho, e saberei que vocês são capazes de interpretá-lo para mim".
10 ती ज्योतिषीहरूले राजालाई जवाफ दिए, “राजाले भन्नुभएको कुरा गर्न सक्ने मानिस पृथ्वीमा एउटै पनि छैन! राजा जतिसुकै महान् र शक्तिशाली भए तापनि कुनै पनि जादुगर अथवा तन्त्रमन्त्र गर्ने अथवा ज्योतिषीलाई यस्तो कुरा कहिल्यै पनि सोधेका थिएनन्।
10 Os astrólogos responderam ao rei: "Não há homem na terra que possa fazer o que o rei está pedindo! Nenhum rei, por maior e mais poderoso que tenha sido, chegou a pedir uma coisa dessas a nenhum mago, encantador ou astrólogo.
11 राजाले सोध्नुभएको कुरा अति गाह्रो छ। देवताहरूले बाहेक अरू कसैले पनि राजालाई यो कुरा प्रकट गर्न सक्दैन; अनि ती देवताहरू मानिसहरूको बीचमा बास बस्दैनन्।”
11 O que o rei está pedindo é difícil demais; ninguém pode revelar isso ao rei, senão os deuses, e eles não vivem entre os mortais".
12 यस कुराले राजालाई यतिसम्म रिस र क्रोधित तुल्यायो, कि तिनले बेबिलोनका सबै बुद्धिमान् मानिसहरूलाई मृत्युदण्ड दिने हुकुम दिए।
12 Isso deixou o rei tão irritado e furioso que ele ordenou a execução de todos os sábios da Babilônia.
13 यसकारण बुद्धिमान् मानिसहरूलाई मार्ने आदेश पठाइयो; अनि दानिएल र तिनका साथीहरू पनि मारिऊन् भनी तिनीहरूलाई ल्याउन भनी मानिसहरू पठाइए।
13 E assim foi emitido o decreto para que fossem mortos os sábios; os encarregados saíram à procura de Daniel e dos seus amigos, para que também fossem mortos.
14 जब राजाका अङ्गरक्षक सेनापति अर्योक, बेबिलोनका बुद्धिमान् मानिसहरूलाई मार्नका निम्ति गएका थिए, तब दानिएलले अर्योकसित अति बुद्धिमानीसाथ र विवेकशील कुरा गरे।
14 Arioque, o comandante da guarda do rei, já se preparava para matar os sábios da Babilônia, quando Daniel dirigiu-se a ele com sabedoria e bom senso.
15 तिनले राजाका अधिकारीलाई सोधे, “राजाले यस्तो कठोर आदेश किन जारी गर्नुभयो?” तब अर्योकले दानिएललाई सबै कुरा बताइदिए।
15 Ele perguntou ao oficial do rei: "Por que o rei emitiu um decreto tão severo? " Arioque explicou o motivo a Daniel.
16 त्यो कुरा सुनेर दानिएल भित्र गए, र तिनले राजासँग समय मागे, ताकि राजाको निम्ति सपनाको अर्थ खोलिदिन सकून्।
16 Diante disso, Daniel foi pedir ao rei que lhe desse um prazo, e ele daria a interpretação.
17 तब दानिएल आफ्नो घरमा फर्के; अनि त्यस बारेमा आफ्ना साथीहरू हनन्याह, मिशाएल र अजर्याहलाई बताए।
17 Daniel voltou para casa, contou o problema aos seus amigos Hananias, Misael e Azarias,
18 तिनले साथीहरूलाई त्यस रहस्यमय कुराको अर्थ खोल्न स्वर्गका परमेश्वरसित तिनीहरूले कृपाको निम्ति प्रार्थना गरून् भनी आग्रह गरे, ताकि तिनी र तिनका आफ्ना साथीहरू बेबिलोनका बुद्धिमान् मानिसहरूसित नमारिऊन्।
18 e lhes pediu que rogassem ao Deus dos céus que tivesse misericórdia acerca desse mistério, para que ele e seus amigos não fossem executados com os outros sábios da Babilônia.
19 रातको समयमा त्यो रहस्यमय कुरा दानिएललाई एउटा दर्शनमा प्रकट गरियो। तब दानिएलले स्वर्गका परमेश्वरलाई प्रशंसा गरे,
19 Então o mistério foi revelado a Daniel de noite, numa visão. Daniel louvou o Deus dos céus
20 र भने:
20 e disse: "Louvado seja o nome de Deus para todo o sempre; a sabedoria e o poder a ele pertencem.
21 उहाँले समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ;
21 Ele muda as épocas e as estações; destrona reis e os estabelece. Dá sabedoria aos sábios e conhecimento aos que sabem discernir.
22 उहाँले गहिरा र गुप्तमा लुकेका कुराहरू प्रकट गर्नुहुन्छ;
22 Revela coisas profundas e ocultas; conhece o que jaz nas trevas, e a luz habita com ele.
23 हे मेरा पितापुर्खाहरूका परमेश्वर,
23 Eu te agradeço e te louvo, ó Deus dos meus antepassados; tu me deste sabedoria e poder, e me revelaste o que te pedimos, revelaste-nos o sonho do rei".
24 त्यसपछि दानिएल अर्योककहाँ गए, जसलाई राजाले बेबिलोनका बुद्धिमान् मानिसहरूलाई मार्न भनी हुकुम दिएका थिए; अनि दानिएलले अर्योकलाई भने, “बेबिलोनका बुद्धिमान् मानिसहरूलाई नमार्नुहोस्। मलाई राजाकहाँ लैजानुहोस्, र म तिनका निम्ति सपनाको अर्थ खोलिदिनेछु।”
24 Então Daniel foi falar com Arioque, a quem o rei tinha nomeado para executar os sábios da Babilônia, e lhe disse: "Não execute os sábios. Leve-me ao rei, e eu interpretarei para ele o sonho que teve".
25 अर्योकले तुरुन्तै दानिएललाई राजाकहाँ लगेर भने, “मैले यहूदाबाट निर्वासित भएकाहरूका बीचमा एक जना मानिस भेट्टाएको छु, जसले सपनाको अर्थ राजालाई बताइदिनेछ।”
25 Imediatamente Arioque levou Daniel ao rei e disse: "Encontrei um homem entre os exilados de Judá que pode dizer ao rei o significado do sonho".
26 राजाले दानिएल (जसलाई बेलतसजर पनि भनिन्थ्यो) लाई सोधे, “के तिमीले मलाई मैले सपनामा देखेको कुरा र त्यसको अर्थ भन्न सक्छौ?”
26 O rei perguntou a Daniel, também chamado Beltessazar: "Você é capaz de contar-me o que vi no meu sonho e interpretá-lo? "
27 दानिएलले जवाफ दिए, “कुनै पनि बुद्धिमान् मानिस, तन्त्रमन्त्र गर्ने, जादुगर अथवा जोखना हेर्नेहरूले राजाले सोध्नुभएको रहस्यमय कुरा राजालाई बताउन सक्दैन;
27 Daniel respondeu: "Nenhum sábio, encantador, mago ou adivinho é capaz de revelar ao rei o mistério sobre o qual ele perguntou,
28 तर स्वर्गमा परमेश्वर हुनुहुन्छ, जसले रहस्यमय कुराहरू प्रकट गर्नुहुन्छ। उहाँले राजा नबूकदनेसरलाई आउने दिनहरूमा के कस्तो हुनेछ भन्ने कुरा देखाउनुभएको छ। तपाईं आफ्नो ओछ्यानमा ढल्किरहनुहुँदा तपाईंको मनमा आएका तपाईंको सपना र दर्शन यिनै हुन्:
28 mas existe um Deus nos céus que revela os mistérios. Ele mostrou ao rei Nabucodonosor o que acontecerá nos últimos dias. O sonho e as visões que passaram por tua mente quando estavas deitado foram os seguintes:
29 “हे महाराजा, तपाईं त्यहाँ ढल्किरहनुभएको बेला तपाईंको मनमा आउने कुराहरूतिर लाग्यो; अनि रहस्यमय कुराहरू प्रकट गर्नुहुनेले तपाईंलाई भविष्यमा हुने कुराहरू देखाइदिनुभयो।
29 "Quando estavas deitado, ó rei, tua mente se voltou para as coisas futuras, e aquele que revela os mistérios te mostrou o que vai acontecer.
30 परमेश्वरले मसँग चाहिँ यस्तो रहस्यमय कुरा प्रकट गर्नुभएको छ, मसँग अरू जीवित मानिसहरूभन्दा बढ्ता बुद्धि भएर होइन, तर हे महाराजा, तपाईंले यसको अर्थ जान्नुहोस् र तपाईंको मनमा भएका कुराहरू बुझ्नुहोस् भनेर त्यो रहस्यमय कुरा मलाई प्रकट गरिएको छ।
30 Quanto a mim, esse mistério não me foi revelado porque eu tenha mais sabedoria do que os outros homens, mas para que tu ó rei, saibas a interpretação e entendas o que passou pela tua mente.
31 “हे महाराजा, तपाईंले हेरिरहनुहुँदा तपाईंको अगाडि एउटा ठूलो मूर्ति खडा भएको देख्नुभयो—त्यो मूर्ति विशाल ठूलो र अत्यन्तै चहकिलो देखिन्थ्यो; अनि त्यसको स्वरूप भयानक थियो।
31 "Tu olhaste, ó rei, e diante de ti estava uma grande estátua: uma estátua enorme, impressionante, e sua aparência era terrível.
32 त्यस मूर्तिको शिर निखुर सुनको थियो, त्यसका छाती र पाखुराहरू चाँदीका, त्यसको पेट र तिघ्राहरू काँसाका,
32 A cabeça da estátua era feita de ouro puro, o peito e o braço eram de prata, o ventre e os quadris eram de bronze,
33 त्यसका गोडाहरू फलामका, त्यसका खुट्टाहरूका केही भाग फलामका र केही भाग माटाका थिए।
33 as pernas eram de ferro, e os pés eram em parte de ferro e em parte de barro.
34 तपाईंले हेरिरहनुहुँदा एउटा चट्टानको ढुङ्गा काटिएर निस्क्यो, तर मानिसका हातले काटिएको थिएन। त्यो ढुङ्गा मूर्तिका फलाम र माटोका खुट्टामा बजारियो र तिनीहरूलाई टुक्रा-टुक्रा पारिदियो।
34 Enquanto estavas observando, uma pedra soltou-se, sem auxílio de mãos, atingiu a estátua nos pés de ferro e de barro e os esmigalhou.
35 त्यसपछि एकै पटकमा त्यो फलाम, माटो, काँसा, चाँदी र सुन टुक्रा-टुक्रा भए र ग्रीष्म ऋतुमा अन्न झार्ने खलामा भएको भुसझैँ भइहाले। अनि तिनीहरूलाई बतासले नामनिशानै नरहने गरी उडाएर लग्यो। तर त्यस मूर्तिलाई प्रहार गर्ने त्यो ढुङ्गाचाहिँ एउटा विशाल पर्वत भयो, र सारा पृथ्वीलाई नै ढाकिदियो।
35 Então o ferro, o barro, o bronze, a prata e o ouro foram despedaçados, viraram pó, como o pó da debulha do trigo na eira durante o verão. O vento os levou sem deixar vestígio. Mas a pedra que atingiu a estátua tornou-se uma montanha e encheu a terra toda.
36 “सपना यही थियो, र अब हामी राजालाई यसको अर्थ खोलिदिनेछौँ।
36 "Foi esse o sonho, e nós o interpretaremos para o rei.
37 हे महाराजा, तपाईं राजाहरूका राजा हुनुहुन्छ। स्वर्गका परमेश्वरले तपाईंलाई राज्य, शक्ति, पराक्रम र गौरव दिनुभएको छ।
37 Tu, ó rei, és rei de reis. O Deus dos céus te tem dado domínio, poder, força e glória;
38 उहाँले तपाईंको हातमा सबै मानव-जाति, मैदानका सबै जीवित पशुहरू र आकाशका सबै चराचुरुङ्गीहरू राखिदिनुभएको छ। तिनीहरू जहाँ-जहाँ बसे तापनि उहाँले तपाईंलाई तिनीहरू सबैमाथि शासक बनाउनुभएको छ। तपाईंचाहिँ त्यो सुनको शिरजस्तै हुनुहुन्छ।
38 nas tuas mãos ele colocou a humanidade, os animais selvagens e as aves do céu. Onde quer que vivam, ele fez de ti o governante deles todos. Tu és a cabeça de ouro.
39 “तपाईंपछि तपाईंको राज्यभन्दा कमजोर एउटा राज्य खडा हुनेछ। त्यसपछि एउटा तेस्रो राज्य, काँसाको राज्यले सारा पृथ्वीमाथि शासन गर्नेछ।
39 "Depois de ti surgirá um outro reino, inferior ao teu. Em seguida surgirá um terceiro reino, reino de bronze, que governará sobre toda a terra.
40 अन्त्यमा एउटा चौथो राज्य खडा हुनेछ, त्यो फलामजस्तै बलियो हुनेछ—किनकि फलामले हरेक कुराहरूलाई टुक्रा-टुक्रा पार्छ—अनि फलामले हरेक चीजहरूलाई टुक्रा-टुक्रा पारेझैँ त्यसले अरू सबै राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र छरपस्ट पारिदिनेछ।
40 Finalmente, haverá um quarto reino, forte como o ferro, pois o ferro quebra e destrói tudo; e assim como o ferro a tudo despedaça, também ele destruirá e quebrará todos os outros.
41 तपाईंले खुट्टा र औँलाहरूका केही भाग माटो र केही भाग फलामले बनिएको देख्नुभएजस्तै त्यो विभाजित राज्य हुनेछ; तापनि तपाईंले फलाम र माटो मिसिएको देख्नुभएजस्तै त्यस राज्यमा फलामको केही शक्ति रहनेछ।
41 Como viste, os pés e os dedos eram em parte de barro e em parte de ferro. Isso quer dizer que esse será um reino dividido, mas ainda assim terá um pouco da força do ferro, embora tenhas visto ferro misturado com barro.
42 ती औँलाहरू केही फलामका र केही माटाका भएझैँ त्यो राज्य केही शक्तिशाली र केही भाग सजिलै टुक्रिने दुर्बल राज्य हुनेछ।
42 Assim como os dedos eram em parte de ferro e em parte de barro, também esse reino será em parte forte e em parte frágil.
43 अनि तपाईंले फलाम र माटो मिसिएको देख्नुभएजस्तै फलाम र माटो जसरी मिल्न सक्दैनन्, त्यसरी नै मिश्रित जातिहरू हुनेछन् र तिनीहरू एकतामा रहनेछैनन्।
43 E, como viste, o ferro estava misturado com o barro. Isso quer dizer que se procurará fazer alianças políticas por meio de casamentos, mas essa união não se firmará, assim como o ferro não se mistura com o barro.
44 “ती राजाहरूका समयमा स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ, त्यो राज्य कहिल्यै पनि नाश हुनेछैन, न त त्यो अरू जातिहरूलाई दिइनेछ। त्यो राज्यले ती सबै राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरूको अन्त्य ल्याउनेछ, तर त्यो आफूचाहिँ सदासर्वदा रहिरहनेछ।
44 "Na época desses reis, o Deus dos céus estabelecerá um reino que jamais será destruído e que nunca será dominado por nenhum outro povo. Destruirá todos esses reinos e os exterminará, mas esse reino durará para sempre.
45 चट्टानको पहराबाट मानिसको हातले होइन, तर आफैँ काटिएको ढुङ्गाको दर्शनको अर्थ यही हो—त्यो चट्टानको टुक्रा, जसले फलाम, काँसा, माटो, चाँदी र सुनलाई चकनाचुर पारिदियो।
45 Esse é o significado da visão da pedra que se soltou de uma montanha, sem auxílio de mãos, pedra que esmigalhou o ferro, o bronze, o barro, a prata e o ouro. "O Deus poderoso mostrou ao rei o que acontecerá no futuro. O sonho é verdadeiro, e a interpretação é fiel".
46 त्यसपछि राजा नबूकदनेसर दानिएलको सामु घोप्टो परेर दण्डवत् गरे, र तिनलाई आदर गरे; अनि तिनलाई भेटी र धूप चढाउने आज्ञा दिए।
46 Então o rei Nabucodonosor caiu prostrado diante de Daniel, prestou-lhe honra e ordenou que lhe fosse apresentada uma oferta de cereal e incenso.
47 राजाले दानिएललाई भने, “निश्चय नै तिमीहरूका परमेश्वर देवताहरूका पनि परमेश्वर, राजाहरूका पनि प्रभु र रहस्यमय कुराहरू प्रकट गर्नुहुने हुनुहुन्छ; किनकि तिमीले यस रहस्यमय कुराहरूलाई प्रकट गर्न सक्यौ।”
47 O rei disse a Daniel: "Não há dúvida de que o seu Deus é o Deus dos deuses, o Senhor dos reis e aquele que revela os mistérios, pois você conseguiu revelar esse mistério".
48 त्यसपछि राजाले दानिएललाई उच्च पदमा नियुक्त गरे, र तिनलाई धेरै बहुमूल्य उपहारहरू दिए। राजाले तिनलाई बेबिलोनको सम्पूर्ण प्रान्तका शासक बनाए, र तिनलाई देशका सबै बुद्धिमान् मानिसहरूका प्रधान तुल्याए।
48 Então o rei colocou Daniel num alto cargo e o cobriu de presentes. Ele o designou governante de toda a província da Babilônia e o encarregou de todos os sábios da província.
49 त्यसबाहेक दानिएलको अनुरोधमा राजाले शद्रक, मेशक र अबेद्नगोलाई बेबिलोनको प्रान्तमा प्रशासकहरू नियुक्त गरिदिए, तर दानिएल आफूचाहिँ राजकीय दरबारमा रहन थाले।
49 Além disso, a pedido de Daniel, o rei nomeou Sadraque, Mesaque e Abede-Nego administradores da província da Babilônia, enquanto o próprio Daniel permanecia na corte do rei.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Daniel 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.