Daniel 12

npioncb (NPIONCB) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 “त्यस बेला तिम्रा जातिलाई रक्षा गर्ने प्रधान स्वर्गदूत मिखाएल खडा हुनेछन्। तब यस्तो सङ्कष्‍टको समय आउनेछ, कि जातिहरू सुरु भएदेखि त्यस बेलासम्म कहिल्यै आएको थिएन। तर त्यस बेला यस पुस्तकमा नाम लेखिएका तिम्रा सबै मानिस बचाइनेछन्।
1 Nesse tempo, se levantará Miguel, o grande príncipe, o defensor dos filhos do teu povo, e haverá tempo de angústia, qual nunca houve, desde que houve nação até àquele tempo; mas, naquele tempo, será salvo o teu povo, todo aquele que for achado inscrito no livro.
2 पृथ्वीको धुलोमा मरेर सुत्नेहरूका भीड उठ्नेछन्: केही अनन्त जीवनको निम्ति, अरू बाँकी मानिसहरूचाहिँ शर्म र अनन्त दण्डका निम्ति।
2 Muitos dos que dormem no pó da terra ressuscitarão, uns para a vida eterna, e outros para vergonha e horror eterno.
3 जो बुद्धिमान् छन्, तिनीहरू दिनको आकाशजस्तै चम्कनेछन्, र धेरै मानिसहरूलाई धार्मिकतामा डोर्‍याउनेहरूचाहिँ रातको ताराहरूजस्तै सदासर्वदाका निम्ति चम्किरहनेछन्।
3 Os que forem sábios, pois, resplandecerão como o fulgor do firmamento; e os que a muitos conduzirem à justiça, como as estrelas, sempre e eternamente.
4 तर हे दानिएल, तिमीले यस मुट्ठाका वचनहरूलाई अन्तको समयसम्मका निम्ति मोहोरछाप लगाएर बन्द गरेर राख। धेरै मानिसहरू ज्ञानको वृद्धि गर्नलाई यताउता जानेछन्।”
4 Tu, porém, Daniel, encerra as palavras e sela o livro, até ao tempo do fim; muitos o esquadrinharão, e o saber se multiplicará.
5 त्यसपछि म, दानिएलले मेरो सामु अरू दुई जना भएको देखेँ; एक जनाचाहिँ नदीको यतापट्टि र अर्कोचाहिँ उतापट्टिको किनारमा उभिएका थिए।
5 Então, eu, Daniel, olhei, e eis que estavam em pé outros dois, um, de um lado do rio, o outro, do outro lado.
6 तीमध्ये एक जनाले सुतीको लुगा लगाएर नदीको पानीमाथि उभिरहेका त्यस मानिसलाई भने, “यी अचम्मका दर्शनका कुराहरूको अन्त कहिले हुनेछ?”
6 Um deles disse ao homem vestido de linho, que estava sobre as águas do rio: Quando se cumprirão estas maravilhas?
7 सुतीको लुगा लगाएका मानिस, जो नदीका पानीहरूमाथि उभिएका थिए, तिनले आफ्नो दाहिने हात र देब्रे हात स्वर्गतिर उठाए; अनि तिनले सदा जीवित रहनुहुनेको नाममा शपथ खाँदै यसो भनिरहेका मैले सुनेँ, “यो एक समय, दुई समयहरू, र आधा समयको निम्ति हुनेछ। जब पवित्र जातिको शक्ति पूर्ण रूपमा अन्त्य हुनेछ, तब यी सबै कुराहरू पूरा हुनेछन्।”
7 Ouvi o homem vestido de linho, que estava sobre as águas do rio, quando levantou a mão direita e a esquerda ao céu e jurou, por aquele que vive eternamente, que isso seria depois de um tempo, dois tempos e metade de um tempo. E, quando se acabar a destruição do poder do povo santo, estas coisas todas se cumprirão.
8 म, दानिएलले स्वर्गदूतले भनेका कुराहरू सुनेँ, तर मैले बुझिनँ। यसकारण मैले सोधेँ, “मेरा प्रभु, यी सबै कुराको अन्तिम परिणाम के हुनेछ?”
8 Eu ouvi, porém não entendi; então, eu disse: meu senhor, qual será o fim destas coisas?
9 तिनले जवाफ दिए, “दानिएल, तिमी आफ्नो बाटो लाग; किनकि यी वचनहरू अन्तिम समयसम्मका निम्ति मोहोरछाप लगाएर बन्द गरिएका छन्।
9 Ele respondeu: Vai, Daniel, porque estas palavras estão encerradas e seladas até ao tempo do fim.
10 धेरै जना शुद्ध पारिनेछन्, निष्खोट बनाइनेछन् र स्वच्छ हुनेछन्, तर दुष्‍टहरूले चाहिँ दुष्‍ट काम नै गर्नेछन्। दुष्‍टहरूमध्ये कसैले पनि बुझ्नेछैनन्, तर बुद्धिमान्‌हरूले चाहिँ बुझ्नेछन्।
10 Muitos serão purificados, embranquecidos e provados; mas os perversos procederão perversamente, e nenhum deles entenderá, mas os sábios entenderão.
11 “दैनिक बलिदान हटाइएको र उजाड पार्ने घृणित वस्तुहरू स्थापित गरिएको समयदेखि 1,290 दिनहरू हुनेछन्।
11 Depois do tempo em que o sacrifício diário for tirado, e posta a abominação desoladora, haverá ainda mil duzentos e noventa dias.
12 धन्य हुन् तिनीहरू, जसले प्रतीक्षा गर्छन् र 1,335 दिनको अन्त्यसम्म विश्‍वासयोग्य रहन्छन्।
12 Bem-aventurado o que espera e chega até mil trezentos e trinta e cinco dias.
13 “तर तिमीचाहिँ आफ्नो अन्तिम समयसम्म दृढ भइरह। तिमीले विश्राम गर्नेछौ, र त्यसपछिका दिनहरूको अन्त्यमा तिमी आफ्नो तोकिएको उत्तराधिकार प्राप्‍त गर्न मृत अवस्थाबाट बौरी उठ्नेछौ।”
13 Tu, porém, segue o teu caminho até ao fim; pois descansarás e, ao fim dos dias, te levantarás para receber a tua herança.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Daniel 12, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.