Colossenses 3

npioncb (NPIONCB) vs ACF

Sair da comparação
ACF Almeida Corrigida Fiel
1 यसैले तिमीहरू ख्रीष्‍टसित जिइउठाइएका हौ भने तिमीहरूका हृदय माथिका कुराहरूमा लगाओ, जहाँ ख्रीष्‍ट परमेश्‍वरको दाहिने हातपट्टि विराजमान हुनुभएको छ।
1 Portanto, se já ressuscitastes com Cristo, buscai as coisas que são de cima, onde Cristo está assentado à destra de Deus.
2 तिमीहरूका मन माथिका कुराहरूमा लगाओ, सांसारिक कुराहरूमा होइन।
2 Pensai nas coisas que são de cima, e não nas que são da terra;
3 किनकि तिमीहरू मरेका थियौ, तर अहिले तिमीहरूको जीवन परमेश्‍वरमा ख्रीष्‍टसँग लुकेको छ।
3 Porque já estais mortos, e a vossa vida está escondida com Cristo em Deus.
4 जब ख्रीष्‍ट, जो तिमीहरूको जीवन हुनुहुन्छ, देखा पर्नुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा देखा पर्नेछौ।
4 Quando Cristo, que é a nossa vida, se manifestar, então também vós vos manifestareis com ele em glória.
5 यसकारण तिमीहरूका सांसारिक स्वभावलाई मार: यौन अनैतिकता, अशुद्धता, कामुकता, दुष्‍ट इच्छाहरू र लोभ, जो मूर्तिपूजा हो।
5 Mortificai, pois, os vossos membros, que estão sobre a terra: a fornicação, a impureza, o afeição desordenada, a vil concupiscência, e a avareza, que é idolatria;
6 यस्तै पापहरूका कारणले परमेश्‍वरको क्रोध आइरहेछ।
6 Pelas quais coisas vem a ira de Deus sobre os filhos da desobediência;
7 तिमीहरू पनि एकपल्ट यस्तै जीवन जिइरहेका थियौ, र तिमीहरू यी मार्गहरूमा हिँड्ने गर्दथ्यौ।
7 Nas quais, também, em outro tempo andastes, quando vivíeis nelas.
8 तर अब तिमीहरूले यी कुराहरू त्याग्नुपर्छ: रिस, क्रोध, डाह, निन्दा र ओठबाट निस्कने फोहोर बोली।
8 Mas agora, despojai-vos também de tudo: da ira, da cólera, da malícia, da maledicência, das palavras torpes da vossa boca.
9 एक-आपसमा झूट नबोल; किनकि तिमीहरूले आफ्नो पुरानो स्वभावलाई त्यसका अभ्यासहरूसमेत त्यागिदिएका छौ।
9 Não mintais uns aos outros, pois que já vos despistes do velho homem com os seus feitos,
10 अनि नयाँ स्वभावलाई धारण गरेका छौ, जुनचाहिँ सृष्‍टिकर्ताको रूपमा भएको ज्ञानमा नवीकरण हुँदै गइरहेको छ।
10 E vos vestistes do novo, que se renova para o conhecimento, segundo a imagem daquele que o criou;
11 यहाँ ग्रीक वा यहूदी, खतनाका वा बेखतनाका, असभ्य, सिथिएन्स सेवक वा फुक्‍का, केही भिन्‍नता छैन, तर ख्रीष्‍ट नै सबै थोक र सबैमा मुख्य हुनुहुन्छ।
11 Onde não há grego, nem judeu, circuncisão, nem incircuncisão, bárbaro, cita, servo ou livre; mas Cristo é tudo, e em todos.
12 यसकारण परमेश्‍वरका चुनिएका, पवित्र र प्रिय जनहरूझैँ तिमीहरू आफूले करुणा, दया, नम्रता, कोमलता र धैर्य धारण गर।
12 Revesti-vos, pois, como eleitos de Deus, santos e amados, de entranhas de misericórdia, de benignidade, humildade, mansidão, longanimidade;
13 एक-अर्कालाई सहने गर; यदि तिमीहरूमध्ये कसैको कुनै मानिस विरुद्ध गुनासाहरू छन् भने क्षमा गर; जसरी परमेश्‍वरले तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै तिमीहरूले पनि क्षमा गर।
13 Suportando-vos uns aos outros, e perdoando-vos uns aos outros, se alguém tiver queixa contra outro; assim como Cristo vos perdoou, assim fazei vós também.
14 अनि यी सबै गुणहरूभन्दा पनि बढी प्रेम धारण गर, जसले सबैलाई सिद्ध एकतामा बाँधेर राख्दछ।
14 E, sobre tudo isto, revesti-vos de amor, que é o vínculo da perfeição.
15 तिमीहरू एउटै शरीरका अङ्गहरूझैँ मिलापको निम्ति बोलाइएका हुनाले ख्रीष्‍टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। तिमीहरू धन्यवादी होओ।
15 E a paz de Deus, para a qual também fostes chamados em um corpo, domine em vossos corações; e sede agradecidos.
16 तिमीहरूले पूरा बुद्धिसाथ एक-अर्कालाई सिकाउँदा र हप्काउँदा, ख्रीष्‍टको वचन तिमीहरूसँग प्रशस्त गरी बास गरोस्। आफ्ना हृदयमा भएका कृतज्ञतासाथ परमेश्‍वरको निम्ति भजन, स्तुतिगान र आत्मिकी गीतहरू गाओ।
16 A palavra de Cristo habite em vós abundantemente, em toda a sabedoria, ensinando-vos e admoestando-vos uns aos outros, com salmos, hinos e cânticos espirituais, cantando ao Senhor com graça em vosso coração.
17 अनि तिमीहरूले कुरा वा काममा जे-जे गर्दछौ ती सबै, प्रभु येशूद्वारा परमेश्‍वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशू ख्रीष्‍टको नाममा गर।
17 E, quanto fizerdes por palavras ou por obras, fazei tudo em nome do Senhor Jesus, dando por ele graças a Deus Pai.
18 हे पत्नीहरू हो, प्रभुको दृष्‍टिमा सुहाउँदो गरी तिमीहरू आ-आफ्ना पतिहरूका अधीनमा बस।
18 Vós, mulheres, estai sujeitas a vossos próprios maridos, como convém no Senhor.
19 हे पतिहरू हो, आ-आफ्नी पत्नीहरूलाई प्रेम गर, र तिनीहरूप्रति कठोर नबन।
19 Vós, maridos, amai a vossas mulheres, e não vos irriteis contra elas.
20 हे छोराछोरीहरू हो, हरेक कुरामा आफ्ना आमाबुबाहरूका आज्ञाहरू पालन गर; किनकि यसले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछ।
20 Vós, filhos, obedecei em tudo a vossos pais, porque isto é agradável ao Senhor.
21 हे बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, नत्रता तिनीहरू निरुत्साहित होलान्।
21 Vós, pais, não irriteis a vossos filhos, para que não percam o ânimo.
22 हे सेवकहरू हो, प्रत्येक कुरामा तिमीहरूका सांसारिक मालिकहरूको आज्ञापालन गर; हरेक कुरामा उनीहरूले देख्दा निगाह पाउनालाई मात्र होइन, तर हृदयको इमानदारीताको साथ परमेश्‍वरलाई श्रद्धा गर्दै हरेक कुरामा तिनीहरूका आज्ञापालन गर।
22 Vós, servos, obedecei em tudo a vossos senhores segundo a carne, não servindo só na aparência, como para agradar aos homens, mas em simplicidade de coração, temendo a Deus.
23 तिमीहरू जे गर्दछौ, त्यो मानिसहरूको निम्ति काम गरेझैँ होइन, तर परमेश्‍वरको निम्ति गरेझैँ सम्पूर्ण हृदयले गर।
23 E tudo quanto fizerdes, fazei-o de todo o coração, como ao Senhor, e não aos homens,
24 किनकि तिमीहरू जान्दछौ, कि तिमीहरूले प्रभुबाट पुरस्कारस्वरूप उत्तराधिकार पाउनेछौ। वास्तवमा तिमीहरूले प्रभु ख्रीष्‍टकै सेवा गरिरहेका छौ।
24 Sabendo que recebereis do Senhor o galardão da herança, porque a Cristo, o Senhor, servis.
25 जसले खराबी गर्दछ, तिनीहरूले यस खराबीको फल पाउनेछन्; र त्यसमा कुनै पक्षपात हुँदैन।
25 Mas quem fizer agravo receberá o agravo que fizer; pois não há acepção de pessoas.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Colossenses 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.