Atos 5
npioncb (NPIONCB) vs ARA
1 यसै समयमा हननिया नामका एक जना मानिसले उनकी पत्नी सफीरासित मिलेर आफ्नो एक टुक्रा जग्गा बेचे।
1 Entretanto, certo homem, chamado Ananias, com sua mulher Safira, vendeu uma propriedade,
2 आफ्नी पत्नीको पूर्ण जानकारीमा तिनले बिक्रीबाट प्राप्त रकमको केही हिस्सा आफ्ना निम्ति राखे, र बाँकी सबै प्रेरितहरूको चरणमा राखे।
2 mas, em acordo com sua mulher, reteve parte do preço e, levando o restante, depositou-o aos pés dos apóstolos.
3 त्यसपछि पत्रुसले भने, “हननिया, कसरी शैतानले तिम्रो हृदय भरिदियो र तिमीले पवित्र आत्मासँग झूट बोल्यौ। जग्गा बिक्रीबाट पाएको रकमबाट केही भाग आफ्ना लागि कसरी राख्न सक्यौ?
3 Então, disse Pedro: Ananias, por que encheu Satanás teu coração, para que mentisses ao Espírito Santo, reservando parte do valor do campo?
4 बिक्री गर्नुभन्दा पहिले के यो तिम्रो आफ्नै थिएन र? बिक्री गरिसकेपछि त्यसबाट प्राप्त रकम पनि तिम्रै अधीनमा थिएन र? यस्तो काम गर्ने विचार तिम्रो मनमा कसरी उत्पन्न भयो? तिमीले मानिसहरूसँग होइन, तर परमेश्वरसँग झूट बोलेका छौ।”
4 Conservando-o, porventura, não seria teu? E, vendido, não estaria em teu poder? Como, pois, assentaste no coração este desígnio? Não mentiste aos homens, mas a Deus.
5 यो कुरा सुन्नेबित्तिकै, हननिया भुइँमा पछारिए र मरे। यो घटना सुन्ने सबैको मनमा ठूलो डर पस्यो।
5 Ouvindo estas palavras, Ananias caiu e expirou, sobrevindo grande temor a todos os ouvintes.
6 अनि केही जवानहरू अगाडि आएर त्यस मृत शरीरलाई लुगाले बेह्रे। अनि बाहिर लगेर चिहानमा गाडिदिए।
6 Levantando-se os moços, cobriram-lhe o corpo e, levando-o, o sepultaram.
7 करिब तीन घण्टापछि तिनकी पत्नी त्यस ठाउँमा आइन्। त्यहाँ भएको घटनाका बारेमा तिनलाई केही थाहा थिएन।
7 Quase três horas depois, entrou a mulher de Ananias, não sabendo o que ocorrera.
8 पत्रुसले तिनलाई सोधे, “मलाई भन, तिमीहरू दुवैले जग्गा बेचेर प्राप्त गरेको रकम त्यत्ति नै हो त?”
8 Então, Pedro, dirigindo-se a ela, perguntou-lhe: Dize-me, vendestes por tanto aquela terra? Ela respondeu: Sim, por tanto.
9 पत्रुसले तिनलाई भने, “प्रभुको आत्माको परीक्षा गर्न तिमीहरू दुवै कसरी सहमत भयौ? हेर! तिम्रो पतिलाई चिहानमा गाड्नेहरू बाहिर ढोकामै छन्। अब तिनीहरूले तिमीलाई पनि लिएर जानेछन्।”
9 Tornou-lhe Pedro: Por que entrastes em acordo para tentar o Espírito do Senhor? Eis aí à porta os pés dos que sepultaram o teu marido, e eles também te levarão.
10 त्यही क्षण पत्रुसको पाउनिर तिनी पछारिएर मरिहालिन्; अनि ती जवानहरू भित्र आए, र तिनलाई मरिसकेकी भेट्टाए। ती जवानहरूले तिनको मृत शरीर लगेर तिनकै पतिको चिहान छेउमा गाडिदिए।
10 No mesmo instante, caiu ela aos pés de Pedro e expirou. Entrando os moços, acharam-na morta e, levando-a, sepultaram-na junto do marido.
11 सारा मण्डलीमाथि र यी घटनाहरू सुन्ने सबैमाथि ठूलो डर उत्पन्न भयो।
11 E sobreveio grande temor a toda a igreja e a todos quantos ouviram a notícia destes acontecimentos.
12 मानिसहरूका सामु प्रेरितहरूले धेरै अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू गरे। सबै विश्वासीहरू एकसाथ सोलोमनको दलानमा भेला हुने गर्थे।
12 Muitos sinais e prodígios eram feitos entre o povo pelas mãos dos apóstolos. E costumavam todos reunir-se, de comum acordo, no Pórtico de Salomão.
13 तिनीहरूलाई मानिसहरूले धेरै आदर गरे तापनि तिनीहरूका भेलामा सामेल हुने आँट कसैले गरेनन्।
13 Mas, dos restantes, ninguém ousava ajuntar-se a eles; porém o povo lhes tributava grande admiração.
14 तर पनि परमेश्वरमा विश्वास गर्ने पुरुष र स्त्रीहरूको संख्या दिनदिनै बढ्ने क्रम जारी नै रह्यो।
14 E crescia mais e mais a multidão de crentes, tanto homens como mulheres, agregados ao Senhor,
15 यहाँसम्म कि पत्रुस हिँड्ने बाटोमा मानिसहरूले बिरामीहरू ल्याएर खाट र सुकुलमा सुताउन थाले, ताकि तिनी त्यो बाटो हिँड्दा पत्रुसको छायामात्रै भए तापनि कुनै बिरामीमाथि परोस्।
15 a ponto de levarem os enfermos até pelas ruas e os colocarem sobre leitos e macas, para que, ao passar Pedro, ao menos a sua sombra se projetasse nalguns deles.
16 अशुद्ध आत्माले ग्रस्त भएका र बिरामी भएका आफ्ना परिवारका सदस्यहरूलाई यरूशलेमका वरिपरिका सहरहरूबाट मानिसहरूले ल्याउँदा त्यहाँ ठूलो भीड जम्मा भयो; र ती सबै निको पारिए।
16 Afluía também muita gente das cidades vizinhas a Jerusalém, levando doentes e atormentados de espíritos imundos, e todos eram curados.
17 प्रधान पुजारी र उनका सबै सहायकहरू, जो सदुकी पन्थका थिए, उनीहरूको हृदय डाहले भरियो।
17 Levantando-se, porém, o sumo sacerdote e todos os que estavam com ele, isto é, a seita dos saduceus, tomaram-se de inveja,
18 अनि प्रेरितहरूलाई तिनीहरूले समातेर सार्वजनिक झ्यालखानामा हालिदिए।
18 prenderam os apóstolos e os recolheram à prisão pública.
19 तर मध्यरातको समयमा प्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलेर तिनीहरूलाई बाहिर निकाले।
19 Mas, de noite, um anjo do Senhor abriu as portas do cárcere e, conduzindo-os para fora, lhes disse:
20 अनि तिनले भने, “जाओ, मन्दिरको आँगनमा खडा होओ, र यस नयाँ जीवनको पूर्ण सन्देश मानिसहरूलाई सुनाओ।”
20 Ide e, apresentando-vos no templo, dizei ao povo todas as palavras desta Vida.
21 तिनीहरूलाई भनिएझैँ नै झिसमिसेमै तिनीहरू मन्दिरको चोकभित्र पसे, र मानिसहरूलाई सिकाउन थाले।
21 Tendo ouvido isto, logo ao romper do dia, entraram no templo e ensinavam. Chegando, porém, o sumo sacerdote e os que com ele estavam, convocaram o Sinédrio e todo o senado dos filhos de Israel e mandaram buscá-los no cárcere.
22 तर झ्यालखाना पुगेपछि हाकिमहरूले तिनीहरूलाई त्यहाँ भेट्टाएनन्। त्यसैले तिनीहरू फर्केर गएर यसो भने,
22 Mas os guardas, indo, não os acharam no cárcere; e, tendo voltado, relataram,
23 “हामीले झ्यालखानाका ढोकाहरूमा बलिया ताल्चाहरू लगाएका पायौँ। ढोकाहरूमा पहरेदारहरू तैनाथ थिए। तर जब ढोका खोल्यौँ, तब हामीले भित्र कसैलाई भेट्टाएनौँ।”
23 dizendo: Achamos o cárcere fechado com toda a segurança e as sentinelas nos seus postos junto às portas; mas, abrindo-as, a ninguém encontramos dentro.
24 मन्दिरको पहरेदारहरूका सेनापति र मुख्य पुजारीहरूले जब यो खबर सुने, तब यसको नतिजा के हुने होला भनी अलमल परे।
24 Quando o capitão do templo e os principais sacerdotes ouviram estas informações, ficaram perplexos a respeito deles e do que viria a ser isto.
25 त्यसै बेला एक जना त्यहाँ आएर तिनीहरूलाई भन्यो, “हेर्नुहोस्! तपाईंहरूले झ्यालखानामा हाल्नुभएका मानिसहरू मन्दिरका आँगनहरूमा उभिएर मानिसहरूलाई शिक्षा दिइरहेका छन्।”
25 Nesse ínterim, alguém chegou e lhes comunicou: Eis que os homens que recolhestes no cárcere, estão no templo ensinando o povo.
26 यो कुरा सुन्नसाथ आफ्ना अधिकृतहरूको साथमा सेनापति मन्दिरतिर गए। अनि प्रेरितहरूलाई महासभामा ल्याए। तिनीहरूले शक्ति प्रयोग गरेनन्। किनकि त्यसो गर्दा तिनीहरूलाई मानिसहरूले ढुङ्गा हान्लान् भन्ने डर थियो।
26 Nisto, indo o capitão e os guardas, os trouxeram sem violência, porque temiam ser apedrejados pelo povo.
27 प्रेरितहरूलाई त्यहाँ ल्याइएपछि प्रधान पुजारीद्वारा प्रश्न गरिनका निम्ति तिनीहरूलाई महासभासामु उभ्याइयो।
27 Trouxeram-nos, apresentando-os ao Sinédrio. E o sumo sacerdote interrogou-os,
28 प्रधान पुजारीले भने, “यस नाममा नसिकाउनू भनेर हामीले तिमीहरूलाई कडा आदेश दिएका थियौँ। तैपनि तिमीहरूले यसै नाममा आफ्नो शिक्षाले सारा यरूशलेम भरिदिएका छौ। अनि यस मानिसको रगतको दोषी हामीलाई बनाउन तम्सिएका छौ।”
28 dizendo: Expressamente vos ordenamos que não ensinásseis nesse nome; contudo, enchestes Jerusalém de vossa doutrina; e quereis lançar sobre nós o sangue desse homem.
29 पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञाको पालन गर्नैपर्छ!
29 Então, Pedro e os demais apóstolos afirmaram: Antes, importa obedecer a Deus do que aos homens.
30 हाम्रा पुर्खाहरूका परमेश्वरले येशूलाई मृतकबाट जीवित पार्नुभयो, जसलाई तपाईंहरूले क्रूसमा झुण्ड्याएर मार्नुभएको थियो।
30 O Deus de nossos pais ressuscitou a Jesus, a quem vós matastes, pendurando-o num madeiro.
31 इस्राएलले पश्चात्ताप गरोस् र पापको क्षमादान उहाँबाट होस् भनेर परमेश्वरले आफ्नो दाहिने हातपट्टि उच्च स्थानमा उहाँलाई राजकुमार र उद्धारकर्ताको रूपमा राख्नुभयो।
31 Deus, porém, com a sua destra, o exaltou a Príncipe e Salvador, a fim de conceder a Israel o arrependimento e a remissão de pecados.
32 हामी ती कुराका साक्षी छौँ, र त्यसै गरी परमेश्वरको आज्ञापालन गर्नेहरूलाई उहाँले दिनुभएको पवित्र आत्मा पनि साक्षी हुनुहुन्छ।”
32 Ora, nós somos testemunhas destes fatos, e bem assim o Espírito Santo, que Deus outorgou aos que lhe obedecem.
33 यो कुरा सुनेपछि, तिनीहरू अत्यन्त क्रोधित भए, र तिनीहरूलाई मार्न खोजे।
33 Eles, porém, ouvindo, se enfureceram e queriam matá-los.
34 तर सबै मानिसहरूद्वारा सम्मानित व्यवस्थाका शिक्षक गमलिएल भन्ने एक जना फरिसी महासभामा उभिए। अनि प्रेरितहरूलाई केही समय त्यहाँबाट बाहिर लैजान आदेश दिए।
34 Mas, levantando-se no Sinédrio um fariseu, chamado Gamaliel, mestre da lei, acatado por todo o povo, mandou retirar os homens, por um pouco,
35 त्यसपछि तिनले महासभालाई यसरी सम्बोधन गरे: “इस्राएलका मानिस हो, यी मानिसहरूलाई तपाईंहरूले जे गर्ने विचार गर्दै हुनुहुन्छ, त्यसमा सतर्कतापूर्वक सोच्नुहोस्।
35 e lhes disse: Israelitas, atentai bem no que ides fazer a estes homens.
36 किनकि केही समयअगि थूदास भन्ने एक जना मानिस देखा पर्यो, जसले आफू कोही हुँ भन्ने दाबी गर्यो र चार सय जति मानिसहरू उसका समर्थक थिए। तर ऊ मारियो, उसका सबै चेलाहरू छरपस्ट भए, र सबै त्यसै बिलाएर गए।
36 Porque, antes destes dias, se levantou Teudas, insinuando ser ele alguma coisa, ao qual se agregaram cerca de quatrocentos homens; mas ele foi morto, e todos quantos lhe prestavam obediência se dispersaram e deram em nada.
37 त्यस मानिसपछि जनगणनाका दिनहरूमा गालीलको यहूदा देखा पर्यो। उसले पनि केही मानिसहरूलाई जम्मा गरेर विद्रोहमा खडा भयो। ऊ पनि मारियो; र उसका सबै चेलाहरू छरपस्ट भए।
37 Depois desse, levantou-se Judas, o galileu, nos dias do recenseamento, e levou muitos consigo; também este pereceu, e todos quantos lhe obedeciam foram dispersos.
38 त्यसैकारण अहिलेको सन्दर्भमा पनि म तपाईंहरूलाई सल्लाह दिन्छु: यी मानिसहरूलाई त्यसै हुन दिनुहोस्! यिनीहरूलाई छोडिदिनुहोस्। किनकि यदि यिनीहरूका उद्देश्य र क्रियाकलाप मानवीय हुन् भने ती असफल हुनेछन्।
38 Agora, vos digo: dai de mão a estes homens, deixai-os; porque, se este conselho ou esta obra vem de homens, perecerá;
39 तर यदि यो परमेश्वरबाट भएको हो भने तपाईंहरू यी मानिसहरूलाई आफ्ना कार्यबाट रोक्न सक्नु हुनेछैन। त्यस बेलामा तपाईंहरू आफैँलाई नै परमेश्वरको विरुद्ध लडिरहेको पाउनुहुनेछ।”
39 mas, se é de Deus, não podereis destruí-los, para que não sejais, porventura, achados lutando contra Deus. E concordaram com ele.
40 तिनीहरूलाई उनले भनेका वचनले चित्त बुझ्यो। अनि तिनीहरूले प्रेरितहरूलाई भित्र झिकाए, र तिनीहरूलाई कोर्रा लगाए। त्यसपछि येशूको नाममा प्रचार नगर्नू भन्ने आदेश दिए, र तिनीहरूले प्रेरितहरूलाई छोडिदिए।
40 Chamando os apóstolos, açoitaram-nos e, ordenando-lhes que não falassem em o nome de Jesus, os soltaram.
41 येशूको नाममा अपमानित हुने योग्य हुन पाएकोमा आनन्दित हुँदै प्रेरितहरू महासभाबाट बाहिर गए।
41 E eles se retiraram do Sinédrio regozijando-se por terem sido considerados dignos de sofrer afrontas por esse Nome.
42 येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने सुसमाचार घर-घर र मन्दिरका आँगनहरूमा दिनदिनै घोषणा गर्न र शिक्षा दिन तिनीहरूले छोडेनन्।
42 E todos os dias, no templo e de casa em casa, não cessavam de ensinar e de pregar Jesus, o Cristo.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Atos 5, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.