Atos 3

npioncb (NPIONCB) vs NVT

Sair da comparação
NVT Nova Versão Transformadora
1 एक दिन पत्रुस र यूहन्‍ना दिउँसोको तीन बजेतिर प्रार्थनाका निम्ति मन्दिरतिर गइरहेका थिए।
1 Certo dia, por volta das três da tarde, Pedro e João foram ao templo orar.
2 त्यहाँ जन्मैदेखिको एउटा लङ्गडो मानिसलाई बोकेर मन्दिरको सुन्दर भनिने ढोकातिर लगिँदैथियो। त्यसलाई सधैँ नै त्यस ढोकामा त्यसरी नै लगेर राखिन्थ्यो, त्यहीँ बसेर त्यसले मन्दिर जाने मानिसहरूसँग भीख माग्ने गर्दथ्यो।
2 Um homem, aleijado de nascença, estava sendo carregado. Todos os dias, ele era colocado ao lado da porta chamada Formosa, para pedir esmolas a quem entrasse no templo.
3 जब लङ्गडोले पत्रुस र यूहन्‍नालाई मन्दिरभित्र पस्‍न लागेको देख्यो, तब त्यसले तिनीहरूसँग पैसा माग्यो।
3 Quando ele viu que Pedro e João iam entrar, pediu-lhes dinheiro.
4 पत्रुस र यूहन्‍नाले त्यसलाई नियालेर हेरे, तब पत्रुसले भने, “हामीतिर हेर!”
4 Pedro e João se voltaram para ele. “Olhe para nós!”, disse Pedro.
5 त्यसपछि उनीहरूबाट केही पाउने आशा राख्दै त्यसले ध्यान दिएर उनीहरूलाई हेर्‍यो।
5 O homem fixou o olhar neles, esperando receber alguma esmola.
6 पत्रुसले भने, “मसँग सुन वा चाँदी छैन। तर जे मसँग छ, त्यो तिमीलाई दिन्छु। नासरतका येशू ख्रीष्‍टको नाममा तिमी हिँडिहाल।”
6 Pedro, no entanto, disse: “Não tenho prata nem ouro, mas lhe dou o que tenho. Em nome de Jesus Cristo, o nazareno, levante-se e ande!”.
7 यति भनेर आफ्नो दाहिने हातले त्यस लङ्गडोलाई समातेर उनले उठाउन थाले। तब त्यस मानिसको खुट्टा र गोलीगाँठाहरूमा तुरुन्तै बल आयो।
7 Então Pedro segurou o aleijado pela mão e o ajudou a levantar-se. No mesmo instante, os pés e os tornozelos do homem foram curados e fortalecidos.
8 त्यो आफ्नो खुट्टाका बलले बुरुक्‍क उफ्रियो र हिँड्न थाल्यो। त्यसपछि तिनीहरूसँगै त्यो मानिस हिँड्दै, उफ्रँदै र परमेश्‍वरको प्रशंसा गर्दै मन्दिरका आँगनहरूमा गयो।
8 De um salto, ele se levantou e começou a andar. Em seguida, caminhando, saltando e louvando a Deus, entrou no templo com eles.
9 जब सबै मानिसहरूले त्यसलाई हिँडिरहेको र परमेश्‍वरको प्रशंसा गरिरहेको देखे,
9 Quando o viram caminhar e o ouviram louvar a Deus,
10 मन्दिरको सुन्दर भनिने मूलढोकामा बसेर सधैँ भीख माग्ने मानिस त्यही नै हो भनी तिनीहरूले चिने। तब त्यो लङ्गडो राम्रोसँग हिँड्न सकेको देखेर तिनीहरू आश्‍चर्यचकित भए, र अचम्म माने।
10 todos perceberam que era o mesmo mendigo que tantas vezes tinham visto na porta Formosa, e ficaram perplexos.
11 त्यो भीख माग्नेले पत्रुस र यूहन्‍नालाई समातेर आएको देखेर त्यहाँ भएका सबै मानिसहरू आश्‍चर्यमा परे। तिनीहरू मन्दिरभित्रको सोलोमन नामको दलानमा दगुर्दै आए।
11 Admirados, correram todos para o Pórtico de Salomão, onde o homem permanecia com Pedro e João e não se afastava deles.
12 यो देखेर पत्रुसले तिनीहरूलाई यसो भने: “हे इस्राएलका मानिसहरू हो, यस कुरामा तपाईंहरू किन आश्‍चर्यचकित मान्‍नुहुन्छ? मानौँ हाम्रा आफ्नै शक्ति वा भक्तिद्वारा हामीले यस मानिसलाई हिँडाउन सकेको भनी ठान्दै, किन तपाईंहरू हामीलाई आश्‍चर्यका साथ हेर्दै हुनुहुन्छ?
12 Pedro, percebendo o que ocorria, dirigiu-se à multidão. “Povo de Israel, por que ficam surpresos com isso?”, disse ele. “Por que olham para nós como se tivéssemos feito este homem andar por nosso próprio poder ou devoção?
13 अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर, हाम्रा पुर्खाका परमेश्‍वरले आफ्नो सेवक येशूलाई महिमित गर्नुभयो। तपाईंहरूले उहाँलाई मृत्युको मुखमा पठाउनुभयो, र पिलातसले उहाँलाई छोडिदिने निर्णय गर्दासमेत तपाईंहरूले अस्वीकार गर्नुभयो।
13 Pois foi o Deus de Abraão, de Isaque e de Jacó, o Deus de nossos antepassados, quem glorificou seu Servo Jesus, a quem vocês traíram e rejeitaram diante de Pilatos, apesar de ele ter decidido soltá-lo.
14 तब तपाईंहरूले एउटा पवित्र, धर्मी जनलाई अस्वीकार गर्नुभयो, तर त्यसको साटो एउटा हत्यारालाई छोडिदिने माग गर्नुभयो।
14 Vocês rejeitaram o Santo e Justo e, em seu lugar, exigiram que um assassino fosse liberto.
15 तपाईंहरूले जीवनको सृष्‍टिकर्तालाई मार्नुभयो। तर परमेश्‍वरले उहाँलाई मरेकाबाट जीवित पार्नुभयो। हामी यस तथ्यका साक्षी छौँ।
15 Mataram o autor da vida, mas Deus o ressuscitou dos mortos. E nós somos testemunhas desse fato!
16 येशूको नाममा विश्‍वास गर्नाले नै तपाईंहरूले देख्नुभएको र चिन्‍नुभएको यो मानिस आज आफ्नै खुट्टामा उभिन सक्ने भएको छ। येशूको नाम र उहाँबाट आउने विश्‍वासका कारणले नै यो मानिस पूर्ण निको भयो, जुन कुरा तपाईंहरू देख्दैहुनुहुन्छ।
16 “Pela fé no nome de Jesus, este homem que vocês veem e conhecem foi curado. A fé no nome de Jesus o curou diante de seus olhos.
17 “अब प्रभुमा दाजुभाइ-दिदीबहिनीहरू हो, यो मलाई थाहा छ, तपाईंका शासकहरूले गरेजस्तै, तपाईंहरूले अनजानमा यस्तो काम गर्नुभयो।
17 “Irmãos, sei que vocês e seus líderes agiram por ignorância.
18 तर परमेश्‍वरका ख्रीष्‍टले दुःख भोग्नुपर्नेछ भनी उहाँले सबै अगमवक्ताहरूद्वारा जसरी अगमवाणी गर्नुभएको थियो, त्यसरी नै उहाँले त्यसलाई पूरा गर्नुभयो।
18 Mas Deus assim cumpriu o que todos os profetas haviam predito acerca do Cristo, que era necessário ele sofrer essas coisas.
19 त्यसैकारण पश्‍चात्ताप गर्नुहोस् र परमेश्‍वरतिर फर्कनुहोस्; ताकि तपाईंहरूको पाप मेटिऊन् र परमप्रभुबाट तपाईंहरूमा आनन्दको समय आओस्।
19 Agora, arrependam-se e voltem-se para Deus, para que seus pecados sejam apagados.
20 अनि उहाँले तपाईंहरूका उद्धारको निम्ति नियुक्त गरिनुभएका येशू, अर्थात् ख्रीष्‍टलाई पठाउनुहुनेछ।
20 Então, da presença do Senhor virão tempos de renovação, e ele enviará novamente Jesus, o Cristo que lhes foi designado.
21 आफ्ना पवित्र अगमवक्ताहरूद्वारा अनन्तकालदेखि परमेश्‍वरले प्रतिज्ञा गर्नुभएझैँ, सबै कुरा उहाँले फेरि पुनर्स्थापना नगरुन्जेल येशू स्वर्गमै विराजमान हुनुपर्दछ।
21 Pois ele deve permanecer no céu até o tempo da restauração final de todas as coisas, conforme Deus prometeu há muito tempo por meio de seus santos profetas.
22 किनकि मोशाले भनेका छन्, ‘तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ। तिमीहरूले तिनका सबै कुरा सुन्‍नुपर्छ।
22 Moisés disse: ‘O Senhor, seu Deus, levantará para vocês um profeta como eu, do meio de seu povo. Ouçam com atenção tudo que ele lhes disser.
23 उहाँको वचनहरू कसैले सुन्दैन भने आफ्ना मानिसहरूबाट बहिष्कार गरिनुपर्नेछ।’
23 Quem não der ouvidos a esse profeta será eliminado do meio do povo’.
24 “वास्तवमा, शमूएलदेखिका सबै अगमवक्ताहरूमध्ये, जोजतिले बोलेका छन्, ती सबैले यी दिनहरूमा भएका घटनाहरूका बारेमा अगमवाणी गरेका हुन्।
24 “A começar por Samuel, todos os profetas falaram sobre o que está acontecendo hoje.
25 तिमीहरू अगमवक्ताहरूका र करारका सन्तान हौ, जुन करार परमेश्‍वरले तिमीहरूका पुर्खाहरूसँग गर्नुभएको थियो। उहाँले अब्राहामलाई भन्‍नुभएको थियो, ‘तेरा सन्तानहरूद्वारा पृथ्वीका सबै मानिसहरूले आशिष् पाउनेछन्।’
25 Vocês são descendentes desses profetas e estão incluídos na aliança que Deus fez com seus antepassados ao dizer a Abraão: ‘Por meio de sua descendência, todas as famílias da terra serão abençoadas’.
26 जब परमेश्‍वरले आफ्नो सेवकलाई जीवित पार्नुभयो, तब तिमीहरू सबैलाई दुष्‍ट मार्गबाट फर्काएर आशिष् दिन परमेश्‍वरले सबैभन्दा पहिले उहाँलाई तिमीहरूकहाँ नै पठाउनुभयो।”
26 Quando Deus ressuscitou seu Servo, ele o enviou primeiro a vocês, o povo de Israel, para abençoá-los, fazendo cada um de vocês se afastar de seus caminhos pecaminosos.”

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Atos 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.