Atos 25
npioncb (NPIONCB) vs ARC
1 त्यस प्रान्तमा आएको तीन दिनपछि फेस्तस कैसरियाबाट यरूशलेम गए।
1 Entrando, pois, Festo na província, subiu dali a três dias de Cesareia a Jerusalém.
2 त्यहाँ मुख्य पुजारी र यहूदी अगुवाहरू तिनका सामु आए र पावलका विरुद्ध आरोपहरू लगाए।
2 E o sumo sacerdote e os principais dos judeus compareceram perante ele contra Paulo e lhe rogaram,
3 तिनीहरूले फेस्तससँग एउटा कृपाको रूपमा पावललाई यरूशलेममा सार्ने अनुरोध गरे। किनकि बाटैमा आक्रमण गरेर पावललाई मार्ने तयारी तिनीहरूले गरेका थिए।
3 pedindo como favor, contra ele, que o fizesse vir a Jerusalém, armando ciladas para o matarem no caminho.
4 फेस्तसले तिनीहरूको अनुरोध सुनेर भने, “पावललाई कैसरियामा राखिएको छ र म आफैँ त्यहाँ छिट्टै गइरहेको छु।
4 Mas Festo respondeu que Paulo estava guardado em Cesareia e que ele brevemente partiria para lá.
5 तपाईंहरूका केही अगुवाहरूलाई मसँग पठाउनुहोस् र त्यसले केही गलत काम गरेको छ भने तिनीहरूले त्यस मानिसका विरुद्धमा त्यहीँ आरोपहरू लगाऊन्।”
5 Os que, pois, disse, dentre vós têm poder desçam comigo e, se neste varão houver algum crime, acusem-no.
6 दश दिन जति बसेर फेस्तस कैसरिया गए। त्यसको भोलिपल्ट उनले अदालतको गठन गरे, र पावललाई त्यहाँ उपस्थित गराउने आदेश दिए।
6 E, não se demorando entre eles mais de dez dias, desceu a Cesareia; e, no dia seguinte, assentando-se no tribunal, mandou que trouxessem Paulo.
7 जब पावल त्यहाँ आए, यरूशलेमबाट आएका यहूदीहरू उनका चारैतिर उभिए। अनि उनका विरुद्ध धेरै गम्भीर आरोपहरू लगाए, तर तिनीहरूले ती प्रमाणित गर्न सकेनन्।
7 Chegando ele, o rodearam os judeus que haviam descido de Jerusalém, trazendo contra Paulo muitas e graves acusações, que não podiam provar.
8 त्यसपछि आफ्नो बचाउमा पावलले यसो भन्न थाले: “यहूदीहरूका व्यवस्थाका विरुद्ध वा मन्दिरका विरुद्ध वा सम्राट सिजरका विरुद्ध मैले कुनै गल्ती काम गरेको छैनँ।”
8 Mas ele, em sua defesa, disse: Eu não pequei em coisa alguma contra a lei dos judeus, nem contra o templo, nem contra César.
9 यहूदीहरूमाथि उपकार गर्ने विचारले फेस्तसले पावललाई भने, “के तिमी यी आरोपहरूको जाँच मेरो सामु यरूशलेममा हुनेभयो भने त्यहाँ जान चाहन्छौ?”
9 Todavia, Festo, querendo comprazer aos judeus, respondendo a Paulo, disse: Queres tu subir a Jerusalém e ser lá perante mim julgado acerca destas coisas?
10 पावलले जवाफ दिए: “अहिले म सिजरको अदालतसमक्ष उभिएको छु; मेरो मुद्दाको सुनुवाइ पनि यहीँ नै हुनुपर्दछ। तपाईंहरू आफैँलाई राम्रो थाहा छ, मैले यहूदीहरूका विरुद्ध केही खराबी गरेको छैनँ।
10 Mas Paulo disse: Estou perante o tribunal de César, onde convém que seja julgado; não fiz agravo algum aos judeus, como tu muito bem sabes.
11 यदि म मृत्युको सजाय पाउने खालको कुनै गम्भीर अपराधको दोषी छु भने म मृत्युलाई इन्कार गर्दिनँ। तर यी यहूदीहरूले मेरो विरुद्ध लगाएका आरोपहरू सत्य छैनन् भने तिनीहरूका हातमा मलाई सुम्पन कसैलाई पनि अधिकार छैन। म सिजरसमक्ष उजुर गर्दछु।”
11 Se fiz algum agravo ou cometi alguma coisa digna de morte, não recuso morrer; mas, se nada há das coisas de que estes me acusam, ninguém me pode entregar a eles. Apelo para César.
12 आफ्नो सभासँग सल्लाह गरेपछि फेस्तसले घोषणा गरे: “तिमीले सिजरसमक्ष उजुर गरेका छौ, त्यसैले तिमी सिजरकहाँ नै जानू।”
12 Então, Festo, tendo falado com o conselho, respondeu: Apelaste para César? Para César irás.
13 त्यसको केही दिनपछि राजा अग्रिपा र बेर्निके कैसरियामा फेस्तसलाई भेटेर सम्मान प्रकट गर्न आए।
13 Passados alguns dias, o rei Agripa e Berenice vieram a Cesareia, a saudar Festo.
14 तिनीहरू त्यहाँ धेरै दिन बस्ने भएकाले फेस्तसले पावलको मुद्दाका बारेमा राजासँग छलफल गरे। तिनले भने: “फेलिक्सले बन्दी बनाएको एक जना मानिस यहाँ छ।
14 E, como ali ficassem muitos dias, Festo contou ao rei os negócios de Paulo, dizendo: Um certo varão foi deixado por Félix aqui preso,
15 म यरूशलेममा गएका बेलामा मुख्य पुजारीहरू र यहूदीहरूका प्रधानहरूले उसको विरुद्धमा थुप्रै आरोपहरू लगाएर उसलाई दण्ड दिइयोस् भनी माग गरे।
15 a respeito de quem os principais dos sacerdotes e os anciãos dos judeus, estando eu em Jerusalém, compareceram perante mim, pedindo sentença contra ele.
16 “त्यस बेला मैले तिनीहरूलाई भनेँ, कि कुनै पनि अभियोगीलाई आफ्नो बचाउमा बोल्ने मौका नदिई उसलाई आरोप लगाउनेहरूलाई सुम्पने प्रथा रोमी व्यवस्थामा छैन।
16 A eles respondi que não é costume dos romanos entregar algum homem à morte, sem que o acusado tenha presentes os seus acusadores e possa defender-se da acusação.
17 जब तिनीहरू मसँगै यहाँ आए, तिनीहरूका मुद्दा सुन्नमा मैले धेरै समय लगाइनँ। यहाँ आइपुगेको भोलिपल्ट नै मैले अदालतमा त्यस मानिसलाई उपस्थित गराइयोस् भनी आदेश दिएँ।
17 De sorte que, chegando eles aqui juntos, no dia seguinte, sem fazer dilação alguma, assentado no tribunal, mandei que trouxessem o homem.
18 जब उसका आरोपीहरू उभिएर बोल्न थाले, तब मैले अपेक्षा गरेबमोजिम तिनीहरूले एउटै पनि अपराधको आरोप उसलाई लगाउन सकेनन्।
18 Acerca dele, estando presentes os acusadores, nenhuma coisa apontaram daquelas que eu suspeitava.
19 त्यसको साटो तिनीहरूका आफ्नै धर्मको बारेमा र येशू नामको एक जना मरेको व्यक्ति, जसलाई पावलले जिउँदै भएको दाबी गरेको बारेमा तिनीहरूका केही मतभेद थियो।
19 Tinham, porém, contra ele algumas questões acerca de sua superstição e de um tal Jesus, defunto, que Paulo afirmava viver.
20 यस्ता कुराहरू कसरी छानबिन गर्ने भनी म अलमल परेँ; त्यसैले यरूशलेम गएर यी आरोपहरूका सुनुवाइमा त्यो मानिस त्यहाँ जान चाहन्छ कि चाहँदैन भनेर उसलाई मैले सोधेँ।
20 E, estando eu perplexo acerca da inquirição desta causa, perguntei se queria ir a Jerusalém e lá ser julgado acerca destas coisas.
21 तर पावलले सम्राट सिजरबाटै फैसला होस् भन्ने उजुर गरेकोले, त्यसलाई सिजरकहाँ नपठाएसम्म मैले त्यसलाई झ्यालखानामै राख्नू भनी आदेश दिएँ।”
21 Mas, apelando Paulo para que fosse reservado ao conhecimento de Augusto, mandei que o guardassem até que o envie a César.
22 यो कुरा सुनेर अग्रिपाले फेस्तसलाई भने, “यो मानिसको बारेमा म आफैँ सुन्न चाहन्छु।”
22 Então, Agripa disse a Festo: Bem quisera eu ouvir também esse homem. E ele disse: Amanhã o ouvirás.
23 भोलिपल्ट अग्रिपा र बेर्निके ठूलो तडकभडकसाथ आए, तिनीहरू उच्च अधिकृतहरू र सहरका प्रमुख व्यक्तिहरू भेला भएका सभाकक्षमा पसे। फेस्तसको आदेशपछि पावल त्यहाँभित्र उपस्थित गराइए।
23 No dia seguinte, vindo Agripa e Berenice, com muito aparato, entraram no auditório com os tribunos e varões principais da cidade, sendo trazido Paulo por mandado de Festo.
24 त्यसपछि फेस्तसले भने: “राजा अग्रिपा र हाम्रा बीचमा उपस्थित हुनुभएका सबै भद्र जनहरू हो, तपाईंहरू यस मानिसलाई देखिरहनुभएको छ! यरूशलेममा साथै यहाँ कैसरियामा भएका सम्पूर्ण यहूदी समुदायकाले यो मानिस अब उप्रान्त बाँच्ने योग्य छैन भनी मेरो सामु जोडतोडका साथ उजुर गरेका छन्।
24 E Festo disse: Rei Agripa e todos os varões que estais presentes conosco, aqui vedes um homem de quem toda a multidão dos judeus me tem falado, tanto em Jerusalém como aqui, clamando que não convém que viva mais.
25 यसले ज्यान मारिन लायकको सजाय पाउनेजस्तो केही गरेको म पाउँदिनँ, तर यसले सम्राट सामु उजुर गरेको हुनाले मैले उसलाई रोम पठाउने निर्णय गरेँ।
25 Mas, achando eu que nenhuma coisa digna de morte fizera, e apelando ele mesmo também para Augusto, tenho determinado enviar-lho.
26 तर उसको बारेमा सम्राटसमक्ष लेख्नुपर्ने कुनै ठोस कुरा मसँग छैन। त्यसैले यस मानिसलाई तपाईंहरू सबैको र विशेष गरी राजा अग्रिपा तपाईंसमक्ष मैले उपस्थित गराएको छु, ताकि हामीले यसको छानबिन गरेपछि परिणाम स्वरूप केही कुरा लेख्ने आशा राखेको छु।
26 Dele, porém, não tenho coisa alguma certa que escreva ao meu senhor e, por isso, perante vós o trouxe, principalmente perante ti, ó rei Agripa, para que, depois de interrogado, tenha alguma coisa que escrever.
27 किनकि मेरो विचारमा कुनै पनि बन्दीलाई उसका विरुद्धमा लगाइएका आरोपहरू उल्लेख नगरी त्यसै रोम पठाउनु ठिक छैन।”
27 Porque me parece contra a razão enviar um preso e não notificar contra ele as acusações.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Atos 25, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.