Atos 24
npioncb (NPIONCB) vs ARIB
1 पाँच दिनपछि प्रधान पुजारी हननिया आफ्ना साथमा केही प्रधानहरू र तर्तुल्लस नामको एक जना वकील लिएर कैसरिया पुगे; र त्यहाँ तिनीहरूले राज्यपालका सामु पावलका विरुद्ध आफ्नो मुद्दा पेश गरे।
1 Cinco dias depois o sumo sacerdote Ananias desceu com alguns anciãos e um certo Tertulo, orador, os quais fizeram, perante o governador, queixa contra Paulo.
2 जब पावल त्यहाँ बोलाइए, तर्तुल्लसले आफ्नो पक्ष फेलिक्सको सामु यसरी प्रस्तुत गरे: “हजुरको अधीनमा हामीले लामो समयदेखि शान्ति अनुभव गरिरहेका छौँ र हजुरको दूरदर्शिताले यस राष्ट्रमा धेरै सुधार भएको छ।
2 Sendo este chamado, Tertulo começou a acusá-lo, dizendo:
3 हे सम्माननीय फेलिक्स, हामी सबै ठाउँमा हरेक कुराको निम्ति हजुरप्रति अत्यन्तै कृतज्ञ छौँ।
3 Visto que por ti gozamos de muita paz e por tua providência são continuamente feitas reformas nesta nação, em tudo e em todo lugar reconhecemo-lo com toda a gratidão, ó excelentíssimo Félix.
4 तर हजुरलाई झर्को नहोस् भनेर छोटकरीमा दया गरी हाम्रो बिन्ती सुनिदिनुहुन म आग्रह गर्दछु।
4 Mas, para que não te detenha muito rogo-te que, conforme a tua eqüidade, nos ouças por um momento.
5 “यो मानिस एउटा समस्याको जड भएको हामीले पायौँ। संसारभरिका यहूदीहरूमा हुलदङ्गा मच्चाइरहेको छ। यो नासरी पन्थको अगुवा पनि हो।
5 Temos achado que este homem é uma peste, e promotor de sedições entre todos os judeus, por todo o mundo, e chefe da seita dos nazarenos;
6 अनि यसले मन्दिरलाई अपवित्र गर्ने प्रयत्न पनि गर्यो। त्यसैकारण हामीले यसलाई समातेका हौँ। हामीले त हाम्रो आफ्नै व्यवस्थाअनुसार यसको न्याय गर्न खोजेका हौँ।
6 o qual tentou profanar o templo; e nós o prendemos, e conforme a nossa lei o quisemos julgar.
7 तर सेनापति लुसियस आएर जबरजस्ती यसलाई हाम्रा हातबाट खोसेर लैजानुभयो,
7 Mas sobrevindo o comandante Lísias no-lo tirou dentre as mãos com grande violência,
8 र यसको विरुद्धमा अभियोग लाउनेहरूलाई हजुरकहाँ आउने आज्ञा गर्नुभयो। हजुर आफैँले त्यसलाई जाँचेर हामीले यसको विरुद्ध लगाएका यी सबै आरोपहरूको सत्यता जान्न सक्नुहुन्छ।”
8 mandando aos acusadores que viessem a ti; e dele tu mesmo, examinando-o, poderás certificar-te de tudo aquilo de que o acusamos.
9 त्यहाँ उपस्थित अन्य यहूदीहरूले ती अभियोगहरू सत्य हुन् भन्दै सहमति जनाए।
9 Os judeus também concordam na acusação, afirmando que estas coisas eram assim.
10 त्यसपछि राज्यपालले पावललाई आफ्नो पक्ष प्रस्तुत गर्नु भनेकोले पावलले यसरी जवाफ दिए: “धेरै वर्षदेखि हजुर यस राष्ट्रको न्यायाधीश रहनुभएको थाहा पाएर म झन् खुशीसाथ आफ्नो बचाउमा बोल्दछु।
10 Paulo, tendo-lhe o governador feito sinal que falasse, respondeu: Porquanto sei que há muitos anos és juiz sobre esta nação, com bom ânimo faço a minha defesa,
11 हजुरले सजिलैसँग जाँच गर्न सक्नुहुन्छ, म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन।
11 pois bem podes verificar que não há mais de doze dias subi a Jerusalém para adorar,
12 यिनीहरूले मलाई मन्दिरमा कसैसँग वाद-विवाद गरिरहेको वा सभाघरहरूमा भीडलाई उक्साइरहेको वा सहरको कुनै भागमा त्यस्तै काम गरिरहेको भेट्टाएका होइनन्।
12 e que não me acharam no templo discutindo com alguém nem amotinando o povo, quer nas sinagogas quer na cidade.
13 मेरा विरुद्धमा अहिले तिनीहरूले लगाएका आरोपहरू पनि तपाईं सामु प्रमाणित गर्न सक्दैनन्।
13 Nem te podem provar as coisas de que agora me acusam.
14 तैपनि तिनीहरूले मार्ग भनेर जसलाई भन्छन्, त्यसको म अनुयायी भएकोले हाम्रा पितापुर्खाहरूको परमेश्वरलाई आराधना गर्दछु भनी म स्वीकार गर्दछु। अगमवक्ताका पुस्तकहरूमा लेखिएका सबै कुरा र व्यवस्थासँग मेल खाने हरेक कुरामा म विश्वास राख्छु।
14 Mas confesso-te isto: que, seguindo o caminho a que eles chamam seita, assim sirvo ao Deus de nossos pais, crendo tudo quanto está escrito na lei e nos profetas.
15 अनि यी मानिसहरूको जस्तै मेरो पनि परमेश्वरमा त्यही आशा छ, धर्मीहरू र दुष्ट दुवै मरेकाहरूको पुनरुत्थान हुन्छ।
15 Tendo esperança em Deus, como estes mesmos também esperam, de que há de haver ressurreição tanto dos justos como dos injustos.
16 यसकारण म सधैँ परमेश्वर र मानिसका सामु मेरो विवेकलाई सफा राख्ने प्रयास गर्दछु।
16 Por isso procuro sempre ter uma consciência sem ofensas diante de Deus e dos homens.
17 “धेरै वर्षको अन्तरालपछि आफ्ना मानिसबाट गरिबहरूका निम्ति दानहरू र भेटीहरू पुर्याउन म यरूशलेममा आएको थिएँ।
17 Vários anos depois vim trazer à minha nação esmolas e ofertas.
18 यिनीहरूले मलाई मन्दिरमा फेला पार्दा म विधिपूर्वक शुद्ध हुँदैथिएँ। मेरा सामु त्यहाँ कुनै भीड थिएन, न त कुनै उत्पात मच्चाउन म लागेको थिएँ।
18 Ocupado nestas coisas, me acharam já santificado no templo não em ajuntamento, nem com tumulto, alguns judeus da Ásia,
19 तर त्यहाँ एशिया प्रान्तका केही यहूदीहरू थिए, जो यहाँ हजुरको सामु उपस्थित हुनुपर्थ्यो र मेरो विरुद्ध आरोपहरू लगाउनुपर्थ्यो।
19 os quais deviam comparecer diante de ti e acusar-me se tivessem alguma coisa contra mim;
20 अथवा जुन बेला म महासभामा उभिएको थिएँ; र तिनीहरूले ममा कुनै अपराध फेला पारेका छन् भने त्यो कुरा अहिले यहाँ भेला हुनुभएका मानिसहरूले भनून्।
20 ou estes mesmos digam que iniqüidade acharam, quando compareci perante o sinédrio,
21 यही एउटा कुरा मात्र मैले उहाँहरू सामु उभिएर कराएको थिएँ: ‘मरेकाहरूको पुनरुत्थान हुन्छ भन्ने सन्दर्भमा मात्रै आज तपाईंहरूसमक्ष मेरो मुद्दा चलिरहेको छ।’ ”
21 a não ser acerca desta única palavra que, estando no meio deles, bradei: Por causa da ressurreição dos mortos é que hoje estou sendo julgado por vós.
22 त्यसपछि फेलिक्सले, जो यस मार्गको राम्रो ज्ञान र परिचित भएका हुनाले, मुद्दाको बहसलाई यसै टारिदिए। अनि तिनले भने, “सेनापति लुसियस आएपछि मात्र म तिम्रो मुद्दाको बारेमा मेरो निर्णय दिनेछु।”
22 Félix, porém, que era bem informado a respeito do Caminho, adiou a questão, dizendo: Quando o comandante Lísias tiver descido, então tomarei inteiro conhecimento da vossa causa.
23 त्यसपछि तिनले एउटा सेनापतिलाई पावललाई पाले पहरासहित राख्नू, तर उनलाई केही स्वतन्त्रता भने दिनू र उनका आवश्यकताहरू पूरा गर्न उनका मित्रहरूलाई अनुमति दिनू भनी आदेश दिए।
23 E ordenou ao centurião que Paulo ficasse detido, mas fosse tratado com brandura e que a nenhum dos seus proibisse servi-lo.
24 केही दिनपछि फेलिक्स आफ्नी पत्नी द्रूसिल्लालाई साथमा लिएर त्यहाँ आए, जो यहूदी थिइन्। तिनले पावललाई बोलाए, र ख्रीष्ट येशूमा भएको विश्वासका बारेमा उनले बोलेका कुराहरू ध्यानसित सुने।
24 Alguns dias depois, vindo Félix com sua mulher Drusila, que era judia, mandou chamar a Paulo, e ouviu-o acerca da fé em Cristo Jesus.
25 जब पावलले धार्मिकता, आत्मनियन्त्रण र आउने दिनहरूको न्यायको बारेमा वर्णन गरे, तब फेलिक्सले भयभीत भएर भने, “अहिलेलाई यति नै वर्णन काफी छ! अब तिमी गए हुन्छ। जब मलाई फुर्सद हुन्छ, म तिमीलाई फेरि बोलाउनेछु।”
25 E discorrendo ele sobre a justiça, o domínio próprio e o juízo vindouro, Félix ficou atemorizado e respondeu: Por ora vai-te, e quando tiver ocasião favorável, eu te chamarei.
26 साथसाथै पावलले तिनलाई केही घूस देलान् भन्ने तिनको आशा थियो, त्यसैले तिनले उनलाई घरी-घरी बोलाउँथे र तिनीसँगै कुराकानी गर्थे।
26 Esperava ao mesmo tempo que Paulo lhe desse dinheiro, pelo que o mandava chamar mais freqüentemente e conversava com ele.
27 जब दुई वर्ष बित्यो, फेलिक्सको पदमा पोर्सियस फेस्तस आए। यहूदीहरूलाई कृपा देखाउन चाहेकाले फेलिक्सले पावललाई झ्यालखानामै छोडे।
27 Mas passados dois anos, teve Félix por sucessor a Pórcio Festo; e querendo Félix agradar aos judeus, deixou a Paulo preso.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Atos 24, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.