Atos 23

npioncb (NPIONCB) vs ACF

Sair da comparação
ACF Almeida Corrigida Fiel
1 तब पावलले महासभातिर टिठ लगाएर हेर्दै भने, “मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, आजका दिनसम्म मैले असल विवेकमा परमेश्‍वरप्रति मेरो कर्तव्य पूरा गरेको छु।”
1 E, pondo Paulo os olhos no conselho, disse: Homens irmãos, até ao dia de hoje tenho andado diante de Deus com toda a boa consciência.
2 यो कुरा सुन्‍नसाथ प्रधान पुजारी हननियाले पावलका नजिकै उभिएका मानिसलाई उनको मुखमा हिर्काउने आदेश दिए।
2 Mas o sumo sacerdote, Ananias, mandou aos que estavam junto dele que o ferissem na boca.
3 अनि पावलले भने, “हे चून पोतिएको भित्ता, परमेश्‍वरले तपाईंलाई प्रहार गर्नुहुनेछ! व्यवस्थाअनुसार मेरो न्याय गर्न तपाईं त्यहाँ बस्‍नुभएको छ, तर पनि मलाई हिर्काउने आदेश दिएर तपाईं स्वयम् त्यस कानुनको उल्‍लङ्घन गर्दै हुनुहुन्छ।”
3 Então Paulo lhe disse: Deus te ferirá, parede branqueada; tu estás aqui assentado para julgar-me conforme a lei, e contra a lei me mandas ferir?
4 यो सुनेर पावलका नजिकै उभिनेहरूले उनलाई भने, “तैँले कसरी परमेश्‍वरका प्रधान पुजारीलाई बेइज्जत गर्ने आँट गरिस्?”
4 E os que ali estavam disseram: Injurias o sumo sacerdote de Deus?
5 पावलले तिनीहरूलाई जवाफ दिए, “दाजुभाइ-दिदीबहिनीहरू हो, उहाँ प्रधान पुजारी हुनुहुन्छ भन्‍ने मैले थाहा पाउन सकिनँ; किनकि यस्तो लेखिएको छ: ‘आफ्ना मानिसहरूका शासकलाई नसराप्नू।’ ”
5 E Paulo disse: Não sabia, irmãos, que era o sumo sacerdote; porque está escrito: Não dirás mal do príncipe do teu povo.
6 जब पावलले महासभामा कोही सदुकी दलका र कोही फरिसी दलका रहेछन् भनेर थाहा पाए, तब उनले उच्‍च सोरमा भने, “मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, म फरिसीहरूको छोरा एउटा फरिसी हुँ। मरेकाहरू पुनरुत्थान हुनेछन् भन्‍ने कुरामा मेरो आशा रहेकोले, म दोषीको रूपमा यहाँ उभिएको छु।”
6 E Paulo, sabendo que uma parte era de saduceus e outra de fariseus, clamou no conselho: Homens irmãos, eu sou fariseu, filho de fariseu; no tocante à esperança e ressurreição dos mortos sou julgado.
7 जब उनले यो कुरा भने, त्यहाँ भएका सदुकीहरू र फरिसीहरूका बीच मतभेद उत्पन्‍न भयो र महासभामा फाटो आयो।
7 E, havendo dito isto, houve dissensão entre os fariseus e saduceus; e a multidão se dividiu.
8 सदुकीहरू भन्छन् कि मरेकाहरू पुनरुत्थान हुनेछैनन् र स्वर्गदूतहरू, आत्माहरू पनि छैनन्, तर फरिसीहरू यी सबै कुराको अस्तित्व स्वीकार गर्दछन्।
8 Porque os saduceus dizem que não há ressurreição, nem anjo, nem espírito; mas os fariseus reconhecem uma e outra coisa.
9 त्यहाँ ठूलो खैलाबैला मच्‍चियो र फरिसी दलका केही व्यवस्थाका शिक्षकहरू उठेर घमासान तर्क गर्न थाले। तिनीहरूले भने, “यस मानिसमा कुनै किसिमको गल्ती हामी भेट्टाउँदैनौँ। कतै एउटा आत्मा वा स्वर्गदूत पो यस मानिससँग बोलेको हो कि?”
9 E originou-se um grande clamor; e, levantando-se os escribas da parte dos fariseus, contendiam, dizendo: Nenhum mal achamos neste homem, e, se algum espírito ou anjo lhe falou, não lutemos contra Deus.
10 तिनीहरू बीचको झगडा यति हिंसात्मक हुन थाल्यो कि तिनीहरूले पावललाई लुछलाछ पार्लान् कि भन्‍ने सेनापतिलाई डर भयो। त्यसकारण तिनले आफ्ना सैनिकहरूलाई “तल गई पावललाई तिनीहरूका बीचबाट निकालेर ब्यारेकभित्र लैजाऔ” भन्‍ने आदेश दिए।
10 E, havendo grande dissensão, o tribuno, temendo que Paulo fosse despedaçado por eles, mandou descer a soldadesca, para que o tirassem do meio deles, e o levassem para a fortaleza.
11 भोलिपल्ट राति प्रभुले पावलको नजिकै उभिएर भन्‍नुभयो, “साहस गर! यरूशलेममा जसरी तिमीले मेरो बारेमा साक्षी दिइरहेका थियौ, त्यस्तै साक्षी तिमीले रोममा पनि दिनुपर्छ।”
11 E na noite seguinte, apresentando-se-lhe o Senhor, disse: Paulo, tem ânimo; porque, como de mim testificaste em Jerusalém, assim importa que testifiques também em Roma.
12 भोलिपल्ट बिहान केही यहूदीहरूले एउटा षड्यन्त्र रचे, र तिनीहरूले पावललाई नमारुन्जेल अन्‍नपानी ग्रहण नगर्ने शपथ खाए।
12 E, quando já era dia, alguns dos judeus fizeram uma conspiração, e juraram, dizendo que não comeriam nem beberiam enquanto não matassem a Paulo.
13 यस षड्यन्त्रमा चालीस जनाभन्दा बढी मानिसहरूको संलग्नता थियो।
13 E eram mais de quarenta os que fizeram esta conjuração.
14 तिनीहरू मुख्य पुजारीहरू र प्रधानहरूकहाँ गएर भने, “हामीले पावललाई समाप्‍त नपारेसम्म केही पनि नखाने दृढ शपथ खाएका छौँ।
14 E estes foram ter com os principais dos sacerdotes e anciãos, e disseram: Conjuramo-nos, sob pena de maldição, a nada provarmos até que matemos a Paulo.
15 त्यसैले अब तपाईं र महासभाले त्यसको मुद्दाका बारेमा बढी सही छानबिन गर्नु जरुरी भएको बहाना बनाई त्यस मानिसलाई भोलि महासभामा ल्याउन सेनापतिलाई उजुर गर्नुहोस्; अनि त्यो यहाँ आइपुग्नुभन्दा पहिले नै त्यसलाई मार्न हामी तयार छौँ।”
15 Agora, pois, vós, com o conselho, rogai ao tribuno que vo-lo traga amanhã, como que querendo saber mais alguma coisa de seus negócios, e, antes que chegue, estaremos prontos para o matar.
16 जब पावलको भानिजले यो षड्यन्त्रको बारेमा सुने, तब तिनी ब्यारेकभित्र गएर सबै कुरा पावललाई बताइदिए।
16 E o filho da irmã de Paulo, tendo ouvido acerca desta cilada, foi, e entrou na fortaleza, e o anunciou a Paulo.
17 अनि पावलले एक जना सेनापतिलाई बोलाएर भने, “यस युवकलाई लिएर उच्‍च सेनापतिकहाँ जानुहोस्; यिनीसँग उहाँलाई भन्‍नुपर्ने केही कुरा छ।”
17 E Paulo, chamando a si um dos centuriões, disse: Leva este jovem ao tribuno, porque tem alguma coisa que lhe comunicar.
18 अनि उनले तिनलाई सेनापतिकहाँ लिएर गए।
18 Tomando-o ele, pois, o levou ao tribuno, e disse: O preso Paulo, chamando-me a si, rogou-me que trouxesse este jovem, que tem alguma coisa para dizer-te.
19 त्यस युवकको हात समातेर सेनापतिले उसलाई केही पर लगी सोधे, “तिमीले मलाई भन्‍न खोजेको कुरा के हो?”
19 E o tribuno, tomando-o pela mão, e pondo-se à parte, perguntou-lhe em particular: Que tens que me contar?
20 युवकले भन्यो: “पावलको बारेमा बढी सही छानबिन गर्नु जरुरी भएको बहाना गरेर भोलिको महासभामा उनलाई उपस्थित गराउन तपाईंहरूसँग बिन्ती गर्न केही यहूदीहरूले योजना बनाएका छन्।
20 E disse ele: Os judeus se concertaram rogar-te que amanhã leves Paulo ao conselho, como que tendo de inquirir dele mais alguma coisa ao certo.
21 तर तपाईं त्यसो नगर्नुहोस्; किनकि चालीस जनाभन्दा बढी मानिसहरू बाटैमा तिनलाई मार्न ढुकेर बस्‍नेछन्। पावललाई नमारेसम्म अन्‍नपानी ग्रहण नगर्ने शपथ तिनीहरूले खाएका छन्। हाल तिनीहरूको अनुरोधमा तपाईंको सहमतिलाई पर्खेर तिनीहरू तयार भएर बसेका छन्।”
21 Mas tu não os creias; porque mais de quarenta homens de entre eles lhe andam armando ciladas; os quais se obrigaram, sob pena de maldição, a não comer nem beber até que o tenham morto; e já estão apercebidos, esperando de ti promessa.
22 सेनापतिले तिनलाई यसरी सतर्क गराउँदै त्यहाँबाट बिदा दिए, “यो कुरा तिमीले मलाई भन्यौ भनेर कसैलाई पनि नभन्‍नू।”
22 Então o tribuno despediu o jovem, mandando-lhe que a ninguém dissesse que lhe havia contado aquilo.
23 त्यसपछि सेनापतिले आफ्ना दुई जना कप्‍तानहरूलाई बोलाएर यस्तो आदेश दिए, “आजै राति नौ बजे कैसरिया जानका निम्ति दुई सय सिपाहीहरूको एउटा पल्टन, सत्तरी जना घोडसवारहरू र दुई सय जना भाला बोक्ने सिपाहीहरू तयार पारेर राख।
23 E, chamando dois centuriões, lhes disse: Aprontai para as três horas da noite duzentos soldados, e setenta de cavalaria, e duzentos archeiros para irem até Cesaréia;
24 पावलको निम्ति पनि घोडा तयार गर, ताकि उनलाई राज्यपाल फेलिक्सकहाँ सुरक्षित पुर्‍याउन सकौं।”
24 E aparelhai animais, para que, pondo neles a Paulo, o levem salvo ao presidente Félix.
25 अनि यस किसिमको पत्र तिनले लेखे:
25 E escreveu uma carta, que continha isto:
26 सम्माननीय राज्यपाल फेलिक्सलाई,
26 Cláudio Lísias, a Félix, potentíssimo presidente, saúde.
27 यस मानिसलाई यहूदीहरूले समातेर मार्नै आँटेका थिए, तर आफ्ना सिपाहीहरू लिएर म घटनास्थलमा पुगेँ। अनि यिनलाई छुटाएर ल्याएँ; किनकि यिनी एक रोमी नागरिक हुन् भन्‍ने मैले थाहा पाएँ।
27 Esse homem foi preso pelos judeus; e, estando já a ponto de ser morto por eles, sobrevim eu com a soldadesca, e o livrei, informado de que era romano.
28 तिनीहरूले पावललाई किन आरोप लगाएका हुन् भनेर म जान्‍न चाहन्थेँ। त्यसैले मैले तिनीहरूका महासभामा यिनलाई उपस्थित गराएँ।
28 E, querendo saber a causa por que o acusavam, o levei ao seu conselho.
29 मैले पत्तो पाएँ, तिनीहरूका व्यवस्थासम्बन्धी प्रश्नहरूलाई लिएर ती आरोपहरू लगाइएका रहेछन्, तर यिनी विरुद्ध ज्यान सजाय वा कैद हुने किसिमको कुनै आरोप छैन।
29 E achei que o acusavam de algumas questões da sua lei; mas que nenhum crime havia nele digno de morte ou de prisão.
30 जब मैले यस मानिसलाई मार्ने एउटा षड्यन्त्र रचिएको थाहा पाएँ, तब यिनलाई तपाईंकहाँ तुरुन्तै पठाउँदैछु। साथै यी मानिसमाथि आरोप लगाउनेहरूलाई पनि यिनका विरुद्ध आफ्नो बयान दिन तपाईंसमक्ष उपस्थित होऊन् भनी आदेश दिएको छु।
30 E, sendo-me notificado que os judeus haviam de armar ciladas a esse homem, logo to enviei, mandando também aos acusadores que perante ti digam o que tiverem contra ele. Passa bem.
31 त्यो आदेशलाई पूरा गर्न सिपाहीहरूले आफ्नो साथमा पावललाई लिएर राति नै हिँडे र उनलाई एन्टिपाट्रिससम्म ल्याए।
31 Tomando, pois, os soldados a Paulo, como lhe fora mandado, o trouxeram de noite a Antipátride.
32 भोलिपल्ट घोडचढीहरूलाई पावलसँग जानको लागि छोडिराखे, र बाँकी सिपाहीहरूचाहिँ ब्यारेकतिर फर्के।
32 E no dia seguinte, deixando aos de cavalo irem com ele, tornaram à fortaleza.
33 कैसरिया पुगेपछि घोडचढी सिपाहीहरूले राज्यपाललाई पत्र बुझाएपछि पावललाई पनि राज्यपालको सामु प्रस्तुत गराए।
33 Os quais, logo que chegaram a Cesaréia, e entregaram a carta ao presidente, lhe apresentaram Paulo.
34 पत्र पढेर राज्यपालले उनी कुन प्रान्तका हुन् भनी सोधे, र उनी किलिकियाका हुन् भन्‍ने थाहा पाए,
34 E o presidente, lida a carta, perguntou de que província era; e, sabendo que era da Cilícia,
35 र उनले भने, “तिमीलाई आरोप लाउनेहरू यहाँ आएपछि म तिम्रो सुनुवाइ गर्नेछु।” त्यसपछि तिनले पावललाई हेरोदको दरबारमा सुरक्षाकर्मीहरूका बीचमा राख्न आदेश दिए।
35 Disse: Ouvir-te-ei, quando também aqui vierem os teus acusadores. E mandou que o guardassem no pretório de Herodes.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Atos 23, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.