Atos 21

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 तिनीहरूसँग बिदा भएपछि हामी सोझै कोसतिरको जहाज चढ्यौँ। अर्को दिन हामी रोडस गयौँ। अनि त्यहाँबाट पटारा पुग्यौँ।
1 Depois de nos separarmos dele, embarcamos e fomos em direção a Cós, e no dia seguinte a Rodes e dali a Pátara.
2 त्यहाँ हामीले फोनिके जान लागेको एउटा जहाज भेट्यौँ, र त्यसैमा चढेर अगाडि बढ्यौँ।
2 Encontramos aí um navio que ia partir para a Fenícia. Entramos e seguimos viagem.
3 साइप्रस टापु देखा परेपछि त्यसलाई दक्षिणतिर पारेर हामी सिरियातिर लाग्यौँ। हाम्रो जहाजबाट मालसामान उतार्नुपरेकोले हामी टायरमा उत्रियौँ।
3 Quando estávamos à vista de Chipre, deixando-a à esquerda, continuamos rumo à Síria e aportamos em Tiro, onde o navio devia ser descarregado.
4 त्यसपछि हामी त्यहाँ बस्‍ने चेलाहरूकहाँ गयौँ र तिनीहरूसँग सात दिनसम्म बस्यौँ। पवित्र आत्माद्वारा अगुवाइ पाएर तिनीहरूले पावललाई यरूशलेम नजान भनी बिन्ती गरे।
4 Como achássemos uns discípulos, detivemo-nos com eles por sete dias. Eles, sob a inspiração do Espírito, aconselhavam Paulo que não subisse a Jerusalém.
5 जब हाम्रो त्यहाँबाट बिदा हुने समय भयो, हामी आफ्नो बाटो लाग्यौँ; तब त्यहाँका सबै जना तिनीहरूका पत्नीहरू र सन्तानहरूसमेत हामीलाई सहरबाहिर पुर्‍याउन आए; र त्यहाँ समुद्रको किनारमा घुँडा टेकेर हामीहरूले प्रार्थना गर्‍यौँ।
5 Mas, passados que foram esses dias, partimos e seguimos a nossa viagem. Todos eles com suas mulheres e filhos acompanharam-nos até fora da cidade. Ajoelhados na praia, fizemos a nossa oração.
6 एक-अर्कासँग बिदा भएपछि हामी जहाजमा चढ्न गयौँ र उनीहरू घर फर्के।
6 Despedimo-nos então e embarcamos, enquanto eles voltaram para suas casas.
7 टायरबाट हामी निरन्तर यात्रा गर्दै टोलेमाइसमा उत्रियौँ, त्यहाँ हामीले दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्यौँ र तिनीहरूसँग एक दिन बस्यौँ।
7 Navegando, fomos de Tiro a Ptolemaida, onde saudamos os irmãos, passando um dia com eles.
8 अर्को दिन तिनीहरूसँग बिदा भएर हामी कैसरिया पुग्यौँ र सात जनामध्येका एक जना प्रचारक फिलिपको घरमा हामी बस्यौँ।
8 Partindo no dia seguinte, chegamos a Cesaréia e, entrando na casa de Filipe, o Evangelista, que era um dos sete {diáconos}, ficamos com ele.
9 तिनका चार जना अविवाहित छोरीहरू थिए, जसले अगमवाणी बोल्थे।
9 Tinha quatro filhas virgens que profetizavam.
10 हामी त्यहाँ बसेको केही दिनपछि यहूदियाबाट अगाबस नामका एक जना अगमवक्ता आए।
10 Já estávamos aí fazia alguns dias, quando chegou da Judéia um profeta, chamado Ágabo.
11 हामीकहाँ आएर तिनले पावलको पटुका लिए, र त्यसले आफ्ना हातखुट्टाहरू बाँधे र यसो भने, “पवित्र आत्मा भन्‍नुहुन्छ, ‘यरूशलेमका यहूदी अगुवाहरूले यो पटुकाको मालिकलाई यसै गरी बाँध्नेछन् र तिनलाई गैरयहूदीहरूका हातमा सुम्पिदिनेछन्।’ ”
11 Veio ter conosco, tomou o cinto de Paulo e, amarrando-se com ele pés e mãos, disse: Isto diz o Espírito Santo: assim os judeus em Jerusalém ligarão o homem a quem pertence este cinto e o entregarão às mãos dos pagãos.
12 जब हामीले यी कुराहरू सुन्यौँ, हामी र त्यहाँ उपस्थित अरू मानिसहरूले पावललाई यरूशलेम नजानुहोस् भनी बिन्ती गर्‍यौँ।
12 A estas palavras, nós e os fiéis que eram daquele lugar, rogamos-lhe que não subisse a Jerusalém.
13 पावलले जवाफ दिए, “तपाईंहरू किन यसरी रुनुहुन्छ र मेरो हृदय विचलित पार्नुहुन्छ? म त बाँधिन मात्र होइन, तर प्रभु येशूको नामका निम्ति यरूशलेममा मर्न पनि तयार छु।”
13 Paulo, porém, respondeu: Por que chorais e me magoais o coração? Pois eu estou pronto não só a ser preso, mas também a morrer em Jerusalém pelo nome do Senhor Jesus.
14 तिनलाई कसै गरी मनाउन नसकेपछि, “प्रभुको इच्छा पूरा होस्” भनी हामीले प्रयत्न गर्न छोड्यौँ।
14 Como não pudéssemos persuadi-lo, desistimos, dizendo: Faça-se a vontade do Senhor!
15 त्यसपछि हामी सामानहरू तयार गरेर माथि यरूशलेमतिर बाटो लाग्यौँ।
15 Depois desses dias, terminados os preparativos, subimos a Jerusalém.
16 हामीसँग कैसरियाका केही चेलाहरू पनि आए। तिनीहरूले हामीलाई मनासोनको घरमा लिएर गए; जो पहिलेका चेलाहरूमध्येका एक थिए।
16 Foram também conosco alguns dos discípulos de Cesaréia, que nos levaram à casa de Menason de Chipre, um antigo discípulo em cuja casa nos devíamos hospedar.
17 जब हामी यरूशलेम आइपुग्यौँ, तब दाजुभाइ-दिदीबहिनीहरूले हृदयदेखि खुशी भएर हाम्रो स्वागत गरे।
17 À nossa chegada em Jerusalém, os irmãos nos receberam com alegria.
18 भोलिपल्ट पावल र हामी सबै याकोबलाई भेट्न गयौँ, र त्यहाँ सबै मण्डली प्रधानहरू उपस्थित थिए।
18 No dia seguinte, Paulo dirigiu-se conosco à casa de Tiago, onde todos os anciãos se reuniram.
19 पावलले सबैलाई अभिवादन गरे, र उनको सेवाद्वारा परमेश्‍वरले गैरयहूदीहरूको बीचमा के कस्ता काम गर्नुभएको थियो, ती सबैको बयान तिनले एक-एक गरी बताइदिए।
19 Tendo-os saudado, contou-lhes uma por uma todas as coisas que Deus fizera entre os pagãos por seu ministério.
20 तिनीहरूले यो सुनेपछि परमेश्‍वरको प्रशंसा गरे र तिनीहरूले पावललाई भने: “हेर्नुहोस् भाइ, तपाईंले देख्नुहुन्छ, यहूदीहरूमध्ये कैयौँ हजार विश्‍वासी भएका छन्; र ती सबै जना मोशाका व्यवस्थामा उत्साहित छन्।
20 Ouvindo isso, glorificaram a Deus e disseram a Paulo: Bem vês, irmão, quantos milhares de judeus abraçaram a fé sem abandonar seu zelo pela lei.
21 तिनीहरूलाई जानकारी गराइएको छ, कि तपाईंले गैरयहूदीहरूका बीचमा बस्‍ने सबै यहूदीहरूलाई मोशाको व्यवस्थालाई त्यागिदिनू; र तिनीहरूका सन्तानको खतना नगर्नू अथवा हाम्रा रीतिथितिअनुसार नजिऊनू भन्‍ने शिक्षा दिनुभएको छ।
21 Eles têm ouvido dizer de ti que ensinas os judeus, que vivem entre os gentios, a deixarem Moisés, dizendo que não devem circuncidar os seus filhos nem observar os costumes {mosaicos}.
22 अब हामीले के गर्ने हो? निश्‍चय नै तपाईं आउनुभएको छ भन्‍ने कुरा तिनीहरूले सुन्‍नेछन्,
22 Que se há de fazer? Sem dúvida, saberão de tua chegada.
23 यसकारण हामी जे भन्दछौँ, तपाईं त्यही गर्नुहोस्। यहाँ हामीसित चार जना भाकल गर्ने मानिसहरू छन्।
23 Faze, pois, o que te vamos dizer. Temos aqui quatro homens que têm um voto.
24 यी मानिसहरूलाई साथमा लिनुहोस् र तिनीहरूसँगै आफैँलाई शुद्ध पार्नुहोस् र त्यसमा लाग्ने तिनीहरूको खर्च तिरिदिनुहोस्। तिनीहरूले आ-आफ्ना कपाल खौरून्। त्यसपछि तपाईंका बारेमा चलाइएका हल्‍लाहरूमा कुनै सत्यता रहनेछैन, तर तपाईंचाहिँ व्यवस्थाप्रति आज्ञाकारी भएर जिउनुहुँदो रहेछ भनेर हरेकले थाहा पाउनेछन्।
24 Toma-os contigo, faze com eles os ritos da purificação e paga por eles {a oferta obrigatória} para que rapem a cabeça. Então todos saberão que é falso quanto de ti ouviram, mas que também tu guardas a lei.
25 जहाँसम्म गैरयहूदी विश्‍वासीहरूको कुरा छ, मूर्तिहरूलाई बलि चढाइएका भेटी र भोजन खानबाट, रगतबाट, घाँटी निमोठेर मारिएका पशुहरूको मासु खानबाट र व्यभिचारबाट तिनीहरू पूर्ण रूपले अलग हुनुपर्छ भनेर हामीले गरेका निर्णय लिखित रूपमा तिनीहरूलाई पठाइसकिएको छ।”
25 Mas a respeito dos que creram dentre os gentios, já escrevemos, ordenando que se abstenham do que for sacrificado aos ídolos, do sangue, da carne sufocada e da fornicação.
26 अर्को दिन ती चार जनालाई लिएर पावल गए र तिनीहरूसँगै तिनले आफूलाई पनि शुद्ध पारे। त्यसपछि कहिले शुद्ध हुने दिनहरू समाप्‍त हुने र हरेकका निम्ति भेटी चढाइनेछ भन्‍ने जानकारी दिन उनी मन्दिरमा गए।
26 Então Paulo acompanhou aqueles homens no dia seguinte e, purificando-se com eles, entrou no templo e fez aí uma declaração do termo do voto, findo o qual se devia oferecer um sacrifício a favor de cada um deles.
27 जब सात दिन बित्नै लागेका थिए, तब एशिया प्रान्तका केही यहूदीहरूले पावललाई मन्दिरभित्र देखे। त्यहाँ भेला भएको सम्पूर्ण भीडहरूलाई सुर्‍याउँदै तिनीहरूले उनलाई पक्रे।
27 Ao fim dos sete dias, os judeus, vindos da Ásia, viram Paulo no templo e amotinaram todo o povo. Lançando-lhe as mãos,
28 अनि चिच्याउँदै भन्‍न लागे, “हे इस्राएलका मानिसहरू हो, हामीहरूलाई मदत गर्नुहोस्! यो त्यही मानिस हो, जसले सबैलाई सबै ठाउँमा हाम्रा मानिसहरू, हाम्रो व्यवस्था र यस ठाउँको विरुद्ध शिक्षा दिन्छ। यहाँसम्म कि यसले मन्दिरभित्र ग्रीकहरूलाई ल्याएको छ, र यो पवित्रस्थानलाई अपवित्र तुल्याएको छ।”
28 gritavam: Ó judeus, valei-nos! Este é o homem que por toda parte prega a todos contra o povo, a lei e o templo. Além disso, introduziu até gregos no templo e profanou o lugar santo.
29 (यो घटनाभन्दा अगि तिनीहरूले पावलसँग एफिससका त्रोफिमसलाई सहरमा देखेका थिए। त्यसकारण पावलले तिनलाई मन्दिरभित्र ल्याएका होलान् भन्‍ने तिनीहरूको धारणा थियो।)
29 É que tinham visto Trófimo, de Éfeso, com ele na cidade, e pensavam que Paulo o tivesse introduzido no templo.
30 सारा सहरभरि हल्‍लाखल्‍ला मच्‍चियो र चारैतिरबाट मानिसहरू दौडिँदै त्यहाँ आए। पावललाई समातेपछि उनलाई घिसार्दै तिनीहरूले मन्दिरबाहिर ल्याए र तुरुन्तै ढोकाहरू बन्द गरे।
30 Alvoroçou-se toda a cidade com grande ajuntamento de povo. Agarraram Paulo e arrastaram-no para fora do templo, cujas portas se fecharam imediatamente.
31 जब तिनीहरूले उनलाई मार्ने प्रयत्न गरिरहेका थिए, तब सम्पूर्ण यरूशलेम सहर अशान्त छ भन्‍ने खबर रोमी पल्टनका सेनापतिकहाँ पुग्यो।
31 Como quisessem matá-lo, o tribuno da coorte foi avisado de que toda Jerusalém estava amotinada.
32 तुरुन्तै उनले आफ्ना केही अधिकृतहरू र सिपाहीहरू लिएर भीडतिर दगुरे। जब विद्रोहीहरूले सेनापति र सिपाहीहरूलाई देखे, तब तिनीहरूले पावललाई पिट्न छोडे।
32 Ele tomou logo soldados e oficiais e correu aos manifestantes. Estes, ao avistarem o tribuno e os saldados, cessaram de espancar Paulo.
33 त्यहाँ सेनापति आइपुगेपछि पावललाई पक्रे, र तिनलाई दुई वटा साङ्लाले बाँध्ने आदेश दिए। त्यसपछि यो को हो? र यसले के गरेको छ? भन्दै सोधे।
33 Aproximando-se então o tribuno, prendeu-o e mandou acorrentá-lo com duas cadeias. Perguntou então quem era e o que havia feito.
34 भीडबाट कसैले एउटा कुरा, कसैले अर्कै कुरा भनेर चिच्याउँदै थिए। यसरी खैलाबैला मच्‍चिएकोले गर्दा सेनापतिले साँचो कुरा के हो, सो थाहा पाउन सकेनन्, तब तिनले पावललाई ब्यारेकमा लैजान आदेश दिए।
34 Na multidão todos gritavam de tal modo que, não podendo apurar a verdade por causa do tumulto, mandou que fosse recolhido à cidadela.
35 जब पावल सिँढीमा पुगे, भीडको आतङ्क यति हिंसक भयो कि तिनलाई सिपाहीहरूले बोकेर लैजानुपर्‍यो।
35 Quando Paulo chegou às escadas, foi carregado pelos soldados, por causa do furor da multidão.
36 किनकि तिनको पछि-पछि लागेको भीड “त्यसलाई सिद्ध्याइदेऊ!” भनेर चिच्याउँदै थियो!
36 O povo o seguia em massa dizendo aos gritos: À morte
37 सिपाहीहरूले पावललाई ब्यारेकभित्र लगिनै लाग्दा उनले सेनापतिलाई सोधे, “के म तपाईंलाई केही कुरा भन्‍ने अनुमति पाउन सक्छु?”
37 Quando estava para ser introduzido na fortaleza, Paulo perguntou ao tribuno: É-me permitido dizer duas palavras? Este respondeu: Sabes o grego!
38 के तिमी इजिप्टियन होइनौ, जसले केही समयअगि विद्रोह सुरु गरेर चार हजार आतङ्ककारीहरूलाई पछि लगाउँदै मरुभूमितिर लिएर गएको थियो?”
38 Não és tu, portanto, aquele egípcio que há tempos levantou um tumulto e conduziu ao deserto quatro mil extremistas?
39 पावलले जवाफ दिए, “मचाहिँ किलिकियाको एउटा सहर टार्ससको एक यहूदी हुँ, कुनै साधारण सहरको नागरिक होइन। कृपया मलाई यी मानिसहरूलाई सम्बोधन गर्न दिनुहोस्।”
39 Paulo replicou: Eu sou judeu, natural de Tarso, na Cilícia, cidadão dessa ilustre cidade. Mas rogo-te que me permitas falar ao povo.
40 सेनापतिको अनुमति पाएर पावल सिँढीमा उभिएर भीडलाई चुप लाग्ने इशारा गरे। जब तिनीहरू सबै चुप भए, उनले तिनीहरूलाई हिब्रू भाषामा सम्बोधन गरे:
40 O tribuno lho permitiu. Paulo, em pé nos degraus, acenou ao povo com a mão e se fez um grande silêncio. Falou em língua hebraica do seguinte modo:

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Atos 21, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.