Atos 15
npioncb (NPIONCB) vs NVT
1 यहूदियाबाट केही मानिसहरू एन्टिओखिया आएर विश्वासीहरूलाई यसरी शिक्षा दिन थाले: “मोशाले सिकाएका रीतिअनुसार जबसम्म तिमीहरूको खतना हुँदैन, त्यस समयसम्म तिमीहरूको उद्धार हुन सक्दैन।”
1 Chegaram a Antioquia alguns homens da Judeia e começaram a ensinar aos irmãos: “A menos que sejam circuncidados, conforme exige a lei de Moisés, vocês não poderão ser salvos”.
2 यसकारण तिनीहरूसँग पावल र बारनाबासको ठूलो मतभेद अनि वाद-विवाद भयो। तब यरूशलेम गई त्यहाँका प्रेरितहरू र प्रधानहरूसँग यस प्रश्नको टुङ्गो लगाउन पावल र बारनाबास केही अन्य विश्वासीका साथ नियुक्त गरिए।
2 Paulo e Barnabé discordaram deles e discutiram energicamente. Por fim, a igreja decidiu enviar Paulo e Barnabé a Jerusalém, acompanhados de alguns irmãos de Antioquia, para tratar dessa questão com os apóstolos e presbíteros.
3 मण्डलीले तिनीहरूलाई त्यसरी पठाएपछि जब तिनीहरू फोनिके र सामरियाको बाटोहुँदै यात्रा गरिरहेका थिए, तब तिनीहरूले कसरी गैरयहूदीहरू प्रभुको बाटोमा फर्किएका थिए, सो सविस्तार सुनाए। त्यो खबरले सबै विश्वासीहरू प्रसन्न भए।
3 A igreja, portanto, enviou seus representantes a Jerusalém. No caminho, eles pararam na Fenícia e em Samaria para visitar os irmãos e contaram que os gentios também estavam sendo convertidos, o que muito alegrou a todos.
4 जब तिनीहरू यरूशलेममा आए, तब मण्डली, प्रेरितहरू र प्रधानहरूले तिनीहरूको स्वागत गरे, जसलाई परमेश्वरले तिनीहरूद्वारा गर्नुभएका सबै कामहरूको बयान तिनीहरूले गरे।
4 Quando chegaram a Jerusalém, foram bem recebidos pela igreja, pelos apóstolos e presbíteros, e relataram tudo que Deus havia feito por meio deles.
5 त्यसपछि फरिसी दलका केही विश्वासीहरू उभिएर भने, “गैरयहूदीहरूको खतना गर्नुपर्दछ र तिनीहरूले मोशाको व्यवस्था पालन गर्नैपर्दछ।”
5 Contudo, alguns dos irmãos que pertenciam à seita dos fariseus se levantaram e disseram: “É necessário que os convertidos gentios sejam circuncidados e guardem a lei de Moisés”.
6 यस प्रश्नमा विचार गर्न प्रेरितहरू र प्रधानहरू भेला भए।
6 Os apóstolos e presbíteros se reuniram para decidir a questão.
7 ठूलो बहस चलेपछि पत्रुस उठे, र तिनले सम्बोधन गर्न थाले: “दाजुभाइ-दिदीबहिनीहरू हो, तपाईंहरूलाई थाहा छ, सुसमाचारको सन्देश मेरो मुखद्वारा गैरयहूदीहरूले सुनून् र त्यसमा विश्वास गरून् भनेर केही समयअगि परमेश्वरले तपाईंहरूबाट मलाई छनौट गर्नुभयो।
7 Depois de uma longa discussão, Pedro se levantou e se dirigiu a eles, dizendo: “Irmãos, vocês sabem que, há muito tempo, Deus me escolheu dentre vocês para falar aos gentios a fim de que eles pudessem ouvir as boas-novas e crer.
8 मानिसको हृदय जान्नुहुने परमेश्वरले तिनीहरूलाई पनि हामीलाई जस्तै पवित्र आत्मा दिईकन ग्रहण गर्नुभएको गवाही देखाउनुभएको छ।
8 Deus conhece o coração humano e confirmou que aceita os gentios ao lhes dar o Espírito Santo, como o deu a nós.
9 हामी र तिनीहरूका बीचमा उहाँले कुनै भेदभाव रहन दिनुभएन; किनकि विश्वासद्वारा तिनीहरूका हृदय उहाँले शुद्ध पारिदिनुभयो।
9 Não fez distinção alguma entre nós e eles, pois purificou o coração deles por meio da fé.
10 त्यसैले अब चेलाहरूको काँधमा यो जुवा राखिदिएर परमेश्वरको परीक्षा लिन तपाईंहरू किन प्रयत्न गर्दै हुनुहुन्छ? जुन जुवालाई न हामीले, न त हाम्रा पुर्खाहरूले नै बोक्न सक्यौँ।
10 Então por que agora vocês provocam a Deus, sobrecarregando os discípulos gentios com um jugo que nem nós nem nossos antepassados conseguimos suportar?
11 हामी विश्वास राख्दछौँ, हाम्रा प्रभु येशूको अनुग्रहद्वारा जसरी उनीहरूले उद्धार पाएका छन्, हामीले पनि त्यसरी नै उद्धार पाएका हौं।”
11 Cremos que todos, nós e eles, somos salvos da mesma forma, pela graça do Senhor Jesus”.
12 जब बारनाबास र पावलले गैरयहूदीहरूका बीचमा परमेश्वरले उनीहरूद्वारा गर्नुभएका अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू सुनाए, तब सबै भीड चुपचाप भयो।
12 Todos ouviram em silêncio enquanto Barnabé e Paulo lhes relatavam os sinais e maravilhas que Deus havia realizado por meio deles entre os gentios.
13 तिनीहरूका भनाइ सकिएपछि याकोबले भने: “दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो कुरा सुन्नुहोस्।
13 Quando terminaram de falar, Tiago se levantou e disse: “Irmãos, ouçam-me!
14 सबैभन्दा पहिले परमेश्वरले कसरी गैरयहूदीहरूबाट आफ्ना निम्ति एउटा जातिको छनौट गर्नुभयो भन्ने कुराको वर्णन सिमोनले हामीलाई गरेका छन्।
14 Pedro lhes falou sobre como Deus visitou primeiramente os gentios para separar dentre eles um povo para si.
15 अनि उनको यस भनाइसँग अगमवक्ताहरूको वचन मिल्छ; किनकि यस्तो लेखिएको छ:
15 E isso está em pleno acordo com o que disseram os profetas. Como está escrito:
16 “ ‘यसपछि म फर्कनेछु,
16 ‘Depois disso voltarei e restaurarei a tenda caída de Davi. Reconstruirei suas ruínas e a restaurarei,
17 बाँकी मानिसहरूले र मेरो नाम लिने
17 para que o restante da humanidade busque o Senhor, incluindo os gentios, todos os que chamei para serem meus. O Senhor falou,
18 जुन सृष्टिको अनन्तकालदेखि जानिएको छ।
18 aquele que tornou essas coisas conhecidas desde a eternidade’.
19 “त्यसकारण मेरो विचार यही हो: परमेश्वरकहाँ फर्केर आएका गैरयहूदीहरूलाई हामीले अप्ठ्यारो पार्नुहुँदैन।
19 “Portanto, considero que não devemos criar dificuldades para os gentios que se convertem a Deus.
20 त्यसको साटो तिनीहरूका निम्ति हामीले लेखिदिनु पर्दछ: मूर्तिहरूलाई चढाइएका खानेकुराबाट, व्यभिचारबाट, घाँटी निमोठेर मारिएका पशुहरूको मासु खानबाट र रगतबाट अलग रहून्।
20 Ao contrário, devemos escrever a eles dizendo-lhes que se abstenham de alimentos oferecidos a ídolos, da imoralidade sexual, da carne de animais estrangulados e do sangue.
21 किनकि धेरै अगिदेखि प्रत्येक सहरमा मोशाको व्यवस्था प्रचार भएको छ, र त्यसलाई हरेक शब्बाथ दिनमा सभाघरहरूमा पढिँदैछ।”
21 Pois essas leis de Moisés são pregadas todos os sábados nas sinagogas judaicas em todas as cidades há muitas gerações”.
22 त्यसपछि प्रेरितहरू र प्रधानहरू लगायत, सम्पूर्ण मण्डलीले आफूहरूमध्येबाट केही मानिसहरूलाई पावल र बारनाबासको साथ एन्टिओखियामा पठाउने निर्णय गरे। तिनीहरूले बर्साबास भनिने यहूदा र सिलासलाई चुने, जो तिनीहरूका अगुवा थिए।
22 Então os apóstolos e presbíteros e toda a igreja em Jerusalém escolheram representantes e os enviaram a Antioquia da Síria, com Paulo e Barnabé, para informar sobre essa decisão. Os homens escolhidos eram dois líderes entre os irmãos: Judas, também chamado Barsabás, e Silas.
23 उनीहरूको हातमा तिनीहरूले यस्तो पत्र पठाए:
23 Esta foi a carta que levaram: “Nós, os apóstolos e presbíteros, e seus irmãos em Jerusalém, escrevemos esta carta aos irmãos gentios em Antioquia, Síria e Cilícia. Saudações.
24 हाम्रो आज्ञाविना नै हामीमध्ये केही मानिसहरू त्यहाँ आएर नाना थरीका कुरा गरेर तपाईंहरूको मन बिथोलेका छन् भनी हामीले सुनेका छौँ,
24 “Soubemos que alguns homens, que daqui saíram sem nossa autorização, têm perturbado e inquietado vocês com seu ensino.
25 यसकारण केही मानिसहरूलाई छनौट गरी तिनीहरूलाई हाम्रा प्रिय सङ्गी बारनाबास र पावलका साथ तपाईंहरूकहाँ पठाउन हामीले एकमतले निर्णय गरेका छौँ।
25 Portanto, depois de chegarmos a um consenso, resolvemos enviar-lhes alguns representantes com nossos amados irmãos Barnabé e Paulo,
26 यी दुई मानिसहरू यस्ता हुन्, जसले प्रभु येशू ख्रीष्टका नामका निम्ति आफ्नो प्राण जोखिममा पारेका छन्।
26 que têm arriscado a vida pelo nome de nosso Senhor Jesus Cristo.
27 यसैले हामी जे लेखिरहेका छौँ, त्यसलाई आफ्ना मुखको वचनद्वारा प्रमाणित गर्न यहूदा र सिलासलाई पठाइरहेका छौँ।
27 Estamos enviando Judas e Silas para confirmarem pessoalmente o que aqui escrevemos.
28 यी कुराहरूभन्दा बढ्ता गर्नु भनेर तपाईंहरूलाई बोझ लाद्न पवित्र आत्मा र हामी आवश्यक ठान्दैनौँ।
28 “Pois pareceu bem ao Espírito Santo e a nós não impor a vocês nenhum peso maior que estes poucos requisitos:
29 मूर्तिहरूलाई चढाइएका खानेकुराबाट, रगतबाट, घाँटी निमोठेर मारेका पशुहरूको मासु र व्यभिचारबाट टाढा रहनुहोस्! यी सबै कुराबाट अलग रहनुभयो भने असल हुनेछ!
29 abstenham-se de comer alimentos oferecidos a ídolos, de consumir o sangue ou a carne de animais estrangulados, e de praticar a imoralidade sexual. Farão muito bem se evitarem essas coisas. “Que tudo lhes vá bem.”
30 त्यहाँबाट बिदा गरिएपछि ती मानिसहरू एन्टिओखिया पुगे। त्यहाँ तिनीहरूले मण्डलीलाई एकैसाथ भेला गराएर त्यो पत्र बुझाइदिए।
30 Os mensageiros partiram de imediato para Antioquia, onde reuniram os irmãos e entregaram a carta.
31 ती मानिसहरूले त्यो पत्र पढेर त्यसका उत्साहपूर्ण अर्तीबाट खुशी भए।
31 Houve grande alegria em toda a igreja no dia em que leram essa mensagem animadora.
32 यहूदा र सिलास, जो आफैँ पनि अगमवक्ताहरू थिए, धेरै वचनहरूद्वारा विश्वासीहरूलाई प्रोत्साहित र स्थिर गराए।
32 Então Judas e Silas, ambos profetas, encorajaram e fortaleceram os irmãos com muitas palavras.
33 तिनीहरू केही दिन त्यहाँ बसेपछि विश्वासीहरूद्वारा शान्तिको आशिष्सहित फिर्ता पठाइए, जहाँबाट तिनीहरूलाई पठाइएको थियो।
33 Permaneceram ali algum tempo, e depois os irmãos os enviaram em paz de volta à igreja de Jerusalém.
34 तर सिलासले त्यहीँ बस्ने निर्णय गरे।
34 Silas, porém, resolveu permanecer ali.
35 पावल र बारनाबासचाहिँ एन्टिओखियामै बसे। तिनीहरू त्यहाँ रहुन्जेल प्रभुको वचनको शिक्षा र सुसमाचार प्रचार गरे।
35 Paulo e Barnabé ficaram em Antioquia. Eles e muitos outros ensinavam e pregavam a palavra do Senhor naquela cidade.
36 केही समयपछि पावलले बारनाबासलाई यसो भने, “हामीले जति सहरहरूमा प्रभुको वचनको प्रचार गर्यौँ, ती सबै ठाउँहरूमा हामी फर्केर जाऔँ; अनि दाजुभाइ-दिदीबहिनीहरूलाई भेटेर तिनीहरू कसरी प्रभुमा लागिरहेका छन्, हेरौँ।”
36 Algum tempo depois, Paulo disse a Barnabé: “Voltemos para visitar cada uma das cidades onde pregamos a palavra do Senhor, para ver como os irmãos estão indo”.
37 मर्कूस भनिने यूहन्नालाई पनि बारनाबासले आफूसँग लिएर जान चाहन्थे।
37 Barnabé queria levar João Marcos,
38 तर पावलको विचारमा उनलाई साथमा लैजान बुद्धिमानी लागेन; किनकि पामफिलियामा उनले तिनीहरूलाई छोडेका थिए र तिनीहरूका काममा साथ दिएका थिएनन्।
38 mas Paulo se opôs, pois João Marcos tinha se separado deles na Panfília, não prosseguindo com eles no trabalho.
39 तिनीहरूका बीच यति चर्को मतभेद भयो, कि तिनीहरू एक-अर्काबाट छुट्टिए। अनि बारनाबासले मर्कूसलाई साथमा लिएर साइप्रसका निम्ति जहाजबाट प्रस्थान गरे।
39 O desentendimento entre eles foi tão grave que os dois se separaram. Barnabé levou João Marcos e navegou para Chipre.
40 पावलले सिलासलाई चुने, र विश्वासीहरूद्वारा प्रभुको अनुग्रहमा अर्पण गरिएपछि हिँडे।
40 Paulo escolheu Silas e partiu, e os irmãos o entregaram ao cuidado gracioso do Senhor.
41 उनी सिरिया र किलिकियाको यात्रा गर्दै जाँदा मण्डलीहरूलाई स्थिर गराउँदै गए।
41 Então ele viajou por toda a Síria e Cilícia, fortalecendo as igrejas de lá.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Atos 15, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.