Apocalipse 2
npioncb (NPIONCB) vs ARA
1 “एफिससमा भएको मण्डलीका दूतलाई लेख:
1 Ao anjo da igreja em Éfeso escreve:
2 मलाई तिम्रा कामहरू, तिम्रो कठोर परिश्रम र लगनशीलता थाहा छ। मलाई यो पनि थाहा छ, तिमीले दुष्ट मानिसहरूलाई सहन सक्दैनौ; अनि जो प्रेरित होइनन्, तर प्रेरित हौँ भन्नेहरूलाई तिमीले जाँच्यौ, र तिनीहरू झूटा हुन् भनी पत्ता लगायौ।
2 Conheço as tuas obras, tanto o teu labor como a tua perseverança, e que não podes suportar homens maus, e que puseste à prova os que a si mesmos se declaram apóstolos e não são, e os achaste mentirosos;
3 तिमीले लगनशील भएर मेरो नामको निम्ति दुःख सहेका छौ, तैपनि त्यागेका छैनौ।
3 e tens perseverança, e suportaste provas por causa do meu nome, e não te deixaste esmorecer.
4 तर तिम्रो विरुद्धमा मेरो यो गुनासो छ: तिमीले तिम्रो पहिलो प्रेम त्यागेका छौ।
4 Tenho, porém, contra ti que abandonaste o teu primeiro amor.
5 तिमी कहाँबाट खसेका छौ, सो स्मरण गर! पश्चात्ताप गर र तिमीले पहिले गरेका कामहरू गर। यदि तिमीले पश्चात्ताप गरेनौ भने म तिमीकहाँ आएर तिम्रो सामदान त्यसको ठाउँबाट हटाइदिनेछु।
5 Lembra-te, pois, de onde caíste, arrepende-te e volta à prática das primeiras obras; e, se não, venho a ti e moverei do seu lugar o teu candeeiro, caso não te arrependas.
6 तर तिमीसँग एउटा राम्रो पक्ष छ: तिमीले निकोलाइटसहरूका कामहरूलाई घृणा गर्दछौ, जसलाई म पनि घृणा गर्दछु।
6 Tens, contudo, a teu favor que odeias as obras dos nicolaítas, as quais eu também odeio.
7 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले विजय हासिल गर्दछ, त्यसलाई म जीवनको त्यो रूखबाट खान दिनेछु, जुन परमेश्वरको स्वर्गलोकमा छ।
7 Quem tem ouvidos, ouça o que o Espírito diz às igrejas: Ao vencedor, dar-lhe-ei que se alimente da árvore da vida que se encontra no paraíso de Deus.
8 “स्मुर्नामा भएको मण्डलीका दूतलाई लेख:
8 Ao anjo da igreja em Esmirna escreve:
9 मलाई तिमीहरूको पीडा र गरिबी थाहा छ; तरै पनि तिमीहरू त धनी छौ! मलाई तिनीहरूले गरेको निन्दा थाहा छ, जो आफैँलाई यहूदीहरू हौँ भनी भन्छन्, तर होइनन्, तिनीहरू त शैतानका सभा हुन्।
9 Conheço a tua tribulação, a tua pobreza (mas tu és rico) e a blasfêmia dos que a si mesmos se declaram judeus e não são, sendo, antes, sinagoga de Satanás.
10 तिमीहरूले भोग्न लागेका कष्टहरूसित नडराओ। म तिमीहरूलाई भन्दछु, शैतानले तिमीहरूमध्ये कतिलाई जाँच्नलाई कैदमा लैजानेछ; अनि तिमीहरूले दश दिनसम्म सतावट भोग्नेछौ। मृत्युसम्मै विश्वासी होओ, र म तिमीहरूलाई जीवनको मुकुट दिनेछु।
10 Não temas as coisas que tens de sofrer. Eis que o diabo está para lançar em prisão alguns dentre vós, para serdes postos à prova, e tereis tribulação de dez dias. Sê fiel até à morte, e dar-te-ei a coroa da vida.
11 जसको कान छ, त्यसले सुनोस्; पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले जित्छ, त्यसलाई दोस्रो मृत्युले कुनै किसिमले हानि गर्नेछैन।
11 Quem tem ouvidos, ouça o que o Espírito diz às igrejas: O vencedor de nenhum modo sofrerá dano da segunda morte.
12 “पर्गामममा भएको मण्डलीका दूतलाई लेख:
12 Ao anjo da igreja em Pérgamo escreve:
13 म जान्दछु तिमी कहाँ बस्छौ, त्यहीँ नै जहाँ शैतानको आफ्नो सिंहासन छ। तरै पनि तिमी मेरो नामको निम्ति विश्वासयोग्य भइरह्यौ। तिमीले म प्रतिको तिम्रो विश्वासलाई शैतान बस्ने तिमीहरूका सहरमा मारिएका मेरा विश्वासयोग्य साक्षी एन्टिपासको समयमा पनि त्यागेनौ।
13 Conheço o lugar em que habitas, onde está o trono de Satanás, e que conservas o meu nome e não negaste a minha fé, ainda nos dias de Antipas, minha testemunha, meu fiel, o qual foi morto entre vós, onde Satanás habita.
14 तैपनि तिम्रो विरुद्धमा मसित केही कुराहरू छन्: तिमीहरूमध्ये कोही यस्ता छन्, जसले बालामका शिक्षा मान्दछन्, जसले बालाकद्वारा इस्राएलीहरूलाई पाप गर्न उक्साए, जसले गर्दा तिनीहरूले मूर्तिहरूलाई चढाएको भोजन खाए, र व्यभिचार गरे।
14 Tenho, todavia, contra ti algumas coisas, pois que tens aí os que sustentam a doutrina de Balaão, o qual ensinava a Balaque a armar ciladas diante dos filhos de Israel para comerem coisas sacrificadas aos ídolos e praticarem a prostituição.
15 यसरी नै तिमीसँग निकोलाइटसको शिक्षा पालन गर्नेहरू पनि छन्।
15 Outrossim, também tu tens os que da mesma forma sustentam a doutrina dos nicolaítas.
16 यसकारण पश्चात्ताप गर! नत्रता म चाँडै तिमीकहाँ आएर मेरो मुखको तरवारले तिनीहरूको विरुद्धमा लडाइँ गर्नेछु।
16 Portanto, arrepende-te; e, se não, venho a ti sem demora e contra eles pelejarei com a espada da minha boca.
17 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले विजय हासिल गर्दछ, त्यसलाई म लुकाइराखेको मन्न दिनेछु। म त्यसलाई नयाँ नाम लेखिएको एउटा सेतो पत्थर पनि दिनेछु, जसलाई पाउनेले मात्र जान्नेछ।
17 Quem tem ouvidos, ouça o que o Espírito diz às igrejas: Ao vencedor, dar-lhe-ei do maná escondido, bem como lhe darei uma pedrinha branca, e sobre essa pedrinha escrito um nome novo, o qual ninguém conhece, exceto aquele que o recebe.
18 “थिआटीरामा भएको मण्डलीका दूतलाई लेख:
18 Ao anjo da igreja em Tiatira escreve:
19 तिम्रा कामहरू, तिम्रो प्रेम र विश्वास, तिम्रो सेवा र लगनशीलता; अनि मलाई यो पनि थाहा छ, कि तिमीले पहिलेभन्दा अहिले बढी काम गर्दैछौ।
19 Conheço as tuas obras, o teu amor, a tua fé, o teu serviço, a tua perseverança e as tuas últimas obras, mais numerosas do que as primeiras.
20 तैपनि तिम्रो विरुद्धमा मेरो यो गुनासो छ: तिमीले त्यस स्त्री ईजेबेललाई सहन्छौ, जसले आफूलाई अगमवादिनी हुँ भनी भन्दछे। आफ्ना शिक्षाहरूद्वारा त्यसले मेरा सेवकहरूलाई व्यभिचार गर्न र मूर्तिहरूलाई चढाएका भोजनहरू खान भनी गलत मार्गतिर डोर्याउँछे।
20 Tenho, porém, contra ti o tolerares que essa mulher, Jezabel, que a si mesma se declara profetisa, não somente ensine, mas ainda seduza os meus servos a praticarem a prostituição e a comerem coisas sacrificadas aos ídolos.
21 मैले त्यसलाई आफ्नो यौन अनैतिकताबाट पश्चात्ताप गर्ने समय दिएँ, तर त्यसले पश्चात्ताप गर्नै चाहिन।
21 Dei-lhe tempo para que se arrependesse; ela, todavia, não quer arrepender-se da sua prostituição.
22 यसकारण म त्यसलाई कष्टको ओछ्यानमा थला पारिदिनेछु, र त्यससित व्यभिचार गर्नेहरूले त्यसको मार्गदेखि पश्चात्ताप गरेनन् भने तिनीहरूलाई महा कष्ट दिनेछु।
22 Eis que a prostro de cama, bem como em grande tribulação os que com ela adulteram, caso não se arrependam das obras que ela incita.
23 म त्यसका छोराछोरीहरूलाई मृत्युद्वारा नाश पारिदिनेछु। तब सबै मण्डलीहरूले जान्नेछन्, कि हृदय र मनको खोजी गर्ने म नै हुँ; अनि मैले नै तिमीहरू हरेकलाई आफ्ना कामअनुसारको प्रतिफल दिनेछु।
23 Matarei os seus filhos, e todas as igrejas conhecerão que eu sou aquele que sonda mentes e corações, e vos darei a cada um segundo as vossas obras.
24 अब थिआटीरामा भएका बाँकीलाई म भन्दछु, तिमीहरू जसले त्यसको शिक्षा ग्रहण गरेका छैनौ, र शैतानका गहिरा भेदहरू सिकेका छैनौ, ‘म तिमीहरूमाथि अब अरू कुनै भार थप्दिनँ,
24 Digo, todavia, a vós outros, os demais de Tiatira, a tantos quantos não têm essa doutrina e que não conheceram, como eles dizem, as coisas profundas de Satanás: Outra carga não jogarei sobre vós;
25 तिमीहरूसित जे छ, म नआउन्जेल बलियो गरी पक्रिराख। म तिमीहरूलाई योभन्दा अरू दुःख दिन्नँ।’
25 tão somente conservai o que tendes, até que eu venha.
26 त्यसकारण जसले विजय हासिल गर्दछ, र अन्त्यसम्म मेरो इच्छा पालन गर्दछ, जसरी मैले मेरा पिताबाट अधिकार पाएको छु, म त्यसलाई राष्ट्रहरूमाथि अधिकार दिनेछु।
26 Ao vencedor, que guardar até ao fim as minhas obras, eu lhe darei autoridade sobre as nações,
27 अनि ‘त्यसले तिनीहरूमाथि फलामको राजदण्डले शासन गर्नेछ; त्यसले तिनीहरूलाई माटाको भाँडा फुटाएझैँ फुटाउनेछ।’
27 e com cetro de ferro as regerá e as reduzirá a pedaços como se fossem objetos de barro;
28 जसरी मैले मेरा पिताबाट अधिकार पाएको छु, म त्यसलाई बिहानको तारा पनि दिनेछु।
28 assim como também eu recebi de meu Pai, dar-lhe-ei ainda a estrela da manhã.
29 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ।
29 Quem tem ouvidos, ouça o que o Espírito diz às igrejas.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Apocalipse 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.