2 Samuel 21
npioncb (NPIONCB) vs NVT
1 दावीदको शासनकालमा लगातार तीन वर्षसम्म अनिकाल पर्यो। यसकारण दावीदले याहवेहसित सोधखोज गरे। याहवेहले भन्नुभयो, “यो शाऊल र त्यसको रगतले मुछिएको घरानाको कारणले गर्दा हो। किनकि त्यसले गिबोनीहरूलाई मार्यो।”
1 Durante o reinado de Davi, houve uma terrível fome que durou três anos, e o rei consultou o S enhor a esse respeito. O S enhor disse: “A fome veio porque Saul e sua família são culpados de terem matado os gibeonitas”.
2 राजाले गिबोनीहरूलाई बोलाए, र तिनीहरूसँग कुरा गरे। (गिबोनीहरूचाहिँ इस्राएलको वंशका थिएनन्, तर एमोरीहरूबाट बाँचेकाहरू थिए। इस्राएलीहरूले तिनीहरूलाई बचाइराख्ने शपथ खाएका थिए। तर शाऊलले चाहिँ इस्राएल र यहूदाप्रतिको आफ्नो जोशमा तिनीहरूको नामनिशानै मेटिदिने कोसिस गरेका थिए।)
2 Então o rei mandou chamar os gibeonitas. Eles não faziam parte do povo de Israel, mas eram tudo que restava dos amorreus. Os israelitas tinham jurado que não os matariam, mas Saul, em seu zelo por Israel e Judá, havia tentado exterminá-los.
3 दावीदले गिबोनीहरूलाई सोधे, “म तिमीहरूका निम्ति के गरूँ? म कसरी प्रायश्चित गरूँ, र तिमीहरूले याहवेहको उत्तराधिकारलाई आशिष् दिनेछौ?”
3 Davi lhes perguntou: “O que posso fazer por vocês? Como posso reparar o mal que lhes foi feito, para que vocês abençoem o povo do S enhor ?”.
4 गिबोनीहरूले जवाफ दिए, “शाऊल अथवा तिनको परिवारबाट सुन वा चाँदी माग्ने हाम्रो अधिकार छैन; न त हामीले इस्राएलमा कसैलाई मार्न सक्ने अधिकार नै छ।”
4 Os gibeonitas responderam: “Prata e ouro não resolverão a questão entre nós e a família de Saul. Também não temos o direito de exigir a vida de ninguém em Israel”. “Que farei por vocês, então?”, perguntou Davi.
5 तिनीहरूले राजालाई जवाफ दिए, “जसले हामीहरूलाई नष्ट पारे, र हाम्रो विरुद्धमा षड्यन्त्र गरेर हामीलाई मार्ने योजना गरेका थिए; त्यसरी नै हामीलाई पूरै नाश गर्न र इस्राएलको समस्त इलाकामा हाम्रा निम्ति कहीँ पनि ठाउँ नहोस् भन्ने चाहेका थिए,
5 Eles responderam: “Saul planejava nos destruir; queria nos impedir de ter um lugar no território de Israel.
6 त्यही षड्यन्त्रकारीका सन्तानहरूमध्ये सात जना पुरुष मारिनका लागि हामीलाई दिइयोस्। हामी याहवेहका चुनिएका शाऊलको गेबामा याहवेहका सामु तिनीहरूलाई झुण्डाएर मार्नेछौँ अनि तिनीहरूका शरीर प्रदर्शन गर्नेछौँ।”
6 Portanto, entregue-nos sete dos filhos de Saul, para que os executemos diante do S enhor em Gibeá, no monte do S enhor ”. “Está bem”, disse o rei. “Farei o que me pedem.”
7 राजा दावीदले आफ्नो र शाऊलका छोरा जोनाथनका बीचमा याहवेहको सामु भएको शपथको कारण शाऊलका छोरा जोनाथनका छोरा मपीबोशेतलाई बचाइराखे।
7 O rei poupou a vida de Mefibosete, filho de Jônatas, filho de Saul, por causa do juramento que Davi e Jônatas haviam feito diante do S enhor .
8 तर राजाले अय्याकी छोरी रिश्पाले शाऊलबाट जन्माएका दुई छोराहरू आरमोनी र मपीबोशेतको साथमा शाऊलका छोरी मेराबले महोलाती बर्जिल्लैका छोरा अद्रीएलबाट जन्माएका पाँच जना छोराहरूलाई लिए।
8 Contudo, entregou-lhes Armoni e Mefibosete, os dois filhos de Saul com Rispa, filha de Aiá. Também entregou-lhes os cinco filhos de Merabe, filha de Saul, esposa de Adriel, filho de Barzilai, de Meolá.
9 अनि तिनीहरूलाई दावीदले गिबोनीहरूकहाँ सुम्पिदिए, जसले तिनीहरूलाई याहवेहसामु एउटा डाँडामा झुण्ड्याएर मारे। ती सातै जना एकैसाथ मरे। कटनीको पहिलो दिनमै तिनीहरू मारिए, अर्थात् जौको कटनी सुरु भएकै दिन तिनीहरू मारिए।
9 Os homens de Gibeom os executaram no monte, diante do S enhor . Os sete foram mortos ao mesmo tempo, no início da colheita da cevada.
10 अय्याकी छोरी रिश्पाले भाङ्ग्रा लिएर त्यसलाई एउटा चट्टानमाथि आफ्ना निम्ति बिछ्याइन्। कटनीको सुरुवातको दिनदेखि मृत शरीरहरूमा आकाशबाट पानी नपरेसम्म तिनले दिउँसो आकाशका चराहरू र राति जङ्गली पशुहरूलाई ती मृत शरीरहरू छुन दिइनन्।
10 Então Rispa, filha de Aiá, estendeu um pano de saco sobre uma rocha e ficou ali todo o período da colheita. Não deixou que as aves de rapina despedaçassem os corpos deles durante o dia e impediu os animais selvagens de os devorarem durante a noite.
11 जब शाऊलकी उपपत्नी रिश्पा, अर्थात् अय्याकी छोरीले जे गरेकी थिइन्, त्यो कुरा दावीदलाई बताइयो,
11 Quando Davi soube o que Rispa, concubina de Saul, havia feito,
12 तब तिनी गएर याबेश-गिलादका नगरबासीहरूबाट शाऊल र तिनका छोरा जोनाथनका हड्डीहरू लिए। (तिनीहरूले बेथ-शानको चोकबाट ती चोरेर लगेका थिए, जहाँ पलिश्तीहरूले शाऊललाई गिल्बोमा मारेपछि तिनीहरूलाई झुण्ड्याएका थिए।)
12 foi até o povo de Jabes-Gileade para reaver os ossos de Saul e de seu filho Jônatas. (Quando os filisteus mataram Saul e Jônatas no monte Gilboa, o povo de Jabes-Gileade tinha roubado os corpos deles da praça de Bete-Seã, onde os filisteus os haviam pendurado.)
13 दावीदले त्यहाँबाट शाऊल र जोनाथनका हड्डीहरू, र झुण्डाएर मारिएका सात जना मानिसहरूका हड्डीहरू भेला गरेर थुप्रो लगाए।
13 Davi trouxe os ossos de Saul e de Jônatas, e também os ossos dos homens que os gibeonitas haviam executado.
14 तिनीहरूले शाऊल र तिनका छोरा जोनाथनका हड्डीहरूलाई बेन्यामीनको सला भन्ने ठाउँमा शाऊलका पिता कीशको चिहानमा गाडे, र राजाले आज्ञा दिएका सबै कुरा गरे। त्यसपछि याहवेहले देशको निम्ति गरिएका प्रार्थना सुन्नुभयो।
14 O rei ordenou que os ossos de Saul e de Jônatas fossem enterrados na sepultura de Quis, pai de Saul, na cidade de Zela, na terra de Benjamim. Depois disso, Deus atendeu às orações em favor do povo.
15 फेरि एक पटक पलिश्तीहरू र इस्राएलीहरूको बीचमा लडाइँ भयो। दावीद आफ्ना सेनाहरूसँग पलिश्तीहरूको विरुद्धमा युद्ध गर्नलाई ओर्ले। युद्धमा दावीद थकित भए।
15 Mais uma vez, houve guerra entre os filisteus e Israel. Quando Davi e seus soldados estavam no meio de uma batalha, Davi perdeu as forças e ficou exausto.
16 अनि इश्बी-बनोब, रफाका सन्तानहरूमध्येका एक, जसको भालाको ओजन तीन सय शेकेल काँसोको थियो, र जसले एउटा नयाँ तरवार भिरेको थियो; त्यसले दावीदलाई मार्ने बिचार गर्यो।
16 Isbibenobe era descendente de gigantes, e a ponta de sua lança de bronze pesava cerca de 3,5 quilos. Ele estava armado com uma espada nova e jurou que ia matar Davi.
17 तर सरूयाहका छोरा अबीशै दावीदलाई बचाउन आए, र त्यस पलिश्तीलाई प्रहार गरेर मारिदिए। तब दावीदका मानिसहरूले राजासँग शपथ खाएर भने, “अबदेखि तपाईं हामीसँग लडाइँमा जानुहुनेछैन, ताकि इस्राएलको बत्ती ननिभोस्।”
17 Mas Abisai, filho de Zeruia, veio socorrer Davi e matou o filisteu. Então os homens de Davi exigiram: “O senhor não vai mais sair conosco para lutar! Por que correr o risco de apagar a lâmpada de Israel?”.
18 केही समयपछि गोबमा पलिश्तीहरूसँग फेरि लडाइँ भयो। त्यस लडाइँमा हूशातीका सिब्बकैले रफाका सन्तानमध्ये एक जना सफलाई मारे।
18 Depois disso, houve outra batalha contra os filisteus, em Gobe. Enquanto lutavam, Sibecai, de Husate, matou Safe, outro descendente de gigantes.
19 गोबमा पलिश्तीहरूसँग फेरि भएको लडाइँमा बेथलेहेमबासी यारे-ओरेगीमको छोरा एल्हानानले गित्ती गोल्यतका भाइलाई मारे जसको भालाको बिँड कपडा बुन्ने तानको डण्डाजस्तो थियो।
19 Durante uma batalha em Gobe, Elanã, filho de Jair, de Belém, matou o irmão de Golias, de Gate. O cabo de sua lança era da grossura de um eixo de tecelão.
20 गातमा अझ अर्को लडाइँ भयो। त्यहाँ दुवै हातमा छ-छ वटा औँलाहरू र दुवै खुट्टामा छ-छ वटा औँलाहरू भएका जम्मा चौबीस वटा औँलाहरू भएको भयङ्कर मानिस थियो। त्यो मानिस पनि रफाको सन्तान नै थियो।
20 Em outra batalha com os filisteus em Gate, havia um homem de grande estatura com seis dedos em cada mão e seis dedos em cada pé, 24 dedos ao todo, que também era descendente de gigantes.
21 जब त्यसले इस्राएललाई खिसी गर्यो, तब दावीदका दाजु शिमाहका छोरा जोनाथनले त्यसलाई मारे।
21 Mas, quando ele desafiou os israelitas e zombou deles, foi morto por Jônatas, filho de Simeia, irmão de Davi.
22 गातमा भएका यी चार जना मानिसहरू रफाका सन्तानहरू थिए। तिनीहरू दावीद र तिनका सेनाहरूका हातबाट मारिए।
22 Esses quatro filisteus eram descendentes dos gigantes de Gate, mas Davi e seus guerreiros os mataram.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 2 Samuel 21, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.