2 Samuel 15
npioncb (NPIONCB) vs VC
1 समय बित्दै गएपछि, अब्शालोमले आफ्ना निम्ति एउटा रथ, घोडाहरू र आफ्नो अगि-अगि दगुर्नलाई पचास जना अङ्गरक्षकहरू राखे।
1 Depois disso Absalão adquiriu para si um carro, cavalos e cinqüenta homens para escoltaram-no.
2 तिनी बिहानै उठेर सहरको मूलढोकामा जाने बाटोनिर उभिन्थे। जब कोही व्यक्ति राजाको सामु न्यायको निम्ति आफ्नो मुद्दा लिएर आउँथे, अब्शालोमले त्यसलाई बोलाएर, “कुन सहरका हौ?” भनी सोध्ने गर्थे। मानिसहरूले जवाफ दिन्थे, “तपाईंको सेवक इस्राएलका कुलहरूमध्ये एउटाबाट आएको हुँ।”
2 Colocava-se desde cedo à beira do caminho, junto à grande porta, e interpelava todos os que vinham procurar o rei para um julgamento, dizendo: De que cidade és tu? O outro respondia: Teu servo é de tal tribo de Israel.
3 तब अब्शालोमले भन्ने गर्थे, “हेर, तिम्रो मुद्दाहरू उचित र ठिक रहेछन्, तर तिम्रो कुरा सुनिदिनका निम्ति राजाको तर्फबाट प्रतिनिधि गर्ने कुनै मान्छे छैन।”
3 Vê, dizia-lhe Absalão; a tua causa é boa e justa; mas não há ninguém para te ouvir da parte do rei.
4 अब्शालोमले अझ थपेर यसो भन्ने गर्थे, “यदि यस देशको म न्यायकर्ता नियुक्त भएको भए, यस्तो मुद्दा-मामिला भएको हरेक मानिस मकहाँ आउनसक्ने थियो; अनि म तिनीहरूको न्याय गरिदिनेथिएँ।”
4 E Absalão ajuntava: Oh, quem me dera ser juiz desta terra! Todo o que tivesse um litígio ou uma questão e viesse ter comigo, eu lhe faria justiça.
5 साथै, जब कोही पनि व्यक्ति तिनको अगि दण्डवत् गर्न आउँथ्यो, तब अब्शालोमले आफ्नो हात बढाएर समाउँथे र तिनलाई म्वाइँ खान्थे।
5 E se alguém se aproximava para se prostrar diante dele, estendia a mão, detinha-o e beijava-o.
6 अब्शालोमले राजाकहाँ इन्साफको लागि आउने सबै इस्राएलीहरूसित यस्तै व्यवहार गर्थे। यसरी तिनले इस्राएलका मानिसहरूका हृदय जिते।
6 Assim fazia Absalão com todos os israelitas que vinham procurar o rei para qualquer julgamento. E desse modo conquistou os corações dos israelitas.
7 चार वर्षपछि अब्शालोमले राजालाई भने, “मलाई हेब्रोनमा जान दिनुहोस् र मैले याहवेहसँग गरेको भाकल पूरा गर्न सकूँ।
7 Quatro anos se passaram. Absalão disse ao rei: Deixa-me ir a Hebron para cumprir ali uma promessa que fiz ao Senhor.
8 तपाईंको सेवक अरामको गेशूरमा हुँदा मैले यो भाकल गरेको थिएँ, ‘यदि याहवेहले मलाई यरूशलेममा फर्काएर लैजानुभयो भने म हेब्रोनमा याहवेहको आराधना गर्नेछु।’ ”
8 Quando o teu servo estava em Gessur, fez este voto: se Senhor me reconduzir a Jerusalém, irei prestar-lhe culto em Hebron.
9 राजाले तिनलाई भने, “शान्तिसित जाऊ।” यसकारण तिनी हेब्रोनमा गए।
9 Vai em paz, disse-lhe o rei. E ele foi para Hebron.
10 तब अब्शालोमले इस्राएलभरि मानिसहरूलाई यसो भन्नलाई गुप्तमा दूतहरू पठाए, “तुरहीहरूको आवाज सुन्नेबित्तिकै तिमीहरूले यसो भन्नू, ‘हेब्रोनका राजा अब्शालोम हुन्।’ ”
10 Absalão enviou emissários secretos a todas as tribos de Israel, com esta mensagem: Quando ouvirdes o som da trombeta, dizei: Absalão é rei em Hebron!
11 यरूशलेमबाट दुई सय मानिसहरू अब्शालोमको साथमा गएका थिए। तिनीहरू पाहुनाको रूपमा निम्त्याइएका थिए। यस विषयमा केही थाहा नपाएर तिनीहरू अनजानमै गएका थिए।
11 Ora, tinham partido de Jerusalém com Absalão duzentos homens, convidados por ele, que o seguiam com simplicidade de coração, sem nada suspeitar.
12 जब अब्शालोमले बलिदान चढाइरहेका थिए, तब तिनले दावीदका सल्लाहकार गीलोनी अहीतोपेललाई पनि आफ्नो सहर गिलोहबाट बोलाइपठाए। यसरी यो षड्यन्त्र शक्तिशाली भयो। अब्शालोमको पछि लाग्नेहरूको संख्या बढ्दैगयो।
12 Enquanto oferecia os sacrifícios, Absalão mandou chamar também Aquitofel, gilonita, conselheiro de Davi, à sua cidade de Gilo. E assim a conjuração se fortificava e se tornava cada vez mais numerosa em torno de Absalão.
13 एक जना सन्देशवाहक आएर दावीदलाई भने, “इस्राएलका मानिसहरूका हृदय अब्शालोमको पछि लागेको छ।”
13 Vieram então anunciar a Davi: Os israelitas aderem a Absalão!
14 तब दावीदले यरूशलेममा आफूसित भएका सबै अधिकृतहरूलाई भने, “आओ! हामी भागौँ, नत्रता हामी कोही पनि अब्शालोमको हातबाट उम्कन सक्नेछैनौँ। हामी तुरुन्तै भागिहाल्नुपर्छ; नत्रता त्यसले चाँडै आएर हामीलाई भेट्टाउनेछ र हामीमाथि सर्वनाश ल्याउनेछ। अनि सहरलाई पनि तरवारले नष्ट पार्नेछ।”
14 Davi disse então a todos os que estavam com ele em Jerusalém: Vamos, fujamos, porque não podemos de outro modo escapar a Absalão! Apressai-vos e parti, não suceda que ele nos surpreenda de repente, e nos inflija a ruína, passando a cidade ao fio da espada.
15 राजाका अधिकृतहरूले तिनलाई जवाफ दिए, “हामी हजुरका सेवकहरू, हाम्रा मालिक महाराजाले जे गर्न इच्छा गर्नुहुन्छ, त्यही गर्न राजी छौँ।”
15 Os servos do rei disseram-lhe: Faça-se como ordenar o rei, meu senhor; somos teus servos.
16 तब राजा त्यहाँबाट तिनलाई पछ्याउने सारा घरानासहित निस्के। तर तिनले महलको हेरचाह गर्नलाई दश जना उपपत्नीहरूलाई चाहिँ छाडिराखे।
16 O rei partiu a pé com toda a sua família, mas deixou dez concubinas para guardar o palácio.
17 यसरी राजा तिनलाई पछ्याउने सारा मानिसहरूसहित निस्के, र तिनीहरू सहरको सिमानामा पुगेर रोकिए।
17 O rei saiu, pois, a pé com todos os seus servos, e se detiveram na última casa.
18 अनि तिनका सबै मानिसहरू तिनलाई उछिनेर अगि गए, जसमा करेतीहरू र पेलेथीहरू पनि थिए। अनि तिनीसँगै जाने गातबाट छ सय गित्तीहरू, सबैले राजालाई उछिनेर अगि बढे।
18 Todo o seu exército desfilava ao seu lado; os cereteus, os feleteus e todos os geteus, em número de seiscentos homens que o tinham seguido desde Get, todos marchavam diante do rei.
19 तब राजाले गित्ती इत्तैलाई भने, “तिमीहरू किन हामीसँग आउँछौ? फर्केर जाऊ र राजा अब्शालोमसितै बस। तिमी आफ्नो स्वदेशबाट निकालिएका विदेशी हौ।
19 O rei disse a Etai, o geteu: Por que vens também tu conosco? Volta e fica com o {novo} rei, pois és um estrangeiro, e mesmo um exilado de tua terra.
20 तिमी हिजो मात्रै आयौ। अनि आज म तिमीलाई हामीसित किन भड्किन बाध्य गरूँ? जबकि म कहाँ गइरहेको छु मलाई थाहा छैन। फर्केर जाऊ, र आफ्ना देशवासीहरूलाई पनि साथमा लैजाऊ। याहवेहले तिमीहरूलाई आफ्नो अचुक प्रेम र विश्वासयोग्यता देखाऊन्।”
20 Chegaste ontem, e hoje vou fazer que andes errante conosco, não sabendo eu mesmo aonde vou? Volta. Toma os teus contigo, e que o Senhor seja misericordioso e fiel para contigo.
21 तर इत्तैले राजालाई जवाफ दिए, “जीवित याहवेह र मेरा मालिक महाराजालाई साक्षी राखेर वचन दिँदछु, मेरा मालिक महाराजा जहाँ हुनुहुनेछ, चाहे मृत्यु होस् वा जीवन, त्यहीँ नै हजुरको सेवक पनि हुनेछ।”
21 Mas Etai respondeu ao rei: Pela vida do Senhor, e pela vida do rei, meu senhor! Onde estiver o meu senhor e rei, ali estará também o teu servo, tanto para a morte como para a vida.
22 तब दावीदले इत्तैलाई भने, “ठिक छ, अगि बढ।” यसरी गित्ती इत्तै तिनका सबै मानिसहरूसँग र तिनीसँग भएका परिवारहरूसँग अगि बढे।
22 Está bem, disse Davi, passa. E Etai, o geteu, desfilou com todos os seus homens e com toda a sua comitiva.
23 जब ती सबै मानिसहरू त्यस ठाउँ छोडेर जाँदैथिए, तब देशका सारा मानिसहरू धेरै जोडसँग रोए। राजा दावीदले किद्रोन बेँसी पार गरे। सबै मानिसहरू उजाडस्थानतिर अगि बढे।
23 E estando o rei junto do Cedron, enquanto desfilava o povo diante dele, tomando o caminho da oliveira do deserto, toda a terra chorava em alta voz.
24 सादोक पनि त्यहाँ थिए, र तिनीसित भएका सबै लेवीहरूले परमेश्वरको करारको सन्दुक बोकेका थिए। तिनीहरूले परमेश्वरको सन्दुक राखे। सारा मानिसहरू सहर छोडेर ननिस्केसम्म अबीयाथारले बलिदानहरू चढाए।
24 Veio também Sadoc com todos os seus levitas, trazendo a arca da aliança de Deus. Depuseram-na, enquanto Abiatar subia, e até que tivesse passado todo o povo que tinha saído da cidade.
25 त्यसपछि राजाले सादोकलाई भने, “परमेश्वरको सन्दुकलाई सहरमा फर्काएर लैजाओ। यदि मैले याहवेहको दृष्टिमा निगाह पाएछु भने उहाँले मलाई फेरि फर्काइल्याएर सन्दुक र उहाँको वासस्थानलाई देख्ने मौका दिनुहुनेछ।
25 Disse então o rei a Sadoc: Reconduz a arca de Deus à cidade. Se eu achar graça aos olhos do Senhor, ele me reconduzirá e me fará revê-la, bem como o lugar de sua habitação.
26 तर यदि उहाँले, ‘म तँसित खुशी छैन,’ भन्नुभयो भने म तयार छु; उहाँलाई जे उचित लाग्छ, त्यहीअनुसार मलाई गरून्।”
26 Mas se disser que não quer mais saber de mim, eis-me aqui; faça de mim o que lhe aprouver.
27 राजाले सादोक पुजारीलाई यो पनि भने, “के तिमी भविष्यवक्ता होइनौ? शान्तिसाथ सहरमा फर्किजाऊ। तिमी र तिम्रो छोरा अहीमास अनि एबियाथारको छोरा जोनाथनलाई पनि साथमा लिएर जाऊ। तिमी र अबीयाथारले आफ्ना दुई छोराहरूलाई लिएर फर्केर जाऊ।
27 O rei disse ainda a Sadoc: Vede: tu e Abiatar, voltai em paz para a cidade com Aquimaas, teu filho, e Jônatas, filho de Abiatar.
28 तिमीबाट खबर नआएसम्म म उजाडस्थानको घाटीमा पर्खेर बस्नेछु।”
28 Eu vou arrastar-me pelas campinas do deserto, esperando que me mandeis notícias.
29 यसकारण सादोक र अबीयाथारले परमेश्वरको सन्दुकलाई यरूशलेममा फर्काए, र त्यहीँ नै बसे।
29 Sadoc e Abiatar reconduziram, pois, a arca de Deus para Jerusalém e lá ficaram.
30 तर दावीदचाहिँ रुँदै-रुँदै जैतुन पर्वतको उकालो चढे। तिनको शिर ढाकिएका थिए, र तिनको खुट्टा खाली थिए। तिनको साथमा भएका सबै मानिसहरूले पनि आफ्ना शिरहरू ढाकेका थिए; अनि तिनीहरू पनि रुँदै-रुँदै उकालो चढिरहेका थिए।
30 Davi subiu chorando o monte das Oliveiras, cabeça coberta e descalço. Todo o povo que o acompanhava subia também chorando, com a cabeça coberta.
31 तब दावीदलाई भनियो, “अब्शालोमसँगको षड्यन्त्रकारीहरूमध्ये अहीतोपेल पनि छ।” यसकारण दावीदले प्रार्थना गरे, “हे याहवेह, अहीतोपेलको सल्लाहलाई व्यर्थ तुल्याइदिनुहोस्।”
31 Foi anunciado a Davi que Aquitofel estava também entre os conjurados de Absalão. Davi disse: Fazei que se frustrem, ó Senhor, meu Deus, os desígnios de Aquitofel!
32 जब दावीद टाकुरामा आइपुगे, जहाँ मानिसहरूले परमेश्वरलाई आराधना गर्थे, तब अरकी हूशै राजालाई भेट्न आएका थिए। तिनको लुगा च्यातिएको र शिरमा धुलो लगाइएको थियो।
32 Ora, chegando Davi ao cume do monte, no lugar onde se adorava Deus, veio-lhe ao encontro Cusai, o araquita, com a túnica em farrapos e a cabeça coberta de pó.
33 दावीदले तिनलाई भने, “यदि तिमी मसित गयौ भने तिमी मेरा निम्ति बोझ हुनेछौ।
33 Davi disse-lhe: Se vieres comigo, ser-me-ás pesado;
34 तर यदि सहरमा फर्केर अब्शालोमलाई यसरी भन्यो भने, ‘हे राजा, म तपाईंको सेवक हुनेछु; म पहिले तपाईंको पिताको सेवक थिएँ, तर अब म तपाईंको सेवक हुनेछु’, तब तिमीले अहीतोपेलको सल्लाहलाई असफल तुल्याएर मलाई सहायता गर्न सक्नेछौ।
34 mas se voltares à cidade e disseres a Absalão: eu quero ser, ó rei, teu servo, como fui outrora servo de teu pai; doravante servir-te-ei a ti - então desconcertarás a meu favor o desígnio de Aquitofel.
35 के तिमीसित सादोक र अबीयाथार पुजारीहरू हुनेछैनन् र? तिमीले राजाको महलमा सुनेका सबै कुराहरू पुजारीहरूलाई भन्नू।
35 Terás lá contigo os sacerdotes Sadoc e Abiatar, a quem comunicarás tudo o que souberes no palácio real.
36 सादोकका छोरा अहीमास र अबीयाथारका छोरा जोनाथन तिनीहरूका दुई छोराहरू त्यहाँ तिनीहरूसितै छन्। तिमीले सुनेका सबै कुरा तिनीहरूसँग मकहाँ पठाउनू।”
36 Com eles estão os seus dois filhos, Aquimaas, filho de Sadoc, e Jônatas, filho de Abiatar; por eles me transmitireis tudo o que ouvirdes.
37 यसकारण अब्शालोम सहरमा पस्दैगर्दा हूशै दावीदका मित्र यरूशलेममा आइपुगे।
37 E Cusai, amigo de Davi, voltou para a cidade, no momento em que Absalão fazia a sua entrada em Jerusalém.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 2 Samuel 15, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.