2 Reis 17

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 यहूदाका राजा आहाजका बाह्रौँ वर्षमा एलाहका छोरा होशिया सामरियामा इस्राएलमाथि राजा भए, र तिनले नौ वर्ष राज्य गरे।
1 No décimo segundo ano do reinado de Acaz, rei de Judá,Oséias, filho de Ela, tornou-se rei de Israel em Samaria. Seu reinado durou nove anos.
2 तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे; तर तिनीभन्दा अगाडिका इस्राएलका राजाहरूले गरेजस्तै चाहिँ होइन।
2 Fez o mal aos olhos do Senhor, mas não tanto como seus predecessores no trono de Israel.
3 अश्शूरका राजा शलमनेशेर आएर होशियालाई आक्रमण गरे। होशिया शलमनेशेरका अधीनमा रहेका थिए र तिनलाई कर तिर्ने गरेका थिए।
3 Salmanasar, rei da Assíria, atacou-o e Oséias ficou-lhe submisso, pagando-lhe tributo.
4 तर अश्शूरका राजाले तिनले इजिप्टका राजा सोकहाँ दूतहरू पठाएको र उनलाई हरेक वर्ष कर तिर्न छाडेको कारण, होशिया विश्‍वासघाती भएको थाहा पाए। यसकारण शलमनेशेरले तिनलाई पक्रे, र झ्यालखानामा हालिदिए।
4 Mas tendo o rei da Assíria descoberto uma conspiração tramada por Oséias, o qual enviara mensageiros a Sua, rei do Egito, e cessara de pagar o tributo anual ao rei da Assíria, tomou-o e o pôs em grilhões numa prisão.
5 अश्शूरका राजाले सम्पूर्ण देशमाथि आक्रमण गरे। सामरियालाई तीन वर्षसम्म घेरेर राखे।
5 Depois atacou Samaria e assediou-a por três anos.
6 होशियाको नवौँ वर्षमा अश्शूरका राजाले सामरियालाई कब्जा गरे। अनि इस्राएलीहरूलाई त्यहाँबाट कैदी बनाएर अश्शूरमा लगे। तिनले तिनीहरूलाई हलहमा, हाबोर नदीको छेउमा, गोजानमा र मादीहरूका सहरहरूमा बसोबास गराए।
6 No ano nono do reinado de Oséias, o rei da Assíria apoderou-se de Samaria e deportou os israelitas para a Assíria, estabelecendo-os em Hala, às margens do Habor, rio de Gozan, e nas cidades da Média. Causas da ruína de Israel
7 इस्राएलीहरूले तिनीहरूलाई इजिप्टका राजा फारोको शक्तिबाट निकालेर ल्याउनुहुने याहवेह तिनीहरूका परमेश्‍वरको विरुद्धमा पाप गरेको परिणाम स्वरूप यी सबै हुन आए। तिनीहरूले अरू देवी-देवताहरूलाई पुजे।
7 Assim aconteceu porque os filhos de Israel tinham pecado contra o Senhor, seu Deus, que os tinha tirado do Egito e libertado da opressão do faraó, rei dos egípcios. Eles adoraram outros deuses,
8 तिनीहरूले याहवेहले तिनीहरूका सामु धपाइदिनुभएका जातिहरूका रीतिहरू साथै इस्राएलका राजाहरूले परिचय गराएका रीतिहरू पालन गरे।
8 adotaram os costumes das nações que o Senhor tinha expulsado diante dos israelitas e seguiram os costumes estabelecidos pelos reis de Israel.
9 इस्राएलीहरूले याहवेह तिनीहरूका परमेश्‍वरको विरुद्धमा गुप्‍तमा बेठीक कामहरू गरे। तिनीहरूले पहरेदार बस्‍ने धरहराबाट पर्खाल लगाइएको सहरसम्म आफ्ना निम्ति आफ्ना सबै सहरहरूमा अल्गा देवस्थानहरू बनाए।
9 Os israelitas ofenderam o Senhor, seu Deus, com ações más, e estabeleceram lugares altos em todas as suas localidades, desde a simples torre de guarda até a cidade fortificada.
10 तिनीहरूले प्रत्येक अग्लो डाँडा र प्रत्येक झ्याम्म परेका रूखमुनि चोखा ढुङ्गाहरू र अशेरा देवीका खम्बाहरू बनाए।
10 Erigiram estelas e ídolos Asserás em todos os outeiros e debaixo de toda árvore frondosa.
11 तिनीहरूले प्रत्येक अल्गा देवस्थानमा याहवेहले तिनीहरूको सामु धपाइदिनुभएका जातिहरूले गरेझैँ धूप बाले। तिनीहरूले दुष्‍ट काम गरेर याहवेहलाई रिस उठाए।
11 Queimaram incenso nesses lugares altos, como as nações que o Senhor tinha despojado diante deles, e irritaram o Senhor com suas práticas abomináveis,
12 याहवेहले तिनीहरूलाई “मूर्तिपूजा नगर्नू” भन्‍नुभए तापनि तिनीहरूले त्यो गरे।
12 adorando ídolos, embora o Senhor lhes tivesse dito: Não fareis tal coisa.
13 याहवेहले इस्राएल र यहूदालाई आफ्ना सबै अगमवक्ताहरू र दर्शीहरूद्वारा यसो भनेर चेतावनी दिनुभयो: “तिमीहरू आफ्ना कुमार्गबाट फर्क। मैले तिमीहरूका पितापुर्खाहरूलाई सुम्पेका सम्पूर्ण व्यवस्थाअनुसार मेरा आज्ञाहरू र उर्दीहरू पालन गर्नू, जसलाई मैले आफ्ना सेवक र अगमवक्ताहरूद्वारा तिमीहरूकहाँ पुर्‍याएको छु।”
13 O Senhor tinha advertido Israel e Judá pela boca de seus profetas e videntes: Renunciai às vossas más ações; guardai meus mandamentos e minhas leis; observai toda a lei que prescrevi a vossos pais e que vos transmiti pelos meus servos, os profetas.
14 तर तिनीहरूले यसलाई अवहेलना गरे, र याहवेह तिनीहरूका परमेश्‍वरमाथि भरोसा नराख्ने तिनीहरूका पितापुर्खाहरूझैँ हठी भए।
14 Mas eles não o quiseram ouvir, e endureceram o seu coração, como o tinham feito seus pais, que se tornaram infiéis ao Senhor, seu Deus.
15 उहाँले तिनीहरूलाई दिनुभएका उर्दी र करारलाई तिरस्कार गरे। तिनीहरू बेकामका मूर्तिहरूका पछि लागे, र आफैँ पनि बेकामका भए। याहवेहले तिनीहरूलाई आज्ञा दिनुभयो, “तिनीहरूले गरेझैँ नगर्नू”, तापनि तिनीहरूले आफ्ना चारैतिरका जातिहरूको अनुसरण गरे।
15 Desprezaram os seus preceitos e a aliança estabelecida com seus pais, não atenderam às advertências que lhes tinha feito, e seguiram as vaidades, tornando-se eles mesmos vaidades; apesar de ter-lhes o Senhor proibido seguir as pisadas dos povos que os cercavam,
16 तिनीहरूले याहवेह तिनीहरूका परमेश्‍वरका सबै आज्ञाहरू त्यागे। आफ्नो लागि दुई वटा धातुका मूर्तिहरू, एउटा बाछाको रूपमा र अर्को अशेराको खाँबो बनाए। तिनीहरू आकाशका सारा तारामण्डलको अगि निहुरे। अनि तिनीहरूले बाललाई पुजे।
16 abandonaram todos os mandamentos do Senhor, seu Deus, fabricaram para si dois bezerros de metal fundido e ídolos Asserás, prostraram-se diante de todo o exército dos céus, prestaram culto a Baal,
17 तिनीहरूले आफ्ना छोराछोरीहरूलाई आगोमा बलि चढाए। तिनीहरूले जोखना हेरे, तन्त्रमन्त्र गरे, र तिनीहरूले आफूलाई याहवेहको दृष्‍टिमा दुष्‍टता गर्नलाई बेचिदिए र उहाँलाई रिस उठाए।
17 fizeram passar pelo fogo seus filhos e filhas, entregaram-se à adivinhação, à bruxaria; enfim, abandonaram-se inteiramente a tudo o que desagradava ao Senhor, irritando-o.
18 यसकारण याहवेह इस्राएलसँग अति क्रोधित हुनुभयो, र तिनीहरूलाई आफ्नो उपस्थितिबाट हटाइदिनुभयो। केवल यहूदाको कुल बाँकी रह्‍यो।
18 Por isso, o Senhor ficou profundamente indignado contra os israelitas e lançou-os para longe de sua face. Só a tribo de Judá subsistiu.
19 यहूदाले पनि याहवेह आफ्ना परमेश्‍वरका आज्ञाहरू पालन गरेनन्। तिनीहरूले इस्राएलले परिचित गराएका रीतिहरू पछ्याए।
19 Mas nem mesmo Judá observou os mandamentos do Senhor, seu Deus, e seguiu os costumes de Israel.
20 यसकारण याहवेहले इस्राएलका सबै मानिसहरूलाई त्यागिदिनुभयो। उहाँले तिनीहरूलाई आफ्नो उपस्थितिबाट नफालेसम्म तिनीहरूलाई दुःख दिनुभयो, र लुटेराहरूका हातमा सुम्पिदिनुभयो।
20 O Senhor rejeitou, pois, toda a linhagem de Israel, humilhou-a e a entregou nas mãos dos saqueadores até que fosse completamente banida de sua presença.
21 उहाँले इस्राएललाई दावीदको घरानाबाट अलग गर्नुभयो। अनि तिनीहरूले नबातका छोरा यारोबामलाई आफ्ना राजा बनाए। यारोबामले इस्राएललाई याहवेहको पछि नलाग्नलाई उक्साए र तिनीहरूलाई ठूलो पाप गर्न लगाए।
21 Israel tinha se separado da casa de Davi e tinha proclamado como seu rei a Jeroboão, filho de Nabat, que desviara o seu povo do culto do Senhor e o fizera cair num grande pecado.
22 इस्राएलीहरू यारोबामका सबै पापहरूमा लागिरहे, तर तीबाट फर्केनन्।
22 Os israelitas andaram em todos os pecados que Jeroboão tinha cometido, e não se afastaram deles,
23 तब याहवेहले तिनीहरूलाई आफ्नो उपस्थितिबाट निकालिदिनुभयो; जस्तो कि उहाँले आफ्ना सबै सेवक र अगमवक्ताहरूद्वारा चेतावनी दिनुभएको थियो। यसकारण इस्राएलका सन्तान आफ्नो देशबाट निकालिए। अनि अश्शूरमा कैदमा लगिए, र तिनीहरू आजको दिनसम्म त्यहीँ छन्।
23 até o dia em que o Senhor os baniu de sua presença, como tinha anunciado pela boca dos profetas, seus servos. Os israelitas foram, pois, deportados para longe de sua terra, para a Assíria, onde ainda estão atualmente.
24 अश्शूरका राजाले बेबिलोन, कूता, अव्वा, हमात र सपर्बेमबाट मानिसहरू ल्याए। अनि तिनीहरूलाई इस्राएलीहरूको सट्टामा सामरियाका सहरहरूमा बसोबास गराए। तिनीहरूले सामरिया अधिकारमा लिए, र त्यसका सहरहरूमा बसे।
24 O rei da Assíria mandou vir gente de Babilônia, de Cuta, de Ava, de Emat, de Sefarvaim, e pô-la em lugar dos israelitas nas cidades da Samaria. Estes colonos tomaram posse da Samaria e instalaram-se em suas cidades.
25 तिनीहरू सुरुमा त्यहाँ बस्दा तिनीहरूले याहवेहलाई पुजेनन्; यसकारण उहाँले तिनीहरूकहाँ सिंहहरू पठाउनुभयो, र केही मानिसहरूलाई सिंहहरूले मारिदिए।
25 Mas como eles não prestavam culto ao Senhor, quando começaram a habitar ali, o Senhor mandou leões contra eles que os devoravam.
26 अश्शूरका राजालाई यो खबर दिइयो: “तपाईंले ल्याएर सामरियाका सहरहरूमा बसोबास गर्न लगाउनुभएका मानिसहरूले त्यस ठाउँका देवताले के चाहन्छ, त्यो जान्दैनन्। उहाँले तिनीहरूका बीचमा सिंहहरू पठाउनुभएको छ, जसले तिनीहरूलाई मारिरहेका छन्। किनकि उहाँले के चाहनुहुन्छ, ती मानिसहरूले जान्दैनन्।”
26 Foram então avisar o rei da Assíria: Os povos que transferiste para as cidades da Samaria não sabem como honrar o deus daquela terra. Por isso esse deus mandou contra eles leões que os devoram, porque ignoram o culto do deus da terra.
27 तब अश्शूरका राजाले यो हुकुम दिए: “तिमीहरूले सामरियाबाट कैद गरेर लगेका एक जना पुजारीलाई फर्काएर त्यहाँ लैजाओ। त्यसले त्यस ठाउँका देवताले के चाहन्छन्, त्यो सिकाओस्।”
27 O rei da Assíria ordenou o seguinte: Mandai para lá um dos sacerdotes que deportastes, a fim de que ele se estabeleça ali e ensine {ao povo} a maneira de servir o deus da região.
28 यसकारण त्यहाँबाट निकालिएका एक जना पुजारी बेथेलमा बस्‍न आए। अनि तिनीहरूलाई कसरी याहवेहको आराधना गर्ने, त्यो कुरा सिकाए।
28 Foi, pois, um dos sacerdotes deportados da Samaria e instalou-se em Betel, onde ensinava ao povo como deviam adorar o Senhor.
29 तरै पनि प्रत्येक जातीय दलले आफू बसेका धेरै सहरहरूमा आ-आफ्नै देवता बनाए। सामरियाका मानिसहरूले अग्ला ठाउँहरूमा बनाएका पुज्ने देवस्थानहरू खडा गर्‍यो।
29 {Apesar disso} cada nação conservou o seu próprio deus, que colocou nos santuários dos lugares altos estabelecidos pelos samaritanos; cada povo colocou os seus deuses no lugar em que habitava.
30 बेबिलोनका मानिसहरूले सुक्‍कोत-बनोत, कूतका मानिसहरूले नेर्गल र हमातका मानिसहरूले अशीमा बनाए।
30 Os babilônios fizeram uma estátua de Socot-Benot; os de Cuta, uma de Nergal; os de Emat, uma de Ásima;
31 अव्वीहरूले नेभज र तर्ताक बनाए। सपर्बेमीहरूले आफ्ना देवता अद्रम्मलेक र अनम्मलेकका निम्ति आफ्ना छोराछोरीहरूलाई आगोमा बलिदान चढाउँथे।
31 os de Ava, uma de Nebaaz e uma de Tartac; os de Sefarvaim queimavam seus filhos em honra de Adramelec e de Anamelec, seus deuses.
32 तिनीहरूले याहवेहको आराधना गरे; तर अल्गा देवस्थानहरूका लागि पुजारी काम गर्नलाई आफ्नै जातिबाट मानिसहरू नियुक्त गरे।
32 Adoravam também o Senhor, mas constituíram sacerdotes para os lugares altos, tirados dentre o povo, os quais oficiavam por eles nos santuários dos lugares altos.
33 तिनीहरूले याहवेहको आराधना गरे। तर तिनीहरूले आफूलाई ल्याइएका देशहरूका रीतिअनुसार आफ्नै देवताहरूको पनि सेवा गरे।
33 Desse modo, adoravam o Senhor, e ao mesmo tempo prestavam culto aos seus próprios deuses, segundo o costume das nações de onde tinham sido transportados.
34 आजको दिनसम्म नै तिनीहरू आफ्नै रीतिअनुसार चल्छन्। तिनीहरूले न त याहवेहको आराधना गर्छन्; न त इस्राएल नाम दिनुभएको याकोबका सन्तानलाई उहाँले दिनुभएका उर्दीहरू, नियमहरू, व्यवस्थाहरू र आज्ञाहरूमा नै पालना गर्छन्।
34 Ainda hoje seguem os seus antigos costumes; não temem o Senhor, não observam suas leis, nem suas ordenações, nem a lei e os mandamentos que o Senhor deu aos filhos daquele Jacó, a quem deu o nome de Israel.
35 याहवेहले इस्राएलीहरूसित करार बाँध्नुहुँदा उहाँले तिनीहरूलाई यसो भनेर आज्ञा दिनुभएको थियो: “तिमीहरूले अरू कुनै देवताहरूलाई नपुज्नू; तिनीहरू सामु ननिहुरनू, तिनीहरूको सेवा नगर्नू, न त तिनीहरूकहाँ बलिदान नै चढाउनू।
35 O Senhor tinha feito com eles uma aliança e lhes tinha dado a seguinte ordem: Não adorareis outros deuses, nem vos prostrareis diante deles; não lhes prestareis culto, e não lhes oferecereis sacrifícios.
36 तर तिमीहरूले झुक्नुपर्ने याहवेह उहाँ हुनुहुन्छ, जसले तिमीहरूलाई इजिप्टबाट आफ्नो महान् शक्ति र पसारिएका बाहुलीद्वारा निकालेर ल्याउनुभयो। उहाँकै अगि तिमीहरू निहुरनू; उहाँलाई नै बलिदान चढाउनू।
36 Mas temei ao Senhor que vos tirou do Egito com o poder de seu braço. A ele temereis, diante dele vos prostrareis e a ele oferecereis os vossos sacrifícios.
37 उहाँले तिमीहरूका निम्ति लेख्नुभएका उर्दीहरू, नियमहरू, व्यवस्थाहरू र आज्ञाहरू होसियारीसाथ पालन गर्नू। अरू देवताहरू नपुज्नू।
37 Obedecereis sempre, e cuidadosamente, os preceitos, os estatutos, a lei e os mandamentos que ele vos deu por escrito. Não adorareis outros deuses.
38 मैले तिमीहरूसित बाँधेको करार नभुल्नू र अरू देवताहरू नपुज्नू।
38 Não vos esquecereis do tratado que fiz convosco: não adorareis outros deuses.
39 बरु याहवेह तिमीहरूका परमेश्‍वरको आराधना गर्नु। उहाँले नै तिमीहरूलाई तिमीहरूका सबै शत्रुहरूका हातबाट छुटाउनुहुनेछ।”
39 Ao Senhor, vosso Deus, temereis, e ele vos livrará das mãos de todos os vossos inimigos.
40 तापनि तिनीहरूले सुन्‍न चाहेनन्। तर तिनीहरू आफ्नै पहिलेका रीतिहरूमा चलिरहे।
40 Eles, porém, não obedeceram, e seguiram os seus antigos costumes.
41 यी मानिसहरूले याहवेहलाई आराधना गरे तापनि तिनीहरूले आफ्नै मूर्तिहरूका सेवा गरिरहे। आजको दिनसम्म नै तिनीहरूका छोराछोरी र नातिनातिनाहरू आफ्ना पितापुर्खाहरूले गरेझैँ गर्दै आइरहेका छन्।
41 Adoraram o Senhor, mas honravam ao mesmo tempo os seus ídolos. Ainda hoje fazem seus filhos e seus netos como fizeram seus pais.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Reis 17, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.