2 Pedro 3
npioncb (NPIONCB) vs ARIB
1 हे प्रिय मित्रहरू हो, यो तिमीहरूलाई मेरो दोस्रो पत्र हो। मैले यी दुवै पत्रहरू तिमीहरूलाई फाइदाजनक विचारतर्फ उत्तेजित गराउन स्मरण पत्रको रूपमा लेखेको छु।
1 Amados, já é esta a segunda carta que vos escrevo; em ambas as quais desperto com admoestações o vosso ânimo sincero;
2 म तिमीहरूले बितेका समयमा पवित्र अगमवक्ताद्वारा बोलिएका शब्दहरू र तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताले दिनुभएको आज्ञा पुनः स्मरण गर भनी इच्छा गर्दछु।
2 para que vos lembreis das palavras que dantes foram ditas pelos santos profetas, e do mandamento do Senhor e Salvador, dado mediante os vossos apóstolos;
3 सबैभन्दा पहिले तिमीहरूले बुझ्नुपर्दछ, कि अन्त्यका दिनहरूमा खिसी गर्नेहरू आउनेछन्; तिनीहरूले खिसी गर्नेछन्, र आफ्नै दुष्ट विचारहरूलाई पछ्याउनेछन्।
3 sabendo primeiro isto, que nos últimos dias virão escarnecedores com zombaria andando segundo as suas próprias concupiscências,
4 अनि तिनीहरूले भन्नेछन्, “उहाँले प्रतिज्ञा गरेअनुसार ‘आगमन’ खोइ त? हाम्रा पितापुर्खाहरू मरेको समयदेखि यता सृष्टिको सुरुबाट चलिआएका कुराहरू यथावत् नै चलिरहेका छन्।”
4 e dizendo: Onde está a promessa da sua vinda? porque desde que os pais dormiram, todas as coisas permanecem como desde o princípio da criação.
5 परमेश्वरका वचनद्वारा स्वर्गको अस्तित्व हुन आयो, र पृथ्वी पानीबाट र पानीसित निर्माण भयो भनेर तिनीहरूले जान्दाजान्दै पनि यस विषयमा अनजान रहन चाहन्छन्।
5 Pois eles de propósito ignoram isto, que pela palavra de Deus já desde a antiguidade existiram os céus e a terra, que foi tirada da água e no meio da água subsiste;
6 अनि त्यही पानीले नै त्यस बेलाको पृथ्वी जलामय भयो र नाश पारियो भनेर बिर्सन्छन्।
6 pelas quais coisas pereceu o mundo de então, afogado em água;
7 त्यही वचनद्वारा वर्तमानका स्वर्ग र पृथ्वी न्यायको दिन र ईश्वरहीन मानिसहरूको विनाशका लागि जम्मा पारेर आगोको निम्ति जोगाएर राखिएका छन्।
7 mas os céus e a terra de agora, pela mesma palavra, têm sido guardados para o fogo, sendo reservados para o dia do juízo e da perdição dos homens ímpios.
8 मेरा प्रिय मित्रहरू हो, यो एउटा कुरा नबिर्स: परमेश्वरका निम्ति एक दिन हजार वर्षजस्तो, र हजार वर्षचाहिँ एक दिनजस्तो हो।
8 Mas vós, amados, não ignoreis uma coisa: que um dia para o Senhor é como mil anos, e mil anos como um dia.
9 केही मानिसले ढिलापनको विषयमा सोचेझैँ, प्रभु आफ्ना प्रतिज्ञा पूरा गर्न ढिलो गर्नुहुन्न। उहाँ हामीतर्फ धैर्यवान् हुनुहुन्छ, तर कोही पनि नाश भएको चाहनुहुन्न; तर प्रत्येकले पश्चात्ताप गरून् भन्ने चाहनुहुन्छ।
9 O Senhor não retarda a sua promessa, ainda que alguns a têm por tardia; porém é longânimo para convosco, não querendo que ninguém se perca, senão que todos venham a arrepender-se.
10 तर प्रभुको दिन चोरझैँ आउनेछ। गर्जनसहित स्वर्ग लुप्त हुनेछ, तत्वहरू आगोद्वारा नाश हुनेछन्, पृथ्वी र त्यसमा भएका सबै कुराहरू खरानी पारिनेछन्।
10 Virá, pois, como ladrão o dia do Senhor, no qual os céus passarão com grande estrondo, e os elementos, ardendo, se dissolverão, e a terra, e as obras que nela há, serão descobertas.
11 यसरी सबै कुराहरू नाश भएर जाने हुनाले तिमीहरू कस्ता किसिमका मानिसहरू हुनुपर्ने हो त? तिमीहरूले पवित्र र ईश्वरीय जीवन बिताउनुपर्छ।
11 Ora, uma vez que todas estas coisas hão de ser assim dissolvidas, que pessoas não deveis ser em santidade e piedade,
12 जब तिमीहरूले परमेश्वरका दिनलाई पर्खंदैछौ, र त्यो दिन नजिक आएको चाहन्छौ; जुन दिनले आगोद्वारा स्वर्गको नाश ल्याउनेछ, र तत्वहरू तापमा पग्लिनेछन्।
12 aguardando, e desejando ardentemente a vinda do dia de Deus, em que os céus, em fogo se dissolverão, e os elementos, ardendo, se fundirão?
13 तर हामी उहाँको प्रतिज्ञाअनुसार नयाँ स्वर्ग र नयाँ पृथ्वी पर्खंदैछौँ, जो धार्मिकताको घर हो।
13 Nós, porém, segundo a sua promessa, aguardamos novos céus e uma nova terra, nos quais habita a justiça.
14 त्यसकारण प्रिय मित्रहरू हो, जब तिमीहरू यी कुराहरूको बाटो हेर्दछौ, तब दागरहित, दोषरहित भेट्टाइने तथा उहाँसँग शान्तिमा हुने सक्दो प्रयास गर।
14 Pelo que, amados, como estais aguardando estas coisas, procurai diligentemente que por ele sejais achados imaculados e irrepreensível em paz;
15 अनि हाम्रा प्रभुको धैर्यको अर्थ मुक्ति पाउने मौका हो भन्ने कुरालाई सम्झनामा राख; जसरी हाम्रा प्यारा भाइ पावलले पनि परमेश्वरले उनलाई दिनुभएको ज्ञानसहित तिमीहरूलाई लेखेका छन्।
15 e tende por salvação a longanimidade de nosso Senhor; como também o nosso amado irmão Paulo vos escreveu, segundo a sabedoria que lhe foi dada;
16 उनले आफ्ना सबै पत्रहरूमा यी कुराहरूको सम्बन्धमा एकै किसिमले लेखेका छन्। उनका पत्रहरूमा केही कुराहरू छन्, जसलाई बुझ्न गाह्रो छ, जुन कुराहरू अनभिज्ञ र अस्थिर मानिसहरूले अरू धर्मशास्त्रहरूलाई झैँ आफ्नै विनाशको निम्ति बङ्ग्याउँछन्।
16 como faz também em todas as suas epístolas, nelas falando acerca destas coisas, mas quais há pontos difíceis de entender, que os indoutos e inconstantes torcem, como o fazem também com as outras Escrituras, para sua própria perdição.
17 त्यसकारण प्रिय मित्रहरू हो, यी कुराहरू तिमीहरूले बुझेकै हुनाले होसियार होओ; अनि नियमविहीन मानिसहरूका गल्तीले तिमीहरूलाई नबहकाओस्, र तिमीहरूका सुरक्षित स्थानबाट पतन नगराओस्।
17 Vós, portanto, amados, sabendo isto de antemão, guardai-vos de que pelo engano dos homens perversos sejais juntamente arrebatados, e descaiais da vossa firmeza;
18 तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ।
18 antes crescei na graça e no conhecimento de nosso Senhor e Salvador Jesus Cristo. A ele seja dada a glória, assim agora, como até o dia da eternidade.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 2 Pedro 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.