2 Pedro 2

npioncb (NPIONCB) vs ARIB

Sair da comparação
ARIB Almeida Revisada Imprensa Bíblica
1 तर जसरी मानिसहरूका बीचमा झूटा अगमवक्ताहरू थिए, त्यसरी नै तिमीहरूमध्येमा पनि झूटा शिक्षकहरू हुनेछन्। तिनीहरूले गुप्‍तमा झूटा शिक्षाहरू ल्याउनेछन्। तिनीहरूलाई किन्‍नुहुने सार्वभौम प्रभुलाई समेत इन्कार गर्नेछन्; यसरी आफूमाथि चाँडै नाश ल्याउनेछन्।
1 Mas houve também entre o povo falsos profetas, como entre vós haverá falsos mestres, os quais introduzirão encobertamente heresias destruidoras, negando até o Senhor que os resgatou, trazendo sobre si mesmos repentina destruição.
2 धेरैले आ-आफ्ना भ्रष्‍ट बाटो अपनाउनेछन् र सत्यको बाटोलाई निन्दनीय बनाउनेछन्।
2 E muitos seguirão as suas dissoluções, e por causa deles será blasfemado o caminho da verdade;
3 त्यसरी नै आफ्नो लोभको कारण तिनीहरूले बनावटी कथाहरूद्वारा तिमीहरूलाई शोषण गर्नेछन्। तिनीहरूका दण्ड लामो समयदेखि तिनीहरूमाथि रहिरहेको छ, र तिनीहरूका विनाश निदाइरहेको छैन।
3 também, movidos pela ganância, e com palavras fingidas, eles farão de vós negócio; a condenação dos quais já de largo tempo não tarda e a sua destruição não dormita.
4 किनकि परमेश्‍वरले ती स्वर्गदूतहरूलाई छोड्नुभएन, जब तिनीहरूले पाप गरे, तर तिनीहरूलाई नरकमा पठाउनुभयो; तिनीहरूलाई न्यायको निम्ति अन्धकारमय झ्यालखानाहरूमा राख्नुभयो।
4 Porque se Deus não poupou a anjos quando pecaram, mas lançou-os no inferno, e os entregou aos abismos da escuridão, reservando-os para o juízo;
5 यदि प्राचीन संसारलाई त उहाँले छोड्नुभएन, तर उहाँले अधर्मी मानिसहरूमाथि जलप्रलय ल्याउनुभयो; अनि धार्मिकताका प्रचारक नोआ र अरू सात जनालाई बचाउनुभयो।
5 se não poupou ao mundo antigo, embora preservasse a Noé, pregador da justiça, com mais sete pessoas, ao trazer o dilúvio sobre o mundo dos ímpios;
6 उहाँले सदोम र गमोरालाई आगोद्वारा खरानी बनाएर सजाय दिनुभयो; यसरी नै भक्तिहीन मानिसहरूमाथि के आइपर्नेछ भन्‍ने कुराहरूको एउटा उदाहरण बनाउनुभयो।
6 se, reduzindo a cinza as cidades de Sodoma e Gomorra, condenou-as à destruição, havendo-as posto para exemplo aos que vivessem impiamente;
7 अनि उहाँले धर्मी मानिस लोतलाई छुटकारा दिनुभयो, जो छाडा स्वभावका मानिसहरूको भ्रष्‍ट जीवनदेखि व्याकुल भएका थिए।
7 e se livrou ao justo Ló, atribulado pela vida dissoluta daqueles perversos
8 (किनकि ती धर्मी मानिस तिनीहरूसँग दिनहुँ बस्थे। तिनको धर्मी मन तिनले देखेका र सुनेका व्यवस्थाहीन कामहरूद्वारा पिरोलिएको थियो।)
8 {porque este justo, habitando entre eles, por ver e ouvir, afligia todos os dias a sua alma justa com as injustas obras deles};
9 यदि यसो हो भने धर्मी मानिसहरूलाई सङ्कटबाट मुक्त गर्न र अधर्मीहरूलाई न्यायको दिनको लागि जोगाइराख्न प्रभुले जान्‍नुहुन्छ। यद्यपि तिनीहरूका दण्ड जारी राख्नुहुन्छ।
9 também sabe o Senhor livrar da tentação os piedosos, e reservar para o dia do juízo os injustos, que já estão sendo castigados;
10 यो विशेष तिनीहरूका सम्बन्धमा सत्य छ, जो पापमय स्वभावका भ्रष्‍ट इच्छाहरूलाई पछ्याउँछन् र अधिकारलाई घृणा गर्दछन्।
10 especialmente aqueles que, seguindo a carne, andam em imundas concupiscências, e desprezam toda autoridade. Atrevidos, arrogantes, não receiam blasfemar das dignidades,
11 स्वर्गदूतहरू बलिया र धेरै शक्तिशाली भए तापनि प्रभुको उपस्थितिमा स्वर्गीय प्राणीहरूको विरुद्ध निन्दापूर्वक दोष लगाउँदैनन्।
11 enquanto que os anjos, embora maiores em força e poder, não pronunciam contra eles juízo blasfemo diante do Senhor.
12 तर यी मानिसहरू आफूले नबुझेका कुराहरूको पनि निन्दा गर्दछन्। तिनीहरू विवेकहीन पशुसमान छन्; स्वभाविक प्रवृत्तिहरूमा चल्ने प्राणीहरू, तिनीहरू समातेर मारिनलाई मात्र जन्मेकाहरूजस्ता छन्; अनि तिनीहरू पनि पशुहरूझैँ नाश हुनेछन्।
12 Mas estes, como criaturas irracionais, por natureza feitas para serem presas e mortas, blasfemando do que não entendem, perecerão na sua corrupção,
13 तिनीहरूले गरेका हानिको सट्टा तिनीहरूलाई पनि हानि गरिनेछ। तिनीहरूका लागि आनन्दको अर्थ दिउँसै भोग-विलास गर्नु हो। जब तिनीहरू तिमीहरूसित चाड मनाउँछन्, तब तिनीहरू आफ्नो आनन्दको मोजमज्जा लुट्ने कलङ्क र धब्बा हुन्।
13 recebendo a paga da sua injustiça; pois que tais homens têm prazer em deleites à luz do dia; nódoas são eles e máculas, deleitando-se em suas dissimulações, quando se banqueteiam convosco;
14 व्यभिचारपूर्ण आँखाले भरिएका तिनीहरू कहिल्यै पाप गर्न छोड्दैनन्; तिनीहरूले चञ्चल मन भएकाहरूलाई प्रलोभनमा फसाउँछन्; तिनीहरू लोभ गर्नमा बानी परेकाहरू हुन्, श्रापित सन्तान हुन्!
14 tendo os olhos cheios de adultério e insaciáveis no pecar; engodando as almas inconstantes, tendo um coração exercitado na ganância, filhos de maldição;
15 तिनीहरू सीधा बाटो छोडी बओरको छोरा बालामको बाटो पछ्याउनलाई तर्केर गएका छन्, जसले दुष्‍टताको ज्यालालाई रुचाए;
15 os quais, deixando o caminho direito, desviaram-se, tendo seguido o caminho de Balaão, filho de Beor, que amou o prêmio da injustiça,
16 तर तिनको गलत कामको लागि त्यसले एउटा गधाबाट हप्की पायो; एउटा जनावर जसको बोली नै हुँदैन, जसले मानिसको सोरमा बोल्यो र अगमवक्ताको पागलपनलाई रोकिदियो।
16 mas que foi repreendido pela sua própria transgressão: um mudo jumento, falando com voz humana, impediu a loucura do profeta.
17 यी मानिसहरू पानी नभएका मुहान र आँधीले उडाएर लैजाने तुवाँलाजस्ता छन्। तिनीहरूका निम्ति कालोभन्दा कालो अन्धकार साँचिएको छ।
17 Estes são fontes sem água, névoas levadas por uma tempestade, para os quais está reservado o negrume das trevas.
18 किनकि तिनीहरूका मुखमा रित्ता, अहङ्कारपूर्ण शब्दहरू छन्, र पापमय स्वभावका कामुक इच्छालाई उक्साउँदै अभिलाषाको जीवनबाट भर्खरै भाग्दै गरेका मानिसहरूलाई पनि फसाउँछन्।
18 Porque, falando palavras arrogantes de vaidade, nas concupiscências da carne engodam com dissoluções aqueles que mal estão escapando aos que vivem no erro;
19 यी झूटा शिक्षकहरूले तिनीहरूलाई स्वतन्त्रताको प्रतिज्ञा गर्दछन्; यद्यपि तिनीहरू आफू दुष्‍टताका सेवकहरू हुन्; किनकि जुन कुराले मानिसलाई अधीनमा राखेको हुन्छ, ऊ त्यसको सेवक हुन्छ।
19 prometendo-lhes liberdade, quando eles mesmos são escravos da corrupção; porque de quem um homem é vencido, do mesmo é feito escravo.
20 यदि तिनीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टलाई चिनेर संसारको भ्रष्‍टताबाट बाँचेका छन्, र फेरि उनीहरू त्यसमा अल्झिएका र त्यसबाट हारेका छन् भने तिनीहरूका अवस्था सुरुका भन्दा अझ खराब हुन्छ।
20 Porquanto se, depois de terem escapado das corrupções do mundo pelo pleno conhecimento do Senhor e Salvador Jesus Cristo, ficam de novo envolvidos nelas e vencidos, tornou-se-lhes o último estado pior que o primeiro.
21 तिनीहरूका लागि धार्मिकताको बाटो जानेर पनि तिनीहरूलाई दिइएका पवित्र आज्ञाहरूबाट पछि हट्नुभन्दा, बरु त्यस सम्बन्धमा ज्ञानै नहुनु उत्तम हुनेथियो।
21 Porque melhor lhes fora não terem conhecido o caminho da justiça, do que, conhecendo-o, desviarem-se do santo mandamento que lhes fora dado.
22 उनीहरूको सम्बन्धमा यी उखानहरू सत्य छन्, “कुकुर आफ्नै बान्तामा फर्कन्छ,” र, “नुहाइएको सुँगुर फेरि हिलैमा खेल्न जान्छ।”
22 Deste modo sobreveio-lhes o que diz este provérbio verdadeiro; Volta o cão ao seu vômito, e a porca lavada volta a revolver-se no lamaçal.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Pedro 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.