2 Coríntios 8

npioncb (NPIONCB) vs ARIB

Sair da comparação
ARIB Almeida Revisada Imprensa Bíblica
1 अब हे दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरले म्यासिडोनियाका मण्डलीहरूलाई दिनुभएको अनुग्रहबारे तिमीहरूले जान भनी हामी चाहन्छौँ।
1 Também, irmãos, vos fazemos conhecer a graça de Deus que foi dada às igrejas da Macedônia;
2 तिनीहरू अति डरलाग्दा परीक्षाहरूमा परे तापनि तिनीहरू आनन्दले भरिपूर्ण थिए, र अत्यन्त दरिद्र भए तापनि तिनीहरूले उदार चित्तले दान दिए।
2 como, em muita prova de tribulação, a abundância do seu gozo e sua profunda pobreza abundaram em riquezas da sua generosidade.
3 किनकि म यो साक्षी दिन्छु, तिनीहरूले दिन सक्ने जति दिए, यहाँसम्म कि तिनीहरूको सामर्थ्यभन्दा बढी नै स्वेच्छापूर्वक दिए।
3 Porque, dou-lhes testemunho de que, segundo as suas posses, e ainda acima das suas posses, deram voluntariamente,
4 प्रभुका जनहरूको सेवाका लागि दान दिने सुअवसर पाऔँ भनी हामीसित तिनीहरूले खुरन्धार बिन्ती गरे।
4 pedindo-nos, com muito encarecimento, o privilégio de participarem deste serviço a favor dos santos;
5 अनि तिनीहरूले हामीले आशा गरेको भन्दा प्रशस्त गरे: तिनीहरूले पहिले आफैँलाई प्रभुमा समर्पण गरे; त्यसपछि परमेश्‍वरको इच्छाअनुसार हामीकहाँ पनि आफैँलाई समर्पण गरे।
5 e não somente fizeram como nós esperávamos, mas primeiramente a si mesmos se deram ao Senhor, e a nós pela vontade de Deus;
6 यसकारण तीतसले पहिलेबाट नै दान उठाउने काम थालेका हुनाले तिमीहरूको भेटी सङ्कलनको काम पूरा गरून् भनी हामीले तिनलाई आग्रह गर्‍यौँ।
6 de maneira que exortamos a Tito que, assim como antes tinha começado, assim também completasse entre vós ainda esta graça.
7 अनि तिमीहरूले प्रत्येक कुरामा, विश्‍वासमा, वचनमा, ज्ञानमा, सम्पूर्ण तत्परतामा र हामीप्रति तिमीहरूको प्रेममा सर्वश्रेष्‍ठता देखाएझैँ तिमीहरूले दान दिने काममा पनि सर्वश्रेष्‍ठता देखाओ।
7 Ora, assim como abundais em tudo: em fé, em palavra, em ciência, em todo o zelo, no vosso amor para conosco, vede que também nesta graça abundeis.
8 म तिमीहरूलाई आज्ञा दिन्‍नँ, तर अरूको तत्परतासित तिमीहरूको प्रेमको निष्कपटता जाँच्न चाहन्छु।
8 Não digo isto como quem manda, mas para provar, mediante o zelo de outros, a sinceridade de vosso amor;
9 किनकि तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह जान्दछौ, उहाँ धनी भएर पनि तिमीहरूको निम्ति गरिब हुनुभयो, ताकि उहाँको दरिद्रताबाट तिमीहरू धनी बन।
9 pois conheceis a graça de nosso Senhor Jesus Cristo, que, sendo rico, por amor de vós se fez pobre, para que pela sua pobreza fôsseis enriquecidos.
10 अनि तिमीहरूका लागि के कुराचाहिँ उत्तम होला भनेर यस विषयमा मेरो सुझाव यस्तो छ: बितेको वर्षमा तिमीहरू दिने कुरामा मात्र होइन, तर यसो गर्ने इच्छाको लागि पनि प्रथम थियौ।
10 E nisto dou o meu parecer; pois isto vos convém a vós que primeiro começastes, desde o ano passado, não só a participar mas também a querer;
11 अब यस कामलाई पूरा गर, ताकि तिमीहरूको यसो गर्ने इच्छा तिमीहरूको साधनअनुसार दिएर पूरा गरेको कारणले सुहाउँदो होस्।
11 agora, pois, levai a termo a obra, para que, assim como houve a prontidão no querer, haja também o cumprir segundo o que tendes.
12 किनकि यदि इच्छा छ भने मानिससँग नभएअनुसार होइन, तर ऊसँग भएअनुसारको दान ग्रहणयोग्य हुन्छ।
12 Porque, se há prontidão de vontade, é aceitável segundo o que alguém tem, e não segundo o que não tem.
13 अरूलाई भार नहोस् तर तिमीहरूलाई भार होस् भन्‍ने हाम्रो इच्छा होइन;
13 Pois digo isto não para que haja alívio para outros e aperto para vós,
14 वर्तमान समयमा तिमीहरूको प्रशस्तताबाट तिनीहरूको खाँचो टरोस्, ताकि बदलामा तिमीहरूको खाँचो पनि तिनीहरूको प्रशस्तताबाट टरोस्। यसरी लक्ष्यमा समानता हुन्छ,
14 mas para que haja igualdade, suprindo, neste tempo presente, na vossa abundância a falta dos outros, para que também a abundância deles venha a suprir a vossa falta, e assim haja igualdade;
15 जसरी धर्मशास्त्रमा लेखिएको छ, “धेरै बटुल्नेको ज्यादा भएन, र थोरै बटुल्नेको पनि कम्ती भएन।”
15 como está escrito: Ao que muito colheu, não sobrou; e ao que pouco colheu, não faltou.
16 परमेश्‍वरलाई धन्यवाद होस्, तिमीहरूप्रति मेरो जुन वास्ता थियो, त्यो उहाँले तीतसको हृदयमा हालिदिनुभयो।
16 Mas, graças a Deus, que pôs no coração de Tito a mesma solicitude por vós;
17 किनकि तीतसले हाम्रो बिन्ती सुनेको मात्र होइन, तर तिनी आफैँ पनि खूबै उत्साहसाथ तिमीहरूकहाँ आइरहेका छन्।
17 pois, com efeito, aceitou a nossa exortação; mas sendo sobremodo zeloso, foi por sua própria vontade que partiu para vós.
18 अनि हामी तिनीसित त्यस भाइलाई पठाउँदैछौँ, जसलाई सबै मण्डलीहरूले उनको सुसमाचारप्रतिको सेवाको प्रशंसा गर्दछन्।
18 E juntamente com ele enviamos o irmão cujo louvor no evangelho se tem espalhado por todas as igrejas;
19 यति मात्र होइन, तर हामीले भेटी लिएर जाँदा उनी हामीसित जाऊन् भनी मण्डलीहरूले उनलाई नियुक्त गरेका छन् जुन हामीले प्रभुको सम्मान गर्न र हाम्रो सहायता दिने उत्सुकतालाई प्रकट गरेका छौँ।
19 e não só isto, mas também foi escolhido pelas igrejas para ser nosso companheiro de viagem no tocante a esta graça que por nós é ministrada para glória do Senhor e para provar a nossa boa vontade;
20 यस उदारपूर्ण दानलाई हामी कसरी चलाउँछौँ, यसबारे हामी कुनै आलोचना सुन्‍न चाहँदैनौँ।
20 assim evitando que alguém nos censure com referência a esta abundância, que por nós é ministrada;
21 किनकि परमेश्‍वरको नजरमा मात्र होइन, तर मानिसहरूको नजरमा पनि आदरणीय काम गर्न हामीले कष्‍ट उठाइरहेका छौँ।
21 pois zelamos o que é honesto, não só diante do Senhor, mas também diante dos homens.
22 यसबाहेक हामी तिनीहरूसित हाम्रा अर्को भाइलाई पठाउँदैछौँ, जसले उनी जोशिला छन् भन्‍ने धेरै किसिमले हामीलाई प्रमाणित गरिसकेका छन्; अनि अझ बढी तिमीहरूप्रति उनको ठूलो भरोसा छ।
22 Com eles enviamos também outro nosso irmão, o qual muitas vezes e em muitas coisas já experimentamos ser zeloso, mas agora muito mais zeloso ainda pela muita confiança que vós tem.
23 तीतसको विषयमा, तिमीहरूबीच तिनी मेरा साझेदार र सहकर्मी हुन्, हाम्रा भाइहरूको विषयमा, तिनीहरू मण्डलीहरूका प्रतिनिधिहरू र ख्रीष्‍टको निम्ति सम्मान हुन्।
23 Quanto a Tito, ele é meu companheiro e cooperador para convosco; quanto a nossos irmãos, são mensageiros das igrejas, glória de Cristo.
24 यसकारण यी मानिसहरूलाई तिमीहरूको प्रेमको प्रमाण र तिमीहरूलाई हामीले गर्व गर्ने कारण देखाइदेओ, ताकि मण्डलीहरूले यो देख्न सकून्।
24 Portanto mostrai para com eles, perante a face das igrejas, a prova do vosso amor, e da nossa glória a vosso respeito.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Coríntios 8, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.